विकासन्युज

कोरोना बीमाको भुक्तानीमा विवाद चर्किएपछि अध्यक्ष घिमिरेको राजीनामा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) का अध्यक्ष डा. रविन्द्र घिमिरेले राजीनामा दिएका छन् । उनले आइतबार नै अर्थमन्त्रालय पुगेर पदबाट राजीनामा दिएका हुन् । स्रोतका अनुसार उनको राजीनामा स्वीकृत पनि भइसकेको छ । लामो समयदेखि नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र अर्थमन्त्रालयबीच काेराेना बीमाको दावी भुक्तानीको विषयमा विवाद भइरहेको थियो । एकले अर्कालाई दोषारोपण गर्दै आएकोमा अन्ततः घिमिरेले पदबाट राजीनामा दिनुपर्ने बाध्यता आएको हो । अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री जनार्दन शर्माले नै अध्यक्ष घिमिरेसँग राजीनामा माग गरेपछि उनी पदबाट राजीनामा दिन बाध्य भएका हुन् । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दावी भुक्तानीमा घिमिरेले साथ नदिने भन्ने ब्रिफिङ अर्थमन्त्री शर्मासमक्ष गरेपछि शर्माले घिमिरेको राजीनामा मागेको बुझिएको हो । ‘प्राधिकरणका अध्यक्षज्यूले नेपाल रिले बीमा प्राधिकरणको निर्देशन पालना नगरेको र कोरोना बीमाको भुक्तानीमा समस्या सिर्जना गरेको भन्दै अर्थमन्त्री शर्मासँग ब्रिफिङ गर्नु भएको थियो, अर्थमन्त्रीज्यू पनि कोरोना बीमाको पैसा निकासा गर्ने पक्षमा हुनुहन्थ्यो, उहाँले त्यसमा सहयोग गर्न घिमिरेसँग आग्रह गर्नु भएको थियो तर उहाँ त्यसमा सहमत नभएपछि अर्थमन्त्रीले राजीनामा माग्नु भएको हो,’ स्रोतले विकासन्युजसँग भन्यो । उसो त यसअघि नै विकासन्युजसँग कुरा गर्दै अध्यक्ष डा. घिमिरेले बीमा प्राधिकरणको निर्देशन अनुसार कोभिड बीमा दावी भुक्तानीको लागि करोडौं रुपैयाँ भुक्तानी गर्न नसकिने बताएका थिए । उनले पुनर्बीमा कम्पनी व्यवसायिक संस्था भएकोले व्यवसायिक लाभहानी हेरेर जिम्मेवारी पूर्वक निर्णय लिने र कसैको दवावमा परेर गलत निर्णय नलिने उनले उनको भनाइ थियो । कारबाही भोग्न तयार छु, करोडौं रुपैयाँ डोनेशन गर्न सक्दिन – डा. रविन्द्र घिमिरे उनले गलत काम गरेको भए बीमा प्राधिकरणको कारबाही भोग्न पनि आफू तयार भएको सार्वजनिक रुपमै बताउँदै आएका थिए । ‘अध्यक्षको शपथ लिने बेलामा सेयरधनीको सम्पत्तिको सुरक्षा गर्ने प्रतिवद्धता जनाएको छु, म त्यसको पालना गर्छु, सेयरधनीको सम्पत्ति जोगाउने काम गर्दा नियामकले कारवाही गर्छ भने म कारवाही भोग्न पनि तयार छु, तर भविष्यमा मेरो हातमा हतकडी लाग्न सक्ने जोखिम लिएर गलत निर्णयमा सहि गर्दिन,’ उनले विकासन्युजसँग बोल्दै भनेका थिए । सरकारले कोरोना बीमा दावी भुक्तानीको लागि १ अर्ब रुपैयाँ निकासा गरेपछि बीमा प्राधिकरणले त्यसको ४५ प्रतिशत रकम थप गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । त्यसमा ८ प्रतिशत प्राधिकरणले आफैले थप्ने, १२ प्रतिशत पुनर्बीमा कम्पनीले थप्नुपर्ने र २५ प्रतिशत निर्जीवन बीमा कम्पनीहरुले थप्नु पर्ने मापदण्ड प्राधिकरणले बनाएर सोही अनुसार कम्पनीहरुलाई निर्देशन जारी गरेको थियो । बीमा प्राधिकरणका अध्यक्ष सिलवालले यसअघि पनि सरकारको निर्णय विपरित पुनर्बीमा कम्पनीको सञ्चालक समितिले निर्णय गर्नु गलत भएको बताउँदै आएका थिए । पुनर्बीमा कम्पनीले सरकारको निर्णय मान्दिन भन्न नपाउने र अटेर गरे कारवाही भोग्न पनि तयार हुनु पर्ने उनको धारणा छ । अन्ततः उनकै ब्रिफिङमा अध्यक्ष घिमिरेले पदबाट राजीनामा दिनु पर्ने अवस्था सिर्जना भएको हो ।

