विकासन्युज

मंसिर ४ गतेको चुनावबाट देश ठूलो पार्टी मुक्त हुन्छ : पशुपतिसमशेर जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिसमशेर जबराले मंसिर ४ गतेको चुनावबाट देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर २ ले साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष राणाले मंसिर ४ गतेको निर्वाचनपछि देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका हुन् । उनले राप्रपा सनातनधर्मी र मुलुकप्रति इमान राख्ने पार्टी भएको भन्दै देशका दुई ठूला पार्टीहरु पापीहरुले भरिएको पार्टी भनि टिप्पणी गरे । उनले संसदमा सबै पार्टी चाहिने उल्लेख गर्दै संसदमा गएर राप्रपाका नेताहरुले खबरदारी गर्ने बताए । यस्तै, उgले आफ्नो जित निश्चित भएको दाबी गरे । उनले क्षेत्रको विकासको लागि जनतासँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

एभरेष्ट बैंकद्वारा बिरौटा पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन

काठमाडौं । एभरेष्ट बैंकले बिरौटा पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन गरेको छ । बैंकले बिहीबार उक्त शाखाको उद्घाटन गरेको हो । उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा. गणेश गुरुङ्ग र एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका थिए । योसँगै गण्डकी प्रदेशमा एभरेष्ट बैंकको शाखा संख्या १२ पुगको छ । बैंकले आफ्नो १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटिएम सहित १२ लाख ग्राहकहरुला२ वित्तीय सेवा दिँदै आएकाे छ ।   

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : आयोग

काठमाडौं ।  यही मङ्सिर ४ गते एकैचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको र आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको हो । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पु¥याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताए । आयोगले कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाइवा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानूनबमोजिम कारवाही गर्न विशेष निर्देशन दिएको छ । ‘सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिका माध्यमबाट निर्वाचनको निष्ठामाथि प्रश्न उठाउने अवस्था आउन नदिन आयोग संवेदनशील छ र यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।’ प्रमुख आयुक्त थपलियाले भने, ‘यो अवधिमा सामाजिक सञ्जालबाट फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई नियमन र नियन्त्रण गर्न आयोगले सामाजिक सञ्जालका कम्पनीसँग सहकार्य गरिरहेको र ती कम्पनीले पनि विशेष निगरानी गरिरहेका छन् । मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति फैलन नदिनु सबैको साझा दायित्व भएकाले निर्वाचनको बाँकी अवधिमा सबै पक्षबाट यो दायित्वको पूर्ण पालना हुनेमा आयोग विश्वस्त छ ।’ आयागले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिनेलगायतका कार्य गरी निर्वाचनको स्वच्छतामा असर पु¥याउने कुनै पनि गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकताअनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्तमात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ । यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा सेयर गर्न वा गराउनसमेत नपाइने व्यवस्था छ । त्यसैले आयोगले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिएका निर्वाचन प्रचारप्रसारसम्बन्धी विज्ञापन हटाउन निर्देशन दिइसकेको छ भने यस्ता विज्ञापनको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिइएको छ । मतदान केन्द्र बन्दै आयोगले मतदान केन्द्रमा पुगेका मतदान अधिकृतबाट सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, शान्ति भङ्ग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादक पदार्थ निषेध गर्ने तथा हातहतियार लिएर हिँड्न वा प्रयोग गर्न नदिनेलगायत विषयमा आवश्यक तयारी गर्ने जनाएको छ । त्यसैगरी आगामी दुई दिनभित्र मतदानमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट मतदान केन्द्रको निर्माण कार्य सम्पन्न हुनेछ । मतदान केन्द्र निर्माण गर्दा लैङ्गिक समावेशी, अपाङ्गता मैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुनेगरी बनाउन आयोगले निर्देशन दिएको छ । बाइस हजार दुई सय २७ मतदान केन्द्र निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै हुनुहुन्छ । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नु हुनेछ । निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रदेशसभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुुहुन्छ भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ । यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड छ लाख पाँच हजार गरी कूल आठ करोड पाँच लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको छ । सात हजार दुई सय १९ पर्यवेक्षण निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न अनुमतिप्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७२०७ र दुई वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी सात हजार २१९ जनाले पर्यवेक्षण गर्दैछन् । पर्यवेक्षकले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित प्रणालीको एक सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको तीन सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नुहुनेछ । आयोगल हालसम्म करिब सात हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको छ । आयोगको निमन्त्रणामा भारत, भूटान, बङ्गलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलङ्का र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहित निर्वाचन व्यवस्थापन गर्ने निकायको टोली मतदानको दिनको अवलोकन गर्न आएका छन् । नेपालस्थित १८ वटा कूटनीतिक नियोगबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ । रासस

चुनावमा बैंकहरु खुला हुन्छन् कि बन्द ?

