नागरिकता किर्ते गरेर वडाअध्यक्ष र सचिवले बाँडे सामाजिक सुरक्षा भत्ता
जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका एक पूर्ववडाअध्यक्ष र वडा सचिवले नेपाली नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा वितरण गरेको रहस्य खुलेको छ । सम्सी गाउँपालिका–२ पर्सादेवाडका विसं २०७४ मा निर्वाचित वडाध्यक्ष मोहम्म्द मकसुद र तत्कालीन वडासचिव मनोहर मण्डलले नेपाली नागरिकताको प्रमाणपत्रमा केरमेट गरी २२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको तथ्य बाहिर आएको छ । उनीहरूको मिलेमतोमा सरकारी कागज र छाप किर्ते गरी एउटै व्यक्तिको नाममा दुईवटा नागरिकता नम्बर प्रचलनमा ल्याएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । साथै एउटै व्यक्तिको नागरिकता नम्बरलाई केरमेट गरी फरकफरक नाम र जन्ममिति राखी सामाजिक सुरक्षा भत्ता खाने उमेर बढाएको पनि पाइएको छ । उनीहरुले वितरण गरेको सामाजिक सुरक्षा भत्ताबारे छानविन गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी गरिएपछि सो कुरा बाहिरिएको हो । वडा सचिव मण्डल र वडाध्यक्ष आलमको जालसाजीका कारण अकिला खातुनले ४४ हजार, असगरी खातुनले ९६ हजार, असरुल सोखिनले ४४ हजार, इसराईल शेषले ३२ हजार, तारा खातुनले ४४ हजार, नजिरा खातुनले ९६ हजार, विल्टुन खातुनले २४ हजार, माझी नदाफले ९६ हजार, मैनदिन शेषले ४४ हजार, मोजिबुल मोमिनले ४४ हजार, रहिमा खातुनले ९२ हजार, वरिदा खातुनले ९६ हजार, समुदा खातुनले ७२ हजार, शेष लाल बाबुले ९६ हजार, जरिना खातुनले एक लाख २८ हजार, डुमैरा खातुनले ८७ हजार, शेष सदिकले ४८ हजार, हासिम मोमिनले ९६ हजार, हसिना सोखिनले ९९ हजार नौ सय, शेख सफी अहमदले ९६ हजार, समिना खातुनले ८४ हजार शैरा खातुनले ९६ हजार बुझेकाले उनीहरुबाट पनि उक्त रकम असुल गरिने वडा कार्यालयले जनाएको छ । तत्कालीन वडा सचिव मण्डल र वडाध्यक्ष आलममाथि कारबाहीका साथै उनीहरूबाट बिगो स्वरूप रु १६ लाख १४ हजार नौ सय असुल गर्नु पर्ने देखिएकाले कारबाहीका लागि पत्राचार भइरहेको वर्तमान वडाअध्यक्ष शेष अञ्जारेले जानकारी दिए तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले उजुरीमाथि छानविनका लागि न्यायिक समितिमा पठाइएको र समितिको प्रतिवेदनअनुसार व्यक्तिमाथि असुल गरिनेमा जोड दिए । रासस
टेलिकमले ल्यायो ४९ रुपैयाँमा अनलिमिटेड डाटा र भ्वोइस प्याक
काठमाडाैं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि ‘आइसीटी डे अफर’ ल्याएकाे छ । यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ । यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ । यो अफर बैशाख गतेदेखि बैशाख १९ सम्म लागु हुने टेलिकमले जनाएकाे छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी बैशाख १९ गते मनाइदै छ ।
कांग्रेस कार्यसमितिको सभापतिमा लक्ष्मी नारायण तिमिल्सिना निर्विरोध निर्वाचित
