विकासन्युज

सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेज सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । सुजुकीको ग्राण्ड भिटारा र न्यू ब्रेजा गाडी सार्वजनिक भएको छ । नेपालको लागि सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पले शुक्रबार एक कार्यक्रम गर्दै दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको हो । नयाँ संस्करणको ग्राण्ड भिटारामा अरु गाडी भन्दा फरक बाहिरी डिजाइन देख्न पाइने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यस गाडीमा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फूल आइबर्ड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु उपलब्ध छन् । नयाँ ब्रेजामा भएको हाई-टेक सुविधाहरू नेपाली सडकको लागि उपयुक्त हुने कम्पनीको बताउँछ । एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरीले बताए । ‘पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ, हाम्रो सडकमा ड्राइभिङ गर्न योग्य एसयूभी उचित हुन्छ, ग्राहकले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन्, यसमा सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटोमोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेन्टमा गेम चेन्जर हुनेछ,’ उनले भने । यस्तो छ विशेषता नयाँ ग्रान्ड भिटारा १.५ लिटर पेट्रोलमा स्मार्ट हाइब्रिड र इन्टेलिजेन्ड हाइब्रिड गरी दुई इन्जिन विकल्पमा उपलब्ध छ । १४६२ सिसी डिस्प्लेसमेन्ट रहेको नयाँ ग्रान्ड भिटारामा २,६०० एमएम ह्विलबेस र १७ इन्चको टायर रहेको छ । हाइब्रिड यो गाडीमाः विद्युतीय मोटर र पेट्रोल इन्जिन जडान भएको छ । गाडीमा फरक बाटोको लागि फरक–फरक ड्राइभ मोडहरू जस्तै इभी, इको, पावर र नर्मल छन् । राम्रो माइलेज २७.९७ कि.मि./लिटर यस गाडीले २१.११ कमिलोमिटर प्रतिघण्टासम्म उत्कृष्ट माइलेज दिन्छ । २५०० मिलिमिटर अग्लो ब्रेजा गाडीको अधिकतम पावर ७५.८ किलोवाट र ६००० आरएमपी रहेको छ । साथै यसमा ४८ लिटर इन्धन अट्न सक्ने टयाङ्की रहेको छ । यस्ताे छ मूल्य

ताप्लेजुङमा कागज बनाउने कच्चा पदार्थको व्यावसायिक खेती सुरु

ताप्लेजुङ । पहाडी क्षेत्रमा पाइने अर्गेलीको बोक्रा निर्यात हुन थालेपछि यसको व्यावसायिक खेती सुरु गरिएको छ । पहाडी क्षेत्रको उच्च भेगमा पाइने अर्गेलीको बोक्रा कागज उत्पादनका लागि कच्चा पदार्थका रुपमा जिल्ला बाहिर निर्यात हुन थालेपछि यहाँका किसानले यसको व्यावसायिक खेती गर्न थालेका हुन् । खेतीसँगै किसानले अर्गेली सङ्कलन गरेर कच्चा पदार्थ उत्पादन र निर्यात पनि गर्न थालेका घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्लाका उच्च भेगमा बस्ने किसानले जङ्गलबाट अर्गेली सङ्कलन गरेर कच्चा पदार्थ बनाउन थालेको पाइएपछि उपयुक्त क्षेत्र छनोट गरी तालिम दिन थालिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोसाईले बताए । घरेलु कार्यालयले केही दिनअघिदेखि पाथीभरा याङवरक गाउँपालिकाको तिरिङ्गेमा अर्गेलीबाट कागज बनाउन चाहिने कच्चा पदार्थको उत्पादनसम्बन्धी तालिम सञ्चालन गरेको छ । तालिममा पक्ताङलुङ र सिदिङ्वा गाउँपालिकाका समेत गरी १२ युवा सहभागी छन् । तिरिङ्गेको माथिल्लो भेग अर्गेली पाइने र खेती गर्न उपयुक्त क्षेत्र पनि हो । तिरिङ्गेका मित्रलाल पौडेलसहित अर्गेलीका लागि उपयुक्त जग्गा भएका किसानले अर्गेलीको व्यावसायिक खेती नै गरेका छन् । यता फङलिङ नगरपालिकाको फुरुम्बुका गङ्गा तामाङले समेत कागज उत्पादनसँगै कच्चा पदार्थ तयार गरी निर्यात गर्दै आएको घरेलु कार्यालयले जनाएको छ । व्यवसायीका अनुसार अर्गेलीको डाँठलाई पानीको बाफमा बफ्याएपछि बोक्रा खुर्किने र त्यसलाई सफा गरेर सुकाएपछि बजार लैजान तयार हुन्छ । उक्त कच्चा पदार्थ प्रतिकिलो २५० देखि तीन सयसम्मले बिक्री हुने गरेको कागज उद्योग सञ्चालन गरिरहेकी गङ्गा तामाङले बताइन् । उच्च भेगमा बसोबास गर्ने किसानले बर्सेनि जङ्गलबाट अर्गेली सङ्कलन गरी बोक्रा निकालेर स्थानीय हातेकाजग उद्योगमा बेच्दै आएका थिए तर पछिल्लो समय अर्गेलीको बोक्रालाई फरक तरिकाले कच्चा पदार्थको रुपमा तयार गरी निर्यात गर्दा फाइदा हुने देखिएपछि यसतर्फ किसान आकर्षित हुन थालेका हुन् । चिसो बढी हुने उच्च भेगको पाखो जमिनमा पाइने अर्गेलीको बोक्रालाई कागज बनाउन मात्रै नभई कपडा उत्पादनमा समेत प्रयोग गर्ने गरिएको छ । यसबाट धागो निकालेर झोला, टोपी, कोटलगायतका कपडा तयार गरिन्छ । जाडोको अन्त्यतिर वसन्त ऋतुको समयमा यसको बोक्रा निकाल्ने गरिन्छ । यसको प्रयोग बढ्दै गएकाले खेती विस्तार र संरक्षणमा ध्यान दिनसमेत आवश्यक भएको सरोकारवालाले बताएका छन् । रासस

