नेपाल पुनर्बीमाको लाभांश घोषणा, बैंकको व्याजदर भन्दा आधा लाभांश
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण गर्ने घाषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैशाख १७ गते बसेको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयाेगजनकाे लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले निक्षेपकर्तालाई १२ प्रतिशतसम्म व्याज दिएको वर्ष यस कम्पनीले सेयरधनीलाई भने ५ प्रतिशत भन्दा कम लाभांश दिन लागेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रचण्ड र रवी लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने आइतबार बिहान बालुवाटार पुगेका थिए । उपनिर्वाचनमा चितवन २ बाट भारी मतान्तरले विजयी भएका रविलाई प्रधानमन्त्रीले बधाई ज्ञापन गरेका छन् । बधाई दिदैँ प्रचण्डले सभापति लामिछानेलाई मिलेर चुनौतीको सामना गर्न र अहिले देखिएको संटकबाट मुलुकलाई पार लगाउन आग्रह गरेका थिए । प्रचण्डको आग्रहमा लामिछाने सहमत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा रवि फराकिलो मतसहित विजयी भएका थिए । मंगलबार सार्वजनिक अन्तिम परिणामअनुसार लामिछाने ५४ हजार १७५ मतसहित विजयी भएका हुन् । गत मंसिर ४ गते रवि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । तर गरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गत माघ १३ गते गुमेको थियो ।
गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनी बिरगंजले सनिबार एक कार्यक्रम गरि माहागडिमाई नगरपालिका वडा न ३ का बीमित स्व नगनारायण प्रसद जयसवलकि श्रीमती गुन्जा जयसवललाई मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको हो। कम्पनीका क्षेत्रीय प्रमुख प्रमोद प्रसद साहले स्व जयसवलले कम्पनीबाट बिमालेख धितो राखी लियको ऋण कट्टा गरि ४६ लाख,४७ हजार,८७३ को चेक हस्तान्तरण गरेका हुन् । स्व जयसवालले गुराँस लाईफ इन्स्योरेन्स कम्पनीमा ५० लाखको गुराँस वार्षिक नगद फिर्ता जिवन बिमा योजना बिमा गरेका थिए र उनको केही समय पहिले स्वर्गारोहण भएको हो । उक्त कार्यक्रममा क्षेत्रीय प्रमुख प्रमोद प्रासद साहले बिमा बचत सहित जिवनमा आई पर्ने यस्ता आप्रत्यासित घटनाले आश्रीत परिवारमा हुने आर्थिक क्षतिको बलियो आधार हुने हुदा उपस्थित सबैले आफ्नो लागि उचित हुने बिमा गर्नुपर्छ भन्ने कुरा राखेका थिए ।
बझाङमा ४ महिनादेखि खानेपानी समस्या
बझाङ । बझाङको बुङ्गल नगरपालिका–६ स्थित बड्डीज्यावनवासीले चार महिनादेखि खानेपानी समस्या भोग्दै आएका छन् । ‘सोलार लिफ्टिङ’ प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य ऊर्जामा समस्या आएपछि गत माघदेखि गाउँमा खानेपानी समस्या भएको हो । सौर्य ऊर्जा बिग्रिएर धारामा पानि आउन बन्द भएपछि स्थानीय आउँदाजाँदा एक घन्टा पैदल हिँडेर वेउर भन्ने ठाउँको पानी बोकेर पिउन बाध्य भएका छन् । घाम लागेकै दिनमात्र धारामा पानी आउने र धेरैजसो बिग्रिरहने समस्याले हैरान भएको स्थानीयवासीले जनाएका छन् । सोलार लिफ्टिङ प्रविधिबारे ज्ञान नहुँदा सामान्य बिग्रिए पनि आफूहरूले खानेपानीबाट बञ्चित हुनुपरेको स्थानीय हर्कबहादुर बोहराले बताए । बड्डीज्यावनकी स्थानीय कलसी धामीले भनिन्, ‘पाँच–छ परिवारका लागि एउटा धारा निर्माण गरिएको छ तर गाउँमा सबै धारा रित्ता छन्, पानी आउँदैन । पानीको निकै अभाव छ । गाउँका २५ घरधुरीले चार महिनादेखि खानेपानीको अभाव झेल्नुपरेको छ । सरसफाइको कुरै छाडौँ खानेपानी पनि बोकेर ल्याउनुपर्ने बाध्यता छ ।’ खानेपानीको अभाव भएदेखि विद्यालयमा विद्यार्थीको उपस्थिति पनि न्यून हुने गरेको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक मानबहादुर बोहराले बताए । उनले भने, ‘स्कुले केटाकेटी पानी ल्याउन जान्छन् । पानी बोक्दाबोक्दै स्कुलको घन्टी बज्छ । घण्टी लागेपछि विद्यार्थी स्कुल आउँदैनन् ।’ बड्डीज्यावन सोलार लिफ्टिङ खानेपानी योजना विसं २०७७ मा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा सम्पन्न भएको थियो । तीन किलोवाट क्षमताको सौर्य ऊर्जाबाट एक हजार पाँच सय मिटर तलको खोलाबाट लिफ्टिङ गरी गाउँमा खानेपानी पु¥याइएको थियो । लिफ्टिङ खानेपानी बिग्रिँदा पनि परियोजनाले नै मर्मतका लागि सहयोग गर्ने गरेको थियो । तर गत असारबाटै जिल्लामा परियोजनाको कार्यावधि सकिएर अब आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै काम गर्न छाडेपछि समस्या भएको स्थानीयले बताएका छन् । बड्डीज्यावन सोलार लिफ्टिङ खानेपानी परियोजनाका अध्यक्ष कल्यान धामीले जिल्लाभित्र लिफ्ट प्रविधिसम्बन्धी ज्ञान भएको दक्ष प्राविधिक नभएपछि दक्ष प्राविधिक काठमाडौँबाट ल्याउनुपर्ने र आफूहरूसँग आर्थिक स्रोत नभएका कारण काठमाडौँबाट प्राविधिक ल्याउन नसकिएको बताए । यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराएको भए पनि चार महिनासम्म कुनै निकायले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ । सोलार लिफ्टिङबाट सञ्चालन भएको उक्त खानेपानीको सौर्य ऊर्जामा यसअघि गत असारमा पनि चट्याङले क्षति पु¥याएपछि बन्द भएको थियो । पछि खानेपानी कार्यालय बझाङको सहयोगमा मर्मत भएको थियो । यस बुङ्गल नगरपालिकाका प्रमुख जयबहादुर धामीले खानेपानी परियोजना मर्मतका लागि पहल भइरहेको जानकारी दिएका छन् । उनले त्यहाँका स्थानीयलाई खानेपानीको समस्याबाट मुक्त गर्न आफूले सक्दो प्रयास गर्ने बताए । पानी ल्याउनुपर्ने ठाउँमा मन्दिर हुँदा महिनावारी भएका महिलालाई समस्या भएको छ । पानी ल्याउने ठाउँ नजिकै वेउर देवताको मन्दिर भएकाले महिनावारी भएको बेला महिलालाई पानी ल्याउन समस्या हुने गरेको स्थानीय नन्ता बोहराले बताइन् । उनले भनिन्, ‘देवताको मन्दिर परिसरभित्रबाट पानी ल्याउनुपर्ने भएकाले महिनावारी भएका बेला हामीले जान हुँदैन । कहिलेकाहीँ पानी बोक्दाबोक्दै छोराछोरीको स्कुल पनि छुट्छ । गाउँमा पुरुष जति कमाइका लागि घर बाहिर जाने भएकाले अधिकांश घरपरिवारमा महिलामात्रै हुन्छन् ।’ महिनावारी भएको बेला पानी ल्याउन गएमा देवता रिसाउने डरले पानी नभरेर नै फर्कने गरेको उहाँको भनाइ छ । नगरपालिकाले सौर्य प्रविधि मर्मतको प्रयास गरेको भए पनि जिल्लामा दक्ष प्राविधिक नहुँदा समस्या भएको जनाएको छ । रासस
नकारात्मक हल्ला रोकिए अर्थतन्त्र चलायमान हुन्छ : पूर्व अर्थमन्त्री खतिवडा
काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमद्वारा बागमती प्रदेशसभा सदस्यहरूका लागि हेटौँडामा आयोजित दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनमा प्रदेशसभा सदस्यहरूको भूमिका सम्बन्धी अभिमुखीकरण कार्यक्रममा पूर्व गभर्नर समेत रहेका डा.खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउन अर्थतन्त्रका बारेमा फैलिएको नकारात्मक कुराको अन्त्य हुनुपर्ने बताए । ‘देशको अर्थतन्त्र बर्बाद भयो, नेपाल पनि श्रीलङ्काको अवस्थामा पुग्न लाग्योजस्ता व्यप्त हल्लाले आर्थिक क्षेत्रमा शङ्काको वातावरण सिर्जना भएको हो,’ उनले भने । नकारात्मक हल्ला रोकिए अर्थतन्त्र चलायमान हुने र लगानी भित्रिन सक्ने उनले बताए । अहिले बैंकहरूसँग निक्षेप भएर पनि र कर्जा लिन सक्ने क्षमता भएका व्यवसायीले पनि कर्जा लिन डराइरहेको अवस्था रहेको उनको भनाइ छ । पूर्वमन्त्री खतिवडाले सरकारले लगानीको प्राथमिकता भने छुट्याउन सक्नुपर्ने धारणा राखे ।
स्कूलहरुले नाम र लोगो फेर्नुपर्ने, ३३ प्रतिशत विद्यार्थी विदेशी भए मात्र इन्टरनेशनल स्कूल
काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदाको नामबाट विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्थ गरेको छ । महानगरपालिकाले विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ संशोधन गरी यस्तो व्यवस्थ लागू गरेको हो । विद्यालयको नाम र चिन्हमा एकरुपता ल्याउन महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ संशोधन गरेको बताएको छ । नियम ६९ मा विद्यालयको चिन्ह षट्कोणको रहने व्यवस्था गरेको छ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्ने बताइएको छ । यस्तै, नियम ७० मा विद्यालयको नामाकरण सम्बन्धि