काठमाडौं । घरको डाक्टर भनेर चिनिएको स्किल सेवाले सेवा एप कस्टमर र सेवा एप प्रोभाइडर बेटा भर्जन सार्वजनिक गरकाे छ ।
सेवा एप कस्टमर घरबेटी लक्षित गरेर बनाइएको एप हो भने सेवा एप प्रोभाइडर प्लम्बिंग, इलेक्ट्रिसीयन, पेन्टिङ जस्ता ३० भन्दा धेरै सेवाहरु दिनको लागि बनाएको एप हो । जसमा रजिस्टर गरेर सेवा दिने व्यक्तिले यो एपमार्फत निरन्तर काम पाउने र पैसा उठाउनको लागि कुन पैनि किसिमको झन्झट नहुने बताइको छ ।
सेवा एपमा स्थानीय क्षेत्रमा रहेको पसलेहरुले आफ्नो पसलमा राखिएको सामान, त्यसको मुल्य उल्लेख गरि व्यापारलाई अझै प्रवर्धन गर्ने मौका पाउनेछन् । यो सेवा अहिलेको लागि पुर्णरुपमा निशुल्क गरिएको छ र यो सेवाले गर्दा व्यवसायिहरुलाई पनि ठुलो मद्दत पग्ने र डिजिटल उपस्थिति पनि बढ्ने कम्पनीको दाबी छ ।
ग्राहकले कुन समान कुन पसलमा पाउन सकिन्छ र त्यसलाई कति मूल्य पर्छ भन्ने जानकारी मोबाईलबाट नै थाहा पाउने भएकाले समय र पैसाको बचत गर्न सक्नेछन् ।
साथै थप जानकारीको लागि पसलमा सम्पर्क गर्न सक्नेछन् । यस फिचरमा व्यवसायीले आफ्नो पसल सेवा एपमा लिष्टिङ्ग गर्न पाउने व्यवस्था सेवा एपमा रहेका छ । सेवा एपबाट जोसुकैलेल पनि समान किनबेच गर्न पाउनेछन् । सेकेन्ड हेन्ड समानहरु पनि किन बेच गर्नको लागि पनि सजिलो हुने कम्पनिले बताएको छ ।
यो एपले पछिल्लो समय राजधानीमा रुम फाइन्डरको नाममा भइरहेको बिचौली यातन्त्रलाई समेत अन्त्य गर्ने कम्पनीको दाबी छ । घरबेटीलेकोठा खाली भए नभएको जानकारी एपमा सजिलैसँग अपडटे गर्न पाउनेछन् ।
सेवाले डेरावालसँग मोबाइलबाट सम्झौता पत्र बनाउने फिचर ल्याएकाे छ । जसको प्रयोग गरेर डेरावालसँग मोबाइलबाट सम्झौता पत्र बनाउन सकिनेछ । साथै, मासिक बहाल सम्बन्धि जानकारी जस्तै महिनावारी बहाल रकम, विधुतिय खर्च, पानी, फोहोर सकंलन जस्ता अन्य रकमहरु पनि डिजिटली एपमै राख्न सकिने छ ।
घरबेटी सम्झौता पत्र
घरबेटी र बहालमा बस्ने बिचको भाडाको कानुनी अभिलेख सम्झौता पत्र हो । सम्झौता पत्र अहिलेको समयमा अति आवश्यक बनि सकेको छ । प्राय मानि सलेसम्झौतापत्र बनाउनको लागि झन्झट मान्नेगर्दछन सम्झौतापत्र बिना कोठा भाडा दिने गर्दछन् । यस समस्यालाई समाधान गर्न गर्नको लागि सेवा एपले यो फिचर ल्याएको हो ।
घरबेटी र डरोवाल बिच केही समयमै बिना शुल्क सम्झौता गर्न सकिन्छ । आवश्यक सुचना दर्ता गरेपछि केही समयमै समझौतापत्र जेनिरिट गर्न सकिन्छ । यो सम्झौतापत्रलाई सजिलै सँग डाउनलोड गर्न सकिन्छ ।
आफनो क्षेत्रका वार्ड र नगरपालि कालेजारी गरेको सुचना थाहा एकदमै महत्वपुर्ण हुन्छ । यस्तो प्रकारको जरुरी सुचनाहरु छुट्दा धेरै समय खर्च हुन सक्ने र कुनैकुनै सुचना छुटे भने दण्ड एंव जरिवानाको भागेदार हुनुपर्ने हुन्छ । सेवामा एपबाट महत्वपुर्ण सुचनाहरु अब मोबाइलमै दैनिक रुपमा नोटिफिकेसन रुपमा प्राप्त गर्न सकिनेछ ।
आधिकारिक सुचनाहरु सबलै थाहा पाउन जरुरी हुन्छ सुचनाको सहज पहुँचको लागि यो फिचर ल्याएको हो । यो फिचरका कारण जनता र स्थानिय सरकार बीचको सम्बन्ध राम्रो हुने कमपनीले विश्वास लिएको छ । मोबाइल एपमा रजिस्टर गर्दा नै आफ्नो वार्ड र नगरपालिका छान्नुपर्ने छ सोहि बमोजि न आफ्नो वडा र नगरपालिकाको सुचनाहरु सुचना प्रकशन भए नभएको केही समयमै थाहा पाउन सकिन्छ ।