पोखराबाट बनारस उडान भर्दै बुद्ध एयर
काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखरा विमानस्थबाट भारतको बनारस सिधा उडानको तयारी थालेको छ । सन् २०२३ को जनवरीबाट पोखरामा निर्माणधिन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि बुद्धले बनारस उडानको तयारी थालिएको जनाएको छ । ‘जनवरीदेखि विमानस्थल सञ्चालनमा आउने जानकारी नेपाल नागरिक उडड्न प्राधिकरणले हामीलाई दिएको छ, सोही जानकारी अनुसार हामीले प्रथम उडान पोखरा–बनासर–पोखरा सातामा तीन दिन आईतबार, मंगलबार र बिहीबार बनारस उडानको तयारी थालेका छौँ ’, बुद्ध एयरले सोमबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बुद्धले एयर ट्राफिक सर्भिस रुटको लागि नेपाल सरकारको भारतीय सरकारसँग पहल भैरहेको भन्दै भारत सरकारबाट रुट र स्लट स्वीकृति प्राप्त हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन २ उडान र पोखरा देहरादुन–पोखरा हप्तामा तीन उडान गर्ने तयारी थालिएको जनाएको छ । हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा बनारस उडान गर्दै आएको छ । यसअघि बुद्धले पोखरा विमानस्थललाई आधार बनाएर प्रादेशिक उडान विस्तार गरेको थियो । काठमाडौं विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले पछिल्लो समय अन्तरप्रदेश उडान विस्तार गर्दै पोखराबाट भैरहवा र भरतपुर (चितवन) र नेपालगञ्जमा सिधा उडान विस्तार गरेको थियो ।
स्किल सेवाले ल्यायो दुई एपकाे बेटा भर्जन, अब डेरावलसँग माेबाइलबाटै सम्झाैता
काठमाडौं । घरको डाक्टर भनेर चिनिएको स्किल सेवाले सेवा एप कस्टमर र सेवा एप प्रोभाइडर बेटा भर्जन सार्वजनिक गरकाे छ । सेवा एप कस्टमर घरबेटी लक्षित गरेर बनाइएको एप हो भने सेवा एप प्रोभाइडर प्लम्बिंग, इलेक्ट्रिसीयन, पेन्टिङ जस्ता ३० भन्दा धेरै सेवाहरु दिनको लागि बनाएको एप हो । जसमा रजिस्टर गरेर सेवा दिने व्यक्तिले यो एपमार्फत निरन्तर काम पाउने र पैसा उठाउनको लागि कुन पैनि किसिमको झन्झट नहुने बताइको छ । सेवा एपमा स्थानीय क्षेत्रमा रहेको पसलेहरुले आफ्नो पसलमा राखिएको सामान, त्यसको मुल्य उल्लेख गरि व्यापारलाई अझै प्रवर्धन गर्ने मौका पाउनेछन् । यो सेवा अहिलेको लागि पुर्णरुपमा निशुल्क गरिएको छ र यो सेवाले गर्दा व्यवसायिहरुलाई पनि ठुलो मद्दत पग्ने र डिजिटल उपस्थिति पनि बढ्ने कम्पनीको दाबी छ । ग्राहकले कुन समान कुन पसलमा पाउन सकिन्छ र त्यसलाई कति मूल्य पर्छ भन्ने जानकारी मोबाईलबाट नै थाहा पाउने भएकाले समय र पैसाको बचत गर्न सक्नेछन् । साथै थप जानकारीको लागि पसलमा सम्पर्क गर्न सक्नेछन् । यस फिचरमा व्यवसायीले आफ्नो पसल सेवा एपमा लिष्टिङ्ग गर्न पाउने व्यवस्था सेवा एपमा रहेका छ । सेवा एपबाट जोसुकैलेल पनि समान किनबेच गर्न पाउनेछन् । सेकेन्ड हेन्ड समानहरु पनि किन बेच गर्नको लागि पनि सजिलो हुने कम्पनिले बताएको छ । यो एपले पछिल्लो समय राजधानीमा रुम फाइन्डरको नाममा भइरहेको बिचौली यातन्त्रलाई समेत अन्त्य गर्ने कम्पनीको दाबी छ । घरबेटीलेकोठा