मान्छे जम्मा पारेर धमाधम बैंकको पैसा निकाल्न लगाउने उद्योगी केडियाको धम्की, गभर्नर हेरेको हेर्यै

<p>काठमाडौं । पछिल्लो सयम अर्थतन्त्र सकसमा छ । नेपाल मात्रै नभएर विश्व नै आर्थिक संकटबाट गुज्रिरहेको छ । शक्तिशाली देशहरुमा धमाधम बैंकहरु डुब्न थालेका छन् । उद्योगधन्दाहरु बन्द भएका छन् । लाखौंले रोजगारी गुमाएका छन् । यस्तै, स्थिती नेपालमा पनि देखिन थालेको छ । अर्थतन्त्र चलायमान कम अर्थात् सुस्ताएको छ । बैंक तथा वित्तीय संस्थाविरुद्ध विभिन्न [&hellip;]</p>

काठमाडौं । पछिल्लो सयम अर्थतन्त्र सकसमा छ । नेपाल मात्रै नभएर विश्व नै आर्थिक संकटबाट गुज्रिरहेको छ । शक्तिशाली देशहरुमा धमाधम बैंकहरु डुब्न थालेका छन् । उद्योगधन्दाहरु बन्द भएका छन् । लाखौंले रोजगारी गुमाएका छन् । यस्तै, स्थिती नेपालमा पनि देखिन थालेको छ । अर्थतन्त्र चलायमान कम अर्थात् सुस्ताएको छ ।

बैंक तथा वित्तीय संस्थाविरुद्ध विभिन्न गतिविधि भइरहेका छन् । सबैले अब अर्थतन्त्र के होला भनेर चासो दिइरहेका छन् । अर्थतन्त्रका विषयमा सडकदेखि सदनसम्म आवाज उठिरहेको छ । चिया पसलदेखि पाटीपौवमा चियोचर्चा भइरहेको छ ।

विदेशमा बैंकहरु डुब्न थालेपछि नेपाली बैंकिङ्ग क्षेत्रमा तरङ्ग मच्चिएको छ । निक्षेपकर्ताहरुमा त्रासको वातावरण छ । कतै नेपाली बैंकहरु पनि डुब्छन् की भन्ने डर छ । बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ता र लगानीकर्ता त्रास र शसंकित भइरहेका बेला उद्योगी विमल केडियाले आगोमा घ्यू थप्ने काम गरेका छन् ।

उनले कुनै निजी क्षेत्रले स्पोन्सर गरेर बैंकबाट निक्षेप निकाल्न लाग्न सक्ने चेतावनी दिएका छन् । मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनले आयोजना गरेको वर्तमान आर्थिक अवस्थाका विषयमा छलफल कार्यक्रममा बोल्दै उद्योगी केडियाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई यस्तो चेतावनी दिएका हुन् ।

‘बैंक तथा वित्तीय संस्थामा जनता आवद्ध छन् तर, जनतामा कुनै डर त्रास नभएपनि सञ्चार माध्यम र चिया पसलमा बैंकबाट निक्षेप निकाल्न लाइन लाग्न थाले भन्ने हल्ला फैलियो भने के हुन सक्छ ?, बैंकमा पैसा निकाल्नेको लाइन लाग्न सुरु भयो, झनै निजी क्षेत्रले स्पोन्सर गरेर बैंकमा लाइन लगाउन सुरु गर्याे भने के हुन्छ ?,’ उनले भने ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्था विरुद्ध देशव्यापी आन्दोलन चर्किएका बेला उद्योगी केडियाले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले निजी क्षेत्रले युवाहरुलाई स्पोन्सर गरेर बैंकबाट निक्षेप निकाल्न लाइन लगाउन सक्ने बताए ।

संविधान सभा सदस्य समेत रहेका केडियाले ब्याजदर एकल अंकमा झार्नुपर्ने बताए । अहिलेको अर्थतन्त्रको मुद्धालाई कुनै राष्ट्रिय पार्टीले आफ्नो मुद्धा बनाएमा अर्काे चुनावमा बहुमत ल्याउने उनको भनाइ छ । तर, राजनीतिक दलहरु अहिले सत्ताकै लागि अभ्यास गरिरहेको उनले बताए ।

