ब्याज आम्दानी १३९ प्रतिशत बढेपछि नागरिक लगानी कोषको नाफा ५० करोड

<p>काठमाडौं । नागरिक लगानी कोषको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३१.७८ प्रतिशत बढेर ५१ करोड ३२ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कोषले ३८ करोड ९४ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएकाले कोषको नाफा बढेको [&hellip;]</p>

काठमाडौं । नागरिक लगानी कोषको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३१.७८ प्रतिशत बढेर ५१ करोड ३२ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कोषले ३८ करोड ९४ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएकाले कोषको नाफा बढेको छ । कोषल् मुद्दती निक्षेपमा लगानी गरेको ब्याज आम्दानी बढ्न गएकाले नाफा बढेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको ब्याज आम्दानी १३९.३३ प्रतिशत बढेर २१ करोड २४ लाख ८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कोषले ८ करोड ८७ लाख ५० हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

कम्पनीले समिक्षा अवधिमा आफ्नो खर्च पनि घटाएको छ । कम्पनीको कुल खर्च ४.४९ प्रतिशत घटेर १५ करोड ४१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कोषको कुल खर्च १५ करोड ७१ लाख रुपैयाँ थियो ।

पुस मसान्तसम्म कोषको सेवा शुल्क तथा कमिशन आम्दानी ४.०३ प्रतिशत बढेर ६१ करोड ९ लाख २९ हजार रुपैयाँ, कुल आम्दानी २३.३६ प्रतिशत बढेर ८३ करोड ४३ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म कोषको चुक्ता पूँजी ३० प्रतिशत बढेर ४ अर्ब २५ करोड १० लाख रुपैयाँ र जगेडा कोष २५.२३ प्रतिशत घटेर १५ अर्ब ६२ करोड ११ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कोषको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । कोषको प्रतिसेयर आम्दानी ३३ पैसा बढेर २४ रुपैयाँ १५ पैसा पुगेको छ । कोषको प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ६५ पैसा छ भने मूल्य आम्दानी अनुपात ८७.९९ गुणा रहेको छ ।

कोषका अनुसार दीर्घकालीन प्रकृतिको कोष सङ्कलन गर्ने भएकोले सहभागीहरूको मासिक सङ्कलन रकमबाट दैनिक भुक्तानी दिने कार्य भएको हुँदा तरलता सहज भएको छ । कोषको मुख्य आम्दानीका रूपमा कोषले सञ्चालन गरेका योजनाहरूबाट प्राप्त सेवा शुल्क, ब्याज आम्दानी तथा नगद लाभांश रहेका छन् । कोषले बन्दमुखी सामूहिक कोष योजना सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

Share News