विकासन्युज

‘सरकारले निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेको छैन’

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको बताएका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बौल्दै मन्त्री श्रेष्ठले सरकारको मनशाय जिल्ला निर्वाचन कार्यालय हटाउने र जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने नरहेको बताएका हुन् । उनले सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने भन्ने शब्द परेको भएपनि सरकारको आशय खोरजी गर्ने नरहेको बताए । ‘निर्वाचन आयोगसँगको परामर्श बिना सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने कुरा कानूनी रुपमा पनि मिल्दैन, खर्च कम गर्नका लागि वर्षभर काम कम आउने कार्यालयहरुको खारेजी वा साइज घटाउने निर्णय भएपनि जिल्ला निर्वाचन कार्यालय खारेजी गर्ने निर्णय भएकाे छै,’ उनले भने ।

बालुवा छानेर विद्यालय खर्च जुटाउँदै कन्चनपुरका विद्यार्थी

बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा अध्ययन गर्छिन् । प्रत्येक दिन दिउँसोको समयबाहेक महाकाली नदीमा बालुवा छानिरहेको भेटिन्छिन्, उनी । विद्यालय समयबाहेक महाकालीमा बालुवा, गिट्टी छानेर पढाइको खर्च जोहो गर्ने गरेको रेश्माले बताइन् । ‘परिवारको आर्थिक अवस्था कमजोर छ, त्यसैले लेखपढका लागि कापी, किताब किन्न पैसा होस् भनेर बालुवा छान्ने काम गर्छु’, उनले भनिन्, ‘विद्यालयबाट फर्किएर दिउँसोदेखि बेलुकासम्म बालुवा छान्छु ।’ रेश्माका अनुसार बुबा कामको सिलसिलामा भारतमा छन् । आमा महाकालीमै बालुवा छान्ने काम गर्छिन् । आमासँगै महाकालीमा बालुवा छानेर विद्यालयको खर्च जुटाउनुका साथै बिहान–बेलुकाको खानाको जोहो समेत गर्ने गरेको उनको भनाइ थियो । ब्रह्मदेवकै करिष्मा दमाईंले यसपटक कक्षा १० को परीक्षा दिइन् । उनी एसइई दिएर फुर्सदको समयमा बालुवा, गिट्टी छान्ने काम गर्छिन् । ‘उच्च शिक्षा पढ्न पैसा छैन, परीक्षा दिएपछि फुर्सदको समयमा बालुवा छान्ने गर्नु । त्यसबाट आएको पैसा बचत गरेर राख्छु’, उनले भनिन् । बालुवा छानेर पाएको पैसाले उच्च शिक्षा पढ्ने सपना पूरा हुने र घरपरिवारलाई आर्थिक सहायता हुने करिष्माको भनाइ छ । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ । आमाबुवासँगै विद्यालय पढ्ने उमेरका बालबालिका पनि बालुवा, गिट्टी छान्ने काममा जुटेका देखिन्छन् । आर्थिक अवस्था कमजोर भएका तटीय क्षेत्रका बासिन्दा तराईको उखरमाउलो गर्मीकै बीच असिनपसिन भएर नदीजन्य पदार्थ उत्खनन गरेर जीविकोपार्जन गर्ने गर्दछन् । ‘घरपरिवारको सबै खर्च बालुवा छानेरै चलेको छ, अरू केही काम पाइँदैन’, ब्रह्मदेवकी कलावती पालले भनिन्, ‘बालुवा नछाने भोकै बस्नुपर्ने अवस्था छ ।’ उनका अनुसार विद्यालयको समयबाहेक अन्य समयमा बालबालिका पनि बालुवा, गिट्टी छान्ने काम सघाउनका लागि आउने गरेका छन् । कलावतीका श्रीमान् मानसिंह पनि महाकालीमै बालुवा छान्ने काम गर्छन् । उनका चार छोराछोरी छन् । ‘खेतीपाती गर्न पर्याप्त जमिन छैन, बस्नलाई छाप्रो मात्रै छ, घरका सबै सदस्य यो काममा जुट्छौँ’, मानसिंहले भने, ‘महाकालीकै भरमा जीवन चलेको छ, गहुँ, चामल किनेरै खानुपर्छ ।’ सातरआठ महिना बालुवा छानेर कमाएको पैसाले विद्यालय खर्च जोहो गर्ने गरेको कक्षा ९ मा अध्ययनरत विद्यार्थी माया भुलले बताए । उनका अनुसार कार्तिक सुरुआतदेखि नदी तटीय क्षेत्रका आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य बालुवा छान्ने काममा जुट्ने गर्दछन् । गिट्टी बालुवा बेचेर मासिक १५ हजारसम्म आम्दानी गर्ने गरेको मायाले बताइन् । बालुवा प्रतिट्रली एक हजार पाँच सय र गिट्टी दुई हजार सात सयमा बिक्री गर्ने गरेको दुरा भुलले बताइन् । ‘एक मान्छेलाई ट्रली बनाउन हप्तादिनभन्दा बढी लाग्छ । दुईरतीनजना मिलेर दुईरतीन दिनमा एक ट्रली तयार हुन्छ’, उनले भनिन्, ‘ट्र्याक्टर धनी यहीँ आएर गिट्टी, बालुवा किन्छन् ।’ रासस

