आइजीआई प्रुडेन्सियलका अध्यक्ष हेमराज ढकालले लिए सपथ
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले पद तथा गोपनियताको सपथ लिएका छन् । ढकालले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर भएर बनेको आइजीआई प्रुडेन्सिलले आजदेखि एकिकृत कारोबार शुभारम्भ गर्दैछ । मर्जपश्चात बन्ने आईजीआई प्रुडेन्सियलको चुक्ता पूँजी तीन अर्ब २ करोड रुपैयाँ पुग्ने छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो ।
नेपाल एपीएफ अस्पतालमा डायलाईसिस सेवा शुरु
काठमाडौं । नेपाल एपीएफ अस्पतालमामा बैशाख २७ गते देखि डायलाईसिस सेवा शुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलाईसिस सेवाको बुधबार उद्घाटन गरे । सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकारले जनस्वास्थ्य प्रति चासो राख्दै डायलाईसिस र मृगौला प्रत्यारोपणमा सहयोग उपलब्ध गराउने निर्णय भएपछि शुरु भएको डायलाईसिस सेवाले नेपाल एपीएफ अस्पतालको विस्तार र विविधिकरणमा महत्वपुर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले नेपाल एपीएफ अस्पताललमा आईसियु तथा भेन्टीलेटरको सुविधा रहेको भएतापनि आपतकालिन अवस्थामा विरामीलाई डायलाईसिस सेवा दिनुपर्दा अन्य अस्पताल लैजानुपर्ने र विरामीको स्वास्थ्यमा जोखिम उठाउनुपर्ने बाध्यता लाई निराकरण गर्न यो सेवा प्रभावकारी एवं फलदायी रहने समेत बताए । महानिरीक्षक अर्यालले अस्पतालमा डायलाईसिस सेवा विस्तारले सशस्त्र प्रहरी कर्मचारी, आश्रीत परिवारजन, अमर सशस्त्र प्रहरीका परिवारजन, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं परिवारजन, स्थानीयबासी लगायत आम सर्वसाधारण तथा विपन्न नागरिकहरुले पनि सेवा पाउने नेपाल एपीएफ अस्पतालले कसैप्रति आग्रह पुर्वाग्रह नराखी कसैलाई पक्षपात नगरी उत्कृष्ट सेवा प्रदान गरी आम नागरिकको मन जित्न सफल हुने विश्वास व्यक्त गरे । उनले नेपाल एपीएफ अस्पतालको सेवा विस्तार कार्यमा संगठनलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने संघिय प्रादेशिक तथा स्थानीय निकायहरु साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी संघ संस्थाहरु लगायत सरोकारवाला निकायहरुलाई हार्दिक धन्यवाद दिए । धन्यवादको क्रममा नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा.रुपक महर्जनले नेपाल एपीएफ अस्पतालमा हाल ६ बेड क्षमताको डायलाईसिस सेवा सञ्चालनमा ल्याई आगामी दिनमा अन्य सेवा सुविधाहरु समेत विस्तार गरिदै लगिने बताए । डायलाईसिस सेवा संचालनको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट ४ थान र शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट १ थान डायलाईसिस मेसिन प्राप्त भएको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष एवं पदाधिकारीहरु, स्वास्थ्य सेवा विभागका महानिर्देशक, चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख, सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थित रहेको थियो ।
बजेटमा निजी क्षेत्रको सुझाव : सुधार, स्थायित्व र निजी क्षेत्रलाई प्रवर्द्धन
