पाइलट केसीले नै गरेका थिए पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान

<p>काठमाडौं । दुर्घटना भएको यती एयरलाइन्सको एटीआर–७२ विमानमा पाइलट कमल केसी रहेको खुलेको छ । पाइलट कमल केसीले नै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए । प्रशिक्षक पाइलटसमेत रहेका क्याप्टेन कमल केसीसहितको चालक दलले पुस ७ गते यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । ३२ वर्षकाे उडान अनुभव भएकाे केसीले नेपाल एयरलाइन्सबाट करियर [&hellip;]</p>

काठमाडौं । दुर्घटना भएको यती एयरलाइन्सको एटीआर–७२ विमानमा पाइलट कमल केसी रहेको खुलेको छ । पाइलट कमल केसीले नै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए ।

प्रशिक्षक पाइलटसमेत रहेका क्याप्टेन कमल केसीसहितको चालक दलले पुस ७ गते यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए ।

३२ वर्षकाे उडान अनुभव भएकाे केसीले नेपाल एयरलाइन्सबाट करियर सुरु गरेका थिए ।

 

Share News