चैतसम्म कर्जा चुक्ता गर्ने ऋणीलाई नेपाल बैंकले ब्याज छुट दिने

<p>काठमाडौं । नेपाल बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गरे ब्याज छुट दिने भएको छ । बैंकबाट कर्जा लिएर चुक्ता गर्न बाँकी रहेका ऋणीहरुले चुक्ता गरे ब्याज छुट दिने भएको हो । बैंकले प्रदान गर्ने उक्त छुटको व्यवस्था २०७९ चैत मसान्तसम्म मात्र रहने जनाएको छ । तर, ब्याज छूट सुविधाको हुकमा सर्तहरू लागू हुने बैंकले बताएको छ [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गरे ब्याज छुट दिने भएको छ । बैंकबाट कर्जा लिएर चुक्ता गर्न बाँकी रहेका ऋणीहरुले चुक्ता गरे ब्याज छुट दिने भएको हो ।

बैंकले प्रदान गर्ने उक्त छुटको व्यवस्था २०७९ चैत मसान्तसम्म मात्र रहने जनाएको छ । तर, ब्याज छूट सुविधाको हुकमा सर्तहरू लागू हुने बैंकले बताएको छ ।

वि.स. २०७० साल चैत्र मसान्त अगाडिसम्म खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा २५ लाख रुपैयाँ सम्मका खराब कर्जा तथा अपलेखित कर्जा ऋणीहरूलाई ब्याजमा छुट सुविधा दिने भएको हो । बैंकको ब्याज छुट सहितको अवसर प्राप्त गरी कर्जा चुक्ता गर्नका लागि शाखा कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

बैंकले बक्यौता साँवा १ लाख रुपैयाँसम्मका कर्जामा बाँकी साँवाको १० प्रतिशत, ५ लाख रुपैयाँसम्मका कर्जामा ३० प्रतिशत, १० लाख रुपैयाँसम्मका कर्जामा ४० प्रतिशत, १५ लाख रुपैयाँसम्मका कर्जामा ६० प्रतिशत, २० लाख रुपैयाँसम्मका कर्जाम ७० प्रतिशत, २५ लाख रुपैयाँसम्मका कर्जामा ८० प्रतिशत बराबरको रकम ब्याज लिएर बाँकी ब्याज मिनाहा गर्ने बैंकले जनाएको छ ।

Share News