काठमाडौं । आगामी बजेट निर्माणको संघारमा सरकार जुटिरहेको बेला निजी उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य महासंघले अर्थमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ । आज काठमाडौंमा अर्थमन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा प्रि बजेट छलफल कार्यक्रमको आयोजना गर्दै महासंघले कार्यक्रममार्फत बजेटको प्राथमिकतामा आर्थिक सुधार एवं स्थायित्व र आर्थिक रुपान्तरणका लागि निजी क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्ने सुझाव राखेको छ । महासंघले अर्थतन्त्रमा सुधार एवं स्थायित्वका लागि तरलता व्यवस्थापन एवं कर्जा विस्तार गर्नुपर्ने सरकारलाई सुझाव दिएको छ । नीतिगत दर र बैंकदर लगायत नीतिगत सुधार मार्फत ब्याजदर न्युनिकरण गर्नुपर्ने महासंघको सुझाव छ । प्रत्येक ३ महिनामा कर्जाको ब्याजदर पुनरावलोकन गर्ने विधिलाई संशोधन गरी तत्कालका लागि मासिक पुनरावलोकनको व्यवस्था गर्न, निर्यातमुलक उद्योग, निर्माण, कृषि, पर्यटन पूर्वाधार, व्यापारिक यातायात, आयात प्रतिस्थापन गर्ने उद्योग र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा तत्कालै पुनरकर्जाको व्यवस्था गर्न महासंघले माग गरेको छ । त्यस्तै, कर्जाको लागत घटाउन घरजग्गा, व्यापारिक यातायात र शेयरधितो कर्जाको जोखिम भारलाई घटाउन पनि महासंघले माग गरेको छ । कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरण, बैंक वित्तिय संस्थाहरुको विद्यमान कर्जा निक्षेप अनुपातमा सहजीकरण र समय सीमा तोकी निर्माण व्यवसायीहरुको भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख गरेको छ । संस्थागत कोषको रकम कम्तिमा २० प्रतिशत उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने व्यवस्था र २० प्रतिशत महंगो भएपनि स्वदेशी वस्तुको खरिद गर्ने नीति तत्काल शुरुवात गर्न महासंघले माग गरेको छ । महासंघले बजेटले विप्रेषण प्रवद्र्धनलाई अगाडि बढाउनुपर्ने विषयलाई पनि उठान गरेको छ । ‘माई कन्ट्री माई प्राइड’ अभियान औपचारिक माध्यमबाट विप्रेषण पठाउन प्रोत्साहन गर्नुपर्ने र देशभित्र १ लाखसम्मको विप्रेषण प्रवाहलाई खुला गरिनुपर्ने विषयलाई उठाएको छ । औपचारिक माध्यमबाट विप्रेषण पठाउनेलाई भिसा नवीकरण र श्रम स्वीकृति लगायतमा सहुलियत र वैदेशिक रोजगारमा गएको परिवारलाई सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गर्न महासंघले सरकारलाई सुझाव दिएको छ । शुसासनको प्रवद्र्धन गर्न इन्टरनेशनल अनलाइन पेमेन्ट गेटवेको व्यवस्था गर्नुपर्ने, डिजिटल सरकारी कामकाज बनाउनुपर्ने र विद्युतीय माध्यमबाट कर परीक्षणको व्यवस्था गर्नुपर्ने विषयलाई महासंघले सुझावमा उठाएको छ । आर्थिक क्षेत्रका लागि निजी क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने विषयलाई महासंघले मुख्य मुद्दाको रुपमा उठाएर बजेटमा सुझाव दिएको छ । जसको लागि प्रतिस्पर्धी औद्योगिक उत्पादन वृद्धि गर्न तीनै तहको सरकारको नियमन तथा मापदण्डमा एकरुपता हुनुपर्ने र सयौं ऐन तथा नियामवली पुर्नलेखन गरी व्यवसायमैत्री बनाउनुपर्ने महासंघले आफ्ना सुझावमा राखेको छ । उद्योगहरुलाई सहुलियत दिँदा स्थानीय कच्चा पदार्थको प्रयोगको आधारलाई लिनुपर्ने, सरकारले प्राकृतिक स्रोतसाधनमा आधारित उद्योगहरुसित