सरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गरे संकट सहज हुँदै जान्छ : ढकाल

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । &#8216;यो समयमा सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

‘यो समयमा सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ,’ ढकालले भने, ‘यो समय एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने होईन हातेमालो गरेर संटकबाट पार लगाउने हो ।’

वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । रोजगारी सृजना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रुपमा बुझ्नु गलत रहेको उनी बताउँछन् ।

Share News