नेप्सेमा एक लघुवित्तको १९ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तको १९ प्रतिशत बोनस बापत ५ लाख ९४ हजार ४६३.२८१६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल मेडिकल कलेजले गर्यो अनिश्चितकालका लागि ओपीडी सेवा बन्द

काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले अनिश्चितकालका लागि ओपीडी सेवा बन्द बन्द गरेकाे छ । बिरामीका आफन्तले तोडफोड गरेपछि अस्पतालले ओपीडी सेवा बन्द गरेकाे हाे । अस्पतालले प्रशासनले बुधबार एक सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ । आइतबार पित्तथैलीको शल्यक्रियाकाे लागि भर्ना भएकाे बिरामीकाे उपचारकाे क्रममा मृत्यु भएपछि मंगलबार बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए ।

नेपाल वन सेवाले माग्यो २२९ जना कर्मचारी, रुख चढ्न जान्नेलाई अवसर

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेपाल वन सेवामा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । नेपाल वन सेवाले विभिन्न पदमा २२९ जनाका लागि कर्मचारीको माग गरेको हो । लोक सेवा आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै नेपाल वन सेवाको श्रेणीविहीन पदहरुका लागि खुला र समावेशी प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पद पूर्तिका लागि विज्ञापन खुलाएको हो । आयोगले वन सेवा अन्तर्गत गेम स्काउट, वन रक्षक तथा माहुत पदका लागि रोजगार खुलाएको सूचनामा उल्लेख गरेको छ । आयोगको धनकुटा कार्यालयबाट ११ जना, खोटाङ कार्यालयबाट १७ जना, काठमाडौं कार्यालयबाट ३२ जना, हेटौंडा कार्यालयबाट ४५ जना, पोखरा कार्यालयबाट २ जना, बागलुङ कार्यालयबाट १३ जना, दाङ कार्यालयबाट ४४ जना, जुम्ला कार्यालयबाट २७ जना, दिपायल कार्यालयबाट ७ जना र महेन्द्रनगर कार्यालयबाट ३१ जनाका लागि रोजगारी खुलाएको हो । आयोगका अनुसार शारीरिक परीक्षण, तन्दुरुस्ती परिक्षा, प्रयोगात्मक परिक्षा तथा लिखित र अन्तर्वार्तामार्फत रोजगारी दिइनेछ । इच्छुक आवेदकले नियमित दस्तुरमा असार १९ गतेसम्म र दोब्बर दस्तुरमा असार २६ गतेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

दोभान हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । दोभान हाइड्रोपावर लिमिटेडले २२ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिक, सर्वसाधारण तथा संस्थामा कार्यरत कर्मचारीको लागि उक्त आइपीओ जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित २२ करोड ८० लाख रुपैयाँको सेयर जारी गर्न लागेको हो । उक्त प्रयोजनका लागि कम्पनीले सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र दोभान हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक पुरञ्जन राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । दोभान हाइड्रोपावरले सोलुखुम्बु जिल्लाको जुनवेशी खोलाको पानीको बहाव सदुपयोग हुने गरी ५।२ मेगावाट क्षमताको जुनवेशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको पूँजी ७६ करोड रुपैयाँ रहेको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको १३२ के।भी। तिङ्गला लमाने सव( स्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको छ । उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ ।

‘रगत अभावमा कोही मर्न नपरोस्’