छक्कापञ्जा-४ को कमाइ १० करोड नाघ्यो, छड्के-२ फ्लप

काठमाडौं । नेपाल फिल्म छक्कापञ्जा–४ को कमाइ १० करोड रुपैयाँ नाघेकोछ । बिहीबारसम्मको कमाई १० करोड रुपैयाँ  नाघेको बुझिएको छ । छक्कापञ्जा–४ ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । हाल १४० हलमा प्रदर्शन भइरहेको फिल्मले राम्रो कमाइ गरिरहेको छ । वितरक कम्पनी ब्यांकटेसले बिहीबारसम्म १० करोड बढी कमाइ गरेको बताएको छ । शुक्रबारको भने कमाइ सार्वजनिक भइसकेको छैन । अझै पनि हलहरुमा यो फिल्म हेर्नेको भीड नै छ । दीपकराज गिरी र दीपाश्री निरौलाको शीर्ष भूमिका रहेको कमेडी तथा पोलिटिकल ड्रामा ‘छक्कापञ्जा ४’लाई हेमराज बीसीले निर्देशन गरेका हुन् । यस्तै, सँगै पदर्शनमा आएको छड्के–२ भने फ्लप भएको छ । यो फिल्मले ३० लाख रुपैयाँ मात्रै कमाएको बुझिएको छ । ‘छड्के २’ बक्स अफिसमा फ्लप भएपछि अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै दर्शकसँग माफी मागेका छन् । नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् । आगामी दशौं फिल्म करिअरको पहिलो फिल्म हुने भन्दै उनले दोस्रो सत्रको सुरुवात अबको फिल्मबाट हुने समेत प्रतिबद्धता जनाएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर लोकप्रिय कमेडि सो मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ । मुन्द्रेको कमेडी क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ । सो कार्यक्रम यहि चैत्र २ गते देखि नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा र युट्युबमा वाेएसआर डिजिटलबाट प्रसारण हुनेछ । हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने यस कार्यक्रमका मुख्य पात्रको रुपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन् भने कलाकारहरु दमन रुपाखेति, राजेन्द्र नेपाली ’लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ । कार्यक्रमको निर्देशन दिनेश डि.सि.ले गर्ने भएका छन् ।  

नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने

पोखरा २६ । पच्चिस जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ । ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको उक्त कार्पेट १६ मिटर लामो रहेको संस्थाका संस्थापक कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिइन् । उनका अनुसार सुती धागोबाट जडीबुटी र फलफूलको रस प्रयोग गरी ‘केमिकल’रहित कार्पेट तयार पारिएको हो । नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउनका लागि कार्पेट तयार पारिएको उनले बताइन् । कार्पेटको बीच भागमा विभिन्न चित्र, नक्सा अङ्कित गरिएको छ । उनका अनुसार मोबाइल एपमार्फत् कार्पेट बनाउँदा प्रयोग भएका कच्चा पदार्थका साथै तयार पार्ने महिलाको कथा हेर्न सकिनेछ । सोह्र मिटर लामो कार्पेटसँगै डेढ मिटरका अन्य २४ वटा साना नेचुरल कार्पेट पनि तयार गरिएको छ । ब्रिटिश काउन्सिलले गरिबी निवारणका लागि एकल, द्वन्द्वपीडित, हिंसापीडित, अपाङ्गता भएका एवं पछाडि पारिएका महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनका लागि ल्याएको कार्यक्रममा संस्थाको सहकार्य रहेको खड्काको भनाइ छ । ‘कार्पेट प्रदर्शनीका लागि मात्रै भएकाले मूल्य तोकेका छैनौँ, उनले भनिन्, ‘विभिन्न देशमा यसलाई प्रदर्शन गर्ने हाम्रो योजना अनुसार बेलायतबाट यसको सुरुआत गर्नेछौँ ।’ उनका अनुसार प्रदर्शनीपछि यसलाई बेलायतकै विश्वविद्यालयमा राखिने छ । प्रदर्शनपछि माग आएमा नयाँ कार्पेट तयार गरी मूल्य निर्धारण गरिनेछ । पोखरा महानगरको सहयोगमा मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा संस्थाबाट उत्पादिन सामग्री प्रदर्शनीसँगै उक्त कार्पेटलाई पनि प्रदर्शन गरिएको थियो । विसं २०३२ मा स्थापना भएको महिला सीप विकास संस्थाले विशेष गरी आर्थिकरुपमा विपन्न, अपागङ्ता भएका, एकल र द्वन्द्वपीडित महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनाका लागि पहल गर्दै आएको संस्थाका अध्यक्ष देवी गुरुङले जानकारी दिइन् । ‘स्वदेशी हस्तकला सामानको प्रयोग गराैं, स्वरोजगार सिर्जना गरौँ, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ ४७ वर्षदेखि हस्तकलाका सामग्री उत्पादन तथा निर्यातमा सक्रिय संस्थाले झन्डै एक हजारभन्दा बढी सामग्री उत्पादन गर्दै आएको छ । अध्यक्ष गुरुङका अनुसार हालसम्म करिब २१ हजार महिलालाई संस्थाले तालिम प्रदान गरिसकेको छ । हाल तीन सय ५० जना महिला उद्यमी संस्थामा आवद्ध छन् । संस्थाले झोला, पर्स, गुडिया र सजावटका सामान उत्पादन गर्दछ । स्थानीय कच्चापदार्थ, अल्लो, मकैको खोस्टाबाट फूल, गुडियालगायतका अनेकौँ सामान उत्पादन गर्दछ । उत्पादनको ८० प्रतिशत विदेशी बजारमा निर्यात हुने गरेको छ भने बाँकी २० प्रतिशत आन्तरिक खपत हुने गरेको संस्थाको भनाइ छ । संस्थाले हस्तकला सामान निर्यातमार्फत् विदेशी मुद्रा आर्जन गर्न सफल भएको संस्थाकी कार्यकारी निर्देशक खड्काको भनाइ छ । संस्थाका उत्पादन खासगरी अमेरिका, जर्मनी, इटली, कोरिया, क्यानडा, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशमा निर्यात हुने उनले जानकारी दिइन् । रासस

सामसुङ स्मार्ट प्लाजा धनगढीमा, एक्सचेन्जदेखि किस्ताबन्दी सेवासम्म

काठमाडौं । धनगढीमा सामसुङ स्मार्ट प्लाजाको नयाँ शाखा संचालनमा आएको छ । नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले धनगढीको पुष्पलाल चोकमा नयाँ शाखा संचालनमा ल्याएको हो । सुविधा सम्पन्न उक्त सामसुङ स्मार्ट प्लाजाले ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध जनाएको छ । यस शाखाबाट ग्राहकहरूले अब आफ्ना पुराना उपकरण र फोनहरू ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि साट्न सक्ने र यससँगै, ग्राहकहरूले सजिलै किस्ताबन्दिको सेवा पनि प्राप्त गर्न सक्ने हिम इलेक्ट्रोनिक्स उपाध्यक्ष प्रभाकर शमशेरले बताए । यस सामसुङ स्मार्ट प्लाजाका संचालक शिव शङ्कर ठाकुर छन् ।

