एसबीआई क्यापिटल मार्केट्स तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच सम्झौता

<p>काठमाडाैं । एसबीआई क्यापिटल मार्केट्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच समझदारी भएकाे छ । उक्त समझदारी पत्रमा एसबिआईक्याप्सको तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा एनएसएमबिएलको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देबराज अधिकारीले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीचकाे सम्झाैताकाे लक्ष्य परियोजनामा लगानी, सिन्डीकेसन, प्राजेक्ट अप्रेजल र नेपालमा अन्य वित्तीय परामर्श सेवाहरु लगायतका विविध [&hellip;]</p>

काठमाडाैं । एसबीआई क्यापिटल मार्केट्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच समझदारी भएकाे छ ।

उक्त समझदारी पत्रमा एसबिआईक्याप्सको तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा एनएसएमबिएलको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देबराज अधिकारीले हस्ताक्षर गरेका छन् ।

दुई संस्थाबीचकाे सम्झाैताकाे लक्ष्य परियोजनामा लगानी, सिन्डीकेसन, प्राजेक्ट अप्रेजल र नेपालमा अन्य वित्तीय परामर्श सेवाहरु लगायतका विविध सम्भावित अवसरहरुको लागि पारस्परिक रुपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, संचालन र कार्यान्वयन गर्नु आदि रहेको छ ।

Share News