खाली भए नभएको जानकारी एपमा सजिलैसँग अपडटे गर्न पाउनेछन् । सेवाले डेरावालसँग मोबाइलबाट सम्झौता पत्र बनाउने फिचर ल्याएकाे छ । जसको प्रयोग गरेर डेरावालसँग मोबाइलबाट सम्झौता पत्र बनाउन सकिनेछ । साथै, मासिक बहाल सम्बन्धि जानकारी जस्तै महिनावारी बहाल रकम, विधुतिय खर्च, पानी, फोहोर सकंलन जस्ता अन्य रकमहरु पनि डिजिटली एपमै राख्न सकिने छ । घरबेटी सम्झौता पत्र घरबेटी र बहालमा बस्ने बिचको भाडाको कानुनी अभिलेख सम्झौता पत्र हो । सम्झौता पत्र अहिलेको समयमा अति आवश्यक बनि सकेको छ । प्राय मानि सलेसम्झौतापत्र बनाउनको लागि झन्झट मान्नेगर्दछन सम्झौतापत्र बिना कोठा भाडा दिने गर्दछन् । यस समस्यालाई समाधान गर्न गर्नको लागि सेवा एपले यो फिचर ल्याएको हो । घरबेटी र डरोवाल बिच केही समयमै बिना शुल्क सम्झौता गर्न सकिन्छ । आवश्यक सुचना दर्ता गरेपछि केही समयमै समझौतापत्र जेनिरिट गर्न सकिन्छ । यो सम्झौतापत्रलाई सजिलै सँग डाउनलोड गर्न सकिन्छ । आफनो क्षेत्रका वार्ड र नगरपालि कालेजारी गरेको सुचना थाहा एकदमै महत्वपुर्ण हुन्छ । यस्तो प्रकारको जरुरी सुचनाहरु छुट्दा धेरै समय खर्च हुन सक्ने र कुनैकुनै सुचना छुटे भने दण्ड एंव जरिवानाको भागेदार हुनुपर्ने हुन्छ । सेवामा एपबाट महत्वपुर्ण सुचनाहरु अब मोबाइलमै दैनिक रुपमा नोटिफिकेसन रुपमा प्राप्त गर्न सकिनेछ । आधिकारिक सुचनाहरु सबलै थाहा पाउन जरुरी हुन्छ सुचनाको सहज पहुँचको लागि यो फिचर ल्याएको हो । यो फिचरका कारण जनता र स्थानिय सरकार बीचको सम्बन्ध राम्रो हुने कमपनीले विश्वास लिएको छ । मोबाइल एपमा रजिस्टर गर्दा नै आफ्नो वार्ड र नगरपालिका छान्नुपर्ने छ सोहि बमोजि न आफ्नो वडा र नगरपालिकाको सुचनाहरु सुचना प्रकशन भए नभएको केही समयमै थाहा पाउन सकिन्छ ।
विश्व मधुमेह दिवस : युवाहरुमा मधुमेहको समस्या बढ्दै
काठमाडौं । आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ। विश्व मधुमेह दिवसको अवसरमा ललितपुरमा सचेतनामुलक याली गरी विश्व मधुमेह दिवस मनाइएको हो। अल्का अस्पतालले विश्व मधुमेह दिवसको अवसरमा ललितपुरको जावलाखेल, सातदोबाटो, कुमारीपाटी, लगनखेल परिक्रमा गरी र्याली गरेको थियो। साथै अस्पतालले आजको दिन अस्पतालमा मधुमेह रोगको निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ। अस्पतालले आज एक दिनमा २ सय जना बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र १० दिनसम्म पुग्ने मधुमेहको औषधिसमेत दिने बताएको छ। शिविरमा बोल्दै अल्का अस्पताल प्रा।लि।का प्रशासन प्रमुख भगवान केसीले मधुमेह सम्बन्धी दीर्घ रोगीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरेको बताए। उनले अस्पतालले मधुमेह सम्बन्धी बिरामीहरुको लागि एकदिने निःशुल्क स्वास्थ्य शिविरसञ्चालन गरेको र शिविरमा उल्लेख्य बिरामीहरुको चाप रहेको बताए। शिविर आज बिहान ९ बजेबाट शुरु भइ दिउँसो ३ बजेसम्म चल्ने बताए। उनले भने, ‘आज हामीले बिहान मधुमेर रोग सम्बन्धी सचेतनामुलक ¥याली कार्यक्रम