काठमाडौं । नेपाली कांग्रेस पाँचथर काठमाडौं सम्पर्क समितिको नयाँ कार्यसमिति चयन गरेको छ । सम्पर्क समितिको तेस्रो अधिवेशनले २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको सभापतिमा लक्ष्मी नारायण तिमिल्सिना निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी उपसभापतिमा गोमा देवी आङदेम्बे र धनेद्र राज आङदेम्बे निर्वाचित भएका छन् । सचिवमा जीवन ढुंगेल र टिका अधिकारी, सहसचिवमा अनिल सेलिङ्ग र छत्र बहादुर भण्डारी र कोषध्यक्षमा पुनम फागो निर्वाचित भएका छन् । कार्यसमितिको सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् । आज सम्पन्न अधिवेशनमा पार्टी सच्चिनु पर्ने अवस्था सिर्जना भएको वक्ताले बताएका छन् । नयाँ दल चुनौतीको रुपमा स्थापित भएको भन्दै सक्किने कि सच्चिने भन्ने अवस्थासँगै चुनौती थपिएको उनीहरुले बताएका छन् । यो अधिवेशनले जिल्लाका पार्टीलाई एक ढिक्का बनेर अगाडि बढ्न खोजेको बक्ताहरुले बताए ।
विश्व बैंकद्वारा नेपालको स्वास्थ्य प्रणाली सुधार गर्न १० करोड डलर ऋण स्वीकृत
काठमाडौं । विश्व बैंकको कार्यकारी सञ्चालक समितिले ुनेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रमु सञ्चालनका लागि १०० करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ । कार्यक्रमले कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउने, स्वास्थ्य बीमाको दायरा बढाउने, स्वास्थ्य आपतकालको तयारी र प्रतिकार्य गर्न स्वास्थ्य सेवा प्रणालीको क्षमता अभिवृद्धि गर्नेछ बताइएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद-जेर्भोसले स्वास्थ्यलाई प्राथमिकतामा राखी लगानी गरेर स्वास्थ्य प्रणलाी सुधार गर्नुको साथै उत्पादकत्व र आर्थिक वृद्धि गर्न सक्ने बताए । विश्व बैंकको अनुसार नेपालको स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०२२(२०३० को रणनीतिक उद्देश्यहरू हासिल गर्न सघाउन संघीय स्तरमा स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यक्रम सञ्चालन गर्नेछ । जसमा स्वास्थ्य प्रणालीको दक्षता र उत्तरदायित्व अभिवृद्धि, स्वास्थ्यमा दिगो वित्तपोषण र सामाजिक सुरक्षा प्रवर्द्धन र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच समावेश छ ।
इलाममा टि टेस्टिङ, प्रतिकेजी १० हजार चिया बिक्री
इलाम । यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन् । तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका छन् । शनिबार २७औँ चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा ‘टि टेस्टिङ’ गरिएको हो । टि टेस्टिङमा भारत, जापान, चीन र अमेरिकालगायतका देशका चिया व्यवसायीको उपस्थिति थियो । चिया टेस्टिङका अवसरमा व्यवसायीले चिया खरिद समेत गरेका थिए । नेपालमा पहिलो पटक लिलामीमार्फत अर्थोडक्स चिया बिक्री गरिएको छ । इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी १० हजार रुपैयाँमा चिया बिक्री भएको हो । एकजना अमेरिकी नागरिकले प्रतिकेजी १० हजार रुपैयाँका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरेका हुन् । अमेरिकी नागरिक जेनीले लिलाम बढाबढमा पाँच केजी अर्थोडक्स चिया ५० रुपैयाँ हजारमा खरिद गरेका हुन् । सूर्योदय चिया उत्पादक सङ्घले उत्पादन गरेको चिया किसानले प्रतिकेजी एक हजार रुपैयाँ मूल्य तोकेका थिए । उक्त मूल्यमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ताले मोल बढाबढ गर्दै प्रतिकेजी १० हजार रुपैयाँसम्म पुर्याएका थिए । ‘अर्थोडक्स ग्रीन टी’ प्रतिकेजी हजार रुपैयाँ र ‘अर्थोडक्स ग्रीनिस ब्ल्याक टी’ प्रतिकेजी ४ हजार रुपैयाँका दरले चिनियाँ खरिदकर्ताले खरिद गरेका थिए । व्यापारीहरुले लिलाम बढाबढ गर्दै चिया किनेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी प्रमुख विष्णुप्रसाद भट्टराईले जानकारी दिए । विश्व बजारमा चिया अक्सनमार्फत खरिद बिक्री हने गरेको छ । नेपाली किसानले उत्पादन गरेको चिया भारतीय बजारमा सस्तो मूल्यमा बिक्रि गर्नु परिरहेको किसानहरुको गुनासो छ । किसानहरुले आफूहरुको चिया सोझै तेस्रो मुलुक नेपाली चिया समेत निर्यात गर्नुपर्ने माग गर्दै आएका छन् । रासस
