विकासन्युज

४५ लघुवित्तको लाभांश घोषणा : एउटाको रद्द, ३ वटाले घटाए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरुमध्ये ४५ वटा लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । ६० वटा लघुवित्त संस्थाहरु सूचीकृत रहेकोमा ४५ वटा लघुवित्त संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् १५ वटा लघुवित्तले अझै लाभांश घोषणा गरेका छैनन् । जसमा जाल्पा सामुदायिक लघुवित्त, उपकार लघुवित्त, सिवाईसी लघुवित्त र आदर्श लघुवित्त संस्थाले भने यस वर्षदेखि लाभांश घोषणा गरेका हुन् । गत वर्षको नाफाबाट सेयरधनीहरुलाई सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा जाल्पा सामुदायिक लघुवित्त संस्था रहेको छ । यस लघुवित्तले ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद गरी कूल ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, दोस्रोमा उपकार लघुवित्त (६५ प्रतिशत), तेस्रोमा महिला लघुवित्त (५० प्रतिशत), चौंथोमा नेशनल माइक्रोफाइनान्स लघुवित्त (३४.४५ प्रतिशत) र पाँचौंमा जीवन विकास लघुवित्त (३३.१५ प्रतिशत) रहेकाे छ । यस्तै, सिवाईसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्तले समान ३१.५८ प्रतिशत र फरवार्ड लघुवित्तले ३० प्रतिशत लाभांश वितरण गरिसकका छन् । नेरुडे लघुवित्तले २३.१५ प्रतिशत, मिर्मिरे लघुवित्तले २३ प्रतिशत, स्वाबलम्बन लघुवित्त २१.०५ प्रतिशत,  फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले २० प्रतिशत, मिथिला लघुवित्त १५.७८ प्रतिशत, आरएसडीसी लघुवित्तले ११ प्रतिशत लाभांश वितरण गरिसकेकाे छन् । आरएमडीसी लघुवित्त र साना किसान लघुवित्तले २७.३६ प्रतिशत, छिमेक लघुवित्तको २५.२६ प्रतिशत, महुली लघुवित्तले २५ प्रतिशत, स्वरोजगार लघुवित्तले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । यस्तै, सामुदायिक लघुवित्त, डिप्रोक्स लघुवित्त, स्वाभिमान लघुवित्त, विजय लघुवित्त, र आदर्श लघुवित्तले २१.०५ प्रतिशत, मेरो माइक्रोफाइनान्स लघुवित्त, साधना लघुवित्त, निर्धन उत्थान लघुवित्त, इन्फिनीटी लघुवित्त, नयाँ सारथी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, लक्ष्मी लघुवित्त र कालिका लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । यस्तै, सबैको लघुवित्तले १८.९५ प्रतिशत, समता लघुवित्तले १८ प्रतिशत, मिथिला लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तले १५.७८ प्रतिशत, आशा लघुवित्त र सूर्याेदय वोमी लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्नेछन् । एनआईसी एशिया लघुवित्तले भने १४.७५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, समीट लघुवित्तले १४.२७ प्रतिशत, सिभिल लघुवित्तले ११.५८ प्रतिशत, सपोर्ट लघुवित्तले ११.५७ प्रतिशत, एनएमबि लघुवित्तले १०.५२ प्रतिशत, किसान लघुवित्तले ७.३६ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तले ५ प्रतिशत र गुराँस लघुवित्तले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश वितरण गरेका लघुवित्तहरुमा नेसनल माइक्रोफाइनान्स लघुवित्त र आशा लघुवित्तको लाभांश भने संशोधन भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्तले यसअघि ३८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशन बमोजिम संशोधन गरेको हो । यस्तै, आशा लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, राष्ट्र बैंकले लघुवित्तको लाभांश घटाएर स्वीकृति दिएको हो । यस्तै, जीवन विकास लघुवित्तको लाभांश पनि संशोधन भएको छ । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद लाभांश गरी कूल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यस्तै, नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश रद्द भएको छ । डिप्रोक्स लघुवित्तसँगको मर्जर तोडिएपछि कुनै अर्काे वित्तीय संस्थासँग मर्जरमा नगएसम्मका लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको हो । लघुवित्तले गत आवको नाफाबाट लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

