विकासन्युज

हिमालयन बैंकद्वारा मादी नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा मिति २०७९ साल मंसिर २३ गते शुक्रबार र पाख्रिवास नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले २४ गते शनिबार सो कार्यक्रम सम्पन्न गरेको जनाएको छ । कार्यक्रमको आयोजना बैंकको विराटनगर स्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्त रुपमा आयोजना गरेको जनाइएको छ । बैंकको सो कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु, विद्यालयहरुका शिक्षकहरु, शिक्षा शाखा प्रमुख, व्यवसायिक, विद्यार्थीहरु तथा महिलाहरु गरी करिब ७० जनाको उपस्थिति रहेको थियो । सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरुलाई बैंक, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट निति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत ज्ञान जानकारी दिएको बैंकले जनाएको छ । बैंकले मादी नगरपालिकामा आयोजना गरेको सो कार्यक्रममा मादी नगरपालिकाका प्रमुख जिवन कुमार लिंग्थेप प्रमुख अतिथिका रुपमा थिए भने पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ्ग प्रमुख अतिथिका रुपमा थिए । यसै गरी कार्यक्रममा बैंकका तर्फबाट प्रदेश १ का प्रदेश प्रमुख अमृत मल्ल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बेथानचोक बस दुर्घटनाका घाइतेलाई निःशुल्क स्वास्थ्योपचार गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा घाइते भएकाको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । अध्यक्ष प्रचण्डले आज शोक वक्तव्य जारी गरी दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । ‘मङ्गलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको खबरले मर्माहत बनाएको छ, उक्त दुर्घटनामा परी निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु’,शोक वक्तव्यमा भनिएको छ । अध्यक्ष प्रचण्डले दुर्घटनाको कारण पत्ता लगाई बढ्दो सवारी दुर्घटना रोक्न सम्बन्धित सबैमा आग्रह समेत गरेका छन् ।

आर्थिक संकट राष्ट्रिय समस्या भइसक्यो, मिलेर गए समाधान हुन्छ : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक संकट राष्ट्रिय समस्या भएको र सबै मलेर गए समाधान हुने बताएका छन् । बुधबार नेपाल हस्तकला महासंघको स्वर्ण वर्षको समापन तथा १० औं हस्तकला दिवसको शुभारम्भ समारोह कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरू आइरहेको बताउँदै अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने बताए । ‘अहिले नेपालको लागि आर्थिक संकट चुनौती पूर्ण अवस्थामा रहेको छ, यस्तो अवस्था धेरै लामो समयसम्म रह्दैन भन्ने विश्वास लिन सक्छौं, यसको लागि सरकारी, निजी लगायत सबै क्षेत्रसँग सहकार्य गरेर गए समाधानको हुन्छ,’ उनले भने । गोल्छाका अनुसार उद्योग वाणिज्य महासंघ अहिले अर्थतन्त्रलाई बचाउ भन्ने नाराका साथ अगाडि बढेको छ । ‘राष्ट्रिय बैंकले मुद्रा स्मृति १२ प्रतिशत हुने आँकलन गरेको छ, अहिलेसम्म हामीले मूल्य वृद्धि १२ प्रतिशतसम्म झेलेका थिएनौं, उक्त मूल्य वृद्धि हुँदा सर्वसाधारणको क्रय शक्ति कम भएर जान्छ, किन भने आय सीमित छ, जीवन कष्टकर बन्छ, त्यसैले यो समस्या जनताको लागि पनि ठूलो समस्याको रूपमा रहेको छ,’ उनले भने । कुनै पनि आर्थिक गतिविधि नहुँदा फेरी रोजगारीको सिर्जना हुन नसकेको पनि गोल्छाले बताए । मुलुकले आफ्नो अर्थतन्त्र सबल बनाउँदै लैजान थप योजनाबद्ध रुपमा अघि बढ्न जरुरी भएको उहाँले औंल्याए । अहिले हरेक क्षेत्र संकुचनमा परेको पनि गोल्छाले बताए । ‘सरकारले अहिले गत वर्षमा भन्दा १९ प्रतिशत कमले राजश्व संकलन गरेको छ, साधारण खर्च पनि सरकारलाई धान्न गाह्रो परेको छ, अर्थ विज्ञहरूले भोलिका दिनमा अझै चुनौति आउन सक्ने आँकलन गरिरहका छन्, यो चुनौतिपूर्ण समयले गर्दा आय कर पनि धेरै काम हुने आकलन गरिएको छ, आय कर पनि संकलन कम भयो भने साधारण खर्च पनि टिकाइ राख्न पनि सरकारलाई हम्मेहम्मे हुन्छ, उनले भने । अहिले बिजुलीको खपत उद्योगहरूमा ३० देखि ३५ प्रतिशतले कम भएको पनि उनले बताए । उनका अनुसार ३० देखि ४० प्रतिशतसम्म डिजेलको खपत पनि कम भएको र ढुवानी व्यवसायीहरूले ५० देखि ६० प्रतिशतसम्म व्यवसाय संकुचनमा रहेको गोल्छाले जानकारी दिए । यस्तो बेला सहकार्य गर्न जरुरी रहेको उनको भनाइ छ । यस समस्याबाट निस्केर झन् बलियो भएर निस्कन सक्ने निजी क्षेत्रसँग क्षमता रहेको पनि गोल्छाले बताए । अहिलेका समस्याको जरो तरलताको अभाव र ब्याजदर रहेको र यसको समाधान गर्नुपर्ने उनको भनाइ छ । ब्याजदर ५० प्रतिशतले बढेको छ । मुद्धतिमा ७ प्रतिशत बढेको छ । ‘यसले बैंकहरुले अनावश्यक रूपले होडबाजी गरेर डिपोजिटमा ब्याजदर बढाएका देखाएको छ, त्यसले ७ प्रतिशत मात्र बढेको छ, ५० प्रतिशत बढेको ब्याजदरले अर्थतन्त्रलाई ठप्प बनाएको छ, यसमा राष्ट्रिय बैंकले कुनै निर्देशन जारी गर्न जरुरी छ, उनले भने । सहकार्य गरेर अगाडि नबढे ठूलो दुर्घटना निम्त्याउन सक्ने पनि उनको भनाइ छ ।