साउन १ पछि १५८ अर्ब ऋणपत्रले सिर्जना गर्ने तरङ्ग
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अझै लामो सयम तरलता अभाव खेप्नु पर्ने देखिएको छ । बैंकहरुले जारी गरेको १५८ अर्ब ऋणपत्र साउनदेखि पूँजी र निक्षेप मध्ये एउटा मात्र शीर्षकमा गणना गर्नुपर्नेछ । साथै, बैंकहरुमा साउन १ गतेदेखि काउन्टर साइक्लिङ्ग बफर पनि लागू हुँदैछ । यसले बैंकिङ क्षेत्रमा ठूलो मात्रामा लगानीयोग्य पुँजी घटाउने जानकारहरुले बताएका छन् । राष्ट्र बैंकको सो व्यवस्थाले असार मसान्तपछि बैंकबाट डेढ खर्ब भन्दा बढी लगानी योग्य रकम घट्ने देखिन्छ । अहिले बैंकहरुले प्राथमिक पूँजीकोष ८.५ प्रतिशत र पूँजी पर्याप्तता अनुपात ११ प्रतिशत कायम गर्नुपर्छ । तर, काउन्टर साइक्लिङ्ग बफर लागू भएपछि प्राथमिक पूँजी कोष २ प्रतिशतसम्म घट्ने देखिने माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला बताउँछन् । तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार कृषि विकास बैंकले सबैभन्दा धेरै ऋणपत्र जारी गरेको छ । यस बैंकले हालसम्म १७ अर्ब ९२ करोड रुपैयाँका ४ वटा ऋणपत्र तथा बण्ड सञ्चालनमा छन् । यस्तै, ग्लोबल आइएमई बैंकले १३ अर्ब २० करोड रुपैयाँको ऋणपत्र बिक्री गरेको छ । जसमा साविक बैंक अफ काठमाण्डूको पनि ऋणपत्र समावेश गरिएको छ । त्यस्तै, एनआईसी एशिया बैंकले १२ अर्ब १७ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ११ अर्ब ६६ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले १० अर्ब २४ करोड रुपैयाँ, सानिमा बैकले ९ अर्ब ४० करोड रुपैयाँ र प्रभु बैंकले ९ अर्ब २० करोड रुपैयाँ ऋणपत्र तथा बण्ड जारी गरेका छन् । यस्तै, कुमारी बैंकले ९ अर्ब रुपैयाँ, एनएमबि बैंकले ७ अर्ब ९१ करोड रुपैयाँ, नबिल बैंकले ६ अर्ब २० करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ६ अर्ब रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६ अर्ब रुपैयाँ, हिमालयन बैंकले ५ अर्ब ८१ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले ४ अर्ब ४३ करोड रुपैयाँ, लक्ष्मी बैंक र सनराइज बैंकले ४/४ अर्ब रुपैयाँ, एभरेष्ट बैंकले ३ अर्ब ६० करोड रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र तथा बण्ड जारी गरेका छन् । साथै, नेपाल पुर्वाधार विकास बैंकले २ २८ करोड रुपैयाँ, ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ, मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ, गरिमा विकास बैंकले १ अर्ब रुपैयाँ, कामना सेवा विकास बैंकले अर्ब रुपैयाँ, सांग्रीला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ, मञ्जुश्री फाइनान्सले ५० करोड रुपैयाँ, गुडविल फाइनान्सले २५ करोड रुपैयाँ र आइसीएफसी फाइनान्सले २० करोड रुपैयाँको ऋणपत्र जारी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले हाल ऋणपत्रलाई निक्षेप र पूँजीमा गणना गर्दै आएका छन् । साउन १ गतेदेखि कि निक्षेप कि पूँजीमा मात्रै गणना गर्नुपर्ने हुन्छ । ऋणपत्रलाई पूँजीमा मात्रै गणना गर्दा सीडी रेसियो