व्यवसायी भन्छन् : विद्युतको कारण पुसदेखि झनै मरणासन्न अवस्थामा पुगेका छौं
काठमाडौं । व्यवसायीहरुले उद्योग व्यवसाय क्षेत्र पुस महिनादेखि झनै मरणासन्न अवस्थामा पुगेको बताएका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै उद्योग संगठन मोरङले लामो समयदेखि बजारमा ब्याप्त मन्दि, बैंकको चर्को ब्याजदर लगायतका कारणले शिथिल बनेको उद्योग व्यवसाय क्षेत्र पुसदेखि विद्युतको अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्व सूचना नदिई विद्युत कटौती जस्ता कारणले झनै मरणासन्न अवस्थामा पुर्याएको बताएको हो । उद्योग व्यवसाय विद्युत समस्याका कारण निर्वाध संचालन हुन सकेनन भने बन्द गरी उद्योगीरव्यवसायी सडकमा आउनुको विकल्प नरहने र त्यसपश्चात उत्पन्न हुने विकराल अवस्था प्रति गम्भीर हुन संगठनले अनुरोध गरेको छ । ‘विद्युत आपूर्तिमा आईरहने समस्याका कारण उत्पादन प्रकृया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी विग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई भई अनावश्यक रुपमा संचालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुदै गएको छ भने उत्पादित वस्तुको गुणस्तरमा र प्रतिष्पर्धात्मक क्ष्ँमता नै हस आईरहेको छ,’ संगठनद्वारा जारी विज्ञप्तीमा भनिएको छ । संगठनले विद्युत प्राधिकरणलाई विद्युत आपूर्तिको समस्यालाई समस्याको रुपमा लिई उपयुक्त समाधान खोजी विद्युत आपूर्ति नियमित गरी सहज औद्योगिक वातावरण तयार गर्न अनुरोध गरेको छ ।
सिटिजन्स बैंकले बाल विकास समाजलाई गर्यो आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंकले बाल विकास समाजका विधार्थीलाई आर्थिक सहयोग गरेको छ । बैंकले समाजका अथान बालबालिकालाई छात्रवृत्ती स्वरुप आर्थिक सहयोग गरेको हो । बैंकले समाजका इन्चार्ज गोविन्द विश्वकर्मालाई आर्थिक सहयो स्वरुप एक लाख पचास हजारको चेक हस्तान्तरण गरेका छन् । उक्त रकम बाल विकास समाजमा रहेका १०० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्माले जानकारी दिए । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
नौ महिनामा १४ अर्ब नाफा विदेशियो
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा करिब साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो । विभागले यस अवधिमा रोयल्टीबापत दुई अर्ब ११ करोड छ हजार छ सय ३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्र रकम विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ । चैत महिनामा सवा तीन अर्ब लाभाशं फिर्ता विभागले चैत महिनामा मात्रै तीन अर्ब १४ करोड ५३ लाख २२ हजार दुई ३५ लाभांश विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीबापत चैत महिनामा मात्रै बीस करोड ६० लाख नौ हजार ५२६, ७३ हजार ३१३ अमेरिकी डबर, प्रन्ध लाख ४५ हजार ७८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो । यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तर्गत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । चैत महिनामा मात्रै विभागले एक सय ६६ जना लगानीकर्ता, ४५ जना प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । नौ महिनामा दुई सय ९८ वटा उद्योगका लागि ४१ अर्ब २१ करोड २४ लाख ४२ हजार तीन सय ७३ लगानी प्रतिबद्धता आएको छ । जसमा चैत महिनामा मात्रै रु आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ । विभागको तथ्याङ्क अनुसार हालसम्म चार खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार ७०४ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । विभाग अन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले गत वर्षको तुलनामा चालु आवमा रोयल्टी तथा लाभाशं रकम बाहिरिने अनुमान गरिएको जनाएको छ । रासस
वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन । कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।
क्याप्टेन रिजालले पाए निगमको अपरेशन विभागको जिम्मा
काठमाडौं । नेपाल वायुसेवा निगमको अपरेशन विभागको जिम्मा क्याप्टेन श्रवण रिजाललाई दिइएको छ । निगमको एयरबस ३३० (वाइडबडी) जहाजका प्रशिक्षक पाइलस समेट रहेका बरिष्ठ क्यापटेन रिजाललाई सोमबारदेखि लागू हुनेगरी अपरेशन विभागको जिम्मा दिइएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यअसघि योग्यता नपुगेका उद्धव घिमिरेलाई हटाएर रिजललाई जिम्मा दिएका हुन् । योग्यता नै नपुगेको घिमिरेलाई अपरेशन विभागको जिम्मा दिइएको भन्दै विरोध भएपछि उनलाई हटाएर रिजाललाई जिम्मेवारी दिइएको हो । योग्यता नै नपुगेको पाइटललाई अपरेशन विभागको जिम्मा दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीसँष् स्पष्टीकरण समेत सोधेको छ ।