गर्यौं। अहिले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिरहेका छौँ। आजको शिविरमा दुई सय भन्दा बढी बिरामीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेका हौँ। आज यो सेवामा उपचार गर्न आउने बिरामीले १० दिनको लागि निःशुल्क औषधि पाउनुहुनेछ भने आज बिहान साढे नौ बजेबाट शुरु भइ ३ बजेसम्मका लागि हो। लामो समयदेखि मधुमेह रोगसँग लडिरहेका मानिसलाई लक्षित गरेर नै शिविर सञ्चालन गरेका हौँ। उत्साहजनक रुपमा बिरामीको सहभागिता भइरहेको छ।’ त्यस्तै इण्डोक्राइनोलोजिस्ट डा।प्रियादर्शनी योन्जनले मधुमेह रोग लागेका ३५ प्रतिशत बिरामीहरुमा आँखाको समस्या हुने गरेको भन्दै शतर्कता अपनाउन आग्रह गरे। उनले पछिल्लो समय तिब्र रुपमा मधुमेहका बिरामीहरुको संख्या बढीरहेकाले त्यसतर्फ सबै जनाले शतर्कता अपनाउन जरुरी रहेको बताए। उनले अहिले विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरुलाई मधुमेह भइसकेको र अबको १० देखि १५ वर्षमा मधुमेहको समस्या झनै बढ्ने बताए। उनले नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएको बताए। अहिले ३० वर्ष भन्दा माथिका मानिसहरुमा यो समस्या धेरै देखिन थालेको उनको भनाइ छ। खानपानमा ध्यान नदिने,जङफुडहरु बढी खाने र शारीरिक कसरतको कमीका कारण युवाहरुमा पनि मधुमेहको समस्या बढ्दै गएको बताए। मधुमेह नियन्त्रणमा गर्न नसके आँखाको समस्या चाँडै देखिने भन्दै उनले ३० वर्ष भन्दा माथिका हरेकमानिसहरुले हरेक वर्ष सुगर परीक्षण गर्नुपर्ने बताए। उनले मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाव लाग्ने,तौल कम हुने लगायतका समसया हुनेपनि बताए। उनले भने, ‘विश्वमा नै पछिल्लो समय तिब्र रुपमा मधुमेहका बिरामीहरुको संख्या बढ्दै गएको छ। हरेक दिन मधुमेहका बिरामीहरु ओपीडीमा जाँच गर्न आउँछन्। अहिले विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरुलाई मधुमेह भइसकेको छ। अबको १० देखि १५ वर्षमा अझ बढ्दै जाने देखिएको छ। नेपालमा मधुमेह लाग्नेहरुको तथ्याङ्क हेर्दा ८ प्रतिशत मानिसहरुलाई मधुमेह रोग लागिसकेको छ। नेपालमा पनि मधुमेहका बिरामी हेरक दिन बढी नै रहेका छन्। विगतमा युवा उमेर कटेपछि मात्रै लाग्छ भन्ने सोच रहेको थियो। तर अहिले बालबालिका तथा युवाहरुमासमेत मधुमेह देखिन थालेको छ। धेरैजसो ५० वर्ष भन्दा बढी उमेर भएपनिअहिले ३० वर्ष उमेर भएका मानिसहरु पनि मधुमेह बिरामी भएर जाँच गर्न आएका छन्। नेपालीहरुको जीवनशैली परिवर्तन भएको छ। फिजिकल गतिविधि नहुने,हिँड्न कम गर्ने,एउटै समय लामो समय बस्ने,खानपानमा ध्यान नदिने,जङफुडहरु खाएर घरको खाना कम खाने,तौल बढ्दै जाँदा युवाहरुमा पनि मधुमेह देख्न शुरु भएको छ। मधुमेहको कारण आँखामा देखिने समस्या १० देखि १५ वर्ष नाघेपछि देखिन्छ। अहिले विश्वभरमा मधुमेह रोग लाग्ने ३५ प्रतिशत मानिसहरुमा आँखाको समस्या देखिएको छ। मधुमेह नियन्त्रणमा छैन भने आँखाको समस्या छिट्टै आउँछ। सुगर नियन्त्रणमा छैन,लामो समयदेखि तीन महिनाको सुगर बढीरहेको छ भने आँखा नै ड्यामेज हुने डर