३१.५८ प्रतिशत लाभांश र मर्जर प्रस्ताव पारित गर्न आँधिखोला लघुवित्तको साधारण सभा आह्वान

<p>काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले माघ १३ गते विहान साढे ११ बजे होटल गाउँवेशी, वालिङ स्याङ्जामा वार्षिक साधारण सभा बोलाएको हो । लघुवित्तको सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको [&hellip;]</p>

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले माघ १३ गते विहान साढे ११ बजे होटल गाउँवेशी, वालिङ स्याङ्जामा वार्षिक साधारण सभा बोलाएको हो ।

लघुवित्तको सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेछ ।

लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनार्थ माघ ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त र साधारण सभामा सहभागी हुन सक्नेछन् ।

Share News