राष्ट्रिय बीमा कम्पनीको नाफा ९३ प्रतिशत बढ्यो, ईपीएस २८०.६७ रुपैयाँ पुग्यो
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ९२.५३ प्रतिशत बढेर ३७ करोड ४१ लाख ९० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ४३ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ६४.६७ प्रतिशत बढेर २१ करोड २१ लाख ५० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ८८ लाख ८९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ७३ प्रतिशत बढेर ३ करोड १९ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९२ लाख ३६ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीले अभिकर्तालाई ४१ लाख रुपैयाँ कमशिन दिएको छ । कम्पनीको पुनर्बीमाबाट ९ करोड ४६ लाख रुपैयाँ कमिसशन आय र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी ११ करोड ९९ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ, जगेडा कोष ३ अर्ब ५७ करोड २३ लाख रुपैयाँ र बीमा कोष २ अर्ब ८५ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब २८ करोड ७ लाख रुपैयाँ, बीमा लेख जारी संख्या २४ हजार ८५१, कुल दावी भुक्तानी रकम ६ करोड ८३ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनको प्रतिसेयर आम्दानी २८०.६७ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १४३९.७७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ९९.७५ गुणा रहेको छ ।
चैतसम्म कर्जा चुक्ता गर्ने ऋणीलाई नेपाल बैंकले ब्याज छुट दिने
काठमाडौं । नेपाल बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गरे ब्याज छुट दिने भएको छ । बैंकबाट कर्जा लिएर चुक्ता गर्न बाँकी रहेका ऋणीहरुले चुक्ता गरे ब्याज छुट दिने भएको हो । बैंकले प्रदान गर्ने उक्त छुटको व्यवस्था २०७९ चैत मसान्तसम्म मात्र रहने जनाएको छ । तर, ब्याज छूट सुविधाको हुकमा सर्तहरू लागू हुने बैंकले बताएको छ । वि.स. २०७० साल चैत्र मसान्त अगाडिसम्म खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा २५ लाख रुपैयाँ सम्मका खराब कर्जा तथा अपलेखित कर्जा ऋणीहरूलाई ब्याजमा छुट सुविधा दिने भएको हो । बैंकको ब्याज छुट सहितको अवसर प्राप्त गरी कर्जा चुक्ता गर्नका लागि शाखा कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले बक्यौता साँवा १ लाख रुपैयाँसम्मका कर्जामा बाँकी साँवाको १० प्रतिशत, ५ लाख रुपैयाँसम्मका कर्जामा ३० प्रतिशत, १० लाख रुपैयाँसम्मका कर्जामा ४० प्रतिशत, १५ लाख रुपैयाँसम्मका कर्जामा ६० प्रतिशत, २० लाख रुपैयाँसम्मका कर्जाम ७० प्रतिशत, २५ लाख रुपैयाँसम्मका कर्जामा ८० प्रतिशत बराबरको रकम ब्याज लिएर बाँकी ब्याज मिनाहा गर्ने बैंकले जनाएको छ ।
आइएमई जनरलको नाफा १३ करोड बढी, आयात कडाई गर्दा वृद्धि हुन सकेन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ८ प्रतिशत बढेर १३ करोड ९ लाख १६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड १३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ८ प्रतिशत बढेर ४० करोड ५६ लाख २४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ६३ लाख २५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ७ प्रतिशत घटेर १२ करोड ६३ लाख ७५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७२ लाख १५ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीले अभिकर्ता कमशिन १ करोड ३८ लाख रुपैयाँ गरेको छ । कम्पनीको पुनर्बीमा कमिसशन आय १२ करोड ४३ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २ करोड २४ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ४७ प्रतिशत बढेर १ अर्ब ७० करोड १६ लाख रुपैयाँ, जगेडा कोष ६ प्रतिशत बढेर ३२ करोड ८० लाख रुपैयाँ र बीमा कोष १५ प्रतिशत बढेर ६१ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन ९० करोड २६ लाख १४ हजार रुपैयाँ, बीमा लेख जारी संख्या ५७ हजार २०५ वटा, कुल दावी भुक्तानी रकम ३९ करोड १ लाख रुपैयाँ, ७ हजार ७८७ दावी वापत १ अर्ब २८ करोड १८ लाख रपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । यस अवधिमा कम्पनको प्रतिसेयर आम्दानी १५.