लिने शुल्कलाई एकद्वार प्रणालीबाट लिनुपर्ने महासंघको सुझाव छ । औद्योगिक क्षेत्रका लागि जमिनको व्यवस्था, वातावरणीय परीक्षणमा संवेदनशिलताको आधारमा मापदण्डको व्यवस्था, इआइएको समयावधि ६ महिनाको हुनुपर्ने, क्रेडिट रिकभरी ऐनको व्यवस्था लगातका विषयलाई महासंघले आफ्नो सुझावमा समेटेको छ । लघु, घरेलु, साना तथा मझौला उद्यम एवं स्टार्ट अप प्रवद्र्धन गर्नुपर्ने जसका लागि साना तथा मझौला उद्यमलाई विना धितो व्यवसायिक परियोजना कर्जा, स्टार्ट अप सम्बन्धी नीति यथाशिघ्र पारित र निजी साझेदारीमा कोशेली घरलाई प्रोत्साहन हुनुपर्ने सुझाव दिएको छ । पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि ग्रिन टुरिजम र बिजनेस प्लस लिजर टुरिजमलाई प्रोत्साहन गर्नुपर्ने २०२५ लाई भ्रमण वर्षको घोषणा गर्नुपर्ने, भारत र चीनमा पर्यटन सम्मेलन आयोजना गर्नुपर्ने लगायतका विषयलाई महासंघले सुझावको रुपमा उठाएको छ । महासंघले पर्यटनलाई समृद्धिको आधारको रुपमा अगाडि सारेको छ । भारतीय लगानी आकर्षित गर्न र निर्यात बढाउन भारतमा उर्जा सम्मेलन आयोजना गर्ने, निजी क्षेत्रलाई विद्युत ब्यापार एवं निर्यात इजाजत दिनुपर्ने, स्वदेशी पूंजिबाट निर्माण भएका उद्योगहरुमा १५ वर्षसम्म रोयल्टी मिनाहाको व्यवस्था लगायतका विषयलाई महासंघले सुझावको रुपमा राखेको छ । कृषि इकोसिस्टममा सुधार गर्नुपर्ने, खनिजजन्य पदार्थ उपयोग एवं निर्यात गर्ने नीति लिनुपर्ने, निर्यातलाई प्रवद्र्धन गर्नुपर्ने र पूर्वाधार निर्माणको क्षेत्रमा सडक निर्माणको नीति, नेपालगंज, भैरहवा र बिराटनगरमा रेलमार्गमा आधारित सुक्खा वन्दरगाह निर्माण, पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण, निजगढ विमानस्थलको निर्माण लगायतका विषयलाई महासंघले आफ्नो सुझावका रुपमा राखेको छ । राजस्व प्रणाली सुधार गनुपर्ने सन्दर्भमा पाँच वर्षभन्दा पुरानो बक्यौता कर रकमको फरफारक गर्न ब्याज र जरिवाना छुट गरी एक पटकलाई विशेष व्यवस्था, एक करोडसम्म कारोवार भएका सबै करदाता (कम्पनी, साझेदारी वा प्राईभेट फर्म) ले कर विवरण बुझाउंदा लेखा परीक्षण गर्न नपर्ने व्यवस्था लगायतका धेरै नै विषयलाई महासंघले बजेटमा सुझाव दिएको छ । यसैगरी महासंघले राजस्व न्याय प्रणाली, भन्सार प्रणाली, आयकर, पुँजी बजार, मूल्य अभिबृद्धि कर र अन्तःशुल्क सम्बन्धी सुझावहरु सरकारलाई दिएको छ । महासंघको तर्फबाट अध्यक्ष चन्द्र ढकाल र अम्बिकाप्रसाद पौडेलले अर्थमन्त्रीसमक्ष सुझाव प्रस्तुत गरेका थिए । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आफ्नो क्षमताले भ्याएसम्म मेहनत गर्ने बताएका थिए ।
बेमौसमी आलु खेती : सोचेभन्दा बढी उत्पादन, मनग्य आम्दानी
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान बमनु राना बेमौसमी जातको आलु खेतबारीमा रोपेर सोचेभन्दा बढी उत्पादन गर्न सफल भएका छन् । डिजिरे जातको ४० किलो आलु खेतबारीमा रोपेर उनले छ क्विन्टल उत्पादन गरेका छन् । नगरपालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा आलुको बीउ पाएका उनले पहिलो पटक परीक्षणका रुपमा आलु रोपेका हुन् । एउटै बोटमा दुई किलोसम्म आलु उत्पादन भएको उनले बताए । ‘आधा कट्ठा जग्गामा अनुदानमा पाएको आलु रोपेको थिए’, बमनुले भने, ‘अपेक्षा गरेभन्दा निकै बढी उत्पादन भएपछि उत्साहित बनाएको छ ।’ अब बढी जग्गामा आलु रोप्ने योजना बनाएको उनले सुनाए । उनका अनुसार बेमौसमी आलुको माग निकै बढी रहेको छ । ‘रु एक सयप्रति किलोका दरले आलुको बीउ बिक्री गर्दा पनि किसानले माग गर्न छाडेका छैनन्’, उनले भने, ‘आफूलाई रोप्न राखेर बीउ अरूलाई बेच्न थालेको छु ।’ फागुनमा रोपेको बेमौसमी आलुलाई किसानले वैशाखको दोस्रो सातादेखि खन्न सुरु गरेका छन् । खानमा निकै स्वादिलो र अरू आलुको तुलनामा उत्पादन तेब्बर बढी हुने गरेको किसानको भनाइ छ । कालागौंडीका किसान ठग्गु रानाले बेमौसमी आलु खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउने बताए । पहिलो पटक खेती गर्दा निकै बढी उत्पादन भएकाले एक बिघामा खेती गर्ने योजना बनाएको उनले बताए । पहाडी क्षेत्रमा मात्रै लगाइने गरेको बेमौसमी आलु तराईमा पहिलो पटक खेती गरिएको वडाध्यक्ष नवलसिंह रानाले बताए । ‘नगरपालिकाले आलुको बीउको गरेको परीक्षण सफल भएको छ’, उनले भने, ‘बढी उत्पादन हुने आलु प्रवर्द्धन गर्न वडा कार्यालयबाट योजना बनाइ किसानलाई बीउ, रासायनिक मल र सिँचाइमा प्रोत्साहित गर्छौं ।’ नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले परीक्षणका रुपमा बेमौसमी आलुको बीउ चारभन्दा बढी वडाका किसानलाई अनुदानमा वितरण गरिएको बताए । ‘झन्डै २० क्विन्टल बढी आलु किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएका हौँ’, उनले भने, ‘४० बढी किसानले बेमौसमी आलु खेती गरेका छन्, उत्पादन सन्तोषजनक भएको प्रतिक्रिया पाइएको छ ।’ बेमौसमीसँगै स्थानीय जातको आलु खेतीलाई प्रवर्द्धन गर्न किसानलाई आगामी योजनामा पनि निरन्तर रुपमा अनुदान उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए । किसानलाई उपलब्ध गराइएको २० क्विन्टल आलुको बीउबाट ८५ क्विन्टल बढी आलु उत्पादन भएको कृषि शाखाको अनुमान छ । उत्पादन भएको आलुलाई कृषि शाखाले अरू आलु खेती गर्न चाहने किसानलाई उपलब्ध गराउने योजना बनाएको छ । रासस
निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिन : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष डराउनु नपर्ने र भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रम उनले यस्तो बताएका हुन् । अहिले सरकारले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मुल रुपमा उठाएका बताउँदै उनले भने, ‘कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन्, दोषीलाई जहाँ गएपनि छोड्दैनौँ, यो हाम्रो प्रतिवद्धता हो ।’ उनले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए ।
एनसेलको सीइओमा जाब्बोर कायुमोभ, दूरसञ्चार क्षेत्रमा २० वर्षको अनुभव