बाह्र बुँदे सङ्कल्प जारी गर्दै सकियो सहकारी व्यवस्थापकको राष्ट्रिय गोष्ठी

काठमाडौं । सहकारीका व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीइओ वर्कशप) १२ बुँदे साझा सङ्कल्प जारी गर्दै बिहीबार समापन भएको छ । सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)को संयुक्त आयोजनामा दुई दिन चलेको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ । गोष्ठीले बचत तथा ऋण सहकारीको सेवा स्तरीकरण, संस्थागत दिगोपना र फरक पहिचानका लागि नीतिगत वातावरण तयार गर्न बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि आवश्यक पैरवी गर्ने समेत निर्णय गरेको छ । गोष्ठीले जारी गरेको साझा प्रतिबद्धतामा नेफ्स्कूनका सदस्य सङ्घसंस्थालाई जारी गरिएको एकीकृत स्वनियमन मार्गनिर्देशन पालना गर्ने, प्रविधि हस्तान्तरणका लागि विकास भएका स्तरीकरण कार्यक्रममा सहभागी भई संस्थागत विकास तथा सुदृढीकरण गर्ने उल्लेख छ । साथै कोभिड–१९ पछि तरलतालगायत कारणले सङ्कटमा पर्न गएका संस्थाको सुरक्षाका लागि स्वजागरण सहजीकरण प्रणाली विकास र कार्यान्वयन गर्ने गर्ने जनाएका छन् । सहकारीको मूल्य र सिद्धान्तमा आधारित व्यावसायिक जनशक्ति विकासका लागि निरन्तर प्रणाली, पद्धति र प्रविधिको अवलम्बन गर्न श्रम ऐनले तोकेका सेवासुविधा तथा सुरक्षाका न्यूनतम शर्तहरु पालना गराउने गोष्ठीमा प्रतिबद्धता जनाइएको छ । साझा प्रतिबद्धतामार्फत बचत तथा ऋण सहकारीका लागि व्यवस्था गरिएका नियामकीय प्रबन्ध पूर्णरुपमा कार्यान्वयन, जोखिमको व्यवस्थापन गर्न संस्थागत पुँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध हुने र नियमित जोखिम सुपरीवेक्षण गर्न सीइओहरु सहमत भएका छन् । वित्तीय सेवा सबै समुदाय र वर्गमा न्यून लागतमा प्रवाह गर्न प्रविधिको प्रयोग बढाउने, उत्पादन र उत्पादकत्व बढाउन रू पाँच करोडभन्दा माथि कारोबार गर्ने संस्थाले अनिवार्य व्यवसाय विकास सेवा कक्ष स्थापना गर्ने र जनशक्ति व्यवस्थापनमार्फत सदस्यलाई व्यवसाय विकास सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ । देशभरका करिब चार सय ५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखको सहभागिता रहेको गोष्ठीले प्रविधियुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने सङ्कल्प प्रस्ताव पारित गरेको छ ।

जीवन बीमालेख सरेन्डर : एक महिनामै ५१ प्रतिशतले बढ्दा नेपाल लाइफसहित ५ कम्पनीको घट्यो