एभरेष्ट बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच व्यवसायिक सम्झौता

काठमाडौं । एभरेष्ट बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच व्यवसायिक सम्झौता भएको छ । डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि दुई संस्थाबीच उक्त सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरेका छन् । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात एभरेष्ट बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप ‘ईबीएल टच २४’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्ने जनाएको छ । बैंकले हाल १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटीएममार्फत बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

कपाललाई पोषण दिन कुन तेलको प्रयोग गरेर मसाज गर्न उत्तम हुन्छ ?

एजेन्सी । कपाललाई बाक्लो र चम्किलो बनाउन चाहनुहुन्छ भने नुहाउँदा स्याम्फुको प्रयोग निकै महत्वपूर्ण हुन्छ । टाउकोमा मालिस गर्दा रक्तसञ्चारमा सुधार हुन्छ । जसले कपाल बढाउन मद्दत गर्छ । अर्कोतर्फ टाउकोको मसाजका लागि विशेष प्रकारको तेल प्रयोग गर्दा त्यसको पोषक तत्व कपालमा राम्रोसँग पुग्छ। जसले गर्दा कपाललाई नयाँ जीवन र चमक प्राप्त हुन्छ । नुहाउन लाग्दा कपालमा स्याम्फु लगाउनु अगाडि यी तेलहरूले कपालको मसाज गर्न सकिन्छ। यसो गर्दा कपाल लामो र बाक्लो पनि बनाउँछ। यसका साथै कपालमा आद्रता पनि कायम रहन्छ। त्यसोभए जानौं कुन तेलले टाउकोको मसाज गर्दा राम्रो हुन्छ ? अँडिरको तेल नरिवलको तेल कपालको स्वास्थ्यको लागी धेरै राम्रो मानिन्छ । तर, तपाईं कपाललाई थप राम्रो बनाउन चाहनुहुन्छ भने नरिवलको तेलमा अँडिरको तेल मिसाएर कपालमा मालिस गर्नुहोस्। यसले कपाललाई बलियो बनाउँछ र बाक्लो हुन थाल्छ। अँडिरको तेलले टाउकोमा मसाज गर्दा यसले प्राकृतिक रूपमा कपाललाई कालो बनाउन मद्दत गर्छ। जसले गर्दा कपालको रंग पनि सुन्दर हुन्छ । प्याजको तेल आजकल तपाईले बजारमा धेरै ब्रान्डका कपालमा लगाउने प्याजको तेल पाउनुहुन्छ। तर, यदि तपाईंले चाहनुभयो भने घरमै पनि यसको उत्पादन गर्न सक्नुहुन्छ । वास्तवमा प्याजले कपालको जरालाई शक्ति दिन्छ । जसका कारण कपाल झर्न रोकिन्छ । प्याजको तेल बनाउन नरिवलको तेल वा तिलको तेलमा प्याजको पेस्ट मिसाएर पकाउनुहोस्। जब प्याजले तेल छोड्न थाल्छ ग्यास बन्द गर्नुहोस्। त्यसपछि यो तेललाई कपडाको सहायताले छान्नुहोस्। यो तेल लगभग पाँच देखि छ महिना सम्म प्रयोग गर्न सकिन्छ। कपालमा स्याम्पु लगाउनु अगाडि यो तेलले मालिस गर्नाले केही दिनमा नै तपाईंको कपालमा फरकपना देखिन्छ । नरिवलको तेल यदि तपाइँ दैनिक रुपमा कपाल चम्किरहेको देख्न चाहनुहुन्छ भने नरिवल तेलको प्रयोग यसको लागि उत्तम विकल्प हो। यसको प्रयोगले कपाल बलियो बनाउँछ। साथै कपाल कालो र बाक्लो हुन्छ। बदाम तेल बदामको तेलले कपाललाई पोषण दिन्छ। मनतातो बदामको तेल टाउकोमा लगाउनुहोस् र रातभर छोड्नुहोस्। भोलिपल्ट बिहान धेरै हल्का स्याम्फुले कपाल धुनुहोस्। यो तेल हप्तामा दुई देखि तीन पटक प्रयोग गर्दा तपाईंको कपालले नयाँ स्वस्थता प्राप्त गर्छ । यदि कपाल झर्नु कुनै रोगको कारणले होइन भने यी तेलको मद्दतले कपाललाई पक्कै बलियो र बाक्लो बनाउँछ। अमर उजालाबाट ।