काठमाडौं । एनसेल आजियाटाको नयाँ प्रमुख कार्यकारी अधिकृत(सीइओ) तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ नियुक्त भएका छन् । एनसेलको सञ्चालक समितिको मंगलबार (वैशाख २६) बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो । उनले आज (वैशाख २७)बाट आफ्नो कार्यभार सम्हालेका छन् । यससँगै एनसेलका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा गु्रपको प्रधान कार्यालयमा १ जुन २०२३ देखि ‘आजियाटा गु्रप चिफ कर्पोरेट अफिसर’का रुपमा कार्यभार सम्हाल्नेछन् । जाब्बोर यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) जस्ता शीर्ष दूरसञ्चार संस्थाअन्तर्गत थुप्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । उनीसँग करिब २० वर्ष दूरसञ्चार उद्योगको उच्च व्यवस्थापनमा रही काम गरेको अनुभव छ । दूरसञ्चार क्षेत्रका धेरै कम्पनीमा आफ्नो उत्कृष्ट ट्रय्याक रेकर्ड राख्न सफल जाब्बोर कुशल व्यावसायिक नेतृत्वका रूपमा चिनिन्छन् । एनसेलमा आवद्ध हुनु अघि, उनले डिजिसेल ट्रिनिडाड एन्ड टोबागोको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए र डिजिसेल जमैकामा अप्रिल २०२३ सम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । क्यारेबियन देशहरूमा कार्यरत रहँदा उनले डिजिटल सेवाप्रदायक बन्नका लागि व्यावसाय सञ्चालन परिर्वतनको नेतृत्व गरेका थिए । ‘एनसेल टिममा सामेल हुन पाएकोमा म हर्षित छु, प्रभावशाली फुटप्रिन्ट र बलियो ब्रान्ड पोर्टफोलियो भएको एनसेलको प्रतिभावान् टिमसँग काम गर्न उत्सुक छु, टिमसँग काम गर्दै व्यावसायिक कार्यसम्पादनमा वृद्धि गर्नु र आजियाटा ग्रुपको बृहत्तर भिजन एड्भान्सिङ एसियामा आधारित हुँदै नेपालको डिजिटल विकास र नेपालीको जीवनस्तर सुधारमा योगदान पु¥याउन ध्यान केन्द्रित गर्नेछु,’ जाब्बोरले भने, ‘१ करोड ६० लाखभन्दा बढी ग्राहक र नेपालीको सेवा गर्न पाउँदा म गौरवान्वित छु ।’ दूरसञ्चार उद्योगको व्यापक ज्ञानका साथ जाब्बोरले प्रमुख कार्यकारीको रूपमा रही सफल ट्रय्याक रेकर्ड कायम गरेका छन् । पिपल लिडरसिप, बिजनेस इम्प्रुभमेन्ट, डिजिटल स्ट्राटेजी, अर्गनाइजेसनल डिजाइन र प्रोसेसेस् लगायत क्षेत्रमा गरेका उदाहरणीय कामका लागि उनी चिनिन्छन् । उनले ताजिकिस्थानको खुजन्ड स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । नयाँ प्रविधि र ग्राहककेन्द्रित नवीन सेवा–सुविधामा जाब्बोरको चासो छ । डिजिटल इनोभेसन, उच्च ग्राहक सन्तुष्टि र व्यावसायिक सफलता हासिल गर्नका लागि सहयोगी वातावरण अत्यावश्यक रहने उनको विश्वास छ ।
नेपालगञ्जमा आयुर्वेद उपचारको आकर्षण बढ्दै
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्ट्रेकाकी सुमित्रा सुवेदीलाई थाइराइड र ग्यासट्रिकले सताउन थालेको धेरै वर्ष भयो । उनले धेरै औषधि गर्नु पनि भयो तर, समस्या कम नभएपछि आयुर्वेदिक औषधि खान सुरु गरिन् । उनले आयुर्वेदिक औषधि खान थालेको चार महिना भएको छ । ‘अरू औषधि जति खाए पनि काम गरेन, महँगो भए पनि आयुर्वेदिक औषधिको ‘साइडइफेक्ट’ छैन’, उनले भने, ‘स्वास्थ्यचौकीले २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क दिने भएकाले राहत भएको छ ।’ नेपालगञ्जमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको चासो बढ्न थालेको छ । आयुर्वेद उपचारको महत्व, विश्वसनीयता र प्रभावकारितापछि बिरामीमा आयुर्वेद उपचार पद्धतिप्रतिको चासो बढेको पाइएको हो । बाँके आयुर्वेद केन्द्रका प्रमुख डा अनिलकुमार चौधरीका अनुसार कोरोना महामारीपछि आयुर्वेद सेवा लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । ‘कोरोनाअघि आयुर्वेद सेवाबारे नागरिकमा चासो थिएन, सरकारले पनि यसलाई खासै महत्व दिएको अवस्था थिएन’, डा चौधरीले भने, ‘कोरोना महामारीपछि भने आयुर्वेदको महत्व जनमानसमा ह्वात्तै बढ्यो, सरकारले पनि विभिन्न कार्यक्रम गरी जनमानसमा आयुर्वेदप्रतिको भरोसा बढायो ।’ कोरोनापछि सङ्घ र प्रदेश सरकारले विभिन्न कार्यक्रमका माध्यमबाट जनतासँग प्रत्यक्ष भेटेर आयुर्वेद उपचारको महत्वबारे जानकारी दिनेदेखि क्वारेन्टिनमा बसेका बिरामीलाई निःशुल्क औषधि वितरण गरी स्वास्थ्यलाभ भएको हुँदा अहिले आयुर्वेद उपचार गराउने बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको डा चौधरीले जानकारी दिए । विपन्न वर्गका महिलाले बच्चा जन्माइसकेपछि खानपानको कमीले गर्दा बच्चालाई आमाको दूध नपुगेको अवस्थामा स्तनपान सेवाअन्तर्गत दूधवद्र्धकका लागि कुरिलोको चूर्ण र दशमूल तेल निःशुल्क उपलब्ध गराइरहेको छ । सरकारी दरमा ल्याब सेवा पनि सञ्चालनमा ल्याइएको छ भने नसर्ने रोग र दीर्घ जीवनका लागि बिहान ५ देखि ६ः३० बजेसम्म योग कक्षा पनि सञ्चालन भइरहेको छ । केही वर्षअघिसम्म पाँचदेखि १० जना उपचारका लागि आउने गरेकामा अहिले भने दैनिक ५० देखि ६० बिरामी उपचारका लागि आउने गरेको वरिष्ठ कविराज निरीक्षक डा गीता रेग्मीले जानकारी दिए । प्रदेश सरकारमार्फत पाँच करोड रुपैयाँको लगानीमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुन लागेको छ । त्यसमा आयुर्वेदका आठवटै अङ्गका विशेषज्ञसहितको सेवा प्रदान गरिने उद्देश्यले प्रदेश सरकारले अस्पताल निर्माण गर्न लागेको हो । डा रेग्मीका अनुसार अधिकांश बिरामी पाइल्स, फिसर, फिस्टुला, बाथ, आँखासम्बन्धी रोग, पेटसम्बन्धी रोग, नसारोग, महिलाको सेतो पानी बग्नेलगायतका बिरामी उपचारका लागि आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने गरेका छन् । पछिल्लो तथ्याङ्कानुसार आव २०७७/७८ मा २२ हजार छ सय ६९ ले आयुर्वेदको सेवा लिएका थिए । त्यसमध्ये महिला १० हजार नौ सय ३४ रहेका थिए भने ११ हजार सात सय ३५ पुरुषले आयुर्वेदको सेवा लिएका छन् । त्यस्तै आव २०७८÷७९ मा ३५ हजार दुई सय ६८ ले सेवा लिएका छन् । त्यसमध्ये १७ हजार तीन सय ८२ महिला र १७ हजार आठ सय ८६ पुरुषले आयुर्वेद सेवा लिएका छन् । आयुर्वेद केन्द्रमा उपचारका लागि बाँकेका मात्र नभएर बाहिरी जिल्ला र भारतको बहराइजबाट पनि बिरामी आउने गरेको डा रेग्मीले बताए । दैनिक बिरामीको सङ्ख्या वृद्धि भएपछि अहिले बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव भएको छ । केन्द्रले न्यून शुल्कमा विभिन्न सेवा प्रदान गर्ने गरेको छ । रासस
फरार सांसद रायमाझीले संसदमा चिठी लेख्दै मागे विरामी विदा
काठमाडौं । नेपाल प्रहरीको फरार सूचिमा रहेका सांसद टोपबहादुर रायमाझीले संसद सचिवालयमा चिठी लेख्दै बिरामी विदा माग गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको रायमाझीले स्वकीय सचिवमार्फत संसदमा पत्र पठाउँदै बिरामी विदा मागेका हुन् । गत बिहीबार नेपाल प्रहरीले पक्राउ पुर्जी जारी भएसँगै रायमाझी फरार छन् । उनलाई नेकपा एमालेले पार्टी सचिव पदबाट निलम्बन गरिसकेको छ । संसद सचिवालयले त्यो पत्र दर्ता भने गरेको छैन ।