बीमा अभिकर्ताको नामको पछाडी ‘इन्स्योरेन्स एजेन्ट’ शब्द अनिवार्य राख्नुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत बीमा अभिकर्ताहरुले नाममा प्रयोग गरिएका बीमा तथा सो सम्बद्द शब्दहरुले सेवाग्राहीमा दुविधा उत्पन्न भएकाले यस्ता शब्द प्रयोग नगर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरुलाई संस्थागत बीमा अभिकर्ताहरुको नाम सिफारिस गर्दा ‘बीमा’ नाम नजोड्न अर्थात् नामको अन्त्यमा इन्योरेन्स एजेन्ट राख्न निर्देशन दिएको हो । ‘संस्थागत बीमा अभिकर्ता बन्ने त्यस्ता संस्थाको प्रवन्ध पत्र तथा नियमावलीमा नामको पछाडी ‘बीमा अभिकर्ता’ अर्थात् ‘इन्स्योरेन्स एजेन्ट’ शब्द अनिवार्य राख्नुपर्नेछ,’ बीमा कम्पनीलाई पठाइएको पत्रमा उल्लेख गरेको छ ।
एनसीसी बैंकको साधारण सभा आज, लाभांश र मर्जर प्रस्ताव पारित गर्ने
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को वार्षिक साधारण सभा आज हुँदैछ । बैंकको २५ औं वार्षिक साधारण सभा आज (मंसिर २ गते) बिहान १० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा हुने भएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कूल १०.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्न, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १५ गते मंगलबार एक दिन बुक क्लोज गरेको थियो । कुमारी बैंकसँग मर्जर प्रकृयामा रहेकाले बैंकको असोज ११ गतेदेखि सेयर कारोबार रोक्का छ । त्यसैले असोज ९ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।
कहाँबाट आयो पृथ्वीमा सुन ?
पृथ्वीमा सुन कहाँबाट आयो भन्ने सम्बन्धमा दुई खाले अनुमान छ । पहिलो मेटोरेइट सिद्धान्त । यस सिद्धान्तअनुसार पृथ्वीले ग्रहको आकार लिएको करिब २० करोड वर्षपछि अर्थात् आजभन्दा २ अर्ब २० लाख वर्षअघि अन्तरिक्षबाट पृथ्वीमा बज्रिन आइपुगेको उल्कापिण्डहरूबाट सुन आएको हुनुपर्दछ । दोस्रो सिद्धान्त हो मेन्टल सिद्धान्त । यस सिद्वान्तअनुसार पृथ्वीको बाहिरी पत्रभन्दा मुनिको तातो लाभाका रूपमा मेन्टल तहबाट भौगर्भिक हलचलका कारण सुन पृथ्वीको सतहमा वा माथिल्लो पत्रमा आएको हुनुपर्दछ । यी दुई सिद्धान्तहरूमध्ये पहिलो सिद्धान्तलाई बढी विश्वसनीय मान्न सकिन्छ । अहिलेसम्म कति उल्खनन भयो सुन ? वल्र्ड गोल्र्ड काउन्सिल (डब्लुजिसी) को तथ्याङ्कअनुसार मानवसभ्यताको सुरुवात यता सन् २०२१ सम्म दुई लाख पाँच हजार दुई सय अढ्तिस टन उत्खनन भएको छ । यीमध्ये दुई तिहाई परिणामको सुन १९५० पछि मात्रै उत्खनन भएको देखिन्छ । अहिलेसम्म उत्खनन भएको सुनलाई घनाकार स्वरुप दिने हो भने त्यसबाट करिब २२ घनमिटरको क्युब बनाउन सकिन्छ । यदि हालसम्म उत्खनन गरिएको सम्पूर्ण सुनलाई पाँच माइक्रोमको मोटो तार बनाउने हो भने त्यसले विश्वलाई एक करोड १२ पटक बेर्न सकिन्छ । जमिनमुनि खानीमा प्रामाणिक मौज्दातका रूपमा लगभग ५३ हजार टन रहेको डब्लुजिसीको दाबी छ । विश्वमा प्रत्येक वर्ष २५०० देखि ३००० टन सुन उत्खनन हुने गर्दछ । सुनको शुद्धता सुन प्रकृतिमा स्वतन्त्र रूपमा रहेको धातु हो । सुनको शुद्धतालाई वर्गीकरण वा मापन गर्ने इकाइ क्यारेट हो । यसले गरगहनामा सुनको मात्रा सङ्केत गर्दछ । २४ क्यारेटको सुनलाई शुद्ध सुन मानिन्छ । शुद्ध २४ क्यारेट सुनको घनत्व १९.