अहिलेसम्म एमाले पहिलो, स्वतन्त्र पार्टी दोस्रो र काँग्रेस तेस्रो
काठमाडौं । अहिले देशभरका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी छ । पछिल्लो मतगणनाको अपडेट अनुसार नेकपा एमाले ९ ठाउँ, राष्ट्रिय स्वतन्त्र पार्टी ५ निर्वाचन क्षेत्र र काँगेस ३ ठाउँमा अगाडि देखिएको छ । नेपाली काँग्रेसले मुस्ताङमा जित पनि हासिल गरिसकेको छ । काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा पनि राष्ट्रि स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । मतगणना सुरु भएका काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काठमाडौं क्षेत्र नम्बर ६, ७ र ८ मा अग्रता लिएका हुन् । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले प्रतिस्पर्धीहरुलाई पछि पारेका छन् । काठमाडौं–१ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम तेस्रो स्थानमा छन् । काठमाडौं–४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् र यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि छैनन् । अहिले काठमाडौं १, ४, ६, ७ र ८ मा मतगणना भइरहेको छ ।
महन्थ ठाकुरको क्षेत्रमा ३ बजेदेखि मतगणना हुने
महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा आज दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने भएको छ । महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट चुनाव लडेका लोसपा अध्यक्ष ठाकुरको उक्त क्षेत्रमा ३ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए । उनका अनुसार गएराति अबेर मतपेटिका आएको र अहिलेसम्म मतपेटिका तथा मतपत्र रुजु हुने काम भइरहेको छ । अहिले सर्बदलीय बैठक पनि बस्न बाँकी रहेकाले दिउँसो ३ बजेदेखि यहाँको मतगणना सुरु गरिने भएको हो । यस क्षेत्रमा जम्मा ९९ हजार नौ सय ३० मतदाता रहेकामा यस पटकको निर्वाचनमा ५९प्रतिशत३४ मत खसेको छ । रासस
चितवन क्षेत्र नं १ को मतगणना सुरु
चितवन । चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो । पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा गणना गर्न थालिएको र यो सँगै चार स्थानमा मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान ११ बजे मतगणना सुरु गर्ने भनिए पनि केही ढिला गणना सुरु भएको हो । यस क्षेत्रमा ६८दमलव७३ प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ मतदाता छन् । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चितवन क्षेत्र नं २ मा दिउँसो १ बजेदेखि मतगणना गरिने छ । यस क्षेत्रमा ६७दमलव तीन प्रतिशत मत खसेको छ । त्यहाँ एक लाख २४ हजार दुई १४ मतदाता छन् । क्षेत्र नं ३ मा २ः१५ बजेदेखि मतगणना सुरु हुने भएको छ । उक्त क्षेत्रमा ६५दशमलव४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिए । उक्त क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् । जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता छन् । उनीहरुमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख उनान्सय हजार ३२ छन् । एक सय ६१ मतदानस्थलका चार सय ६० मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन् ।
काठमाडौं–९ मा श्रेष्ठको अग्रता, पछ्याउदै घण्टी
काठमाडौ । काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले तीन सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० र राष्ट्रिय प्रजातन्त्र पार्टी देवेन्द्र प्रधानले दुई सय १५ मत प्राप्त गरेका निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिए । उनका अनुसार यस्तै चुनाव चिह्न पैतालाले एक सय २० र लौरोले २३ मत प्राप्त गरेको छ । दिउँसो १ बजेसम्म भएको दुई हजार दुई सय ८६ मतगणनामा ९६ मत बदर भएको छ ।
काठमाडौंका यी तीन क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, कुनमा कसको सम्भावना ?
