काठमाडौं । एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा ९.१३३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यो खाता विशेष गरेर ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई लक्षित गरेर बनाइएको बैंकले जनाएको छ ।
९.१३३ प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।