एनआईसी एशिया क्यापिटल सातौं वर्षमा, ६ रुपैयाँमा लगानी व्यवस्थापन सेवा दिने

काठमाडौं । एनआईसी एशिया क्यापिटल स्थापनाको छैठौं वर्ष पूरा गरेर सातौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा क्यापिटलले विभिन्न सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ । क्यापिटलले छैठौं वार्षिकोत्सवको अवसरमा क्यापिटलबाट प्रदान गर्ने लगानी व्यवस्थापन सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, निक्षेप सदस्य सेवा, सेयर रजिष्ट्रार सेवा र निष्काशन तथा बिक्री प्रबन्ध सेवामा छुट योजना ल्याएको हो । लगानी व्यवस्थापन सेवा अन्तर्गत क्यापिटलले मात्र ६ रुपैयाँ लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त अफर योजना २०७९ साल चैत मसान्तसम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ । एनआईसी एशिया म्युचुअल फण्ड सेवा  क्यापिटले एनआईसी एशिया डाइनामिक डेप्ट फण्डुको सिस्टम्याटिक इन्भेष्टमेन्ट प्लानमा फाल्गुन २२ देखि चैत्र मसान्तसम्म सहभागि हुने इकाईधनीहरु मध्ये ६ जनालाई ५०० रुपैयाँ बराबरको क्यापिटलको तर्फबाट एसआइपी रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई एसआइपी बुस्टरको सुविधा उपलब्ध गराउने बताएको छ । संस्थागत परामर्श यस योजनामा क्यापिटलले संस्थागत परामर्श सेवा शुल्कमा ६ वटा व्यक्ति तथा संस्थालाई सेवा शुल्कमा ५० प्रतिशत छुट योजना ल्याएको छ । निक्षेप सदस्य सेवा  क्यापिटलले फागुन २२ देखि चैत्र मसान्तसम्म ९९९ लाइफटाइम डिम्याट योजनमा सहभागि हुने ग्राहकलाई ९९९ रुपैयाँ क्यासब्याक, १००० लाइफटाइम मेरो सेयर योजनामा सहभागिलाई १ हजार रुपैयाँ क्यासब्याक उपलब्ध गराउनेछ । यस्तै, बिओ टु बओि मार्फत एनआईसी एशिया क्यापिटलमा डिम्याट खाता ट्रान्सफर गर्दा निःशुल्क गरिदिने व्यवस्था समेत मिलाइएको कम्पनीले जानकारी दिएको छ । सेयर रजिष्ट्रार सेवा  यस योजनमा क्यापिटलले चैत मसान्तभित्र सहभागि हुने कम्पनीहरु मध्ये एउटा कम्पनीलाई मात्र ६ रुपैयाँमा सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने छ । निष्काशन तथा बिक्री प्रबन्ध सेवा  क्यापिटलले चैत मसान्तभित्र आईपीओ तथा हकप्रद सेयर निष्काशन सम्बन्धी सेवा लिन चाहने कम्पनीहरु मध्ये ६ वटा कम्पनीहरुलाई निष्काशन तथा बिक्री प्रबन्ध सेवा शुल्कमा विशेष छुट उपलब्ध गराउने जानकारी दिएको छ ।

माओवादीका नेताहरुले शान्ति सम्झौता र परिवर्तन विरुद्धका गतिविधिमा एक भएर प्रतिवाद गर्ने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको संयुक्त बैठक सकिएको छ । उक्त बैठकले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने कुनै पनि गतिविधिको एक भएर प्रतिवाद गर्ने निर्णग गरेको हो । प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संयुक्त बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न सरकारसँग जोडदार माग गर्ने निर्णय समेत गरेकाे छ । ‘संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छौं, संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्दछ, संयुक्त बैठकले जारी गरेको विज्ञप्तीमा भनिएको छ । यस्तै, आजको बैठकले विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयनको माग गर्ने समेत निर्णय गरेको छ । आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सी.पी. गजुरेल, नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, नेकपा (बहुमत) का संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ’आहुति’, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी तथा माओवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमाल लगायतको सहभागित रहेको थियो ।

३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार छापावाल सुनको मूल्य घटेर तोलाको एक लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सनको मूल्य घटेर तोलाको एक लाख २ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुन तोलाको एक लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज चाँदीको मूल्यअघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर तोलाको एक हजार २६५ रुपैयाँ कायम भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

उद्योगी व्यवसायीलाई बैंकहरु नचाहिएको हो ? निजी क्षेत्र किन मौन ?