व्यवस्था गररेको छ । सो नियमको उपनियम १ मा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्नेछ । तर यो नियम प्रारम्भ हुनुभन्दा अगाबै यस नियम विपरीत नामाकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनःनामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो । उपनियम २ मा कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रबृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ । कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शव्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने र विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शव्द जोडिएको हुनुपर्ने व्यवस्था गरिएको छ । तर, यो उपनियम लागू हुनु अगाबै यस नियम विपरीतका शव्दहरू जोडेर नामाकरण भै सकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिकसत्रको सुरु देखिनै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नुपर्नेछ । यी नियमको पालना गर्दै विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन महानगरले आग्रह गरेको छ । यदि नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने बताएको छ ।
हिमालय उर्जाले १ सय प्रतिशत हकप्रद जारी गर्ने, साधारण सभा ९ जेठमा डाक्यो
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले हकप्रद सेयर निकाशन, पूँजी वृद्धि लगायतका प्रस्ताव पारित गर्न वार्षिक साधार सभा बोलाएको छ । कम्पनीको बैशाख १६ गते बसेको सञ्चालक समिति बैठकले २२ औँ वार्षिक साधारण सभा जेठ ९ गते बोलाएको हो । कम्पनीको वार्षिक साधाराण सभामा १ः१ अनुपातामा हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो । यस्तै, सुमन शर्मा चौलागाईंलाई बाँकी कार्यकालको लागी सर्वसाधारण तर्फको सञ्चालक पदमा नियुक्त गर्ने र सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले अधिकृत पूँजी र जारी पूँजी बृद्धि गरी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । हकप्रद सेयर निश्कासन पछि प्राप्त हुने पुँजी व्यवस्थापन र कम्पनीको लागी आवश्यक नपर्ने चल अचल सम्पत्ती जग्गा जमानी बिक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिबाट अध्यक्षको प्रतिवेदन, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रूताव पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १८ गतेलाई बुक क्लोज मानिएको छ । त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरुले सभामा सहभागी हुन सक्नेछन् ।
नबिल बैंकले शाखा सञ्चालन गर्न ९ ठाउँमा भवन भाडामा लिँदै
काठमाडौं । नबिल बैंकले शाखा कार्यालय सञ्चालनका लागि विभिन्न ९ स्थानमा भवन भाडामा लिने भएको छ । बैंकले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनका लागि भवन भाडामा लिने जनाएको छ । बैंकले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ८ भङ्गाल र वडा नम्बर ३ बुढानीलकण्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर २९को पुतलीसडक, वडा नम्बर २६ सामाखुसी कपुरधारा, वडा नम्बर १३ स्थित बाफल चोक, वडा नम्बर ३१ स्थित शान्तिनगरमा शाखा सञ्चालन गर्न भवन भाडामा लिने भएको हो । यस्तै, ललितपुर महानगरपालिका ९को च्यासल, ४ को भनिमण्डल र बागडोल क्षेत्रमा शाखा सञ्चालनका लागि भवन भाडामा लिने भएको हो । बैंकले प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालानार्थ भूई तल्ला वा पहिलो तल्लाको १ हजारदेखि १ हजार ५ सय वर्ग फिट क्षेत्रफल भएको हुनुपर्नेछ । भवन भाडामा उपलब्ध गराउन ईच्छुक घरधनीहरुले बैशाख २४ गतेभित्र शिलबन्दी प्रस्ताव गर्न आग्रह गरेको छ । भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित कम्तिमा ६ मिटर चौडाईको मोटर बाटो, सडक विस्तार योजनामा नपरेको, भूकम्प प्रतिरोधात्मक हुनुपर्नेछ । साथै, भवनको भूईं तल्लामा एटिएम तथा जेनेरेटर राख्नको लागि स्थान उपलब्ध गराउनु पर्नेछ । शाखा कार्यालय संचालानार्थ कम्तिमा १५ बर्षको लागि भवन उपलब्ध गराउनु पर्ने बैंकले जनाएको छ ।