आईपीएल क्रिकेट डिसहोममा हेर्न पाइने
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरु नेपालमा डिसहोमको प्रविधिमार्फत हेर्न पाइने भएको छ । डिस मिडिया नेटवर्कले ल्याएको इन्टरनेट प्रोटोकल बेस्ड आईपी टीभीमा एचडी क्वालिटीमा खेल हेर्न सकिने भएको हो । अन्तराष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सक्ने कम्पनीले जनाएको छ । लाईभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्युसिभ सिरियल भाग्य सिदुरको र आनन्दीसंगै अन्य सेवा प्रदायककोमा उपलव्ध नभएको सर्ट टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी लगायत २०० भन्दा वढि टिभी च्यानलहरु हेर्न सकिन्छ । ५ हजार घण्टा भन्दा बढि विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेको छ । साथै, ग्राहकहरुले डिसियचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनेछन् भन्ने कम्पनीले विश्वास लिएको छ ।
जसपाका अशाेक राईलाई दुई मन्त्रालयकाे जिम्मेवारी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राईले दुईवटा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । पार्टीले शुक्रबार उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी दिने निर्णय गरेकाे हाे ।
जेठ १ गते बजेटको मस्यौदा तयार हुने, यस्तो बन्यो कार्यतालिका
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणको कार्यतालिका सार्वजनिक गरेको छ । बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचक बजेट तथा कार्यक्रम महाशाखा तथा सम्बन्धित महाशाखाबाट लिइरहेको मन्त्रालयले नयाँ बजेट निर्माण प्रक्रिया अगाडि बढाएको हो । मन्त्रालयले जेठ १ गते बजेट वक्तव्य मस्यौदा तयार गर्ने (पहिलो मस्यौदा) जनाएको छ । यस्तै, जेठ १० गते आम्दानी र खर्चको हिसाब निकालिसक्ने योजना सार्वजनिक गरेको छ । नेपालको संविधानमा नै जेठ १५ गते संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार मन्त्रालयले ३१ वटा शीर्षकमा कार्यतालिका बनाएर बजेट लेखन सुरु गरेको हो । जेठ १२ गते व्यव अनुमान र खर्च शीर्षकगत खर्च अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार गर्ने, जेठ १३ गते आर्थिक विद्येयक र विनियोजन विद्येयकलाई अन्तिम रुप दिने तयारी छ । यस्तै, आगामी जेठ १४ गते बजेट वक्तव्यलाई अन्मित रुप दिने जेठ १४ गते, राष्ट्रिय योजना आयोग र नेपाल सरकार (मन्त्रिपरिषद्) मा ब्रिफिङ, आर्थिक विद्येयक, विनियोजन विद्येयक, राष्ट्र ऋण उठाउने विद्येयक र ऋण तथा जमानत विद्येयक छपाईका लागि पठाउने, बजेट वक्तव्य (नेपाली र अंग्रेजी) र स्रोत पुस्तिका छपाईका लागि पठाउने, संघीय संसदका दुबै सदनमा आर्थिक सर्वेक्षण, संस्थागत प्रगति विवरण र मन्त्रालयको प्रगति विवरण पेश गर्ने तयारी छ । उक्त सबै तयारी सकिएपछि जेठ १५ गते संसदको दुबै सदनमा बजेट प्रस्तुती रहेको छ । .