पर्यटन बोर्डका निर्देशक भन्छन्- संसद भवन तत्काल खालि गर्नुपर्छ, त्यो हाम्रो सम्पत्ति हो

काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले हाल संसद भवन रहेको बिरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसीसी) हल तत्काल खालि गर्नुपर्ने बताएका छन् । उनले काठमाडौंमा अन्तराष्ट्रिय स्तरको हलको आवश्यक रहेको बताउँदै तत्काल खालि गराएर अन्तराष्ट्रिय प्रदर्शनी हलका रुपमा सञ्चालन गर्नुपर्ने बताए । ‘त्यो संसद बस्ने स्थान होइन, बिआईसीसी हललाई जति सक्दो खालि गराउनुपर्छ, त्यो अन्तराष्ट्रिय प्रदर्शनी हल हो, सरकार चलाउने हल होइन, बिआईसीसी अन्तराष्ट्रिय प्रदर्शनी हल चिन सरकारको सहयोगमा बनेको हो, मेला महोत्सव तथा प्रदर्शनी गर्न हामीलाई दिईएको सम्पत्ति हो, जुन प्रयोजनाका लागि दिइएको हो त्यसैका लागि प्रयोगमा ल्याउनुपर्छ,’ उनले भने । सोमबार नेपाल उधोग बाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा मेला महोत्सवको महत्त्व, बिधमान चुनौती र आगामी तयारी कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक ऐरले सरकारले ठूलाठूला मेला महोत्सव आयोजना गर्न हल निर्माण गर्नु पर्नेमा जोड दिए । उनले पर्यटन बोर्डले मेला महोत्सव आयोजना गर्दा निजी क्षेत्रलाई सहकर्मीको रुपमा लिने गरेको बताए । पूर्व पश्चिमका विभिन्न स्थानमा हुने मेला महोत्सवमा पर्यटन बोर्ड सधैं सयोग गर्दै आएको उनको भनाइ छ । साथै मेला महोत्सव आयोजना गर्दा भारतीय बजारलाई समेत समेट्नु पर्ने उनले बताए । ‘नेपालको बजारले हामीलाई भ्याउँदैन, नेपालको बजारलाई अन्तराष्ट्रिय स्तरमा जोड्ने हो भने धेरै नजिक सीमामा छौं, भारतीय पूर्व सिलगुडी देखि लिएर पश्चिम बरेलीसम्मको बजार र नेपालको बजार एउटै प्रकृतिको छ, समान भिजनमा पूर्व सिलगुडीदेखि लिएर विराटनगर, विरगञ्ज, नेपालगञ्ज हुँदै धनगढीसम्म भारतीय बजारलाई जोड दियो भने मेला महोत्सवलाई नयाँ आयाम दिन सक्छ,’ उनले भने । दुवै देशको पर्यटन विस्तार गर्न विजनेश टू कन्जुमर (बिटुसी) गर्ने उनको भनाइ छ । पदर्शनी स्थल पुर्वाधार विकासका लागि पर्यटन बोर्डले सकरात्मक भूमिका निर्वाह गर्ने उनले बताए ।