‘अहिले नेपालका राष्ट्रिय पार्टी अलमलिएका छन्, यदि कुनै पार्टीले ब्याजदर घटाउने र अहिलेको अर्थतन्त्रको मुद्धालाई बोक्यो भने अर्काे चुनावमा त्यो पार्टीले बहुमत ल्याउँछ,’ उनले भने ।

केही न केही समस्या भएर यस्तो स्थिती आएको उनले बताए । नेपालको अर्थ व्यवस्था रकेट साइन्स जस्तो रहेको उनको भनाइ छ । कुनै पनि बैंक २० लाख रुपैयाँ ऋण दिनसक्ने स्थितीमा नरहेको उनले बताए ।

‘बैंकका सीईओहरुलाई गभर्नरका विरुद्ध बोल्ने आँट छैन, गभर्नरको विरुद्धमा बैंकका सीईओहरु बोल्नै सक्दैनन्, बैठक शुरु हुनुअघि एउटा कुरा बोल्छन्, बैठकमा अर्कै कुरा बाल्छन्, अहिले यर्थात् चुनौति जे हो भन्नु पर्याे नी, जनतालाई झुक्याउन मिल्दैन,’ उनले भने ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जनतालाई उत्तेजित गराएर गलत भ्रम नछर्न आग्रह गरे । नेपालका बैंकहरु डुब्ने सम्भावना न्यून रहेको बताउँदै बैंकिङ्ग क्षेत्र पारदर्शी रुपमा सञ्चालन भइरहेको बताए । उनले उद्योगी केडियालाई संकेत गर्दै तथ्याङ्क र भाषणले मात्रै सबै काम नहुने बताए ।

‘साढे २ वर्षदेखि ब्याजदरमा ब्यापक कडाई गरियो, पहिला ४/५ प्रतिशतसम्म प्रक्रियागत शुल्क लिने बैंकहरु अहिले ०.७५ प्रतिशत मात्रै लिन्छन्, लघुवित्तको डेढ प्रतिशत मात्रै छ, बैंक तथा वित्तीय संस्थाको नाफामा संकुचन गरिएको छ,’ उनले भने, ‘एउटा बैंक मात्रै फेल भयो भने त्यसको असर समग्र अर्थतन्त्र र सिस्टममा पर्छ, राष्ट्र बैंकको गभर्नर भएको नाताले हाम्रो सिस्टमका बैंकमा डुब्ने त्रास छैन, कहिलेकाहीँ उतार चढाव हुन्छ, उतारचढाव भएन भने हामी पनि बाँच्दैनौं नी, फ्ल्याट भयो भने त सकिगो नी, यो त हुनै पर्छ, जीवन भनेको यहि हो ।’

ब्याजदरलाई २०४६ सालदेखि स्वतन्त्र छाडेको हो । अहिले पनि २ करोड भन्दा सानो कर्जामा आधार दर प्लस २ प्रतिशत मात्रै लिन पाउने व्यवस्था गरेको छ । लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याजदर लिन पाउँदैनन् । अमेरिकामा गत वर्षभन्दा ४ गुणा बढेको छ । २ प्रतिशतमा पाइने ऋण ८ प्रतिशत पुगेको छ ।

आइएमएफलाई दिने ब्याजदर ५६ गुणा बढी तिरेको उनको भनाइ छ । साथै अघिल्लो असारमा गरेको बजेटले नपुगेर राष्ट्र बैंकले ६० करोड बजेट रकमान्तर गरेको उनले बताए ।

‘नकारात्मक कुरा गरेर मान्छेलाई गलत छाप पार्ने तिर लाग्नु हुँदैन, राष्ट्र बैंकको नियमन बाहिर रहेका सहकारी संस्थाहरुको पनि पाइपाई निक्षेप पाउँछन्, उनीहरुले कुनै न कुनै सम्पत्तिमा लगानी गरेको हुँदा खतरा छैन, हाम्रो बैंकिङ्ग धितोमा आधारित कर्जा दिने हो,’ उनले भने ।

Share News