यस्तो छ कार्यकातालिका -चैत १ गतेदेखि २४ गतेसम्म बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपसमितिहरुका सूचनाहरु सम्बन्धित महाशाखाबाट लिने । -चैत १९ गतेदेखि बैशाख १० गतेसम्म बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना जारी गरि सुझाव संकलन गर्ने । -चैत १९ गतेदेखि २४ गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल गर्ने । -चैत २१ गतेदेखि नियमित राजश्व परामर्श समितिमा प्राप्त सुझावहरु उपर छलफल तथा सम्बन्धित निकायहरुसँग छलफल गरी प्रतिवेदन तयार गर्ने । -चैत २४ गतेसम्म एलएमबीटीएस मार्फत विषयगत मन्त्रालयहरुले बजेट प्रस्ताव गर्ने अन्मित दिन । -चैत २६ गतेदेखि २८ गतेसम्म बजेटका उद्देश्य, प्राथमिकता र मुख्य कार्यक्रमबारे सांसदहरुसँग प्रदेशगत छलफल (अन्तर सरकारी वित्त परिषद्को बैठक समेत) । -चैत २६ गतेदेखि २०८० बैशाख २० गतेसम्म प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयसँग छलफल (सर्शत अनुदान) । -चैत २६ गतेदेखि बैशाख २० गतेसम्म मन्त्रालयहरुसँग बजेट, कार्यक्रम र खर्च शीर्षकगत छलफल । -चैत २६ गते राजनीतिक दलका प्रतिनिधि, पूर्व अर्थ मन्त्री, पूर्व गभर्नर, पूर्व अर्थ सचिव, बरिष्ठ अर्थशात्रीहरु एवम् विज्ञहरुबाट बजेट सुझाव संकलन -बैशाख २० गते सार्वजनिक संस्थानहरुको प्रगति विवरण छपाईका लागि प्रेसमा पठाउने (नेपाली) -बैशाख २१ गते विनियोजन विद्येयकका सिद्धान्तहरु र प्राथमिकताको मस्यौदा तयार गर्ने । -वैशाख २५ गते विनियोजन विद्येयकका सिद्धान्तहरु र प्राथमिकता संघीय संसदका दुबै सदनमा पेश गर्ने । -वैशाख २५ गतेसम्म प्रविधिक सहायता तथा अन्य गैर सरकारी संस्थामार्फत परिचालन हुने । -बैशाख ३० गते मन्त्रालयगत प्रगति विवरण छपाईका लागि प्रेसमा पठाउने । -जेठ १ गते बजेट वक्तव्य मस्यौदा तयार गर्ने (पहिलो मस्यौदा) । -जेठ ५ गते राजश्व परामर्श समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेश गर्ने । -जेठ ६ गते राष्ट्रपति समक्ष अर्थमन्त्रीले बजेट विफिङका लागि मस्यौदा तयार गर्ने । -जेठ १० गते राष्ट्रपति समक्ष बजेट ब्रिफिङ गर्ने । – जेठ १० गते व्यव अनुमानाको प्रारम्भिक मस्यौदा (त्रिवर्षीय खर्च अनुमान) । -जेठ १२ गते व्यव अनुमान र खर्च शीर्षकगत खर्च अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार गर्ने । -जेठ १३ गते आर्थिक विद्येयक र विनियोजन विद्येयकलाई अन्तिम रुप दिने । -जेठ १४ गते बजेट वक्तव्यलाई अन्मित रुप दिने । -जेठ १४ गते राष्ट्रिय योजना आयोग र नेपाल सरकार (मन्त्रिपरिषद्) मा ब्रिफिङ । -जेठ १४ गते आर्थिक विद्येयक, विनियोजन विद्येयक, राष्ट्र ऋण उठाउने विद्येयक र ऋण तथा जमानत विद्येयक छपाईका लागि पठाउने । बजेट वक्तव्य (नेपाली र अंग्रेजी) र स्रोत पुस्तिका छपाईका लागि पठाउने -जेठ १४ गते संघीय संसदका दुबै सदनमा आर्थिक सर्वेक्षण, संस्थागत प्रगति विवरण र मन्त्रालयको प्रगति विवरण पेश गर्ने । -जेठ १५ गते संघीय संसदका दुबै सदनमा बजेट प्रस्तुती ।
पार्टीमा भागबण्डा नमिलेपछि देउवाले पठाए चार मन्त्रीको नाम
काठमाडौं । नेपाली काँग्रेसले चार मन्त्रिको मात्र नामावली प्रधामन्त्री पुुष्पकमल दाहाल प्रचण्ड समक्ष पठाएको छ । पार्टीमा भागबण्डा नमिलेपछि देउवाले आफू निकटका चार जनाको नामावली पठाएका हुन । देउवाले उपसभाति पूर्णबहादुर खड्कालाई उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महतलाई अर्थमन्त्री, रमेश रिजाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र सीता गुरुङलाई शहरी विकास मन्त्रीका रुपमा नामावली पठाएका हुन । कांग्रेसले ८ मन्त्रालय पाएको छ । तर शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरुको नियुक्ति रोकिने देखिएको छ । बाँकी ४ जनाको नाममा सहमतिको प्रयास भइरहेको बताइएको छ । कांग्रेसमा मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मा सभापति देउवालाई छ ।