काठमाडौं । सरकारले मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि भन्दै सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक संघ संस्थाहरु र निजी कम्पनीलाई पनि दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । योसँगै अतिआवश्यक सेवाको रुपमा लिइएको बैंक तथा वित्तीय संस्था बन्द हुन्छ वा खुला हुन्छ भन्ने विषयमा सर्वसाधरणको चासो बढेको छ । विकासन्युजलाई प्राप्त सूचना अनुसार मंसिर ४ गते निर्वाचनको दिन बैंक तथा वित्तीय संस्था पुर्ण रुपमा बन्द हुने छन् भने अन्य दिन खुला रहनेछन् । अहिले विभिन्न बैंक तथा वित्तीय संस्थाले सूचनाहरु जारी गर्दै खुला रहने र बन्द रहने शाखा तथा काउन्टरहरु सार्वजनिक गरिरहेका छन् ।  बिहीबार हिमालयन बैंकले सूचना जारी गर्दै मंसिर ४ र ५ गते पूर्ण रुपमा सबै शाखाहरु बन्द रहने जनाएको छ । सो बैंकले ठमेल, न्युरोड र पाटन शाखाहरुमा संचालिन विदाको काउन्टरहरु पनि बन्द रहने बताएको छ । अन्य बैंकहरुले पनि मंसिर ४ र ५ गते कतिपय काउन्टरहरु बन्द रहने जनाएका छन् तर अधिकांश बैंकहरु भने ४ गते पुर्ण रुपमा बन्द गरेर ५ गते आंशिक रुपमा खुल्ने तयारीमा छन् । यस विषयमा वाणिज्य बैंकको छाता संस्था नेपाल बैंकर्स संघले भने कुनै निर्णय गरेको छैन । बैंकहरुले सरकारको निर्णय अनुसार बैंक खोल्ने/बन्द गर्ने निर्णय गर्न सक्नेछन् ।

एनएमबि बैंकले बचत खातामै ९.१३ प्रतिशत ब्याज दिने

काठमाडौं । एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा ९.१३३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यो खाता विशेष गरेर ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई लक्षित गरेर बनाइएको बैंकले जनाएको छ । ९.१३३ प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

३ दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको तीन दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना बताए । ‘सबै मतपेटिकाहरू सङ्कलन भएको लगत्तैदेखि मतगणना प्रारम्भ हुनेछ’, उनले भने, ‘तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ ।’ मङ्सिर २२ गतेभित्र निर्वाचनको सम्पूर्ण नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउन चाहेको जनाउँदै उनले भने, ‘निर्वाचन प्रक्रियामा सबैको प्रतिबद्धता र सहयोग भएको खण्डमा त्यो सम्भव हुन्छ भन्नेमा आयोग ढुक्क छ ।’ अस्वाभाविकरूपले मतदान भएका केन्द्रलाई आयोगले विशेष सूचीमा राख्ने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन वटा सुरक्षा घेरा रहने व्यवस्था गरिएको बताए । उनले कुनै केन्द्रमा अप्रिय घटना भएमा ३० मिनेटभित्र नेपाली सेना पुग्ने व्यवस्था मिलाइएको जानकारी दिए । बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिँदै उनले वारेसका आधारमा मतदान गर्ने प्रवृत्तिलाई निस्तेज तुल्याइने बताए । आगामी दुई दिनभित्र मतदान केन्द्र निर्माणको कार्य पूरा भइसक्ने आयोगले जनाएको छ । प्रजातन्त्रको मेरुदण्डका रूपमा रहेको आवधिक निर्वाचनको मुख्य सरोकार पक्ष भनेको उम्मेदवार र मतदाता नै हुन् । सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएकाले विगतका जस्तो तडकभडक नभएको आयोगले जनाएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा हुने उक्त निर्वाचनको लगभग सम्पूर्ण तयारी पूरा भएको सो अवसरमा जानकारी दिइयो । उक्त निर्वाचनमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् । यही मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका बालिग मतादाताले निर्वाचनमा मतदान गर्न पाउनेछन् । मतदानका लागि १० हजार आठ सय ९२ मतदान स्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यस्तै एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् । रासस

विश्वकप हेर्न कसरी भुक्तानी गर्ने ५ सय रुपैयाँ ?