काठमाडौं । केही साताअघि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को वार्षिक साधारणसभा कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकहरु व्यवसायीलाई नचाहिने तर्क राखे । उनले कार्यक्रममा सार्वजिनक रुपमै भने, ‘बैंकहरुले नाफा मात्रै हेरे, व्यवसायीहरुलाई समस्या परेको बेला झन चर्को ब्याज लिए, अब व्यवसायीहरुले आफै कोष खडा गरेर त्यही कोषबाट लगानी गरौं, बैंकबाट ऋण लिएर व्यवसाय विस्तार गर्न छोडौं ।’ उनको यो अभिव्यक्तिले उद्योगी व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाप्रति कति आक्रोशित छन् भन्ने जनाउँछ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका एनआइसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघाई पनि बैंकविरुद्द नै सडकमा उत्रिए । उनले उद्योगी व्यवसायीहरुले कर्जामा लिने ब्याजदर उच्च भएको भन्दै बैंकहरुको विरोध गर्दै सडकमा कालो झण्डा लिएर उभिए । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका नेतृत्वले सार्वजनिक रुपमै बैंकको उच्च ब्याजदरको विषयमा विरोध जनाउँदै आएको विषय नौलो होइन । उनीहरुले बैककको उच्च ब्याजदरको विषयमा विरोध गर्दै आएका थिए र छन् पनि । उनीहरुले शिर्ष राजनीतिक नेतृत्वलाई समेत भेटेर बैंकको व्याजको कारण आफुहरुले भोग्नु परेको समस्याको विषय पनि राजनीतिक नेतृत्व र पार्टीसमक्ष राखे । तर, अहिले ती घटनाक्रम र अभिव्यक्तिहरुले अर्कै रुप लिन थालेको छ । कतै ‘नो डिपोजिट’ का अभियान त कतै कालोमोसो दल्ने चर्चा छ । अराजक व्यवसायी दुर्गा प्रसाईको प्रशय र उनको अभिव्यक्तिहरुको लहैलहैमा लागेर देशमा विभिन्न ठाउँमा विभिन्न किसिमका घटनाहरु हुन थालेका छन् । जसले बैंकिङ क्षेत्रलाई त्रासपूर्ण वातावरण सिर्जना गरेको छ । बैंकरहरुलाई जहाँ भट्यो त्यही कालोमोसो दल्ने दुर्गा प्रसाईंहरुको अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्र त्रासमा छ । प्रसाईंले एउटा अभियान नै चलाएर बैंकको सावाँ ब्याज नतिर्न सबैलाई आव्हान गरिरहेका छन् । उनले सार्वजनिक कार्यक्रममै बैंकरलाई ‘जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्नु’ भन्दै समाज भड्काउने गलत अभिव्यक्ति दिइरहेका छन् । उनको अभिव्यक्तिको प्रशय पाउँदै बुधबार जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि अज्ञात समूहद्वारा कालोमासो पनि दलियो । पूर्वदेखि पश्चिमसम्म बैंकविरोधी अभिव्यक्ति दिइरहेका प्रसाईंले एउटा संयन्त्र नै खडा गरेर लागिरहेका छन् । उनले झापामा मात्रै २ सय जनालाई परिचालन गरेको बताउँदै आएका छन् । प्रसाईंको बोलीको प्रशय पाउँदै कैलालीमा पनि बैंक तथा वित्तीय संस्थाविरुद्ध ‘नो डिपोजिट’ अभियान सुरु भयो । बैंक तथा वित्तीय संस्थाको विरोध गर्दै कैलालीका उद्योगी व्यवसायीहरुले बैंकका शाखा कार्यालयमा धर्ना दिनुका साथै ‘नो डिपोजिट’ अभियान सुरु गरेका छन् । कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले बैंक तथा वित्तीय संस्थाको चर्काे ब्याजदर र राष्ट्र बैंकको अव्यवहारिक नीतिका विरुद्ध नो डिपोजिट अभियान चलाएको बताए । ‘बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिविरुद्ध उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश, विभिन्न वस्तुगत संघहरु लगायत व्यवसायीहरुको आव्हानमा सांकेतिक बिरोध स्वरूप ‘नो डिपोजिट’को कार्यक्रम आयोजना गरिएको छ, यो अभियान अझै चर्किन सक्छ,’ उनले भनेका छन् । बैंकर र उद्योगी व्यवसायी एक अर्काका परिपरिपुरक हुन् । तर, अहिले व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको अस्तित्वमै प्रश्न उठ्ने खालका गतिविधिहरु गरेर बैंकरलाई नङ्ग्याउने खेल खेलिरहेका छन् । त्यसको त्रासमा बैंकर्सले संयुक्त विज्ञप्ति नै जारी गरेर बैंकविरुद्दका अराजक गतिविधि गर्नेलाई कारवाही गर्नु पर्ने माग राखेका छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संस्था नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन, वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरेर बैंक तथा वित्तीय संस्था र लघुवित्तबाट ऋण लिएर कर्जा तिर्दैन भन्नु अराजक गतिविधि भएको भन्दै यस्ता अराजक गतिविधि गर्नेलाई कारवाही हुनु पर्ने माग राखेका हुन् । गृह मन्त्रालयले पनि यस्ता अराजक काम गर्नेलाई तत्काल कारवाही गर्न सबै जिल्ला प्रशासनहरुलाई परिपत्र जारी गरिसकेको छ । निजी क्षेत्र किन मौन ? देशव्यापी रुपमा उश्रृंखल र अराजक गतिविधि बढ्दा पनि निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स लगायत संस्था भने मौन छन् । बैंकमा नो डिपोजिट अभियान सञ्चालन गर्ने कैलाली उद्योग वाणिज्य संघ महासंघको सदस्य हो । तर, महासंघले यस्तो अराजक गतिविधि नगर्न आफ्नो सदस्यलाई कुनै आग्रह गरेको छैन भने बैंकरलाई कालोमोसो दल्नु पर्ने अभिव्यक्ति दिनेहरुमाथि पनि यी छाता संस्थाहरुले कुनै एक्सन लिन सकेका छैनन् । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले भने पटक–पटक यस्ता गतिविधि नगर्न आफ्ना सदस्यहरुलाई मौखित तथा लिखित रुपमा जानकारी गराएको बताए । उनले बैंकको ऋण तिर्दिन भन्नु, बैंकरलाई कालोमोसो दल्छु भन्नु र बैंकविरुद्दका अभियान सञ्चालन गर्नु अराजकता भएको बताउँदै यस्तो कार्य नगर्न पनि आफ्ना सदस्यहरुलाई आग्रह गरेको बताए । ‘परिसंघ यस्ता विषयमा सजग छ, हामीले विभिन्न समयमा यस्ता गतिविधि गर्नु हुँदैन भनेर विज्ञप्ति पनि जारी गरेका छौं, कर्जा अर्थतन्त्रको फाउन्डेशन हो, ऋण तिर्दिन भन्न मिल्दैन, बैंकिङ क्षेत्र र उद्योग व्यवसाय क्षेत्र एकअर्काका परिपुरक हुन्,’ उनले भने । यस्तै, यस्ता खालका गतिविधिमा कसैले पनि प्रशय दिन नहुने उनको भनाइ छ । केही साताअघि बैंकले उद्योगी व्यवसायीलाई समस्या पारेकोले बैंकबाट ऋण लिनै नहुने बताउने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले पनि उद्योगी व्यवसायीले अराजकता प्रदर्शन गर्न नहुने. बताएका छन् । बैंकिङ क्षेत्रबिना अर्थतन्त्र चलायमान नहुने बताउँदै उनले बैंकको अस्तित्वमाथि नै प्रश्न उठ्ने खालका गतिविधि नगर्न आग्रह गरे । ‘हामी सबैले ऐन नियमभित्र बस्नु पर्छ, समस्या परेको बेला एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्नु पर्छ, बैंकको ऋण तिर्दिन भन्नु गलत हो, तिर्नु पर्छ, तर बैंकहरुले पनि बढी ब्याज लिनु भएन, माटो सुहाउँदो ब्याजदर कायम गर्नु पर्छ,’ उनले विकासन्युजसँग भने । उनले पनि बैंकविरुद्द भइरेको अराजक गतिविधिमा आफुहरुले बढावा नदिने बताए । महासंघले अहिलेको बैंक तथा वित्तीय संस्था विरुद्द भइरहेको विषयमा मौन बस्दा बैंकरहरुले पनि छाता संस्थाहरुप्रति नै एक किसिमको संशय पैदा गरेका छन् । सदस्य संस्था तथा व्यक्तिले खुलेआम रुपमा बैंक तथा वित्तीय संस्थाको ऋण तिर्दिन, बैंकरलाई कालोमासो दल्छु भन्ने लगायतका गलत अभिव्यक्ति दिँदा उद्योगी व्यवसायीका छाता संस्था यस्तो अवस्थामा पनि मौन बस्दा बैंकहरुले यस विषयमा शंका गर्नु स्वभाविक हो । तर, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा भने यस्ता गतिविधिको महासंघ विरोध गर्ने बताउँछन् । ‘अहिले हामी जटिल अवस्थामा छौं, त्यसमाथि पनि बैंकको ऋण तिर्दिन भन्न मिल्दैन, यस्तो गतिविधिको महासंघले विरोध गर्छ, संस्थागत रुपमा यस्तो गर्ने भनेर निर्णय भएको छैन,’ उनले भने । अहिले देखिएका समस्या समाधानका लागि भने बैंकहरुले पनि केही खुकुलो बन्नु पर्ने अवस्था रहेको उनको भनाइ छ । ‘अहिलेको मख्य समस्या भनको उच्च ब्याजदर र तरलताको समस्या हो, खराबकर्जा बढ्दै गइरहेको छ, यही रेसियोमा खराब कर्जा बढ्यो भने चालू आर्थिक वर्षको अन्त्यसम्म विषम् परिस्थिति बन्न सक्छ, त्यसले अर्कै किसिमको दुर्घटना निम्त्याउन सक्छ, यस्ता खालका समस्या आउन नदिन अहिले नै समस्याको समाधान गर्न लाग्नु पर्छ,’ उनले भने । कार्यदल पनि गठन राष्ट्र बैंकले समेत बैंकको ऋण तिर्दिन भन्न नमिल्ने धारणा राखिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा पनि सर्वसाधारणकै पैसा हुने भएकोले ऋणाीले ऋण तिर्दिन भन्न नमिल्ने राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय देखिएका विभिन्न समस्याको पहिचान तथा समाधानका लागि राष्ट्र बैंकले कार्यदल पनि गठन गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको विद्यमान अवस्थाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको हो । राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ । सो समितिको सदस्यमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष, २ जना स्वतन्त्र विज्ञ र ४ जना राष्ट्र बैंकका उच्च अधिकारीहरु छन् । उक्त समितिले ६ महिनाभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । लघुवित्त क्षेत्रमा देखिएका विद्यमान समस्या, नीतिगत व्यवस्थामा रहेका समस्या र मध्यम तथा दीर्घकालीन समस्या समाधानका विषयमा अध्ययन गरेर राष्ट्र बैंकलाई बुझाइनेछ ।

