प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रिमियर इन्स्योरेन्स कम्पनी र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो । यी २ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ६८९.७२ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार कम्पनको सेयर प्रतिकित्ता ७८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ८५८.९ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ९४३.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
बढ्यो देउवाको सक्रियता, फेरि सत्तारोहणको प्रयास !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । देउवाका कारण प्रधानमन्त्रीसहित सबै राजकीय पद कांग्रेसले गुमाएको भन्दै पार्टीभित्र आलोचना भइरहेका बेला उनले सरकारमा सहभागी हुने वा नहुने अलमलमा रहेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेटेर छलफल गरेका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेसमेतको सहयोगमा प्रधानमन्त्री बनेपछि देउवा असन्तुष्ट छन् । संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री भएका दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ। विश्वासको मतका विषयमा राजनीतिक वृत्तमा अनेक अड्कलबाजी भइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले जसपा अध्यक्ष यादवसँग छलफल गरेका हुन्। यादवसहितका दललाई विश्वासमा लिएर तत्कालै नयाँ सरकारको नेतृत्व गर्न सकिन्छ कि भन्ने गृहकार्यमा कांग्रेस जुटेको स्रोतको दाबी छ। दाहाल नेतृत्वमा सरकार बनेपछि केही दिन सुस्ताएका देउवाको यो राजनीतिक भेटवार्तालाई अर्थपूर्ण मान्न सकिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुन चाहे पनि तत्कालीन राजा ज्ञानेन्द्र शाह त्यसको विपक्षमा देखिएका छन् । सर्तसहित सरकारमा सहभागी हुने केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअघि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए । कार्यसम्पादन समितिका धेरैजसो नेता सरकारमा सहभागी हुनुपर्ने पक्षमा उभिएपछि राप्रपाले सर्तसहित सहभागिता जनाउने निर्णय गरेको हो । त्यसलगत्तै राप्रपाका रवीन्द्र मिश्रसहितका नेताले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए । राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीका दिन (पुस २७ गते) सार्वजनिक बिदा र चारवटा मन्त्रालय दिइनुपर्ने सर्त राखेको छ । दाहाललाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै शीतल निवास पुगेका राजनीतिक दलले नै विश्वासको मत नदिने त होइनन् भन्ने आशंका गर्न थालिएको छ। दाहालले २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसके राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलका नेतालाई प्रधानमन्त्री नियुक्त गनुपर्ने व्यवस्था छ। यसरी बन्ने प्रधानमन्त्रीले पनि एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। कांग्रेसका नेताहरू मुलुकको सत्ता राजनीतिलाई संविधानको धारा ७६ (३) को अवस्थामा पुर्याएर फेरि सत्तारोहण गर्न सकिन्छ कि भन्ने कसरतमा लागेको निकट स्रोतहरूको दाबी छ। नागरिक दैनिकमा समाचार छ ।
यी ३ कम्पनीको साधारण सभा आज हुँदै, कति लाभांश पारित गर्दैछन् ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ३ कम्पनीको वार्षिक साधारण सभा आज हुने भएको छ । गरिमा विकास बैंक, नेपाल इन्स्योरेन्स र चिलिमे जलविद्युत कम्पनीको वार्षिक साधारण सभा आज हुने भएको हो । यी तीनै कम्पनीका संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका सामान्य प्रस्ताव रहेका छन् । गरिमा विकास बैंकको १६ औँ वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, बिरौटा, कास्कीमा बिहान १० बजे हुँदैछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद गरी कूल १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले मर्जरका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थासँग प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तिायारी प्रदान गर्नेछ । नेपाल इन्स्योरेन्स कम्पनीको ७४ औँ वार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुँदैछ । सभामा गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.४२११ प्रतिशत नगद गरी कूल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले हाल कायम संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर सरचनालाइ परिमार्जन गरी ५१ः४९ को अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गर्ने छ । चिलिमे जलविद्युत कम्पनीको २६ औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुँदैछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
३१.५८ प्रतिशत लाभांश र मर्जर प्रस्ताव पारित गर्न आँधिखोला लघुवित्तको साधारण सभा आह्वान
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले माघ १३ गते विहान साढे ११ बजे होटल गाउँवेशी, वालिङ स्याङ्जामा वार्षिक साधारण सभा बोलाएको हो । लघुवित्तको सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनार्थ माघ ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त र साधारण सभामा सहभागी हुन सक्नेछन् ।
लाभांश पारित गर्न नेको इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । नेको इन्स्योरेन्सले आफ्नो २७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले माघ १५ गते विहान ११ बजे लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा २७ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ माघ ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त र साधारण सभामा सहभागी हुन सक्नेछन् ।
अपि पावरको लाभांस घोषणा, बोनस र नगद दुवै घट्यो
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीके बिहीबार बसेको बैठकले गत वर्षको नाफाबाट ७.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांस गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हाल चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ हजार रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । यस अघि कम्पनीले आर्थिक वर्ष २०७७–७८ मा १०.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सूर्यज्योति लाइफ बन्यो आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी
काठमाडौं । सूर्यज्योति लाइफ कम्पनी आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी बनेको छ । यूनाइटेड रजिष्टार अफ सिस्टमले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरीक्षणको आधारमा सो मान्यता प्रदान गरेको हो । सूर्यज्योति लाइफले यस गुणस्तर प्रमाण चिन्हप्राप्त गरे पश्चात् आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढगर्दै बीमीतहरुलाई सेवा सुविधामा थप सवल र सहज पार्दै जाने कुरामा बिश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए । साथै सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशैभर १८१ शाखाबाट सेवा प्रदान गर्दै आएको र आफ्ना बीमितहरुको आवश्यकता र चाहनालाई मनन गर्दै समय सापेक्ष कम्पनीले आफ्ना सेवाहरुलाई अझ परीस्कृत गर्दै लैजाने बताए ।
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।कम्पनीले पुस २१ गते बेनीबजारस्थित जिल्ला समन्वय कार्यालयको सभा हलमा राष्ट्रिय व्यक्तित्व तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ब्राण्ड एम्बेसेडर द्वुयश्री मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका कर्मचारी लगायतको सहभागितामा कार्यक्रम भएको हो । म्याग्दी जिल्लाको बेनीबजारमा करीब ३०० जनाको सहभागितामा बीमा सचेतना सम्बन्धी बृहत ¥याली प्रदर्शन गर्दै कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा महजोडीले जीवनबीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिए । ‘मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्यउपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको वीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाईन्छ,’ श्रेष्ठले भने । कार्यक्रममा कम्पनीका प्रमुखकार्यकारी अधिकृत पोषक राजपौडेलले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणाको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नु पर्नेमा जोड दिए । उनले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नविन, नयाँ र आकर्षक सुविधा सहित आएको बताए । कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत, जिल्ला समन्वय समितिका उप–प्रमुख दिल कुमारी खत्री, प्रमुख जिल्ला अधिकारी तुलसी रामपौडेल, म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदी लगायतले मन्तव्य राखेका थिए ।