काठमाडौं । नेपालमै पाइलट उत्पादनको लागि फ्लाइिङ स्कुल खोल्न दुई एभिएसन स्कुलले अनुमति पाएका छन् । आइतबार पर्यटन मन्त्रालयले शुभम एभिएसन र चन्द्र सुर्य एभिएनलाई फ्लाइिङ स्कुल खोल्न अनुमति दिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रीस्तरिय निर्णय गर्दै दुई एभिएसन स्कुललाई इजाजत दिएको बताए । उनका अनुसार प्रक्रिया पुरा गरी आउने अन्य संस्थाले समेत इजाजत पाउने छन् ।
नेपालमा हालसम्म पाइलट उत्पादन गर्ने एभिएसन स्कुल रहेको छैन । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको रोजाइमा पर्ने विषयमध्ये पाइलट पनि एक हो ।