३ ग्राम हुन्छ । सुनको घनत्व अन्य धातुभन्दा बढी हुने भएकाले जति बढी घनत्व भयो त्यति नै सुनलाई शुद्ध मान्ने गरिन्छ । २४ क्यारेटको सुन पूर्ण रूपमा शुद्ध हुने हुँदा धेरै नरम हुन्छ र गहना बनाउन योग्य हुँदैन । उक्त सुनलाई गरगहना बनाउन योग्य बनाउनका लागि सुनमा अरू कडा धातु मिसाइन्छ जसका कारण यो मुलायम र स्थायी हुन्छ । सुनमा अरु धातु मिसाउने प्रक्रियाबाट यसमा मिसिएको अरु धातुको मात्रा अनुसार २४, २२, १८ आदि क्यारेटमा वर्गीकरण गरिन्छ । २४ क्यारेटको सुनमा ९९.९५ प्रतिशत सुनको मात्रा पाइन्छ, भने २२ क्यारेटमा ९१.७५ प्रतिशत, १८ क्यारेटमा ७५ प्रतिशत सुनको मात्रा रहेको हुन्छ । ५८.५ प्रतिशत सुनको मात्रा भएको सुनलाई १४ क्यारेट तथा ४१.७ प्रतिशत सुनको मात्रा भएको सुनलाई १० क्यारेट सुन भनिन्छ । नेपालमा सामान्यत २४ र २२ क्यारेटका सुन चलनचल्तीमा रहेका पाइन्छन् । सुनमा चाँदी, तामा, जस्ता, निकल, प्लाटिनम, पालाडियम जस्ता धातु मिसाएर पनि गरगहनामा प्रयोग गरिन्छ । सुनलाई हावा आद्र्रता वा अन्य तत्त्वहरुले निकै कम असर वा बिगार गर्दछ । त्यसैले यसलाई पवित्र मानिन्छ । हिन्दु धर्मअनुसार सुन पञ्च धातुमध्येको एक प्रमुख धातु मानिएको छ । नोटः माथिको मिश्र धातु रचनाहरू देखाइएका रङ र क्यारेटेज संयोजनहरूमा पुग्नका लागि गहना उद्योगले प्रयोग गर्नेहरूमध्ये विशिष्ट छन्, तर यी संयोजनहरूमा पुग्ने यी मात्र तरिका होइनन् । यहाँ सूचीबद्ध सेतो सुन रचनाहरू निकल मुक्त छन् । निकल युक्त सेतो सुन मिश्र धातुहरू सेतो सुन मिश्रहरूको सानोर धेरै सानो प्रतिशत बनाउँछ र सामान्यतया अन्य आधार धातुहरू जस्तै तामा र जस्ता समावेश गर्दछ । तल प्रयोग गरिएका उत्कृष्टताका सामान्य मापदण्डहरू छन्ः .375 = 9 carat (England and Canada) .417 =10 carat .583 (.585) = 14 carat .750 = 18 carat .833 = 20 carat (Asia) .999 (1000) = 24 carat pure gold Strictly speaking, 14 carat should be 583 (14/24 = .583333), but most manufacturers have adopted the European practice of making 14 carat gold slightly सुनको प्रयोग सुनको सबैभन्दा बढी प्रयोग गरगहना बनाउन गरिन्छ । तथ्याङ्कअनुसार उत्खनन भएमध्येको सबैभन्दा धेरै अर्थात् करिव ४६ प्रतिशत ९४ हजार चार सय चौसट्ठी टन सुन गरगहना बनाउन प्रयोग हुन्छ । सुनको दोस्रो बढी प्रयोग विशद् धनका रूपमा रहेको पाइन्छ । २२ प्रतिशत अर्थात् ४५ हजार चार सय ५६ टन सुन सिक्का वा ढिक्काका रूपमा मानिसहरूले धनका रूपमा राखेका छन् । यसै गरी तेस्रो ठुलो परिमाण सबैजसो देशका केन्द्रीय बैकहरूले सुनलाई विनिमय सञ्चितिका राखेको पाइन्छ । विश्वका केन्द्रीय बैंकहरूले विनिमय सञ्चिति वा बचतका रूपमा राखेको सुनको परिमाण ३४ हजार पाँच सय ९२ टन छ जुन कुल सुनको करिब १७ प्रतिशत हुन आउँछ । करिब १५ प्रतिशत सुन (३० हजार सात सय २६ टन) भने अन्य प्रयोजनमा खपत भएको पाइन्छ । सुनलाई विद्युतीय सामग्री बनाउन, दाँत उपचारमा विद्युतीय तार, औषधी, विकिरण कवच, ग्लास रङ्गीन बनाउने आदि काममा पनि प्रयोग गर्ने गरिन्छ । सुनसम्बन्धी रोचक तथ्यहरू सुन अत्यन्त कोमल धातु हो । कोमल भएकै कारण १ ग्राम सुनलाई आठ किलोमिटरभन्दा लामो धागोका रूपमा आकार दिन सकिन्छ । सुनमा लचकता पनि ज्यादा हुन्छ, कुनै पनि धातुमा लचकपन कति छ भनेर मापन गर्ने तरिका उक्त धातुलाई पिटेर कतिसम्म पातलो च्यादर (सिट) मा बदल्न सकिन्छ भनेर हेर्ने हो । एक अउन्स (२८.