अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन
काबुल । अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेको तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेको छ । ‘तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति अन्तरराष्ट्रिय जगतसँग संलग्न हुन र साझेदारी गर्न नइच्छुक रहेको सङ्केत गर्छ,’ ह्युमन राइट्स वाचका महिला अधिकार निर्देशकलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ । अफगानिस्तानका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह हसन अखुन्दजादाले आफ्नो कतारी समकक्षीसँगको भेटमा कतारी अधिकारीहरूलाई अफगानिस्तान र अन्तरराष्ट्रिय समुदायबीच विश्वासको वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाहका लागि आग्रह गरेका थिए । तालिवानका एकजना प्रवक्ताले तालिबानसँग कतारको बलियो सम्बन्ध रहेको तर महिलाप्रतिको नीतिलाई लिएर दोहाले काबुलको अलोचना गरेको बताएका थिए । उनले अफगानिस्तानको सत्ता कब्जा गरेदेखि, तालिबान नेतृत्वले लगातार अफगान महिला र केटीहरूको शिक्षा र रोजगारीमा पहुँच प्रतिबन्ध लगाउने कडा आदेश जारी गरेकामा कतारले आलोचना गरेको खामा प्रेसले बताएको छ । कलेज र स्कुलमा छात्रालाई निषेध गरिएपछि हजारौँ महिला घरमै बसेका छन्भने स्थानीय र अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा महिलालाई काममा प्रतिबन्ध लगाइएको छ । यद्यपि केही महिलाले विद्रोह गरेर व्यापार वा अन्य व्यावसायिक प्रयास थालेका छन् । रासस
पाटा शिखर सम्मेलन, दीगो पर्यटन र डिजिटाइजेशनमा विज्ञको जोड
काठमाडौं । पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट २०२३ सम्पन्न भएको छ । पर्यटकीय नगरी पोखरामा आयोजित एशिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेशनलको ‘वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट —२०२३’ दीगो पर्यटन तथा डिजिटाइजेशनमा जोड दिंदै सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पाटा इन्टरनेशनलको मुख्य आयोजना एवं पोखरा महानगरपािलका र पोखरा पर्यटन परिषद्को संयोजनमा यही जेठ १६ देखि पोखरामा मार्ट शुरु भएको थियो । चार दिनसम्म चलेको सम्मेलन तथा मार्टमा भएको बहस तथा छलफलमा आर्थिक विकासको दीगो पर्यटन आजको आवश्यक्ता भएकोमा विज्ञहरुले जोड दिएका छन् । उनीहरुले बदलिंदो परिवेशमा पर्यटन विकास र प्रर्वद्धनको लागि डिजिटाइजेशनलाई समेत संगसंगै लैजानुपर्ने बताए । यस्तै उनीहरुले विश्व पर्यटन विस्तारै कोभिड अघिको लयमा फर्किन थालपनि पर्यटनले आर्थिक मन्दिको असर ब्यहोरिरहेको बताए । विज्ञहरुका अनुसार विश्वको पर्यटनलाई कोभिड अघिको अवस्थामा फर्किन करिब एक वर्ष कुर्नु पर्ने धारणा समेत राखेका छन् । नेपालमा पहिलोपटक आयोजना गरिएको यो सम्मेलन कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल भएको आयोजकको विश्वास छ । सम्मेलनमा विभिन्न २१ देशका अतिथि, क्रेता र बिक्रेतासहित २५० भन्दा बढिको सहभागीता रहेको मार्टमा विभिन्न देशका पर्यटन विज्ञहरुले विश्वको पछिल्लो पर्यटनको अवस्था,चुनौती र अबसर ,आर्टिफिसियल इन्टिेलिजेन्स,सोशल मिडिया एन्फुलुएन्स, महामारी र दीगो पर्यटनका विभिन्न आयामबारे बहस तथा छलफल गरेका थिए । कार्यक्रममा मालदिप्सका पर्यटन मन्त्री अब्दुल्ला मासुम, सहित विभिन्न देशका पर्यटनविज्ञ प्रोफेसर डा. वल्फजेन जर्ज अल्र्ट, प्रोफेसर अन यू लिउ,डा.चियुत मित्रचोव, मातुक मासु युसुफ, मधुवनी पेरेरा,एन्डयु स्टेपलेज, मार्ट गिब्कस, हर्बट युम, मयुर पटेल, श्रीधर किपारगुन,रकि फिलिप्स, फ्लोरियन सेन्जस्टिसमेज, रोशाबेला योङ्ग, पीटर साइमोन, डा.