म पनि थाक्छु, गल्छु, मेरा आँखामा पनि आँशु आउँछन् – सभापति लामिछाने

<p>काठमाडौं । आफ्नो गाडीको चालक घरको छतबाट खसेर घाइते भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनको स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । उनले दुखःको बेलामा सहानुभूतिको सट्टा नुन चुक बोकेर नआउन सबैलाई अनुरोध गरेका छन् । आफू नेता भन्दा पहिला मान्छे भएकाले थाक्ने, गल्ने र आँखाबाट आँशु आउने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा [&hellip;]</p>

फाइल तस्बिर

काठमाडौं । आफ्नो गाडीको चालक घरको छतबाट खसेर घाइते भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनको स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । उनले दुखःको बेलामा सहानुभूतिको सट्टा नुन चुक बोकेर नआउन सबैलाई अनुरोध गरेका छन् । आफू नेता भन्दा पहिला मान्छे भएकाले थाक्ने, गल्ने र आँखाबाट आँशु आउने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सभापति लामिछानेले राजनीति गर्न सिंगो जीवन भएकाले संवेदशील घडिमा मौका नछोप्न आग्रह गरेका छन् ।

सभापति लामिछानेको स्टाटस : ‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नु भयो । सिएमसीमा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि मैले चिकित्सकसँग परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ,स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसका लागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछोप्नु होला ।’

Share News