१८ कम्पनीको नाममा चेक काट्दै बीमक संघले भन्यो- मंगलबारदेखि कोरोना बीमाको भुक्तानी गर्नुहोस्

काठमाडौं । मंगलबारदेखि कोरोना बीमाको रकम भुक्तानी शुरु हुने भएको छ । निर्जीवन बीमा कम्पनीहरुले मंसिर १३ गतेदेखि दावी पाउन बाँकी रहेका कोरोना बीमाका बीमितहरुलाई रकम भुक्तानी गर्ने भएका हुन् । गत मंसिर ६ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोबरमा कम्पनीहरुसँग बसेको बैठकले भोलिदेखि रकम भुक्तानी गर्ने निर्णय गरेको नेपाल बीमक संघले बताएको छ । संघका अनुसार नेपाल पूनर्बीमा कम्पनीले आफ्नो भागमा परेको रकम थप गरेको छैन । सो कम्पनीबाट रकम प्राप्त भए पश्चात रकम पूनः बाँडफाँड गर्ने निर्णय भएको र संलग्न बमोजिमको चेक बुझिलिई कम्पनीले थप गर्नुपर्ने २ करोड २७ लाख २७ हजार २७२ रुपैयाँ रकम थपि दावी भुक्तानी प्रकृया शुरु गर्न अन्य कम्पनीलाई आग्रह गरेको छ । यससँगै, कम्पनीहरुले व्यक्ति तथा परिवारलाई पहिलो प्राथमिकता दिई दावी भुक्तानी गर्ने भएका छन् । साथै, बीमक संघमा भएको थप निर्णयको आधारमा रकम बाँडफाँड गर्दा केहि कम्पनीहरुले थप गर्नु पर्ने रकम नै अत्याधिक भएकोले सो रकमबाट नै दावी भूक्तानी गर्न समेत संघले आग्रह गरेको छ । केही कम्पनीहरुले थप गर्नु पर्ने रकम संघमा पठाइ सकेको र सो रकम समेत थप गरि चेक वितरण गरिएको संघका महासचिव अशोक कुमार खड्काले बताए । संघका अनुसार नेशनल, नेको, ओरियन्टल र प्रिमियर इन्स्योरेन्सले संघको खातामा रकम पठाएका थिए । साथै, संघले मर्जर भएका कम्पनीहरुको हकमा भने मर्जर पछि बनेको कम्पनीको नाममा चेक काटेको महासचिव खड्काले बताए । त्यसैले, मर्ज भएको कम्पनीले दुबै कम्पनीहरुको दाबी रकम भूक्तानी गर्नु पर्नेछ । सो अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स (साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स) र सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी (सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स) ले दुबै कम्पनीको दावी भुक्तानी गर्नुपर्ने भएको छ । ‘हामीले सबै कम्पनीहरुको नाममा चेक तयार पारिसकेका छौं, कम्पनीहरूले उक्त चेक लिएर पैसा भुक्तानी गर्न सक्ने छन्,’ नेको इन्स्योरेन्सका सीईओ समेत रहेको संघका महासचिव खड्काले विकासन्युजसँग भने । संघबाट चेक पाउनको लागि कम्पनीहरुले दावी तिर्ने व्यक्ति तथा परिवारको सूची बनाई कोरोना पूल र बीमा समितिमा बुझाएको एक छायाँ प्रति बीमक संघलाई उपलब्ध गराउनु पर्ने छ । सम्बन्धित समाचार कोरोना बीमाको २५ प्रतिशत रकम बीमा कम्पनीहरुले थप्नु पर्ने, मारमा नेपाल रि निर्जीवन बीमा कम्पनीको नाफा कोरोना बीमाले खाने, दुई वर्ष सेयरधनीको हात खाली कोरोना बीमाको पैसा बीमक संघको खातामा, अध्यक्ष भन्छन् : छिट्टै भुक्तानी गर्छौं कोरोना बीमाको दावी भुक्तानीका लागि तीन कम्पनीले पठाए पैसा, संघद्धारा चेक तयार