धनन्जय रेग्मी, नन्दिन लाहे थापा,लिजा चोग्याल, राज ज्ञवाली,उप्युल मजुम्दार, विनीता के. शाक्य, लक्की क्षेत्री लगायतले पर्यटनका विधि आयामबारे धारणा राखेका थिए । सम्मेलनका अवसरमा पाटाको वार्षिक शिखर सम्मेलन, मुख्य कन्फेन्स, पाटा मार्ट बिटुबी , युथ सिम्पोजियम र नेपालको पर्यटकीय गन्तव्यको भ्रमण अनुभव साटासाट लगायतका कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम समापनसंगै पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले नेपालले भव्य र व्यवस्थित रुपमा पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट आयोजना गरेमा बधाई दिँदै यो सम्मेलनले नेपाललाई सुन्दर,सुरक्षित र साहसिक पर्यटनको गन्त्वयका रुपमा चिनाउन सघाउ पुग्ने बताए । पाटा इन्टरनेशनल सुमन पाण्डे वार्षिक सम्मेलन तथा एडभेन्चर मार्ट भव्यरुपमा सम्पन्न भएको र यसले नेपाललाई साहसिक गन्त्वका रुपमा थप परिचित गराउने पुग्ने बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य मदन आचार्यले अन्तरराष्ट्रियस्तरको यो कार्यक्रम आयोजनाले पोखरासंगै समग्र नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले विभिन्न देशबाट सहभागी विज्ञ सदस्ययहरुका बीचमा भएको छलफल अन्तरक्रिया सहितको पाटा मार्टले कोभिडपछि लयमा फर्किदै गरेको पर्यटनमा नयाँ आयाम थप्ने बताए भे । कार्यक्रमको गत मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए ।
३ वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक
काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयु) मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३२औँ वार्षिकोत्सव तथा साधारणसभाको बिहीबार महेन्द्रनगरमा उद्घाटन गर्दै पूर्वमन्त्री लेखकले अब तीन वर्षमा बन्दरगाह बनेर भारतसित जोडिने बताए । उनले सुदूरपश्चिमको डडेल्धुरास्थित शिर्ष र बैतडीको झुलाघाटमा महाकाली नदीमा पक्की पुल बनाउने घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट हुनु सुखद् विषय भएको बताए । ‘सुक्खा बन्दरगाह तीन वर्षमा सम्पन्न गर्न सबैको जोड हुनुपर्छ’, उनले भने, ‘निर्णय कार्यान्वयका लागि पूर्णरूपले लाग्ने प्रतिबद्धता व्यक्त गर्छु ।’ प्रमुख सचेतक लेखकले त्रिदेशीय नाकाका रूपमा कञ्चनपुर नाकालाई विकास गर्न खोजिएको उल्लेख गर्दै महाकाली करिडोरमार्फत चीनसित जोड्ने काम पनि अघि बढिरहेको बताए । ‘आगामी दसैँ–तिहार सेरोफोरोमा ब्रह्मदेवबाट डडेल्धुराको जोगबुढा करिडोर बनाएर पु¥याउने प्रयास हुँदैछ’, उनले भने, ‘यहाँको मझगाउँ विमानस्थलका बारेमा पनि प्रक्रियागतरूपले जग्गा प्राप्तिको विषय अघि बढेको छ ।’ विमानस्थलका लागि नेपाली सेना र प्रति जमिन अधिग्रहणका लागि मन्त्रालयहरूबीच समन्वय भइरहेको नेता लेखकले जानकारी दिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तारालामा तामाङ, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललगायतले सुदूरपश्चिमको विकास, आर्थिक तरलताका कारण व्यापारी, व्यवसायीले झेल्नुपरेको समस्यालगायत विषयमा आफ्ना धारणा राखका थिए । नेता लेखकले मझगाउँस्थित निर्माणाधीन विमानस्थलको स्थलगत निरीक्षणसमेत गरे ।
फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार छापावाल सुनको मूल्य बढेर तोलाको १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो सुन तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल र श्रीलंकामा अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र लंकापेबीच समझदारी