३४ ग्राम) शुद्ध सुनलाई पिटेर ३ सय वर्गफिटको सिट बनाउन सकिन्छ । साथै यसलाई पारदर्शी हुने गरी पातलो पत्रमा ढाल्न सकिन्छ । सुन उम्लने तापक्रम २८०८ डिग्री सेन्टिग्रेड हो भने १०६४ डिग्री सेन्टिग्रेडमा सुन पग्लिन्छ । सुन शुद्ध अवस्थामा गन्धरहित र स्वादरहित हुन्छ । संसारमा सबभन्दा धेरै सुन बचत राख्ने पाँच मुलुकहरूमा अमेरिका ८ हजार १३३ टन, जर्मनी ३ हजार ३९५ टन, इटाली २ हजार ४५१.८ टन फ्रान्स २ हजार ४३६.५ टन, रुस २ हजार २९८.५३ टन हुन् । हालसम्म उत्खनन भएको सुनलाई घनाकार स्वरुप दिने हो भने त्यसबाट करिब २२ घनमिटरको क्युब बनाउन सकिन्छ । यदि उत्खनन गरिएको सम्पूर्ण सुनलाई पाँच माइकोमको मोटो तार बनाउने हो भने त्यसले विश्वलाई एक करोड १२ पटक बेर्न सकिन्छ । हाल विश्वमा धेरै सुन उत्खनन गर्ने प्रमुख ५ मुलुकहरूमा चीन ३७० मेट्रिक टन, अस्ट्रेलिया ३३० मेट्रिक टन, रसिया ३०० मेट्रिक टन, संयुक्त राज्य अमेरिका १८० मेट्रिक टन र क्यानडा १७० मेट्रिक टन हुन् । नेपालमा सुन आयातको स्थिति विश्व मानचित्रमा नेपाल अति कम विकसित मुलुकका रुपमा रहेको छ । देशका १८ प्रतिशत जनता गरिबीको रेखामुनि छन् तर अति विलासी र अनुत्पादक वस्तु सुनको खरिद र उपभोगमा भने नेपालीको मोह उच्च देखिन्छ । पछिल्ला १५ वर्षमा नेपालमा साढे तीन खर्ब रुपैयाँ बराबरको ७४ हजार किलो सुन भित्रिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०७८/७९ सम्ममा ७३ हजार ९ सय ४४ किलो सुन भित्रिएको छ जसमा तीन करोड ४२ अर्ब ४७ करोड रुपैयाँ बाहिरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा मात्र ३५ अर्ब ६१ करोड रुपैयाँ बराबरको ५ हजार ५३ किलो सुन आयात भएको विभागको तथ्याङ्क छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वार्षिक एक खर्ब बराबरको सुन कारोबार हुने गरेको छ । विवाहलगायतका सिजनमा दैनिक ५० किलोसम्म र अन्य वा अफसिजनमा दैनिक २० किलोसम्म सुन खपत हुने गरेको छ । हाल नेपाल राष्ट्र बैंकले दैनिक १० किलो सुन आयातको व्यवस्था गरेको छ । राष्ट्र बैंकले सिजनका समयमा भने २० किलो सुन आयातको अनुमति दिने गरेको छ । नेपालमा २० भन्दा बढी मुलुकबाट सुन आयात हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा बढी खाडी देशहरूबाट सुन आयात हुन्छ । ती देशहरूमा युएई, बहराइन, सिङ्गापुर, ब्रुनाई, साउदी अरब आदि हुन् जसमध्ये ९० प्रतिशत सुन युएईबाट आयात हुने गरेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार सरकारको ढुकुटीमा असारसम्म १९४५ किलो सुन मौज्दात छ । त्यस्तै विभागमा दुई लाख २२ हजार २ सय किलो चाँदी मौज्दात छ । (अर्जुन खड्का नेपाल बैंकमा वरिष्ठ सहायक पदमा कार्यरत छन् ।, नेपाल बैंकको विशेषाङ्क २०७९ बाट साभार )