निकटकालाई अपरेशन विभागको जिम्मा दिएपछि अध्यक्ष अधिकारीलाई सोधियो स्पष्टीकरण
काठमाडौं । योग्यता नै नपुगेका पाइटललाई अपरेशन विभागको जिम्मेवारी दिएको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग स्पष्टीकरण माग गरेको छ । तत्कालीन अपरेशन विभाग प्रमुख रवीन्द्रकुमार शेरचनलाई निलम्बन गर्दै अधिकारीले योग्यता नै नपुगेका क्यापटेन उद्धव घिमिरेलाई अपरेशन विभागको जिम्मा दिएका थिए । निगमकाे अपरेसन विभागका प्रमुख हुनका लागि तोकिएको मापदण्डमा पाँच वर्ष व्यवस्थापन तहमा काम गरेको हुनुपर्छ । तर घिमिरेसँग निगमको व्यवस्थापन तहमा रहेर काम गरेका अनुभव नै छैनन्। मापदण्ड विपरित अध्यक्ष अधिकारीले गत चैत २० गते घिमिरेलाई विभागीय प्रमुखकाे जिम्मेवारी दिएका थिए । यस्तै, प्राधिकरणले उडानका क्रममा जहाजका क्यापटेनलाई निलम्बन गरेको भन्दै उनसँग स्पष्टिकरण माग गरेको छ । निगमका न्यारोवडी जहाजका क्यापटेन तथा निगमको अपरेशन विभागका प्रमुख समेत रहेका रविन्द्रकुमार शेरचनलाई अध्यक्ष अधिकारीले हङकङ–काठमाडौं उडानका क्रममा गत मंगलबार निलम्बन गरेका थिए । काठमाडौं–दोहा उडानमा व्यवस्थापकिय कमजोरि देखिएको भन्दै उनलाई निलम्बन गरिएको थियो । यस्तै, प्राधिकरणले सात दिनभित्र सुरक्षा कक्षा (र्याम्प तालिम) लिएर सोको प्रमाणपत्र पेश गर्न चैत १७ गते निर्देशन दिएको थियो । तोकिएको समय सकिदासम्म तालिम लिएको प्रमाणपत्र पेश नगरेको भन्दै पुनः पेश गर्न निर्देशन दिएको हो । गत फागुन २४ गते ¥याम्प जाकेट र परिचयपत्र नलगाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरसाइडमा (रनवे) पुगेको थिए । प्राधिकरणले सोमबार तीन विषयमा प्रश्न गर्दै सोको स्पष्टीकरण तीन दिनभित्र बुझाउन निर्देशन दिएको हो ।
बजारमा ४० देखि ८० प्रतिशत माग संकुचन छ : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन् । सोमबार काठमाडौंमा सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदन अनुसार मुलुकभर उत्पादन वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको बताए । उनले पछिल्लो समय उद्योगी व्यवसायीहरु कठिन अवस्थामा गुज्रिएको बताए । उनले व्यवसायीहरुलाई बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको बताए । अध्यक्ष अग्रवालले पछिल्लो समय कागजी रुपमा बैंकहरुमा तरलताको अभाव नदेखिए पनि उद्योगी व्यवसायीहरुले सहजरुपमा कर्जा पाउन नसकेको दाबी गरे । उनले व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्दा बैंकको किस्ता तिर्न समेत नसकि रहेको उल्लेख गरे । उनले भने,‘अहिले उद्योगी र व्यवसायीहरु कठिन परिस्थितिमा गुज्रिरहेका छन् । व्यवसायीहरुले बैंकको उच्च ब्याजदरको समाना गर्नु परेको छ । बैंकहरुमा तरलताको अवस्था सुधार भए पनि कागजमा सिमित हुँदा उद्योगी व्यवसायीहरुले अझै ऋण पाउन समस्या छ । व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्ने कमजोर अवस्था देखापरेको छ । मागमा ४० देखि ८० प्रतिशतको कमी आएको छ । सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउन केही कदमहरु चाल्न आवश्यक छ । सरकारले समयमा नै पुँजीगत खर्च गर्नुपर्छ । यतिबेला सरकारले उद्योगी व्यवसायीको मनोवल उच्च बनाउने काम गर्न खाँचो छ ।’ अध्यक्ष अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए । उनले सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउन केही कदमहरु चाल्न आवश्यक रहेको बताए । उनले सरकारले समयमा नै पुँजीगत खर्च गर्न नसक्दा पनि धेरै समस्या देखिएको बताए ।
म पनि थाक्छु, गल्छु, मेरा आँखामा पनि आँशु आउँछन् – सभापति लामिछाने
फाइल तस्बिर काठमाडौं । आफ्नो गाडीको चालक घरको छतबाट खसेर घाइते भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनको स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । उनले दुखःको बेलामा सहानुभूतिको सट्टा नुन चुक बोकेर नआउन सबैलाई अनुरोध गरेका छन् । आफू नेता भन्दा पहिला मान्छे भएकाले थाक्ने, गल्ने र आँखाबाट आँशु आउने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सभापति लामिछानेले राजनीति गर्न सिंगो जीवन भएकाले संवेदशील घडिमा मौका नछोप्न आग्रह गरेका छन् । सभापति लामिछानेको स्टाटस : ‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नु भयो । सिएमसीमा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि मैले चिकित्सकसँग परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ,स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसका लागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछोप्नु होला ।’