सिजी ब्राण्डकाे थप नयाँ प्रोडक्ट लाईनप उपकरणहरू बजारमा

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो सि.जी.ले हालै आफ्ना घरायसी सामाग्रीहरुमा धेरै भन्दा धेरै प्रोडक्ट लाईनपहरु थप गरि नेपाली बजारमा ल्याएको छ । जस अन्तर्गत वाल माउण्ट ए.सी.मा नयाँ ए.सी.हरु थप गरिएको छ । यी ए.सी.हरुमा आर–३२ ग्याँसको प्रयोग गरिएको छ भने, अटो रि इस्र्टाट, डि–ह्युमिडिकेसन फङसन, अटो डिफ्रोस्ट तथा स्लिप फङसनहरु जस्ता यसको प्रमुख विशेषताहरु रहेका छन् । त्यस्तै टि.भी.मा ५५ इन्च र ६५ इन्चमा नयाँ मोडलहरु थप गरि ल्याएको छ । यी टि.भी.हरुमा गुगल सर्टिफाईड एन्ड्रोइड ११ सिस्टम रहेका छन् । यी टि.भी.हरु बेजल लेस र धेरै पातलो स्वरुप भएको कारण निकै नै आकर्षक देखिन्छन् । यसको पिक्चर क्वालिटि र साउण्डमा डल्बी डिजिटल प्लस, स्टेरियो स्पिकर तथा टुवे ब्लुतुथ स्टिमले गर्दा आवाज एकदैमै राम्रो सुनिन्छ । आफ्नो स्मार्ट टि.भी. सेक्सनमा पनि सि.जी.ले ३२ इन्चमा दुईवटा र ४३ इन्चमा पनि २ वटा टि.भी.हरुको लाईनप थप गरिएको छ । सिंगल डोर फ्रिजहरुमा पनि सि.जी.ले २ वटा नयाँ थप फ्रिजहरु ल्याएको छ । यो फ्रिजहरु आकर्षक कलर, डिजाईनमा उपलब्ध छन् । एन्टी–बि टेक्नोलोजि, ठूलो भेजिटेबल ट्रे तथा लो भोल्टेज स्र्टाटप यसको प्रमुख विशेषता रहेका छन् । यो फ्रिजको खरिदमा १० वर्षको कम्प्रेसर वारेण्टी पनि पाईन्छ । त्यस्तै अर्को प्रोडक्ट माईक्रोवेभ वोभनमा पनि सोलो सेक्सनमा एउटा नयाँ अकर्षक, फुलबुट्टे बुट्टाले सुशोजित २० लिटरको क्षमतामा नयाँ ओभन थप गरिएको छ । यो ओभनमा मल्टीपल पावर टेक्नोलोजि, ग्लास टर्न टेबल तथा डिफ्रोस्ट फङसनहरु जस्ता विषशेताहरु रहेका छन् । त्यस्तै सि.जी.ले आफ्ना साना घरायसी सामाग्रीहरुमा पनि नयाँ मोडलहरु थप गरेको छ । वाटर डिस्पेन्सरमा बटम लोडिङ/इलेक्ट्रोनिक कुिलङ थप गरेको छ । यो डिस्पेन्सर सि.जी.को आफ्नै प्रिमियम प्रोडक्टहरुको सेग्मेन्ट, सि.जी. मेरिडिया अन्तर्गत पर्दछ । यसमा पानी आउने तीन वटा छुट्टाछुट्टै धाराहरु रहेका छन् । जसमा नर्मल, तातो र चिसो पानी आउने गर्दछ । यो डिस्पेन्सरमा एल.ई.डि. इन्डिकेटर लाईट रहेको छ । जसले गर्दा पावर, हिटिङ, कुलङ र पानी रहेको वा नरहेको संकेत गर्दछ ।

