निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिन : गृहमन्त्री श्रेष्ठ

<p>काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष डराउनु नपर्ने र भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रम उनले यस्तो बताएका हुन् । अहिले सरकारले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मुल रुपमा उठाएका बताउँदै उनले भने, &#8216;कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन्, दोषीलाई जहाँ गएपनि छोड्दैनौँ, यो हाम्रो प्रतिवद्धता हो [&hellip;]</p>

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष डराउनु नपर्ने र भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रम उनले यस्तो बताएका हुन् ।

अहिले सरकारले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मुल रुपमा उठाएका बताउँदै उनले भने, ‘कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन्, दोषीलाई जहाँ गएपनि छोड्दैनौँ, यो हाम्रो प्रतिवद्धता हो ।’

उनले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए ।

Share News