काठमाडौं । नेपाल र श्रीलंकामा अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र लंकापेबीच समझदारी भएको छ। दुई देशबीच भुक्तानी प्रणाली विकासका लागि सहकार्य गर्न नेपालको भुक्तानी नेटवर्क फोनपेले श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क लंकापेसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यस किसिमको डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रका प्रयोगकर्ताहरूलाई निर्वाध रूपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउने कम्पनीले जनाएको छ। फोन-पेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिवसकुमार सापकोटा र लंका-पेका सिइओ चन्ना डी सिल्भाले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडौंस्थित श्रीलंका दूतावासका चार्ज डे अफेयर्स तथा चान्सरी प्रमुख श्रीमती निलुषा दिलमिनीको विशेष उपस्थिति थियो। एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डिरेक्टर डेनियल डि. श्रेष्ठ र फोन-पेका अध्यक्ष विश्वास ढकाल पनि कार्यक्रममा उपस्थिति थियो। फोन-पेका अनुसार यो सहकार्य दुई देशबीच भ्रमण गर्नेहरूको सहजताका लागि प्रभावकारी हुनेछ। श्रीलंकाका नागरिकहरूले नेपाल भ्रमण आउँदा लंकापेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोन-पे नेटवर्कका विभिन्न मर्चेन्टहरूमा ‘क्युआर’ भुक्तानी गर्न सक्नेछन्। त्यसैगरी श्रीलंका जाने नेपाली नागरिकहरूले फोन-पेद्वारा अधिकृत एपहरू प्रयोग गरी ‘क्युआर’ भुक्तानी गर्न सक्नेछन् । यसपछि फोनपे वा लंकापेमध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकहरूले यी दुई सञ्जालका मर्चेन्टहरूमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। यस सहकार्यमा उत्साहित हुँदै फोन-पेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने, ‘यो सहकार्य भनेको नयाँ अवसरहरू विस्तार गर्न, वित्तीय समावेशीकरण बढाउन र समृद्ध डिजिटल अर्थतन्त्र सिर्जना गर्न प्रविधिको प्रयोग गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो।’ यो सहकार्यले, नवप्रवर्तन र अन्तरआबद्धताद्वारा राष्ट्रको आर्थिक वृद्धिलाई नयाँ उचाइमा पुग्नको लागि मद्दत पुर्याउने उनको भनाइ छ। ‘यो साझेदारी हाम्रो लागि निकै महत्त्वपूर्ण छ। हामीले नेपालमा मात्र नभई हाम्रो सबैभन्दा नजिकको दक्षिण एसियाली देश श्रीलंकामा पनि क्रसबोर्डर डिजिटल भुक्तानीलाई छिटो, सुरक्षित र सजिलो बनाउन मद्दत गर्नेछौं,’ उनले भने। समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै, लंका-पेका प्रमुख कार्यकारी अधिकृत चन्ना डी सिल्भाले भने, ‘यो साझेदारी, श्रीलंकामा डिजिटल भुक्तानीमा फड्को मार्ने उद्देश्यको महत्त्वपूर्ण कोसेढुंगा सावित भएको छ। यो रणनीतिक साझेदारीले हाम्रा ग्राहकहरूका लागि सहज र समावेशी भुक्तानीको वातावरण सिर्जना गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ। हाम्रा सम्बन्धित प्लेटफर्महरूबीचको दूरी घटाई, हामी नयाँ सम्भावनाहरू खोल्दैछौं जसले व्यक्ति र व्यवसायहरूलाई सहज रूपमा भुक्तानी कारोबार गर्ने वातावरण बनाउँछ।’ उनले फोन-पेसँग अन्तरआबद्धताको यो यात्रा सुरू गर्न पाउँदा हर्षित भएको पनि बताए । कार्यक्रममा ग्रुप स्ट्राटेजी डिरेक्टर डेनियल डि. श्रेष्ठले भने, ‘श्रीलंकाको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कसँगको यो समझदारी— हामीले बैंक तथा वित्तीय संस्थाहरूसँग संयुक्त रूपमा नेपालमा हासिल गरेका सफलताहरूलाई अन्तर्राष्ट्रिय बजारमा पनि दोहोर्याउने हाम्रो दीर्घकालीन रणनीतिको हिस्सा हो ।’ फोनपेका अध्यक्ष विश्वास ढकालले यो फोन-पेका लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि डिजिटल भुक्तानी क्षेत्रमा अन्तरआबद्धता हासिल गर्ने ऐतिहासिक कदम भएको बताए । ‘श्रीलंका र नेपालबीचको यो भुक्तानी अन्तरआबद्धताले उहिलेसम्म दुईदेशबीच रहँदै आएको साँस्कृतिक सम्बन्धसँगै व्यापारिक कारोबारलाई पनि सहज र सर्वसुलभ बनाई दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन कोशेढुंगा साबित हुनेछ,’ उनले भने।
५६ अर्बले बढ्यो सरकारको सम्पत्ति, कुन निकायको कति ?
