काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने आइतबार बिहान बालुवाटार पुगेका थिए । उपनिर्वाचनमा चितवन २ बाट भारी मतान्तरले विजयी भएका रविलाई प्रधानमन्त्रीले बधाई ज्ञापन गरेका छन् ।
बधाई दिदैँ प्रचण्डले सभापति लामिछानेलाई मिलेर चुनौतीको सामना गर्न र अहिले देखिएको संटकबाट मुलुकलाई पार लगाउन आग्रह गरेका थिए । प्रचण्डको आग्रहमा लामिछाने सहमत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा रवि फराकिलो मतसहित विजयी भएका थिए । मंगलबार सार्वजनिक अन्तिम परिणामअनुसार लामिछाने ५४ हजार १७५ मतसहित विजयी भएका हुन् ।
गत मंसिर ४ गते रवि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । तर गरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गत माघ १३ गते गुमेको थियो ।