चन्द्रागिरी हिल्सको नाफा १ करोड ३१ लाख रुपैयाँ, ईपीएस पनि धनात्मक

<p>काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ३७ लाख रुपैयाँ नोक्सानी रहेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी बढेपछि खुद नाफा धनात्मक हुन पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी [&hellip;]</p>

काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ३७ लाख रुपैयाँ नोक्सानी रहेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी बढेपछि खुद नाफा धनात्मक हुन पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६९.२० प्रतिशत बढेर १८ करोड ६४ लाख रुपैयाँ, कुल आम्दानी ८७.१७ प्रतिशत बढेर १६ करोड ३२ लाख रुपैयाँ र अन्य आम्दानी २५८.६७ प्रतिशत बढेर ८ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३८ करोड १३ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको नाफा बढेसँगै ईपीएस ३ रुपैयाँ ४२ पैसा धनात्मक भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १९ रुपैयाँ ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ ।

Share News