
काठमाडौं । नेपाल प्रहरीको फरार सूचिमा रहेका सांसद टोपबहादुर रायमाझीले संसद सचिवालयमा चिठी लेख्दै बिरामी विदा माग गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको रायमाझीले स्वकीय सचिवमार्फत संसदमा पत्र पठाउँदै बिरामी विदा मागेका हुन् ।
गत बिहीबार नेपाल प्रहरीले पक्राउ पुर्जी जारी भएसँगै रायमाझी फरार छन् । उनलाई नेकपा एमालेले पार्टी सचिव पदबाट निलम्बन गरिसकेको छ ।
संसद सचिवालयले त्यो पत्र दर्ता भने गरेको छैन ।