माओवादीका नेताहरुले शान्ति सम्झौता र परिवर्तन विरुद्धका गतिविधिमा एक भएर प्रतिवाद गर्ने

<p>काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको संयुक्त बैठक सकिएको छ । उक्त बैठकले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने कुनै पनि गतिविधिको एक भएर प्रतिवाद गर्ने निर्णग गरेको हो । प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संयुक्त बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको संयुक्त बैठक सकिएको छ । उक्त बैठकले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने कुनै पनि गतिविधिको एक भएर प्रतिवाद गर्ने निर्णग गरेको हो ।

प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संयुक्त बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न सरकारसँग जोडदार माग गर्ने निर्णय समेत गरेकाे छ ।

‘संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छौं, संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्दछ, संयुक्त बैठकले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

यस्तै, आजको बैठकले विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयनको माग गर्ने समेत निर्णय गरेको छ ।

आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सी.पी. गजुरेल, नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, नेकपा (बहुमत) का संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ’आहुति’, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी तथा माओवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमाल लगायतको सहभागित रहेको थियो ।

Share News