निजी क्षेत्रको विरोधपछि राष्ट्र बैंकले माग्यो चालु पूँजी कर्जामा सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनबारे सुझाव मागेको छ । राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू गरेको चालु पूँजी कर्जामा नीजि क्षेत्रको बिरोध गभएपछि मंसिर १० गतेभित्र सुझाव पेश गर्न भनेको हो । चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन–२०७९ लागू भएको एक महिना पूरा भएपछि सुझाव मागेको छ । राष्ट्र बैंकले कार्यविधि कार्यान्वयनमा कुनै समस्या वा द्विविधा देखिएमा मंसिर १० गतेभित्र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको बुँदागत रुपमा सुझाव पेश गनै भनेको हो । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालु पुँजी कर्जाको औचित्य, प्रभावकारिता तथा सदुपयोगिता सुनिश्चित होस् भन्ने अभिप्रायले कात्तिक १ गतेबाट उक्त मार्गदर्शन लागू गरेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालु पूँजी कर्जाको औचित्य, प्रभावकारिता तथा सदुपयोगिता सुनिश्चित होस् भन्ने अभिप्रायले कार्तिक १ गतेदेखि चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गरेको थियो । बैंक तथा वित्तीय संस्थाका ग्राहक ऋणीले कर्जा प्राप्त गर्ने मापदण्डमा एकरुपता भई कर्जा प्राप्त गर्न सहज हुने तथा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालु पूँजी कर्जाको सदुपयोगिता सुनिश्चित हुने, सम्पत्तिको गुणस्तर सुदृढ एवं यथार्थपरक हुने, कर्जा जोखिम व्यवस्थापन प्रभावकारी हुने, कर्जा विश्लेषणमा एकरुपता आउने, निरीक्षण र सुपरीवेक्षण प्रभावकारी हुने विश्वास राष्ट्र बैंकले लिएको थियो । राष्ट्र बैंकले २ करोड वा सोभन्दा कम रकमको चालु पूँजी कर्जाको सीमा अनुमानित वार्षिक कारोबार÷बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कायम गर्न सकिने तर विस्तृत विश्लेषणको आधारमा ४० प्रतिशतसम्म कर्जा सीमा बैंक तथा वित्तीय संस्थाले कायम गर्न सकिने छ । यस्तै, २ करोडभन्दा बढी रकमको चालु पूँजी कर्जाको सीमाको हकमा ऋणीको आवश्यकतालाई फ्लक्चुयक्टिङ तथा पर्मानेन्ट दुई भागमा विभाजन गरी फ्लक्चुयक्टिङको हकमा २५ प्रतिशत र पर्मानेन्टको हकमा आवश्यकतानुसार बैंक तथा वित्तीय संस्थाको कर्जा नीति बमोजिम सीमा कायम गर्न सकिने व्यवस्था छ । यस्तो पर्मानेन्ट वर्किङ क्यापिटल ऋणीको व्यवसायीक प्रकृति र आवश्यकता अनुसार कम्तीमा ५ वर्षका लागि आवधिक कर्जा प्रवाह गर्न सकिने छ । चालु पूँजी कर्जाको लागि चल सम्पत्ति बाहेक अन्य कुनै पनि प्रकारको स्थीर र वा अचल सम्पत्ति (जस्तैः घर, जग्गा आदि) सुरक्षण आवश्यक नहुने छ । नवीकरण हुने प्रकृतिका सम्पूर्ण चालु पुँजी कर्जा खाता आर्थिक वर्षको कुनै एक समयमा उद्योग÷व्यवसायको प्रकृतिअनुसार कम्तीमा लगातार ७ दिन शून्य बक्यौता कायम गर्नुपर्ने छ । तर यस व्यवस्था कार्यान्वयनका लागि पहिलो वर्ष ३० प्रतिशतभन्दा कम, दोस्रो वर्ष २० प्रतिशतभन्दा कम र तेस्रो वर्ष १० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सकिनेछ ।
मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मौन अवधि सुरु हुने भएको छ । मध्यरातिदेखि मौन अवधि सुरु हुने भएको हो । आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारहरुले चुनावी प्रचार गर्न पाउने छैनन् । राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउने छैनन् । साथै सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न नमिल्ने आयोगले बताएको छ । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहने आयोगले जनाएको छ । निर्वाचनलाई धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला र गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्नेछ । निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नपाइने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नमिल्ने र अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नपाइने आयोगले बताएको छ ।