काठमाडौं । काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा पनि राष्ट्रि स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । मतगणना सुरु भएका काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काठमाडौं क्षेत्र नम्बर ६, ७ र ८ मा अग्रता लिएका हुन् । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले प्रतिस्पर्धीहरुलाई पछि पारेका छन् । काठमाडौं–१ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम तेस्रो स्थानमा छन् । काठमाडौं–४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् र यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि छैनन् । अहिले काठमाडौं १, ४, ६, ७ र ८ मा मतगणना भइरहेको छ ।
सन् २०३५ मा लिप सेकेन्ड समाप्त हुँदै
एजेन्सी । लिप सेकेन्ड वा पृथ्वीको समयलाई एक सेकेन्डले अगाडि बढाउने प्रणाली आगामी सन् २०३५ मा समाप्त हुनेछ। शुक्रबार फ्रान्सको भर्साइलमा विज्ञान र मापनको मानकमा अन्तर्राष्ट्रिय सन्धिका सदस्य राष्ट्रहरूले यो निर्णय लिएका हुन्। यसको प्रस्ताव झण्डै सर्वसम्मतिले पारित भएको थियो। यसबाट विश्वभरका वैज्ञानिक र मेट्रोलोजिस्टहरूले सकारात्मक कदम भएको बताएका छन् । वैज्ञानिकहरूले विगत केही वर्षदेखि लीप सेकेन्डको समस्या समाधान गर्न दबाब दिइरहेका थिए। लीप सेकेन्ड भनेको के हो र? ५० वर्ष पहिलेदेखि नै लीप सेकेन्डको समस्या रहँदै आएको छ । यो विधिलाई अन्तर्राष्ट्रिय आणविक समय घडीसँग मेल गराउने प्रयासस्वरुप यसको शुरुवात गरिएको हो । आफ्नो अक्षमा पृथ्वीको परिक्रमाको गति आणविक घडीको समय भन्दा अलि कम छ। त्यसैले जब परमाणु समय एक सेकेन्ड अगाडि हुन्छ, तब यसलाई पृथ्वीको गति बराबर बनाउन एक सेकेन्डले रोकिन्छ। सन् १९७२ मा समयको मिलान गर्दा आणविक समय मापनमा दश सेकेन्ड समय थपिएको थियो। त्यस पछि पनि २७ सेकेन्ड थपिएको छ। लिप सेकेन्डसँग जोडिएका समस्या समयको क्षेत्रमा सन् १९७२ देखि लिप सेकेन्ड एक समस्याको रुपमा आइरहेको छ । सोही कारणले प्राविधिक समस्याहरु पनि देखापर्न थालेका छन् । कम्प्युटर नेटवर्कहरू तदनुसार डिजाइन गर्न सकियोस् भनेर अर्को लीप सेकेन्ड कहिले आवश्यक हुन्छ भन्न गाह्रो छ। विभिन्न नेटवर्कहरूले अतिरिक्त सेकेन्डहरू थप्ने आफ्नै तरिकाहरू अपनाएका छन्। त्यसपछि फेरि आधुनिक कम्प्युटिङ प्रणालीहरू पनि एकअर्कासँग सम्बन्धित रहेका छन् । दूरसञ्चार सञ्जाल, पावर ट्रान्समिसन, वित्तीय कारोबार र अन्य महत्त्वपूर्ण कामसँग सम्बन्धित कम्प्युटिङ प्रणालीमा एक सेकेण्ड थप्नु जोखिमपूर्ण हुन्छ। तिनीहरू रोकिएका वा अव्यवस्थित हुन सक्छन्। रसिया लिप सेकेन्डलाई विस्तार गर्न चाहन्छ अनौपचारिक समय प्रणालीले बिस्तारै विश्वको आधिकारिक अन्तर्राष्ट्रिय समय समन्वयित विश्वव्यापी समय ९युटीसी० लाई प्रतिस्थापन गर्न थालेको छ। युटीसीले लीप सेकेन्ड हटाउने निर्णय गरेको छ। रसियाले लीप सेकेन्ड समाप्त गर्न समय बढाउन चाहन्छ किनभने यसको ग्लोबल नेभिगेसनल पोजिसनिङ सिस्टममा अतिरिक्त सेकेन्ड समावेश छ। तर यो अमेरिकी जीपीएस प्रणालीमा भने यस्तो छैन् । रुसको समय सम्बन्धी मामलालाई ध्यानमा राख्दै सन् २०३५ सम्म लिप सेकेन्ड खारेज नगरिने भएको हो ।
जापानका परराष्ट्र राज्यमन्त्री र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच भेटवार्ता
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । राज्यमन्त्री ताकेइले नेपालमा मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गरे भने प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे । सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासहितको उपस्थिति थियो ।
इरानले विश्वकपमा कतारलाई दैनिक २५० टन खाद्यान्न निर्यात गर्दै
इरान । इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोशन अर्गनाइजेसन टीपीओ प्रमुखले आइतबार जानकारी दिएका छन् । इरानले दुई देशबीचको सम्झौता अनुसार कतारमा केही ढुवानी शुरु गरिसकेको इरानको आईआरआईबी समाचार एजेन्सीले टीपीओका अध्यक्ष अलिरेजा पेमनपाकलाई उद्धृत गर्दे उल्लेख गरेको छ। कतार लगायत छिमेकीहरूसँगको व्यापार बढाउनु वर्तमान इरानी सरकारको मुख्य दृष्टिकोण रहेको पेमनपाकले जोड दिएका छन्। पेमनपाकले भने यसअघि इरान र कतारबीचको व्यापारिक सम्बन्ध उपयुक्त भन्सार र यातायात पूर्वाधारको अभावमा आंशिक रूपमा समाधान भइसकेको भए पनि अन्य समस्याका कारण अपेक्षाकृतरूपमा विकास हुन सकेको छैन। उनले इरान र कतारले आफ्नो वार्षिक द्विपक्षीय व्यापार कारोबारलाई ३ अर्ब अमेरिकी डलरमा पुर्याउने रोडम्याप तयार गरेको पनि बताएका छन् ।