काठमाडौं । पछिल्लो समय जीवन बीमालेख सरेन्डर अर्थात समर्पण गर्नेको संख्या ह्वात्तै बढ्दो छ । नेपाल बीमा प्राधिकरणको अनुसार एक महिनाको अवधिमा ५१.८६ प्रतिशत बढी रकमको बीमा पोलिसी सरेन्डर भएका छन् । पछिल्लो तथ्यांकअनुसार माघमा मात्रै १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको जीवन बीमालेख सरेन्डर भएका छन् । जुन अघिल्लो महिनाको तुलनामा ५१.८६ प्रतिशतले बढी हो । पुसमा कूल ८७ करोड ४३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका थिए । समीक्षा अवधिमा ५ कम्पनी बाहेक अन्य कम्पनीको बीमालेख सरेन्डर रकम बढेको छ । प्रतिशतको आधारमा सबैभन्दा बढी बढ्नेमा सन नेपाल लाइफ रहेको छ । एक महिनाको अवधिमै कम्पनीका पोलिसी सरेन्डरदर ८४४.६५ प्रतिशतले बढेको छ । त्यस्तै, एशियन लाइफको ४७८.७५ प्रतिशत, सुर्यज्योतिको ४२६.०४, लाइफ इन्स्योरेन्स कर्पोरेशनको २१७ प्रतिशत बढीको बीमापोलिसी सरेन्डर भएका छन् । सरेन्डर दर बढ्दो बजारमा नेपाल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, गुराँस लाइफ र सानिमा लाइफको भने गत पुसको तुलनामा माघमा घटेको छ । जसमध्ये सबैभन्दा बढी प्रतिशतले घट्नेमा सानिमा लाइफ रहेको छ । जसको ५९.५० प्रतिशतले बीमा सरेन्डर रकम घटेको हो । त्यस्तै, सिटिजन लाइफको ३१.९७ प्रतिशतले, आइएमई लाइफको २३.९२ प्रतिशतले, नेपाल लाइफको १३.५१ प्रतिशतले र गुराँस लाइफको ५.९१ प्रतिशतले बीमा सरेन्डर रकम घटेको हो । सरेन्डरदर घटेपनि अन्य कम्पनीको तुलनामा नेपाल लाइफको सबैभन्दा बढी रकमको बीमापोलिसी सरेन्डर भएको छ । कम्पनीका बीमितहरुले एक महिनामै ३८ करोड बढीको जीवन बीमा पालिसी त्यागेका छन् । किन बढ्दैछ बीमा सरेन्डर ? बीमा गराउँदा नै राम्रोसँग बुझेर, अन्डरराइटिङ गर्दा ध्यान दिएर बीमा गराएका कम्पनीहरुमा सरेन्डरदर कम हुन्छ । तर जथाभावी अन्डरराइटिङ गर्ने कम्पनीमा सरेन्डर दर बढ्न पुग्छ । बीमितको सधैँ एउटै मानसिकता नहुने भएकाले पनि सरेन्डर बढेको सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री बताउँछन् । ‘बीमालेख खरिद गर्दा एक मानसिकताले खरिद गर्ने र पछि उक्त मानसिकतामा परिवर्तन आउने भएपछि बीमितहरुले सरेन्डर गर्ने गरेको पाइन्छ,’ सीईओ खत्रीले बताए । वास्तविक रुपमा बीमाको काम नगर्दा यो क्षेत्रमा विकृति बढ्दो छ । अर्को, इन्भेष्टमेन्टको रिटर्नको हिसावले बीमालाई जोडेको भएर र बढ्दो बैंकदरले बीमामा सरेन्डर गर्नेको संख्या बढेको बीमा क्षेत्रका एक विज्ञले बताए । ‘नेपालमा बीमाका एजेन्सीलाई तालिम दिँदा नै गलत प्रविधिको तालिम दिइन्छ, बीमा भनेको जोखिम बहनको लागि हो भनेर बीमाको जानकारी दिनुभन्दा पनि बीमा गर्दा तिमीहरुलाई फाइदा हुन्छ, यति प्रतिशत कमिसन आउँछ, जसरी हुन्छ बिजनेस ल्याउ भन्ने हिसाबले बीमा गराइएको छ,’ विकासन्युजसँग बोल्दै उनै विज्ञले भने- ‘यो फ्यासिलिटेट गर्नलाई आम्दानी प्रुफ पनि नहेर्ने, मेडिकल स्टेटमेन्ट नक्कली होकी सक्कली केही नहेर्ने, अझ कतिपय कम्पनीका एजेन्टले डाक्टरको नम्बर भएको छाप बोकेर हिड्ने गरेको सुनिन्छ, यस्ता लापरवाही काम गरेपछि त सरेन्डर बढीहाल्छ ।’ बीमितलाई नै घाटा बीमामा हुन सरेन्डरले बीमा कम्पनी घाटामा पर्दैन । घाटा बीमितलाई नै हुन्छ । किनभने बीमितले बीमालेख खरिद गर्दा जति वर्षको लागि भनेर खरिद गरेको हो, त्योभन्दा अगाडि नै सरेन्डर गर्यो भने बीमा कम्पनीले उसलाई डिस्काउन्ट गरेर पैसा फिर्ता दिने व्यवस्था छ । कम्पनीले एजेन्टलाई दिने पैसा पनि बीमाको प्रिमियममै जोडेर लिने गर्छ । अनि जथाभावी खर्च गरेकोमा कम्पनीका लगानीकर्ताले नोक्सानी व्यहोर्नु पर्ने हुन्छ । अन्ततः यसको घाटा बीमितहरुलाई नै हो । सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री पनि बीमा सरेन्डर गर्दा घाटा बीमितलाई नै हुने बताउँछन् । र, बीमा गरेको अवधि पुरा नभई बीचैमा छोड्दा आउने जति पनि लसहरु हुन्छन् त्यो बीमितले नै व्यहोर्नुपर्ने उनको भनाई छ । समाधान गर्ने होला त उपाय ? सरेन्डर भनेको बीमा कम्पनीको प्रडक्टको विशेषता नै हो । यो पोलिसीमा नै हुने गर्छ । तर पनि यसलाई रोक्न आवश्यक रहेको सूर्यज्योति लाइफका सीईओ खत्री बताउँछन् । त्यस्तै, बीमा क्षेत्रका सरोकारवालाहरुले चाहने हो भने बीमामा बढ्दो सरेन्डरको नियन्त्रण सजिलै गर्न सकिने प्राइम लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टाराई बताउँछन् । ‘कुनै पनि कम्पनीले गरेको बिजनेसलाई त्यो बिजनेसको आधार के ? केको आधारमा बिजनेसमा ग्रोथ आयो ? यस विषयमा कम्पनीले बेचेको पोलिसीहरुको विशेष अनुगमन गर्ने । वा बीमा प्राधिकरणले एडिटरलाई नै निर्देशन दिएर ५० लाखभन्दा बढीको बीमा भएको अवस्थामा त्यसको डकुमेन्टहरुको प्रमाणीकरण गरेर, अन्डर्राइटिङ स्ट्याण्डर्डहरुदेखि लिएर सबै प्रकृयाहरु ठीक छ या छैन चेक गराउने व्यवस्था भयो भने यो सजिलै नियन्त्रण हुन्छ,’ भट्टराईले बताए । बीमामा बढ्दो सरेन्डरको नियन्त्रण गर्ने नियामक निकाय पनि त्यत्तिकै इमान्दार हुनुपर्यो र कम्पनीका सीईओहरुले पनि बीमितको हितमा काम गर्ने सोचका साथ अघि बढ्नुपर्ने पूर्वसीईओ भट्टराईको भनाई छ । ‘गर्नेले गर्छ र गराउनेले गर्छ भन्ने हिसावले लागियो भने जे गर्दा पनि नियन्त्रण हुँदैन, तर यो गलत भयो, नेपाली कम्पनीहरुबाटै नेपाली नै ठगिनु हुँदैन, दुःख पाउनु हुँदैन भन्ने मान्यता राखेर केही गरौं भन्ने हिसावले लागियो भने नियन्त्रण गर्नको लागि प्रशस्त उपायहरु छन्, होइन भने जस्तो बिउँ रोप्यो त्यस्तै फल फल्छ भनेजस्तै हो,’ उनले थपे । के भन्छ नियामक ? नियामक निकाय नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल भने पछिल्लो समय मान्छेसँग पैसाको कमी भएकाले बीमा पोलिसी त्याग्नेको संख्या बढेको बताउँछन् । साथै, अहिलेको सरेन्डर तत्काल बीमा गर्नेहरुले नभई पुराना बीमितहरुले गरेको उनको भनाई छ । ‘बीमा गरेपछि सरेन्डर गर्न पाउनुपर्छ तर एक ठाउँमा बीमा गरेर कमिसन खायो अनि कमिसनको लागि नै अर्को ठाउँमा बीमा गर्ने विकृतिलाई भने रोक्नुपर्छ,’ विकासन्युजसँग बोल्दै पौडेलले भने- ‘यसको लागि प्राधिकरणले तीन वर्षसम्म बीमा पोलिसी त्याग्न नपाउने व्यवस्था गरिसकेको छ ।’ ‘बीमापोलिसी सरेन्डर गर्नलाई हामीले निरुत्साहित नै गर्नुपर्छ, त्यसको लागि हामीले बीमा कम्पनीहरुलाई पुराना बिजनेसहरु नवीकरण गराउन भनेका छौं, उनले थपे ।