यसकारण अर्जुन दाईलाई ‘नो’
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी नुवाकोट क्षेत्र नम्बर २ बाट गठबन्धनका साझा उम्मेदवार हुन् । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका लागि बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका छन् । उनका बारेमा वरिष्ठ पत्रकार तथा समसामयिक राजनीतिक, आर्थिक र विशेषगरी सेयर बजार विश्लेषक दिनेश आचार्यले टिप्पणी गरेका छन् । १. अर्जुनदाई अर्थात अर्जुन नरसिंह केसी २०३६ सालमा काँग्रेस छाडेर जनमत संग्रहमा निर्दलको प्रचारक हुनुभयो । सत्ता स्वार्थका लागि पार्टीलाई धोका दिनुभयो । २. पञ्चायतको चुनाव जितेर वि.स.२०३८ सालमै मन्त्री हुनुभयो । केही गर्नुभएन । वि.स. २०४३ को चुनाव हार्नुभयो । अनि फेरि गाउफर्कतिर लागेर जिल्ला पञ्चायत सभापति हुनुभयो । पदका लागि जे नि गर्नुभयो । ३. वि.स.२०४६ सालको आन्दोलनको प्रतिकारमा लाग्नुभयो । त्यसबेला सारा काँग्रेसीहरुलाई जेल पुर्याउनुभयो । ४. वि.स.२०४७ मा राप्रपा थापा समूहको सस्थापक बन्नुभयो । प्रवक्ता हुँदै चुनाव नजितिने थाहा पाएको भोलिपल्ट काँग्रेस छिर्नुभयो । ५. वि.स. २०४८ मा कांग्रेस छिर्नुभयो । सामदाम खर्चेर टिकट लिनुभयो । कांग्रेसीले पार्टी भनेर जिताइदिए । ६. वि.स.२०५१ मा फेरि टिकट लिनुभयो । पार्टीभित्रको अन्तरद्वन्द्वमा सस्थापन पक्ष भन्दै फेरि जिताइयो । वि.स. २०५६ मा फेरि टिकट लिएर आउनु भयो । धन र शक्तिको घमण्ड यति बढेको थियो कि हिजो काँध थाप्ने कांग्रेसहरु उनलाई चाहिएन । कतिलाई गुन्डा लगाएर कुटाउनुभो, कतिलाई पार्टी कारबाहीको उजुरी गर्नुभो । जनताले अत्ति भो भनेर हराइदिए । ७. राजाको शाशन टिकेको भए उनी मन्त्री खान तयार भएर बसेका थिए । उनका एक भाइ धिरेन्द्र प्रतिष्ठान खोलेर शाही शाशनको नियुक्ति खाइसकेका थिए । उनका थुप्रै नातेदार दरबारिया नै थिए । तर दुर्भाग्य, शाही शासन टिकेन र उनी कांग्रेस नै बनिरहन पाए । ८. वि.स. २०६४ को चुनावमा उनको शक्ति झनै चुलियो । फेरि टिकट लिएर आए । तर अघिल्लो पटक हारेको साविक ३ नम्बर (बिदुर नगर क्षेत्र) बाट उनी भागे । हामी बिदुरवासीलाई सत्तोसराप गरे । अनि १ नम्बरका जनताले धुलो चटाए, नामै नसुनेकी बिमला सुवेदीको भन्दा आधा भोट नि पाएनन । ९. फेरि वि.स. २०७० मा उनी आफै टिकट लिएर आए । त्यसपाली जिते र मन्त्री पनि बने । तर के काम गरे ? उनैलाई थाहा छैन । १०. अघिल्लोपटक वि.स. २०७४ मा फेरि टिकट लिएर आए । यसपटक फर्केर बिदुर नै आउनुपर्यो । अनि बिदुरवासीले हराइदिए । नारायण खतिवडाभन्दा झन्डै ११ हजार भोटले तल पारिए । ११. अब फेरि वि.स. २०७९ मा टिकट लिएर आएका छने । अझै बाँचिरहे अक्सिजन सिलिन्डर बोकेरै उनी आगामी चुनाबहरुमा नि भोट माग्न आई रहनेछन् । किनकि उनका लागि चुनाव एउटा बिजनेस हो । उनीजस्ता नेताका लागि चुनाव जिते नी हारे नी ५ बर्षमा चम्किने ब्यापार हो । चुनाव लड्न भनेर पार्टी, साथिभाई, कार्यकर्ता र व्यापारीसङ्ग उठाइएको १० करोड बढी रकमम मुस्किलले १ करोड खर्चने र अरु नाफा गर्दै जेथा जोड्ने धन्दा हो । १२. अर्जुन दाई वि.