माओवादी धारका नेताहरुको बैठक बालुवाटारमा

काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा माओवादी धारका नेताहरुको संयुक्त बैठक बालुवाटारमा सुरु भएको हो । ‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन्। सोही विषयमा आजको बैठक केन्द्रित हुने सचिवालयले जनाएको छ। उक्त बैठकमा नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत सहभागी छन् ।

घरपालुवा कुकुरमा देखियो ‘पार्वो भाइरस’ सङ्क्रमण, खोप लगाउन चिकित्सकको सुझाव

चितवन । चितवन जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताए । मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो । घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको उनले बताए । यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उनको भनाइ छ । पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण देखापर्ने उनले बताए । सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुरको मृत्यु हुने गर्दछ । कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखापर्ने गर्दछ । कुकुरलाई डिएचएलपिपी नामक खोप नियमित पाँच वटा दिएमा यस्ता सङ्क्रमण नहुने न्यौपानेले बताए । अधिकांश घरपालुवा कुकुरमा नियमित खोप लगाउने अभ्यास नभएकाले यस्तो खालको समस्या देखिने गरेको उनले जानकारी दिए । कुकुरलाई जन्मिएको छ देखि आठ हप्तामा पार्वो विरुद्धको नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ । रासस

प्रभु स्मार्ट फण्डमा आवेदन दिने समय लम्बियो

काठमाडौं । प्रभु क्यापिटलको प्रभु स्मार्ट फण्डमा आवेदन दिने समय लम्बिएको छ । क्यापिटलको उक्त फण्डमा अब फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले फागुन १८ गतेदेखि प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखि योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत अर्थात् १ करोड १२ लाख इकाई, योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशत अर्थात् ८ लाख इकाई र सर्वसाधारणका लागि ६ करोड ८० लाख इकाई छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्डको फण्ड निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।