नाडाको आन्दोलनलाई पश्चिमाञ्चल अटोमोवाइलको साथ

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आन्दोलनलाई पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसनले साथ दिएको छ । नेपाल सरकारले चार पाँग्रे गाडी आयातमा लगाएको प्रतिबन्ध तथा राष्ट्र बैंकको नीतिको विरोध गर्दै आएको नाडालाई पश्चिमाञ्चल अटोमोवाइलले साथ दिएको हो । नाडाको आन्दोलनलाई साथ दिदैँ नाडाको गण्डकी प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले (वाडा) पोखराको मानवअधिकार चोकमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको हो । वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा भएको धर्ना कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, वस्तुगत संघ, कास्की मोटरसाइकल अटो एशोसिएशन, नेपाली युवा उद्यमी मञ्च पोखरा लगायतका संस्थाहरुले समेत समर्थन र एक्येवद्धता जनाएका थिए । उक्त धर्ना कार्यक्रममा नाडाका उपाध्यक्ष मोहनबाबु खड्का, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, एन वाइइएफका अध्यक्ष सुयस मल्ल लगायतले आन्दोलनको औचित्य र आवश्यकता बारे आ धारणा राखेका थिए । धर्ना कार्यक्रममा व्यवसायीहरुले अटो कर्जामा बढाइएको जोखिम भार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनुपर्ने, चालु पुँजी कर्जा मार्गदर्शन २०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सीमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नु पर्ने जस्ता मागहरु राखेका थिए ।

मेलम्ची आएसँगै काठमाडौंमा पिउने पानीको मूल्य दोब्बर बनाउने तयारी

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पिउने पानीको महशुल वृद्धि गर्ने तयारी गरेको छ । मेलम्ची आयोजना सञ्चालनमा आएसँगै लिमिटेडले पिउने पानीको महशुल वृद्धि गर्ने तयारी गरेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईले पिउने पानी सम्बन्धी कानूनी व्यवस्था अनुरुप मूल्यको समायोजनको विषयमा वर्षेनी निर्णय गर्ने गरिएको र सोही अनुरुप चालु आर्थिक वर्षमा पनि नयाँ मूल्यको लागि प्रस्ताव अगाडि बढाइएको बताए । अहिले लिमिटेडले ०७० सालमा कायम गरेको महशुल कार्यान्वयन गर्दै आएको छ । ०७० सालमा कायम गरिएको महशुल अनुसार न्युनतम १ सय रुपैयाँ देखि मूल्य शुरु भएको छ । जसमा ढल जडान गरिएका क्षेत्रमा थप ५० प्रतिशत महशुल लाग्ने व्यवस्था गरिएको छ । ‘खानेपानीको महशुल निर्धारण आयोग छुट्टै छ, हामीले महशुल निर्धारण आयोगमा प्रस्ताव पेश गर्छौं उनले भने, ‘आयोगले त्यसको औचित्यता हेरेर मात्रै महशुल वृद्धि गर्ने काम गर्छ ।’ तर, लिमिटेडले नयाँ व्यवस्था नहुनेबेलासम्म पुरानै महशुल दरमा उपभोक्तालाई पानी उपलब्ध गराउने उनले बताए । अहिलेसम्मको अवस्थामा लिमिटेडले दैनिक साढे ११ देखि १२ करोड सम्म पानी वितरण गरेको र केही दिनपछि सो मात्रा १७ करोड पुग्ने प्रवक्ता राइले विकासन्युजलाई बताए । उनका अनुसार १० वटा रिजर्भ ट्यांकी मध्ये ८ वटा सञ्चालनमा आइसकेको छ भने बाँसबारी र किर्तिपुरमा रहेका २ वटा ट्यांकी केही दिनमा सञ्चालनमा आउनेछन् । मेलम्चीको पानी थपिएपछि त्यसको सञ्चालनमा स्वभाविक रुपमा खर्च बढ्ने भएकाले मूल्य पनि बढ्ने गरी प्रस्ताव गरिएको प्रवक्ता राईले बताए । उनका अनुसार लिमिटेले पिउने पानीको नयाँ महशुलको प्रस्ताव खानेपानी व्यवस्थापन बोर्डमा पठाएको छ । ०७० सालदेखि मूल्य समायोजन नभएको हुँदा अब स्वतः रुपमा मूल्य बढ्ने उनले बताए । ‘०७० सालदेखि मुल्यमा समायोजन भएको छैन, सञ्चालन खर्च, पानीको उपलब्धतापछि हुने खर्च, गुणस्तरको मापदण्ड कायम गर्ने खर्च र प्रशासनिक खर्चको कारणले मूल्य बढ्छ’, उनले बताए । मूल्य कतिसम्म बढ्न सक्ने सन्दर्भमा प्रवक्ता राईले प्रस्तावको विषयलाई सार्वजनिक गर्न नमिल्ने भन्दै दोब्बर सम्म हुनसक्ने संकेत गरे । खानेपानी व्यवस्थापन बोर्डसँग भएको लिज एग्रिमेन्टमा नै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वर्षेनी मूल्य समायोजन गरेर पेश गर्नुपर्ने व्यवस्था भएको प्रवक्ता राईले बताए । सोही अनुसार चालु आर्थिक वर्षमा लिमिटेडले बोर्डमा पेश गर्ने काम गरेको उनल बताए ।