काठमाडौं । नेपालमा विश्वकप फुटबल प्रसारणसम्बन्धी विवाद सर्वाेच्च अदालतले बुधबार टुंग्याएपछि नेपालीले पैसा तिरेर विश्वकप हेर्न पाउने भएका छन् । अब ५ सय रुपैयाँ तिरेर नेपालीले विश्वकप हेर्न पाउने भएका हुन । नेपालमा विश्वकप फुटबल प्रसारणको अधिकार खरिद गरेको मिडिया हबले बुधबार अदालतले थप शुल्क लिन पाउने गरी आदेश दिएपछि प्रसारणको तयारी थालिएको बताएको छ । मिडिया हबका अध्यक्ष सोमप्रसाद धिताल अदालतको आदेशपछि नेपालमा विश्वकप हेर्नका लागि रातदिन काम सुरु भएको बताउँछन् । ‘हामीसँग छोटो अवधि मात्र बाँकी छ, विश्वकप देखाउनका लागि आवश्यक कामहरु धेरै छन्, हामीले रातदिन नभनी काम गछौँ, ग्राहकले सुरुकै दिनदेखि थप शुल्कमा विश्वकप हेर्नपाउनुहुनेछ’, उनले भने, ‘नेपाली फुटबल प्रेमी ग्राहकले थप ५ सय शुल्क भुक्तानी गर्नुपर्याे त्यसमा हामी दुखी छौँ, तर उहाँहरुको फूटबल प्रतिको मोह हामी मार्न दिदौँनौँ, थप शूल्क लिनुपर्ने हाम्रो बाध्यता हो ।’ कसरी तिर्ने शुल्क ?  विश्वकप हेर्नका लागि ग्राहकले इन्टरनेट जडान गरिएको सेवाप्रदायक कम्पनीलाई थप शुल्ल भुक्तानी गर्नुपर्नेछ । ग्राहकले आफ्नो घरमा जुन केलवको सेटअप बस राखेको छ सोही केवल सेवा प्रदायक कम्पनीलाई थप ५ सय शुल्क तिुर्नपर्ने मिडिया हबले जनाएको छ । ‘जसरी तपाईंले इन्टरनेट र टेलिभिजनको शुल्क भुक्तानी गर्नुभएको छ, सोहीमा एड गरी अथवा प्याजेक अनुसार भुक्तानी गर्न पाइन्छ’, अध्यक्ष धितालले भने, ‘वार्षिक रुपमा भुक्तानी गर्ने ग्राहकको शुल्क प्याकेजमा नै राख्ने अधिकार सम्बन्धीत इन्टरनेट सेवा प्रदायक कम्पनीले गर्नेछ, कोहीले वार्षिक प्याकेजमा एड गर्नुहुन्छ, कोहीले नेटसँग जोडेर लिन सक्छन्, केबल, एनएसओ, डीटीएचको कम्पनीले आफ्नो तरीकाले थप ५ सय शुल्क लिनुहुनेछ ।’ उनका अनुसार मिडिया हबले भारतीय कम्पनी भायकमबाट प्रसारण अधिकार खरिद गर्न सम्झौता गरेको छ । भायकमबाट प्रसारण अधिकार लिन र विश्वकपको प्रचारप्रसार गर्नका लागि मात्रै मिडिया हबले ४१ करोड रुपैयाँ खर्च गरेको उनको भनाइ छ । उनका अनुसार विश्वकप फुटबल देखाउनका लागि ठूलो परिमाणमा खर्च लाग्ने भएपछि बाध्य भएर थप शुल्क लिनुपरेको हो । नेपालमा २० देखि २१ लाखसम्म टेलिभिजन सेटअप बक्सहरू रहेको र त्यसमध्ये १० देखि १२ लाख टेलिभिजन प्रयोगकर्ताहरूले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सक्ने अनुमान मिडिया हबले गरेको छ । त्यसबापत १० लाख प्रयोगकर्ताहरूले मात्रै विश्वकप हेर्न शुल्क तिरे ५० करोडसम्म उठ्ने उक्त कम्पनीले प्रक्षेपण गरेको छ । मिडिया हबले ग्राहकबाट उठाएको थप ५ सय शुल्कमध्ये इन्टरनेट सेवा प्रदायक कम्पनीले ३० प्रतिशत रकम पाउनेछन् । ‘७० प्रतिशत मिडिया हबले र ३० प्रतिशत सम्बन्धीत कम्पनीले दिने गरी तयारी भएको छ तर यतिनै भन्ने यकिन भैसकेको छैन’, उनले भने, ‘७०–३० हुन्छ कि ६०–४० हुन्छ, फाइनल हुनबाँकी नै छ ।’ कतारको राजधानी दोहामा यही नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखको बीचमा विश्वकप फुटबल आयोजन हुनेछ ।

ग्लोबल आइएमई बैंकले हुन्डाईको विद्युतिय गाडी किन्न सस्तोमा कर्जा दिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार बैंकमा आयोजित एक कार्यक्रममा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न सहज रुपमा कर्जा प्रवाह गर्नेछ । आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्ने जनाएकाे छ । बैंककाे अनुसार यो सुविधा ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ । ग्लोबल आइएमई बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।