हुन्छ। प्रेसर र कोलस्टोर नियन्त्रणमा छैन भनेपनिआँखालाई छिटै असर गर्छ। मधुमेह उपचारको लागि आफूलाई मधुमेह छ वा छैन थाहा हुनुपर्छ। अस्पतालमा स्वास्थ्य परीक्षणको लागि कुनै समस्या नभई जाँदैनौं। मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाव लाग्ने,तौल कम हुने हुन्छ तर सबैमा देखिँदैन। ५० प्रतिशत मानिसहरुमा हुँदैन त्यस्तो लक्षणहरु। ३० वर्ष उमेर कट्नेहरुले हरेक वर्ष सुगर जाँच गर्नुपर्छ। सुगर हुने बढी जोखिम हुन्छ। जसको तौल बढी हुने वा घरमा बुबा, आमालाई मधुमेह, कोलस्टोर, सुगरको समस्या छ भने ३० वर्ष नपुग्दै पनि सुगर ६/६ महिनामा जाँच गर्नुपर्छ। सुगर जाँच गर्दा आँखा चेक गर्नुभन्दा केही भएको छैन भन्छन्। तर आँखाको पर्दामा असर गर्ने भएकाले शुरुमा कुनै लक्षण हुँदैन। मधुमेह भएका बिरामीहरुले हरेक एक महिनामा आँखा अस्पताल वा डाक्टरलाई आँखाको पर्दा चेक गराउनुपर्छ। औषधिहरु समयमा नै खानुपर्छ ।’
ललितपुर-३ मा तोसिमा कार्कीको उम्मेदवारी कायम रहने
काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको थियो । कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै (भ्याकेट) निर्वाचन आयोग सर्वोच्च अदालत गएको थियो ।
स्वास्थ्य र शिक्षामा अर्बौं लगानी गरेका डा. श्रेष्ठ चुनाव जित्ने दाउमा
काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. वुद्धिमान श्रेष्ठले स्याङ्जा–२ को प्रदेश ‘ख’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । ०७४ सालको निर्वाचनमा एमालेले हार व्यहोरेको उक्त प्रदेश क्षेत्रमा यसपटक त्यसलाई उल्ट्याउने हिसाबले डा. श्रेष्ठ चुनावी मैदानमा उभिएका छन् । डा. श्रेष्ठले सन् १९९७ मा काठमाडौं महाराजगन्जमा कान्तिपुर स्कुल अफ डेन्सिटी एन्ड डेन्टल हस्पिटलको स्थापना गरेर कामको शुरुवात गरेका थिए । पछिल्लो समयमा काठमाडौं बसुन्धारमा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौं महाराजगन्जमा कान्तिपुर स्कुल अफ डेन्सिटी एन्ड डेन्टल हस्पिटल र पोखरा न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेन्स सञ्चालन गर्दै आएका छन् । शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेका डा. श्रेष्ठले सो क्षेत्रबाट व्यवसायिक रुपमा पनि सफलता हासिल गर्दै पछिल्लो २ दशकको समयमा आफ्नो संस्थाको राम्रो विस्तार गरेको देखिन्छ । विद्यार्थी कालदेखि नै एमाले राजनीतिमा जोडिदै आएका डा. श्रेष्ठ एमालेको विभिन्न केन्द्रीय विभागहरुमा समेत रहेर काम गर्दै आएका थिए । पछिल्लो समयमा उनी एमालेको गण्डकी प्रदेश कमिटी अन्तर्गत सचिवालय सदस्यको रुपमा रहेका छन् । स्याङ्जा–२ को प्रदेश ‘ख’ मा चापाकोट नगरपालिका, गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ बाहेक सबै र कालीगण्डकी नगरपालिकाको भूगोल पर्छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो प्रदेश क्षेत्रभित्र पर्ने पालिकाहरु मध्ये चापाकोट र गल्याङ नगपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ भने