मोवाइल टिप्स : मोवाइलको डाटा चोरिनबाट कसरी बचाउने ?

एजेन्सी । हामीले हरेक दिन मोवाइलबाट डाटा चोरिएको खबर सुनिरहेका छौं । आजकल डाटा धेरै तरिकाले चोर्ने काम भइरहेको हुन्छ । कहिले फेसबुकको डाटा लीक भइरहेका छन् त कहिले कुनै सपिङ साइटको डाटा लीक भइरहेका छन् । यति मात्र होइन तपाईको स्मार्टफोनको निजी डेटा जस्तै फोटो, भिडियो वा कुनै गोप्य फाइल पनि लीक हुन सक्छ। डाटा लीक भएपछि तपाईको व्यक्तिगत सूचना र इमेल आइडी, पासवर्ड, मोबाइल नम्बर आदि ह्याकर्समा पुग्छ । त्यसपछि तपाईंको डाटालाई ह्याकर्स फोरम जस्ता डार्क वेबमा बेचिन्छ वा यसको मद्दतले व्यक्तिगत ब्ल्याकमेल पनि गर्न सकिन्छ। । यदि तपाइँ पनि एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने तपाइँले तपाइँको डाटा सुरक्षित राख्न केहि महत्त्वपूर्ण कुराहरूको ख्याल राख्नुपर्छ, ताकि तपाइँ भविष्यमा कुनै पनि अप्रिय घटनाबाट बच्न सक्नुहुन्छ। कसरी चोरी हुनसक्छ डाटा ? डाटा चोरी हुनु अघि जान्ने प्रयास गरौं कि कुन गल्तीका कारण तपाईको व्यक्तिगत डाटा लीक हुन सक्छ रु प्रायः यो देखिन्छ कि हामीले हाम्रा कुनै पनि व्यक्तिगत फोटो, भिडियो वा फाइलहरू र पासवर्डहरू हाम्रा साथीहरू र आफन्तहरूलाई दिइरहेका हुन्छौं । त्यस्तो अवस्थामा तपाईंको एक वा अर्को व्यक्ति हुँदै ह्याकरसम्म पुग्न सक्छ । यदी तपाईंले एप्लिकेसनको वास्तविकता नबुझिकन वा थर्ड पार्टीबाट मोबाइल एप्लिकेसन डाउनलोड गर्नुभयो भने त्यस्तो अवस्थामा ती एप्लिकेसनले तपाईंका डाटाहरु लोड गरेर चोरी गर्न सक्छ । जुन तरिका ह्याकरहरुको लागि सजिलो तरिका हो । डाटा चुहावट हुनबाट के उपाय अपनाउने ? तपाईको स्मार्टफोनबाट डाटा चुहावट हुनबाट जोगाउन सबैभन्दा सजिलो र महत्त्वपूर्ण तरिका तपाईको फोनलाई लक राख्नु हो। यसका साथसाथै फोनमा रहेका एपहरू विशेष गरी ग्यालरी र फाइल म्यानेजरलाई एपलकको मद्दतले सुरक्षित राख्नुहोस्। अचेल सुरक्षाका कारण स्मार्टफोन कम्पनीहरूले पनि प्रि-इन्स्टल एप लकको सुविधा दिन थालेका छन् । यसको मद्दतले तपाईंले मोबाइल एपलाई लक गरेर पनि सुरक्षित गर्न सक्नुहुन्छ। आफ्नो व्यक्तिगत डाटा कसैसँग साझेदारी नगर्नुहोस्। ह्वाट्सएप, फेसबुक मेसेन्जर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूमा पनि आफ्नो व्यक्तिगत फोटो र फाइलहरू कसैसँग सेयर नगर्नुहोस्। गैर-प्रामाणिक स्रोतहरूबाट आफ्नो फोनमा कुनै पनि एप डाउनलोड र इन्स्टल नगर्नुहोस्। गुगल प्ले स्टोर, एप्पलको आधिकारिक स्टोर र हुवावेको आधिकारिक स्टोरबाट मात्रै एप इन्स्टल गर्नुहोस्। साथै एप इन्स्टल गर्नु अघि यसको मूल्याङ्कन र समीक्षाहरू पढ्न नबिर्सनुहोस्। थर्ड पार्टी एपहरू प्रयोग नगर्नुहोस्। यी एपहरूमा स्पाइवेयर र मालवेयर हुने गर्छन्, जसले तपाईंको फोन स्क्यान गरिरहन्छ र पृष्ठभूमिमा तपाईंको व्यक्तिगत जानकारी ह्याकरहरूलाई हस्तान्तरण गर्ने काम गर्दछ। फोनमा आवश्यक एप मात्र इन्स्टल गर्ने प्रयास गर्नुहोस् र शंका लागेमा तुरुन्तै एप हटाउनुहोस्। फोनबाट कुनै पनि अपरिचित लिंकमा क्लिक नगर्नुहोस्। ह्याकरहरू वा स्क्यामरहरूले प्रायः इमेल वा एसएमएस मार्फत मालवेयरले भरिएको लिङ्कहरू पठाउँछन्।

