काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले विदेश भ्रमण नगर्ने घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत दुई देशबीचको औपचारिक बाहेक अन्य भ्रमण नगर्ने उद्घोष गरेका हुन ।
विदेश घुमाउने र निम्तो दिने सिलसिलामा मात्रै २५ प्रतिशत समय खर्च भइरहेको उनको भनाइ छ। उनले यो भ्रमण गर्ने नभई काम गर्ने समय भएको पनि बताएका छन्।
‘बिदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भइरहेको छ, यो काम गर्ने समय हो, भ्रमण गर्ने होइन, मनमा प्रश्न उठ्छ भ्रमण कसले गरेन ? कहाँ गरेन ? अनि भयो चाहिँ के ?’, उनले लेखेका छन् ।