३९ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १५५.१९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३१.२० गुणा रहेको छ । समिक्षा अवधिमा बैंक तथा वित्तीय क्षेत्रमा आएको तरलताको समस्याले गर्दा बैंक तथा वित्तीय क्षेत्रबाट कर्जा प्रवाहमा कमी आएको र सवारी साधन लगायतका विभिन्न वस्तु तथा सेवाहरुको आयातमा कडाई गर्दा कारण बीमाको वृद्धिमा तुलनात्मक रुपमा कमी भएको कम्पनीले बताएको छ । साथै अब तरलता समस्या समाधान हुँदै जाँदा समग्र व्यवसाय विस्तार भई बीमा व्यवसायमा पनि सकारात्मक वृद्धि हुने अपेक्षा कम्पनीले गरेको छ ।
नेशनल लाइफको नाफामा ५८ प्रतिशतको छलाङ, बीमा कोष ५६ अर्ब माथि
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५७.७३ प्रतिशत बढेर २२ करोड ७३ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.८९ प्रतिशत बढेर ७ अर्ब ५३ करोड ४७ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ४५ प्रतिशत बढेर ३ अर्ब ७२ करोड ५ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीले अभिकर्ता कमशिन ७३ करोड ९३ लाख रुपैयाँ गरेको छ । कम्पनीको पुनर्बीमा कमिसशन आय २ करोड २६ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३७.८७ प्रतिशत बढेर ४ अर्ब ६४ करोड ४ लाख रुपैयाँ, जगेडा कोष ७७.६६ प्रतिशत घटेर २६ करोड ६५ लाख ३९ हजार रुपैयाँ, बीमा कोष १९.१४ प्रतिशत बढेर ५६ अर्ब १५ करोड ९१ ला रुपैयाँ र महाविपत्ती कोष ३७ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन ७ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ, कुल बीमा लेख संख्या १७ लाख २ हजार २७९ वटा, कुल दावी भुक्तानी रकम ३ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ, २५ हजार २२ वटा दावी वापत ७७ करोड ८९ लाख ६८ हजार रपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । यस अवधिमा कम्पनको प्रतिसेयर आम्दानी ९.८० रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११३.७६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६५.९२ गुणा रहेको छ ।
ब्याज आम्दानी १३९ प्रतिशत बढेपछि नागरिक लगानी कोषको नाफा ५० करोड
काठमाडौं । नागरिक लगानी कोषको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३१.७८ प्रतिशत बढेर ५१ करोड ३२ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कोषले ३८ करोड ९४ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएकाले कोषको नाफा बढेको छ । कोषल् मुद्दती निक्षेपमा लगानी गरेको ब्याज आम्दानी बढ्न गएकाले नाफा बढेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको ब्याज आम्दानी १३९.३३ प्रतिशत बढेर २१ करोड २४ लाख ८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कोषले ८ करोड ८७ लाख ५० हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । कम्पनीले समिक्षा अवधिमा आफ्नो खर्च पनि घटाएको छ । कम्पनीको कुल खर्च ४.४९ प्रतिशत घटेर १५ करोड ४१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कोषको कुल खर्च १५ करोड ७१ लाख रुपैयाँ थियो । पुस मसान्तसम्म कोषको सेवा शुल्क तथा कमिशन आम्दानी ४.०३ प्रतिशत बढेर ६१ करोड ९ लाख २९ हजार रुपैयाँ, कुल आम्दानी २३.३६ प्रतिशत बढेर ८३ करोड ४३ लाख ५८ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म कोषको चुक्ता पूँजी ३० प्रतिशत बढेर ४ अर्ब २५ करोड १० लाख रुपैयाँ र जगेडा कोष २५.२३ प्रतिशत घटेर १५ अर्ब ६२ करोड ११ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कोषको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । कोषको प्रतिसेयर आम्दानी ३३ पैसा बढेर २४ रुपैयाँ १५ पैसा पुगेको छ । कोषको प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ६५ पैसा छ भने मूल्य आम्दानी अनुपात ८७.९९ गुणा रहेको छ । कोषका अनुसार दीर्घकालीन प्रकृतिको कोष सङ्कलन गर्ने भएकोले सहभागीहरूको मासिक सङ्कलन रकमबाट दैनिक भुक्तानी दिने कार्य भएको हुँदा तरलता सहज भएको छ । कोषको मुख्य आम्दानीका रूपमा कोषले सञ्चालन गरेका योजनाहरूबाट प्राप्त सेवा शुल्क, ब्याज आम्दानी तथा नगद लाभांश रहेका छन् । कोषले बन्दमुखी सामूहिक कोष योजना सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
