काठमाडौं–९ मा श्रेष्ठको अग्रता, पछ्याउदै घण्टी

<p>काठमाडौ । काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले तीन सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० र राष्ट्रिय [&hellip;]</p>

काठमाडौ । काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।

नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले तीन सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० र राष्ट्रिय प्रजातन्त्र पार्टी देवेन्द्र प्रधानले दुई सय १५ मत प्राप्त गरेका निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिए । उनका अनुसार यस्तै चुनाव चिह्न पैतालाले एक सय २० र लौरोले २३ मत प्राप्त गरेको छ । दिउँसो १ बजेसम्म भएको दुई हजार दुई सय ८६ मतगणनामा ९६ मत बदर भएको छ ।

Share News