स.२०३८ सालदेखि निरन्तर राजनीतिको केन्द्रमा छन् । हारे नी जिते नी शक्तिमा छन् । उनी र उनका केही भाईहरु कुनै व्यापार–व्यवसाय नगरे पनि करोडौं, अर्बका मालिक बनेका छन् । तर त्यति धेरै सम्पती कहाँबाट आयो भनेर प्रश्न गर्ने कोहि छैनन् । बरु उनले दिने दुईचार हजार पकेट खर्छ र चुनावमा खुवाउने मासु रक्सीमा मक्ख परेर चाकरी गर्दैछन । १३. अर्जुन दाईले चालिस बर्षसम्म राजनीति गरेर नुवाकोटलाई कस्तो बनाउनु भयो ? उहाँलाई जिल्लाले के दियो र उहाँले के–के दिनु भयो ? के दुई दर्जन कार्यकर्तालाई हेल्थ पोस्ट र स्कुलमा सहायक स्तरको जागिर खुवाउनु नै उपलब्धी हो ? हनुमानहरुलाई जागिर खुवाउन उनी शिक्षामन्त्री हुँदा जथाभावी खोलिएका स्कुलहरु अधिकांश बन्द भइसके । त्यसको हिसाब गर्नु भएको छ ? आफू मन्त्री हुँदा कहिल्यै जिल्ला नटेकेकी आफ्नी बुहारीलाई राउतबेशीको माबी शिक्षक भन्दै बर्षौसम्म तलब खुवाईरहन मनले मान्यो ? त्यसबेला माओवादीले थाहा पाएर कारबाही नगरेको भए दशकौंदेखि शिक्षकको तलब खाँदै अहिले हजुरको बुहारी पेन्सन खाने हुन्थिन । यस्तो भंगेरो छाती र नैतिकताले कसरी समाजसेवा गर्नुहुन्छ ? १४. अस्ति एउटा भाषण सुनेँ, कोभिडको बेला मैले मास्क र अक्सिजन बाँडे भनिएको रहेछ । डा. केदार नरसिंहलाई आफ्ना साथीहरूले निशुल्क पठाएको सामान बाँडेर नुवाकोटे जनतालाई भ्रम छर्न अलिकति सरम त लाग्नैपर्ने हो है । तर यस्ता प्रश्न गर्ने स्वाभिमान भएकाहरु तपाईंसङ्ग कोहि छैनन । छन त, केवल भाटगिरी गर्ने जमात मात्र । १५ अर्जुन दाइ, तपाईं दशकौंदेखि सत्ता र शक्तिमा हुँदा नुवाकोटमा एउटा देखाउन मिल्ने, भन्न सकिने काम के गर्नुभयो ? १, २, ३ नम्बर दिएर भन्न सक्नुहुन्छ ? रामशरण महतले पुल सिचाइ कुलोमा बजेट हालेको छु भन्थे तपाईं स्कुल खोले भन्नुहोला । स्कुल त नुवाकोटमा राणाकै पालादेखी खुलेकै होनि । अहिले पनि उच्च शिक्षा पढ्न अधिकांश नुवाकोटे बिद्यार्थी काठमाडौं नै जानुपर्छ । एउटा उद्योगसम्म छैन । मेरा पिताजीहरुले खोलि दिनु भएको बट्टार क्याम्पसबाहेक अरु कुन छ ? वि.स. २०४२ मा स्थापना भएको त्यै क्याम्पसले हाम्रो इज्जत धानिरहेको छ । तर तपाईं त त्यो क्याम्पस खोल्ने बेलामा नि असन्तुष्ट हुनुहुन्थ्यो रे । बरु डा. लोहनीले सहयोग गरेका थिए रे । १६. तपाईंसँग चुनाव जित्ने रणनीति छ, होला । तर, तपाईसँग मानवीय सम्वेदना र भावना छैन । ल छातिमा हात राखेर भन्नुस, तपाईंसँग वि.स. २०३८ सालदेखि पछि लागेर हिड्ने थुप्रै मान्छे म चिन्छु । उनीहरुको अवस्था कति टिठलाग्दो छ देख्नुभयो ? केवल तिनिहरुकै लागि भए पनि केही काम गर्दिएको भए कति राम्रो हुन्थ्यो । १७. बहुदलपछी तपाई कांग्रेस बन्नु भयो । एउटा समूह सधै तपाईंको पछि लाग्यो । तर तपाईका पछि लाग्ने थुप्रै क्षमता भएका राजनीतिक कार्यकर्ता अहिले पनि सडकमा छन् । उनीहरूले कहिल्यै मौका पाए ? अहिले पनि सम्झिन्छु प्रमोदहरी गुरागाई, कृष्ण कुइँकेलजस्ता क्षमता भएका मान्छे तपाईंसँङ्ग लागेकै कारण जिन्दगीमा निकै पछि परे, पारिए । बिष्णु आचार्य, ध्रुव अधिकारी, डिल्लीप्रसाद उप्रेती र बिष्णु अधिकारीलाई मात्र हैन । तपाईंले त कांग्रेसको संस्थापक