काठमाडौं । पोखरामा यती एयरको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको हो ।
काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु रहेको बुझिएको छ । जहाज पाइलट कमल केसीले उडाएका थिए ।
उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट र एस हुन्चु र ओए मगर एयरहोस्टेस रहेको यति एयरलाइन्स स्रोतले जनाएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट ३० जनाको शव निकालिएको छ । जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए । अहिलेसम्म आगो निभाउन सकिएको छैन ।