कालिगण्डकी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले विजयी हासिल गरेको छ । तर, वडागत तहमा मतको अवस्था हेर्दा २८ वटा वडामा नेपाली कांग्रेसले १५ र एमालेले १३ वटा वडामा जित हासिल गरेको अवस्था छ । उम्मेदवार डा. श्रेष्ठले लामो समयदेखि कान्तिपुर डेन्टल कलेजको तर्फबाट स्याङ्जाको धेरै ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । उनले सञ्चालन गरेका स्वास्थ्य शिविरहरुमार्फत ठूलो संख्याका विमारीहरुले स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन् । जसले गर्दा मतदाताहरुमार्फत उनले व्यक्तिगत सहानुभुति र अपेक्षाको थप मत प्राप्त गर्ने अनुमान एमालेले गरेको छ । गल्याङ नगर अस्पतालमा आफ्नै ठूलो लगानीमा डेन्टल विभाग निर्माण निर्माण गरेर २ वर्षको लागि आवश्यक मेशिनरी सामग्री र जनशक्तिको व्यवस्था डा. श्रेष्ठले नै गरेका छन् । जसको सो क्षेत्रमा नै सकारात्मक परेको अनुमान एमालेले गरेकोे छ । ‘उहाँले विगतदेखि सञ्चालन गर्दै आउनुभएको स्वास्थ्य शिविर र पछिल्लो समयमा नगरपालिकासँग सम्झौता गरेर गल्याङ नगर अस्पतालमा गर्नुभएको सेवा प्रारम्भले निर्वाचन प्रचारप्रसारको क्रममा हामीले निकै सकारात्मक शन्देश पाएका छौं’, एमाले स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरेले भने । गैरेका अनुसार उम्मेदवार डा. श्रेष्ठ सफल व्यवसायी भएको र उनले आफ्नो व्यवसायबाट प्राप्त हुने मुनाफाको ठूलो हिस्सा कुनै न कुनै रुपमा सो क्षेत्रका सामाजिक कार्यमा खर्च गर्दै आएका छन् । स्याङ्जाको दक्षिणी भेगमा पर्यटनको विकासका निम्ति २ दशक अगाडि देखि डा.श्रेष्ठले अगाडि बढाउँदै पहललाई पनि एमालेले चुनावी प्रचारको राम्रो साधनका रुपमा प्रयोग गर्दै आएको छ । कालीगण्डकी नदीमा र्याफ्टिङ शुरुवातका निम्ति अध्ययन र प्रचारको पहलकदमी लिँदै डा. श्रेष्ठले ०६४ सालदेखि नेपालमा नयाँ नदी महोत्सव आयोजना गर्ने मुख्य भूमिका निर्वाह गर्दै आएका थिए । सोही कारण कालीगण्डकी नदीमा र्याफ्टिङ व्यवसायको विषयमा पछिल्लो समयमा केही व्यवसायीहरुले चासो देखाइरहेका छन् । त्यस्तै उनले गण्डकी र लुम्बिनी प्रदेशमा प्रशिद्ध रहेको राम्दी धामको दीगो विकास तथा व्यवस्थापनको लागि गुरुयोजना निर्माण गर्ने पहल गरेका थिए । त्यस्तै उनकै सक्रिय सहभागितामा चापाकोट बहुप्राविधिक शिक्षालयको निर्माण भएको छ । डा. श्रेष्ठको पहलमा स्याङ्जाको दक्षिणी भेगमा पर्यटन, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रका विषयहरुमा भएका काम र शुरुवातको विषयहरुलाई लिएर एमालेले उनलाई केन्द्रीय राजनीति बुझेको, क्षमतावान र दीर्घकालिन दृष्टिकोण भएको सो क्षेत्रको विकासका निम्ति अति आवश्यक नेताको रुपमा प्रचार गरेको छ । ‘उहाँ स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेर सफलता हासिल गरेको प्राविधिक ज्ञान भएको मान्छे हो, प्राविधिक रुपमा क्षमता भएको मान्छेले राजनीतिक तथा सामाजिक विकासको नेतृत्व गर्दा त्यसले समाजलाई निकै ठूलो योगदान पुर्याउन सक्छ, त्यसैले डा.श्रेष्ठ हाम्रो क्षेत्रको समृद्धिको निम्ति चुनाव जित्नै पर्ने मान्छे हो’, अध्यक्ष गैरेले बताए । अध्यक्ष गैरेका अनुसार केन्द्रीय राजनीतिमा राम्रो पहुँच भएको र अहिलेसम्म गरेका कामको कारण पनि चुनावी प्रतिस्पर्धा डा. श्रेष्ठलाई सहज रहेको छ ।
निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने
नुवाकोट । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका एकसय ३२ मतदानस्थलमा कायम गरिएका दुईसय ८८ मतदान केन्द्रमा आठ जनाको दरले कर्मचारी छनोट गरेर आवश्यक तालीमसमेत खटाइएको छ । चुनावका लागी खटाइने कर्मचारीको यसअघि नै छनोट गरेर तालिम प्रदान गरिसकेको छ । मतपत्र सहित २८ प्रकारका निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए । उनको अनुसार मतदान केन्द्रमा मतदाता सङ्ख्या अनुसार केही स्वंयसेवक राख्नुपर्ने भएकाले त्यसको छनोट गर्ने जिम्मेवारी मतदान अधिकृतलाई दिइएको छ । नुवाकोटमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनको लागि दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेससभा गरेर छ पदको लागि प्रत्यक्षतर्फ कूल ६३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नुवाकोटमा दुई लाख ३९ हजार सात सय २६ मतदाता रहेका छन् ।
एक हप्तापछि नेप्सेमा छायो हरियाली, आज पनि शिवम् सिमेन्टको उच्च कारोबार
काठमाडौं । एक हप्ता निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार भने हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार नेप्से २१.२६ अंकले वृद्धि भएर १९०४.४३ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार कूल दुई सय २५ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता सेयर ९४ करोड ६० लाख ८९ हजार ५२१ मूल्यमा खरिद बिक्री भएका छन् । यस्तै, कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त कम्पनीको १० करोड ९६ लाख ४३ हजार बराबरको कारोबार भएको छ । हिमालयन डिस्टिलरीको ८ करोड ९९ लाख, न्याग्दी ग्रुप पावरको ७ करोड ८३ लाख, गुराँस फाइनान्सको दुई करोड ५३ लाख र नेष्डो लाघुवित्तको दुई करोड ४७ लाख मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेको अनुसार सार्वधिक कमाउनेमा तारागाउँ रिजेन्सी रहेको छ । यसपछि क्रमश सप्तकोशी डेभलपमेन्ट बैंक, बुद्ध भुमी नेपाल हाइड्रोपावर, रिभर फल्स र लिबर्टी इनर्जी कम्पनी रहेको छ ।
विराटनगरमा महानगरको प्रतीक चिन्ह बनाउनेलाई एक लाख पुरस्कार
विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह लोगो प्रयोगमा ल्याउने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ । इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् । मङ्सिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । छनोटमा परेको उत्कृष्ट लोगोलाई एक लाख नगद रुपैयाँले पुरस्कृत गरिनेछ । छनोट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ । लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित महानगरले सार्वजनिक सूचनासमेत प्रकाशित गरिसकेको छ ।