नेताकै रुपमा सम्मानित बद्रीराम भण्डारीलाई समेत घात गर्नुभयो । त्यो घातको परिणती भोलिका दिनमा तपाईंका सन्ततीले भोग्ने नै छन् । न तपाईंले कार्यकर्ताको संरक्षण गर्नुभयो, नत आम जनताकै हित हेर्नु भयो । तपाईं सत्तामा हुँदा नियुक्ती पाएका र फाइदा लिएका नामहरु सम्झनुहुन्छ ? त्यसमा तपाईंका आफन्त र नातेदारबाहेक अरु को छन ? १८. तपाईं कहिल्यै सबैको हुन सक्नुभएन । कांग्रेस बन्दा पनि जहिल्यै एउटा सङ्किर्ण कोटरीको मात्र बन्नुभयो । र त्यो कोटरीका मान्छेलाई पनि आफ्नो दास मात्रै बनाउनुभयो । कहिल्यै माथी उठ्न दिनु भएन । जिल्लामा होस कि केन्द्रमा एउटा सानो गुट खडा गर्ने र त्यसैको आडमा धाक धम्की जमाउँदै आफूमात्र फाइदा लिनुभयो । तपाईंकै पछि लागेका कारण पार्टीमा कुनै उन्नति गरेका एकजना छन् ? कसैलाई बनाउनु भयो ? अवसर आएको बेला पनि आफ्नै भाइ भतिजाबाहेक तपाईंले कसैलाई सक्षम देख्नु नै भएन । तपाईंका कार्यकर्तालाई अनियमित रुपमा जागिए दिएकै कारण एकजना जिल्ला शिक्षा अधिकारीको जागिर गयो । तिनले तपाईंलाई सरापेको सुन्ने कान मेरै हो । १९. नेपालीको औसत आयु अहिले ७१ बर्ष हो । तपाई त्यो नाघेर पनि ७८ बर्ष कटिसक्नुभो । राज्यले नै आफ्ना कर्मचारीलाई ५८ बर्ष भएपछि तेरो दिमागले काम गर्दैन्, बूढो भइस भनेर अवकाश दिन्छ । तपाईंको त्यो अबकाश लिने उमेर कटेको पनि २० बर्ष भैसक्यो । ५० बर्ष त राजनीतिमै बिताइसक्नुभयो । अब आएर दर्जनौं रोगले गाँजेको त्यो बूढो दिमागमा कुनै नवीन सिर्जना फुर्ला र ? युवा अवस्थामा देश बनाउँछु भनेर उम्लेको सोच सत्तामा पटकपटक पुग्दा केही गर्न सक्नुभएन । अब के नै पो गर्नुहोला र । २०. केन्द्रमा पनि कहिले गिरिजाको, कहिले गणेशमानको, कहिले खुमबहादुरको र कहिले देउबाको फेर समातेर आफ्नो फाइदा मात्र हेर्नुभयो । तपाईंसँग न कुनै आदर्श र ईमान छ, न त कुनै लोकतान्त्रिक पद्धतिप्रतिको बचनबद्धता । २१. तपाई र तपाईंको भाईहरु पार्टीको निर्णायक तहमा हुँदा कहिल्यै लोकतन्त्रको अभ्यास गर्नुभयो ? आफूसङ्ग असहमत हुनेहरूलाई सधै सिध्याउन लागिपर्ने तपाईंको शैली पुर्णतः अधिनायकवादी हो । तपाईं कांग्रेस बन्न सुहाउने मान्छे नै हैन । सदस्यता लिनुमात्र कांग्रेस हुनु हैन, कांग्रेस हुन ईमान र विवेक पनि चाहिन्छ । वास्तवमा अर्जुन दाई, तपाई एउटा डेट एक्सपायर औषधि हो । जसले नुवाकोटे जनताको रोग निको पार्न सक्दैन । बरु बिषको काम गर्छ । जुग बदलियो । ब्यबस्था बदलियो । समय कहाँ पुग्यो । प्रबिधि झनै फेरियो । तर तपाईंको शैली, तपाईंको उम्मेदवारी र जनताको अवस्था फेरिएन । अझै नुवाकोटलाई बिगार्न कति तम्सिनुहुन्छ ? २२. यदि तपाईंमा लोकतान्त्रिक आदर्श र ईमान हुनुहुन्थ्यो भने आजभन्दा १० बर्ष अगाडी नै नेतृत्व सुम्पेर युवा पुस्तालाई अघि बढाउनुहुन्थ्यो । तर तपाई अझै पनि जालझेल गरेर आफै आउँदै हुनुहुन्छ । यसले पनि पुष्टि गर्छ कि, तपाईंको राजनीति भनेको तपाईं एक्लैको लागि हो, नुवाकोटका जनताको लागि हैन । २३. हामीले खोजेको गगन थापाजस्तो डाइनामिक नेतृत्व हो । जो १० बर्ष राजनीति गर्छु अनि रिटाएर हुन्छु भनेर ३ बर्ष अघि नै घोषणा गरेर बसेका छन् । तपाईं त आफ्नै ज्वाईंसङ्ग चुनाव लडेर आफू बाहेक कसैलाई स्विकार्दिन भन्ने दम्भ बोक्नुहुन्छ । यसर्थ पनि हाम्रो सोच, हाम्रो विवेक र हाम्रो ईमानले तपाईंलाई नेता मान्न दिदैन । तपाईंलाई भोट हाल्न मन मान्दैन । किनकि आम जनता नै परिवर्तनको पक्षमा छन् । त्यसैले अर्जुन दाई यसपटकलाई ‘नो’ । (दिनेश आचार्य वरिष्ठ पत्रकार हुन्, उनले समसामयिक राजनीतिक, आर्थिक र विशेषगरी सेयर बजार सम्वन्धी विश्लेषण गर्छन् ।)