हुम्लामा एसइईका विद्यार्थी बढे
हुम्ला । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइईमा हुम्लाका छ वटा परीक्षा केन्द्रमा एक हजार २३४ परीक्षार्थी सहभागी भएका छन् । जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्थीहरू कोरोना महामारीपछि जिल्ला फर्किएपछि यसपटक परीक्षार्थीको सङ्ख्या बढेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक भट्टराईले जानकारी दिए । हुम्लाको सिमकोट गाउँपालिकाका २ केन्द्र बालमन्दिर माविमा दुई सय ५६ जना र मानसरोवर माविमा एक सय ८० जना परीक्षार्थी सहभागी छन् । त्यस्तै सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा दुई सय ५३ जना र कोटमावि रोडिकोटमा एक सय ४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा एक सय ५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा दुई सय ४० जना परीक्षार्थी सहभागी छन् । हुम्लाबाट छ सय ६० जना छात्र र पाँच सय ७४ जना छात्राले एसइई परीक्षा दिँदै छन् । जसमा साधारणतर्फ एक हजार एक सय ४८ जना, प्राविधिक धारतर्फ ८० जना र ग्रेड वृद्धितर्फ छ जना परीक्षार्थी छन् । गत वर्ष हुम्लाबाट एक हजार १३६ जना परीक्षार्थीले एसइई दिएका थिए । रासस
नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई सरकारमा पठाउने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मन्त्री बनाउने भएको छ । सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएको थियो । नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न मन्त्रिपरिषद विस्तार गर्दैछन् । मन्त्रीहरुको शपथ तीन बजे निर्धारण गरिएको छ ।
एक वर्षदेखि सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट
कैलाली । कैलालीको टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट एक वर्षदेखि अलपत्र परेको छ । सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट घरमै ग्यास पुर्याउने भनिए पनि गोबरको अभाव र निर्माण कम्पनीले प्लान्ट नगरपालिकालाई हस्तान्तरण गर्न नसक्दा अलपत्र परेको हो । खोटेना भुराखानी सामुदायिक वनमा निर्माण भएको गौशालासँगै विपन्न परिवारलाई सहुलियतमा घरघरमा ग्यास पुर्याउने उद्देश्यले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको आयोजना समयमा हस्तान्तरण नहुँदा त्यसको लाभ उठाउन सकिएको छैन । एक करोड ६० लाख रुपैयाँमा बनेको प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनीले पाएको थियो । आर्थिक वर्ष २०७६/७७ भदौदेखि काम सुरु गरेका छन् । नगरपालिकाका इञ्जिनियर नवराज जोशीले यसबाट नगरपालिकाभित्रका सामुदायिक चौपाया व्यवस्थापनसँगै स्थानीयले ग्यास प्राप्त गर्ने गरी काम थालिएको हो भने । ‘अहिलेसम्म बायोग्यास प्लान्ट निर्माण कम्पनीकै स्वामित्वमा छ । हाम्रो स्वामित्वमा आउन सकेको छैन’, इञ्जिनियर जोशीले भने, ‘हाम्रो स्वामित्वमा आएपछि ग्यास वितरणलगायतका काम नगरपालिकाले अगाडि बढाउँछ ।’ निर्माण कम्पनीले आफूहरु तयार भए पनि नगरपालिकाले चासो नदेखाएकाले प्लान्ट हस्तान्तरण हुन सकेको छैन भन्छन् । कम्पनीका श्रीराम अधिकारीले नगरपालिकालाई प्लान्टको स्वामित्व ग्रहणका लागि धेरै पटक पत्राचार गरेको बताउँछन् । त्यसको प्रतिक्रिया नआएपछि हस्तान्तरणमा समस्या भएको उनको भनाइ छ । ‘नगरपालिकाले ग्यास बालेर हस्तान्तरण गर भन्छ । ग्यास बाल्न गोबर नै छैन’, अधिकारीले भने, ‘यो चैतभित्र हस्तान्तरण गर्ने भनेका छौँ । नगरपालिकालाई गोबरको व्यवस्थापनका लागि खबर गरेका पनि छौँ । सम्भवतः चैतभित्र हस्तान्तरण हुन्छ ।’ प्लान्ट निर्माणको केही भुक्तानी अझै बाँकी रहेको बताउँदै अधिकारीले चौपायालाई आहाराको व्यवस्थापनमा ध्यान दिन सकेपछि मात्रै बायोग्यास प्लान्ट निरन्तर सञ्चालनमा रहन सक्ने बताए । उनले सुरुआती चरणमा बढी गोबर चाहिने भएकाले पनि गोबर व्यवस्थापन चुनौती बनेको बताए । उसो त अहिले पनि गौशालामा चार सयभन्दा बढी चौपाया छन् । ती चौपाया आहारा नपाउँदा भोकभोकै पर्ने गरेका छन् । नगरपालिकाले गोबर ग्यास उत्पादन मात्रै नभई गौशालामा दूध सङ्कलन केन्द्र स्थापनाका लागि भवन निर्माण सुरु गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दूध सङ्कलन केन्द्रका साथै चौपायालाई पानीका लागि ट्याङ्की, सिसी क्यामेरा, गोबर व्यवस्थापनका लागि ट्रस्ट, आहारा खुवाउने साधन, दूध सङ्कलनका लागि भाडाको व्यवस्थापन सुरु गरेको छ । ‘प्रदेश सरकारले बजेट उपलब्ध गराएपछि यो सबै काम नगरपालिकाले गरिरहेको छ । यो आर्थिक वर्षको अन्तिमसम्म सबै काम सम्पन्न हुन्छ’, नगरपालिकाका इञ्जिनियर जोशी भन्छन्, ‘चौपाया व्यवस्थापनमा राम्रोसँग काम गर्नसके त्यहाँ कार्यरत कर्मचारीको आर्थिक व्यवस्थापन त्यहीँबाट हुन्छ ।’ त्यतिमात्र नभई नगरपालिकाले उक्त बायोग्यास प्लान्टबाटै फोहरको व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ । बजार क्षेत्रबाट सङ्कलन भएको सड्ने फोहरलाई ग्यास उत्पादनमा प्रयोग गर्ने र त्यसबाट प्रशोधन भएको बाँकी वस्तुलाई मल बनाएर किसानलाई सहुलियतमा वितरण गर्ने योजना रहेको नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारु बताउँछन् । उनले निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण नगरेका कारण सञ्चालनमा ढिलाइ भएको बताए । ‘अब प्लान्टबाट ग्यास उत्पादन सँगसँगै प्राङ्गारिक मल उत्पादन पनि हुनेछ । ग्यासका लागि चौपायाको बढीभन्दा बढी आवश्यकता पर्ने भएकाले त्यसलाई रोजगारीसँग जोडेर गाईबाट उत्पादन भएको दूधलगायतका वस्तुको बजारीकरणका लागि दूध सङ्कलन केन्द्रको निर्माण भइरहेको छ’, नगरप्रमुख थारु भन्छन् । रासस
सरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गरे संकट सहज हुँदै जान्छ : ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । ‘यो समयमा सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ,’ ढकालले भने, ‘यो समय एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने होईन हातेमालो गरेर संटकबाट पार लगाउने हो ।’ वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । रोजगारी सृजना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रुपमा बुझ्नु गलत रहेको उनी बताउँछन् ।