मौद्रिक नीतिको त्रैमासिक समीक्षाले वित्तीय स्थायित्व कायम गर्न सक्दैन : चेम्बर

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत गरेको व्यवस्थाले वित्तीय स्थायित्व कायम गर्न नसक्ने चेम्बर अफ कमर्सले जनाएको छ । सङ्कुचित मौद्रिक नीतिसँगै त्रैमासिक समीक्षाले वित्तीय क्षेत्रमा देखिएको समस्या सम्बोधन गर्न नसक्ने चेम्बरको ठहर छ । चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मुलुकको बाह्य क्षेत्रमा केही सुधार देखिएपनि आन्तरिकतर्फ अर्थतन्त्र जोखिमकै अवस्थामा रहँदा मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुने चेम्बरको अपेक्षा थियो । राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्दैन ।’ शून्य दशमलव ४ प्रतिशत घटाइएको स्प्रेडदरले आगामी दिनमा ब्याजदर बढ्न नदिए पनि हाल कायम उच्च ब्याजदरलाई घटाउने सम्भावना भने न्यून रहेको चेम्बरको ठहर छ । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा आधार दरमा लिने प्रिमियमलाई अधिकतम २ प्रतिशत सम्म मात्रै कायम गर्न पनि चेम्बरले राष्ट्रबैंक समक्ष आग्रह गरेको छ । मौद्रिक नीति सम्वन्धमा राष्ट्रबैंकको समीक्षाले औद्योगिक क्षेत्र थप प्रवाहित हुने चेम्बरले जनाएको छ । राष्ट्र बैंकको त्रैमासिक समीक्षा सन्र्दभमा चेम्बर अफ कमर्सले सात बुँदे ध्यानाकर्षण गराएको हो । चेम्बरले हाल कायम ८ दशमलव ५ प्रतिशतको बैंक दरलाई ५ प्रतिशतमा झार्न पनि केन्द्रीय बैंक समक्ष आग्रह गरेको छ ।

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभाको गोला बजारमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न. ४ स्थित गोला बजारमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हाे । यो एक्स्टेन्सन काउन्टरको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।