नेपालमा स्टार्टअप बढाउन चार संस्थाबीच सहकार्य हुने

काठमाडौं । नेपालमा नवप्रवर्तनलाई अभिवृद्धि गर्न चार वटा संस्थाबीच सहकार्य हुने भएको छ । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअप र एसएमईहरूका लागि सहकार्य गर्ने भएको परिसंघले जनाएको छ । कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउनु रहेको परिसंघले जनाएको छ । परिसंघको अनुसार यसले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न योगदान पुर्याउने छ । ग्रोथएक्स एभरेष्ट एक्सेलेटर एक हाइब्रिड संरचनासहितको एक्सेलेटर कार्यक्रम रहेको समेत परिसंघले बताएको छ । यसमा नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्अपहरूलाई स्केलिंग अप, विश्वव्यापी विस्तार र कोष संकलनमा सक्षम पार्ने समेत बताइएको छ । नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको साझेदारीमा टिम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्त रूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्ना उद्यम सञ्चालन गर्ने संस्थापकहरूलाई सहभागी गराइने भएको छ । यसले नेपाली स्टार्टअपहरुलाई अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त उद्योगीहरु, डोमेन विशेषज्ञहरू, सफल संस्थापकहरू, र लगानीकर्ताहरूबाट सल्लाह दिनेछ र नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्धत गर्ने भएको छ । यसले नेपालमा एक सम्पन्न प्राविधिक स्टार्टअप इकोसिस्टम निर्माण गर्न मद्दत पुग्ने परिसंघले बताएको छ । सहकार्य सम्झौता गरेपछि टिम भेन्चर्सका सीईओ तथा संस्थापक तेन्जिन सोनम गोन्सारले नेपालमा स्टार्टअपहरुको व्यवसायलाई माथि उठाउन प्रोत्साहन एवं सहयोग गर्न यो सम्झौता सहयोगी हुने बताए । ग्रोथएक्स एभरेष्ट नेपालभित्र चलिरहेका विद्यमान एक्सेलेटर कार्यक्रमहरू भन्दा फरक पहल भएको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चकी अध्यक्ष प्राची अग्रवालले बताइन् ।

राष्ट्रिय वाणिज्य बैंकले दियो नयाँ अधिकृतलाई तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २०० जना अधिकृतलाई तालिम दिएको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट छनौट भएका नवनियुक्त अधिकृतहरुलाई दिने दश दिने तालिम काठमाडौंमा सुरु गरेको हो । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक रुपान्तरणको प्रक्रियामा रहेकाले प्रतिस्पर्धी बजारमा बैंकले लिएको रणनीति कार्यन्वयनमा यो ठुलो संख्याको जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताए । उनले विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठुलो संख्यामा युवा अधिकृतहरुलाई नियुक्ति दिएर बैंकिङ्ग क्षेत्र मार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताए । उनले अरु छ सयभन्दा बढी सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी बैंकको उत्पादकत्व बढ्नेमा जोड दिए । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नवनियुक्त सहायक प्रबन्धक, तह ६ र उपप्रबन्धक, तह ७ का जम्मा दुईसय जना अधिकृतहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।