टाइट हुनेछ भने निक्षेपमा गणना गर्दा क्यापिटल एडुकेसी टाइट हुनेछ । सीडी रेसियो टाइट भएपछि कर्जा विस्तार गर्न सक्ने छैनन् भने क्यापिटल एडुकेसी टाइट भएपछि सेयरधनीहरुलाई लाभांश वितरण गर्न पाउने छैनन् । त्यसैले कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एशिया बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, सानिमा बैंक, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, नबिल बैंक र माछापुच्छ्रे बैंकलाई कर्जा विस्तारमा सकस पर्ने देखिन्छ । किनभने यी बैंकहरुले क्यापिटल एडुकेसी टाइटलाई सहज बनाएर कर्जा विस्तार कम गर्ने देखिन्छन् । राष्ट्र बैंकको व्यवस्था बमोजिम प्राथमिक पूँजी कोष अनुपात ८ प्रतिशत कायम राख्न नसकेपछि एनआईसी एशिया बैंकलाई राष्ट्र बैंकले विगत २ वर्षदेखि लाभांश वितरणमा रोक लगाउँदै आएको छ । यसपटक माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक र सनराइज बैंकले पनि गत वर्षको नाफा वितरण गर्न पाएनन् । बैकहरुले अहिलेदेखि नै तोकिएको भन्दा २ प्रतिशतसम्मको पूँजी पर्याप्तता अनुपात कायम गरेर राख्ने तयारी गरिरहेको उनले बताए । उनका अनुसार राष्ट्र बैंकको सो व्यवस्थाले झण्डै १० वटा बैंकहरु थप कर्जा प्रदान गर्न सक्ने अवस्थामा छैनन् । ‘८.५ प्रतिशत कायम गर्नुपर्ने क्यापिटल एडुकेसी १० वटा बैंकको ९.५ प्रतिशतको हाराहारीमा छ, क्यापिटल एडुकेसी ८.५ प्रतिशतभन्दा तल झर्ने बित्तीकै लाभांश वितरण गर्न दिँदैन, जसकारण गत वर्ष माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंकले लाभांश वितरण गर्न पाएनन्,’ सीईओ कोइरालाले भने, ‘ऋणपत्रलाई साउन १ गतेदेखि पूँजीमा गणना नगर्दा एडुकेसी तल झर्छ, निक्षेपमा गणना गर्दा सीडी रेसियो टाइट हुन्छ ।’ सीडी रेसियो टाइट गर्दा पेनाल्टी लाग्छ तर क्यापिटल डाउन गर्दा लाभांश वितरण गर्न पाउँदैनन् । तसर्थ बैंकहरुले साउन १ गतेदेखि ऋणपत्रलाई क्यापिटलमा गणना गर्ने सम्भावना बढी रहेकोले सीडी रेसियो टाइट हुने उनको भनाई छ । वासेल ३ मा गणना गर्दा २ प्रतिशत काउण्टर साक्लिक बफर लाग्ने देखिन्छ । साढे ९ प्रतिशत भएका बैंकलाई २ प्रतिशत काउण्टर साइक्लिङ्ग बफर लगाउँदा क्यापिटल एडुकेसी साढे ७ प्रतिशतमा झर्छ । त्यसैले अहिले बैंकहरु खुम्चिएर बस्ने तर कर्जा विस्तार नगर्ने साविक सिभिल बैंकका सञ्चालक अम्बिर बोगटी बताउँछन् । साउन १ गतेदेखि लागू गर्नुपर्ने काउण्टर साइक्लिङ्ग बफर केही समयका लागि धकेल्नु पर्ने उनी बताउँछन् । काउण्टर साइक्लिङ्ग बफरमा बैंकरहरुको बिमती नभएपनि समय खराब रहेको उनी बताउँछन् । तरलता अभाव, वर्किङ्ग क्यापिटल निर्देशन, सडक आन्दोलन, ऋणपत्र गणना गर्न नपाउने लगायत सबै व्यवस्था एकैचोटी कार्यान्वयन गर्दा बैंकहरुलाई गाह्रो हुने बैंकरहरुको भनाइ छ । बैंकहरुले बलपूर्वक निक्षेपको व्याज घटाउन काम गरेकाले निक्षेप वृद्धि पनि रोकिने सम्भावना रहेको छ ।
बचतकर्ताको करोडौं रकम डुब्यो, सहकारीका सञ्चालक फरार