काठमाडौं । नेपाल सरकारका मन्त्रालय र मातहतका निकायसँग साढे १ खर्ब रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत जेठ १० गतेसम्म १ खर्ब ४५ अर्ब ९९ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति रहेको देखिएको हो । महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०७६/७७ बाट सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पीएएमए)मा अद्यावधिक गर्न थालेको हो । यसअघि आर्थिक वर्ष २०७६/७७ मा मात्र ९० अर्ब रुपैयाँ बराबरको मात्र सम्पत्ति विवरण अध्यावधिक भएकोमा चालू आर्थिक वर्षसम्म आइपुग्दा साढे १ खर्ब भएको हो । तर, महालेखा नियन्त्रक कार्यालयका अधिकारीहरु प्रदेश तथा स्थानीय तहका कर्मचारीले चासो नदेखाउँदा सरकारको सम्पत्ति अझै यकिन नभएको बताउँछन् । आर्थिक वर्ष २०७७/७८ मा संघीय मन्त्रालय, निकाय र ती अन्तर्गतका कार्यालयले आफूसँग कुल १ खर्ब ८० करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको विवरण महालेखा नियन्त्रक कार्यालयलाई बुझाएका छन् । यसअघि आर्थिक वर्ष २०७६/७७ मा मात्र ९० अर्ब रुपैयाँ बराबरको मात्र सम्पत्ति विवरण अध्यावधिक भएको थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार प्रत्येक सरकारी कार्यालयले आफ्नो हक स्वामित्वमा रहेको सम्पत्तिको लेखांकन, उपयोग तथा संरक्षण गर्नु पर्छ । ती निकायले महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गरेको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पीएएमए) प्रणालीमा विवरण अद्यावधिक गर्नुपर्छ । सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पीएएमए) लागू भएको लामो समय हुँदा समेत उक्तप्रणाली सञ्चालनमा चासो देखिएको छैन् । प्रदेश तथा स्थानीयतहका कर्मचारीहरुले उक्त प्रणालीमा विवरण प्रविष्ट नगर्दा सरकारी सम्पत्तिको एकिन तथ्यांक नै नआएको महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्री रमण खनाल बताउँछन् । ‘केन्द्रीय कर्मचारी तथा महालेखा नियन्त्रक कार्यालय अन्तर्गतका लेखाका कर्मचारीहरु प्रदेश र स्थानीयतहमा छैनन्, हाम्रा कर्मचारीहरु त्यहाँ नहुँदा उनीहरु हामीप्रति जिम्मेवारी छैनन्’, उनले भने, ‘उनीहरु हामीप्रति जिम्मेवारी पछि छैनन्, जवाफदेही पनि छैनन्, हामीले भनेका कामहरु पनि गर्दैनन्, त्यो कारण राज्यको हिसाव खोज्नुपर्ने समय आएको छ ।’ प्रदेश तथा स्थानीय तह स्वायत्त निकाय भने तापनि मागेको समयमा डाट ासमेत नपाउने गरेको उनले गुनासो गरे । ‘पाम्स लागू गर्न उनीहरु इच्छुक नै छैनन्, यो संघको सप्टवेयर हो, हामीले किन डाटाइन्ट्री गर्ने भन्नेर डाटा नै राख्दैनन्, सरकारले खर्च गरेर सबै सम्पत्ति एकीकृत गर्ने भनेर सञ्चालनमा ल्याएको प्रणाली नै उनीहरुका कारण राम्रो भएन’, उनले भने । सरकारी सम्पत्तिहरुको एकीकृत विवरण राख्न पटक/पटक निर्देशन दिएता पनि कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ ।
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो । जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गर्दै महानगरले व्यवसायीलाई सवारीसाधान गोँगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको हो । काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउन आग्रह गरेको छ । ’काठमाडौंबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँग आग्रह गरिन्छ’, महानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ । बैठकले निर्णय गरिसकेपछि पनि अनाधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको महानगरले जनाएको छ । धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले जनाएको छ । सूचनाको अटेरी गरे असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीले नियमानुसार कानुनी कारबाही गर्नेसमेत महानगरको सूचनामा उल्लेख छ ।
ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री
काठमाडौं । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् ।नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्लले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताएका छन् । नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको जनाए । ‘जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ’, उनले भने ‘नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भयो ।’ महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको प्रधानमन्त्री दाहालले जानकारी दिए। ‘यीलगायत विभिन्न कारणबाट मेरो भारत भ्रमण महत्वपूर्ण रह्यो, प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक भएको ‘वान टु वान’ छलफलबाट यो सहमति भएको हो’, उनले भने । सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री दाहालले बताए। सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौँ भनेर आफूले प्रस्ताव गरेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पारवहन सम्झौताको पुनरावलोकन र नवीकरण, अन्तरदेशीय प्रसारणलाइन निर्माण, पेट्रोलियम पाइपलाइन निर्माण र विस्तार, एकीकृत जाँच चौकी निर्माण, महाकाली नदीमा पक्की पुल निर्माण, अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री दाहाल आज मध्यप्रदेशको इन्दोर जाने कार्यक्रम छ । त्यहाँ रहँदा उनले मध्यप्रदेशका राज्यपालसँग भेटवार्र्ता तथा फोहोर व्यवस्थापन अभ्यासको अवलोकन गर्ने कार्यक्रम छ ।