हिमालयन एभरेष्टको खुद बीमाशुल्क ३१ प्रतिशत बढ्यो, २.१७ अर्ब भुक्तानी हुन बाँकी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ०.२६ प्रतिशत बढेर ११ करोड २५ लाख ५५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २२ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ३०.५४ प्रतिशत बढेर ५९ करोड १९ लाख ५० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी २५ प्रतिशत घटेर १८ करोड ६६ लाख ४८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ६० लाख ११ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको अभिकर्ता कमशिन २० प्रतिशत घटेर २ करोड ५ लाख ४५ हजार रुपैयाँ गरेको छ । कम्पनीको पुनर्बीमा कमिसशन आय १७ करोड ४५ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी ३ करोड ९६ लाख ७० हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २.१९ प्रतिशत घटेर २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ, जगेडा कोष ७.६४ प्रतिशत बढेर ६६ करोड २० लाख रुपैयाँ, बीमा कोष ५.५० प्रतिशत बढेर १ अर्ब १५ करोड ७ लाख रुपैयाँ र महाविपत्ती कोष ५ करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ५० करोड ८१ लख रुपैयाँ, जारी बीमा लेखको संख्या १ लाख २६८ वटा, कुल दावी भुक्तानी रकम ४६ करोड ७६ लाख २६ हजार रुपैयाँ, १३ हजार १२६ वटा दावी वापत २ अर्ब १७ करोड ६४ लाख रपैयाँ कुल दावी भुक्तानी हुन बाँकी रहेको छ । यस अवधिमा कम्पनको प्रतिसेयर आम्दानी १०.०५ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १८३.२१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४४.९३ गुणा रहेको छ ।
२० हजार कित्तासम्म किन्न पाइने एशियन हाइड्रोको आईपीओ बिक्री खुला
काठमाडौं । एशियन हाइड्रोपावरले आज (माघ २७ गते, शुक्रबार)देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ८४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ४० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात् ४२ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात् १६ हजार ८ सय कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा फागुन २ गते र ढीलोमा फागुन १२ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीको आईपीओलाई केयर माइनस एनपी बीबी एस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
शिवम् सिमेन्टको नाफा ३३ करोड रुपैयाँ, जगेडा कोष थप्दै ४.७० अर्ब पुग्यो
काठमाडौं । शिवम् सिमेन्टको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३ प्रतिशत घटेर ३२ करोड ९० लाख ८८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी घटेका कारण नाफामा असर गरेको कम्पनीले बताएको छ । साथै चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको बिक्री आम्दानी २७.३७ प्रतिशत घटेर ३ अर्ब ३४ करोड ३० लाख ७० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ६० करोड ३१ लाख २४ हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०.५८ प्रतिशत घटेर ३ अर्ब ६६ करोड ६७ लाख ५३ हजा। रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ६१ करोड ६६ लाख ६८ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको कुल खर्च १८.८२ प्रतिशत घटेर ३ अर्ब ३३ करोड ७२ लाख ६७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ११ करोड १० लाख ३८ हजार रुपैयाँ कुल खर्च गरेको थियो । पुस मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोष ३.१४ प्रतिशत बढेर ४ अर्ब ७० करोड १२ लाख ४७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४७ पैसा घटेर १४ रुपैयाँ ९६ पैसामा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.८३ गुणा रहेको छ ।