काठमाडौं । बचतकर्ताको करोडौँ रकम लिई फरार भएका वीरगञ्जस्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ पर्न सकेका छैनन् । वीरगञ्ज महानगरपालिका–१७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राहुल सिंह र कोषाध्यक्ष बलराम साहलगायतका पदाधिकारी बचतकर्ताको १० करोड रुपैयाँभन्दा बढी रकम लिई फरार भएका छन् । सहकारीमा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवालगायतका क्षेत्रका बचतकर्ताले बचत गर्दै आएका थिए । आफूले बचत गरेको रकम लिएर सहकारीका सञ्चालक फरार भएपछि बचतकर्ता चिन्तित बनेका छन् । यस विषयमा वीरगञ्ज महानगरपालिकादेखि जिल्ला प्रहरी कार्यालयसम्म धाए पनि आफूहरुले न्याय नपाएको बचतकर्ताको गुनासो छ । ‘हामीले सहकारी संस्थाका पदाधिकारी बचत रकम लिई फरार भएको विषयमा महानगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्सामा गत २०७९ चैत ८ गते नै जाहेरी दियौँ’, वीरगञ्ज रानीघाटका बचतकर्ता कुन्दनकुमार गुप्ताले भने, ‘तर अहिलेसम्म सहकारी संस्थाका कुनै पनि पदाधिकारी तथा कर्मचारी पक्राउ पर्न सकेका छैनन्, जसका कारण हाम्रो पैसा फिर्ता आउने कुनै सुनिश्चिता छैन ।’ सहकारी सञ्चालक फरार भएको सन्दर्भमा उजुरी लिएर प्रहरीमा जाँदा महानगरपालिकामा जानु भन्छ, महानगर पुग्दा प्रहरीमै निवेदन दिनुस् भनिरहेको उनको गुनासो छ । ‘दुःख गरेर भविष्यको सपना बुनेर बचत गरेको रकम लिएर सहकारी सञ्चालक फरार भएपछि जमिन नै भाँसिएको महसुस भइरहेको छ’, प्रियान्सुकुमार गुप्ताले भने, ‘बचत रकम डुब्दा यतिबेला न खाना खान मन लाग्छ, न कोहीसँग बोल्न पनि मन मान्दैन ।’ जतिबेला पनि चिन्ताले सताइरहेको छ, उनले दुःखेसो पोखे । उनले सहकारीमा २० लाख रुपैयाँ बचत गरेका छन् । ‘करिब तीन–चार महिनादेखि नै सहकारीमा शङ्कास्पदरूपमा कार्य भइरहेको थाहा पाएपछि बचत भएको १० लाख रुपैयाँ रकम झिक्न सहकारीमा गएको थिएँ’, लिलमदेवी दासले भने, ‘कोषाध्यक्ष साहले बचत फिर्ता पाउनुहुन्छ हामी भाग्ने होइन भन्दै विश्वास दिलाउनुभयो । अहिले उहाँहरु सम्पर्कमा हुनुहुन्न ।’ सहकारीका सञ्चालक फरार भएको भन्दै १० जना पीडित बचतकर्ता निवेदन लिएर महानगरपालिका आएको र पीडितलाई न्याय दिलाउन कसरी अघि बढ्नेमा आफूहरू पनि अन्योलमा रहेको वीरगञ्ज महानगरपालिकाका सहकारी शाखा प्रमुख सुनिलकुमार कर्णले बताए । ‘सर्वसाधारणको रकम डुब्दा हामी अत्यन्तै दुःखी छौँ’, प्रमुख कर्णले भने, ‘तर हामीसँग न त प्रहरी छ, न फरार भएकालाई खोजी गर्ने कुनै उपाय छ, त्यसैले हामी पीडितको निवदेनसहित जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाइदिएका छौँ ।’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले पीडितबाट जाहेरी आएदेखि नै सहकारीका फरार सञ्चालकको खोजी भइरहेको जानकारी दिए । पीडितको जाहेरी सन्दर्भमा के सम्बन्धी मुद्दा प्रभावकारी हुनसक्छ त्यस विषयमा जिल्ला सरकारी वकिल कार्यालयसँग पनि छलफल भइरहेको जानकारी दिनुहुँदै प्रहरी नायब उपरीक्षक गिरीले सरकारी वकिलसँग सल्लाह लिएर मुद्दा अघि बढाइने बताए । रासस
विदेश भ्रमण नगर्ने मन्त्री किरातीको घोषणा, २५ प्रतिशत समय बचत हुने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले विदेश भ्रमण नगर्ने घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत दुई देशबीचको औपचारिक बाहेक अन्य भ्रमण नगर्ने उद्घोष गरेका हुन । विदेश घुमाउने र निम्तो दिने सिलसिलामा मात्रै २५ प्रतिशत समय खर्च भइरहेको उनको भनाइ छ। उनले यो भ्रमण गर्ने नभई काम गर्ने समय भएको पनि बताएका छन्। ‘बिदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भइरहेको छ, यो काम गर्ने समय हो, भ्रमण गर्ने होइन, मनमा प्रश्न उठ्छ भ्रमण कसले गरेन ? कहाँ गरेन ? अनि भयो चाहिँ के ?’, उनले लेखेका छन् ।