मलेसियामा नेपाली श्रमिकका लागि घुम्ती सेवा सुरु
काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिक कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले बताए। बुधबार क्वालालम्पुरबाट करिब चार घण्टाको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरे । गैरआवासीय नेपाली सङ्घलगायत नेपाली सङ्घ संस्थासँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो । एक हजारभन्दा धैरे नेपाली उपस्थित भएको कार्यक्रममा दुई सय ८० जना श्रमिकले राहदानीसम्बन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानीसम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवा प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ । घुम्ती सेवा शुभारम्भ गर्दै राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत कम्पनीको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकसँग अन्तक्र्रिया तथा सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफलसमेत गरेका थिए । सुरक्षागार्ड तथा सरसफाइसम्बन्धी कम्पनीमा कार्यरत नेपाली श्रमिकको गुनासो आएपछि उहाँले सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका हुन् । विशेषतः सुरक्षागार्ड र सरसफाइसम्बन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम सम्झौता २०१८ र मलेसियाको श्रम कानूनअनुसार व्यवस्थित गर्न लागिएको राजदूत पौडेलले बताए । राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत तथा नेपाली श्रमिक माग गर्ने कम्पनीका व्यवस्थानलाई दूतावासमा बोलाएरसमेत छलफल गर्दै आएका छन् । मागपत्रमा प्रस्तुत गरेअनुसार आवास सुविधा, पारिश्रमिक र कार्यसमयलाई अक्षरशः पालना गरिने उनले बताए । सुरक्षागार्ड र सरसफाइसम्बन्धी मागपत्र प्रमाणीकरणमा केही ढिला भए पनि दीर्घकालमा यसबाट श्रमिकको सम्मान तथा सेवा सुविधामा सहयोग पुग्ने उनले बताए । घुम्ती सेवा उद्घाटन कार्यक्रममा श्रम काउन्सिलर दीपक ढकाल, द्वितीय सचिव प्रेमबहादुर बुढथापालगायत दूतावासका कर्मचारी उपस्थित थिए । रासस
मंसिर ४ गतेको चुनावबाट देश ठूलो पार्टी मुक्त हुन्छ : पशुपतिसमशेर जबरा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिसमशेर जबराले मंसिर ४ गतेको चुनावबाट देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर २ ले साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष राणाले मंसिर ४ गतेको निर्वाचनपछि देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका हुन् । उनले राप्रपा सनातनधर्मी र मुलुकप्रति इमान राख्ने पार्टी भएको भन्दै देशका दुई ठूला पार्टीहरु पापीहरुले भरिएको पार्टी भनि टिप्पणी गरे । उनले संसदमा सबै पार्टी चाहिने उल्लेख गर्दै संसदमा गएर राप्रपाका नेताहरुले खबरदारी गर्ने बताए । यस्तै, उgले आफ्नो जित निश्चित भएको दाबी गरे । उनले क्षेत्रको विकासको लागि जनतासँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।