विकासन्युज

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि विमानस्थलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिएका छन् । उनले केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिएका हुन्् । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारीरूपमा उद्धारमा लाग्नु निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आजै अपराह्न १ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत सरकारी अधिकारीहरू थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

पोखरा । आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए । विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए । पोखरा । आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए । विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।

विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

पोखरा विमान दुर्घटना : यथासक्दो छिटो उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई दुर्घटनास्थलमा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको उनका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए । अहिले गृहमन्त्री लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भई घटनाबारे जानकारी लिइरहेका छन् । आज बिहान चालक दलसहित ६८ यात्रु बोकेर उडेको यति एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । अहिले उद्धार कार्य जारी छ । क्षतिको विवरण भने आउन बाँकी छ ।

‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’

काठमाडौं । पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए । ‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ’, उनले भने, “विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।” विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।

पाइलट केसीले नै गरेका थिए पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान

काठमाडौं । दुर्घटना भएको यती एयरलाइन्सको एटीआर–७२ विमानमा पाइलट कमल केसी रहेको खुलेको छ । पाइलट कमल केसीले नै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए । प्रशिक्षक पाइलटसमेत रहेका क्याप्टेन कमल केसीसहितको चालक दलले पुस ७ गते यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । ३२ वर्षकाे उडान अनुभव भएकाे केसीले नेपाल एयरलाइन्सबाट करियर सुरु गरेका थिए ।  

यी हुन् दुर्घटनाग्रस्त यती एयरमा रहेका यात्रु (नामावलीसहित)

काठमाडौं । पोखरामा यती एयरको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको हो । काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु रहेको बुझिएको छ । विमानमा १० जना विदेशी यात्रु रहेको प्रारम्भिक सूचना छ । यी हुन् विमानमा सवार यात्रु 

यती एयर दुर्घटना अपेडट : अहिलेसम्म के–के थाहा पाइयो ?

काठमाडौं । पोखरामा यती एयरको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको हो । काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु रहेको बुझिएको छ । जहाज पाइलट कमल केसीले उडाएका थिए । उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट र एस हुन्चु र ओए मगर एयरहोस्टेस रहेको यति एयरलाइन्स स्रोतले जनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट ३० जनाको शव निकालिएको छ । जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए । अहिलेसम्म आगो निभाउन सकिएको छैन ।