‘प्रसाद २’ को प्रदर्शन मिति तय
काठमाडौँ। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ। एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ। कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायाङ्कन सम्पन्न गरेसँगै आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई प्रदर्शनसमेत तय गरेको छ। फिल्म छिट्टै तयार हुने भएकाले प्रदर्शन मिति घोषणा गरिएको निर्माता सुभास थापाले जानकारी दिए। ‘प्रारम्भिक सम्पादन र ध्वनिको काम छायाङ्कनमै भएको छ। हाम्रो फिल्म पूर्णरूपमा तयार हुने भएकाले प्रदर्शन घोषणा गरेका हौँ’, निर्माता थापाले भने। एसजी फिल्मस् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदर्शन बस्नेतसमेत निर्माता हुन्। सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय रहेको छ। ‘मेरो लागि यो फरक किसिमको फिल्म रह्यो। मैले कथालाई न्याय गरेको छु’, निर्देशक थापाले भने। यो फिल्म ‘प्रसाद’ को दोस्रो भाग हो। यसमा राजेश श्रेष्ठको छायाङ्कन, राजनराज सिवाकोटीको सङ्गीत, उत्तम न्यौपानेको ध्वनि मुद्रण, पत्रकार सुशील पौडेलको लेखन रहेको छ। फिल्मको प्रोडक्सन कोर्डिनेटरको काम मनोज केसीले गरेका हुन्।
रोटरी क्लबद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न
काठमाडौं । रोटरी क्लब अफ कीर्तिपुरद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । क्लबले शनिवार मैत्रीनगरस्थित इशानेश्वर शिव मन्दिरको प्रांगणमा उक्त स्वास्थ्य शिविरको आयोजना गरेकाे थियो । शिविरमा जेनेरल चेकअप प्रेसर, सुगर, नाक, कान, घाँटी, छाला रोग, दन्त परीक्षण, पोषण परामर्श, आँखा जाँच तथा मोतीबिन्दु, स्त्री तथा पाठेघरको क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिएकाे थियो । क्लबका अनुसार विभिन्न रोगका ४ सय ६६ जनाले उक्त शिविरमा पुगि स्वास्थ्य परीक्षण गरेका थिए । जसमध्ये एक सय ३७ जनाको आँखा परीक्षण गर्दा १२ जनामा मोतीबिन्दु देखिएको र उनीहरूलाई कीर्तिपुर आँखा अस्पतालमा निःशुल्क अपरेसन गर्नै व्यवस्था क्लबले मिलाएको छ । रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको पनि क्लबले जानकारी दिएको छ । यस कार्यक्रममा रोटरी, रोटरायाक्ट र प्राइम हेल्थ हबका ४० जना स्वयम्सेविका परिचालन गरिएको थियाे ।
को हुन् क्याप्टेन कमल केसी ?
काठमाडौं । दुर्घटनामा परेको यती एयरको ९ एन एएनसी जहाजलाई क्याप्टेन कमल केसीले उडाएको बुझिएको हो । पाइलट केसीले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए । उनी यती एयरलाइन्सको ७२ सिटे एटीआर जहाजको प्रशिक्षक पाइटल समेत हुन् । लामाे समय सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगममा टिनवअनर जहाज चलाएका केसी निगम छोडेर यती एयरलाइन्स गएका थिए । उनीसँग ३२ वर्ष लामो समय जहाज उडाएकाे अनुभव थियाे । निगमकै एक क्यापटेनका अनुसार उनी निकै राम्रा र अनुभवी क्यापटेन हुन् । केसीले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको हुने सक्ने प्रत्यक्षर्शीको अनुमान छ । दुर्घटना नजिकै अल्कापुर भन्ने बस्ती छ । त्यही बस्ती बचाउन चालकले दुर्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको धेरैको अनुमान छ ।
विमान दुर्घटना : ३२ जनाको शव निकालियो
पोखरा । पोखरामा आज विहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३२ जना यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् । उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । यती एयरलाइन्सको कलसाइन ९एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि विमानस्थलमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिएका छन् । उनले केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिएका हुन्् । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारीरूपमा उद्धारमा लाग्नु निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आजै अपराह्न १ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत सरकारी अधिकारीहरू थिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित
पोखरा । आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए । विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए । पोखरा । आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए । विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।
विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
पोखरा विमान दुर्घटना : यथासक्दो छिटो उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई दुर्घटनास्थलमा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको उनका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए । अहिले गृहमन्त्री लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भई घटनाबारे जानकारी लिइरहेका छन् । आज बिहान चालक दलसहित ६८ यात्रु बोकेर उडेको यति एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । अहिले उद्धार कार्य जारी छ । क्षतिको विवरण भने आउन बाँकी छ ।