काठमाडौं । वर्षौंदेखि ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भनेर प्रचार गरिए पनि अझै एक प्रतिशतले पनि रक्तदान गर्ने गरेको पाइँदैन । नेपालमा कूल जनसङ्ख्याको शून्य दशमलव ८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेको पाइन्छ । त्यसमा पनि धेरैले नियमित रक्तदान गरेको पाइँदैन । रक्तदातामध्ये करिब १७ प्रतिशत महिला हुनुहुन्छ र पुरुष ८३ प्रतिशत रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एउटा देशमा रगतको अभाव हुन नदिन कम्तीमा पनि दुई प्रतिशतले रक्तदान गर्नुपर्ने हुन्छ । रक्तदान गर्दा दुर्वल वा कमजोर भइन्छ, अनेक रोग सर्छ र गरिरहेको काममा ह्रास आउँछ भन्ने गलत सोचका कारण पनि धेरैले रक्तदान गर्न योग्य व्यक्तिहरु हिच्किचाउने गर्दछन् । रक्तदान गर्नाले अरूको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्ति स्वयम्को शरीरसमेत स्वस्थ रहन्छ भन्ने जानकारीको अभाव रहेको छ । सामान्यतः १८ देखि ६० वर्षसम्म उमेर र ४५ किलोग्रामभन्दा बढी तौल भएका साथै सबै शारीरिक र हेमाटोलोजिकल मापदण्ड पूरा भएको तथा शरीरमा रगत न्यूनतम् तीन सय ५० मिलिलिटर भएका जो कोहीले पनि रक्तदान गर्न सक्दछन् । सामान्यतयाः एउटा व्यक्तिको शरीरमा छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुन्छ । जबकि रक्तदानको समयमा भने एक युनिट अर्थात् चार सय ७० मिलिमिटर रगतमात्र निकाल्ने गरिन्छ । त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशतमात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा रक्तदातालाई भने कुनै हानि गर्दैन । एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको एक सय २० दिनभित्र उक्त रगत स्वतः नष्ट हुने गर्छ । सोही रगत अरूलाई दान गर्दा व्यक्तिको शरीरमा छिटोछिटो रगतको उत्पादन हुने गर्दछ । नेपाल स्वयम्सेवी रक्तदाता समाज अध्यक्ष प्रेमसागर कर्माचार्य स्वयम्सेवी रक्तदाताहरूले दानमा प्रदान गरिएको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू पीडित बिरामीहरूसमक्ष गुणस्तरीय परीक्षणपश्चात् निःशुल्क उपलब्ध एवं वितरण नगरेसम्म व्यापार नै हुने बताउनुहुन्छ । सरकारले स्वयम्सेवी रक्तदाताहरूद्वारा दानमा प्रदान गरेको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूमा गरिएको शुल्क निर्धारणले स्वयम्सेवी रक्तदाताहरूको मनोबलमा प्रतिकूल असर पुगेको उहाँको भनाइ छ । देशका प्रमुख अस्पतालहरुमा जटिल रोगहरुको उपचार सम्भव एवम् सुविधामा आएको अभिवृद्धिका साथै दिनहुँ बढ्दै गइरहेको दुर्घटना तथा प्राकृतिक विपद् लगायतका कारणले रगतको मागमा अत्यधिक वृद्धि भइरहेको छ । चोटपटक लागेका बिरामी, दुर्घटनामा परेका व्यक्ति, आपत्कालीन एवम् प्रकोपका बेला, बच्चा र गम्भीर रक्तअल्पत्ता भएका वयस्कहरू, रक्तस्रावसँग सम्बन्धित बच्चाहरु, उन्नत शल्यप्रक्रियामा रहेका बिरामीहरू, गम्भीर रक्तअल्पता भएका गर्भवती आदिलाई रगत आवश्यक पर्दछ । सुरक्षित रगतले प्रत्येक वर्ष लाखौँ मानिसको ज्यान बचाउन सकिन्छ । पछिल्लो समय रगतको अभाव बढ्दै गएको छ । दैनिक रुपमा अस्पतालमा रगत खोज्ने बिरामीका आफन्तको सङ्ख्या बढ्दो छ । तर मागअनुसार आपूर्ति भने निकै कम छ । यसले गर्दा आम मानिसमा रगतको माग र आपूर्तिको सन्तुलन मिल्न सकेको छैन । अहिलेसम्म जम्मा तीन लाख मानिसले मात्रै रक्तदान गरेका छन् । काठमाडौँमा पाँच÷छ सय पिन्ट रगतको माग हुने गर्दछ । शनिबार करिब ३०÷४० वटा शिविरहरु सञ्चालदन हुने हुँदा धेरै परिणाममा रक्तदान हुने भएकाले त्यसले दुई÷तीन दिनलाई पुगे पनि बाँकी दिन अभाव नै हुने गरेको ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) का केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति बताउनुहुन्छ । विज्ञानले हालसम्म पनि रगतको विकल्प पत्ता लगाउन नसकिएरहेको सन्दर्भमा बिरामीलाई रक्तसञ्चारको आवश्यकता भएमा स्वसेवी रक्तदाताहरुबाटै सुरक्षित रक्तदान गराउनुको विकल्प छैन । अहिले पनि रक्तदाताहरुको दानबाट नै बिरामीले रगत पाइरहेका छन् र जीवन बचाइरहेका छन् । रगत दान गर्ने प्रत्येक व्यक्तिले रगत दिनुअघि साधारण शारीरिक परीक्षण र रगत परीक्षण पूरा गर्नुपर्छ । व्यक्तिको रक्तचाप, शरीरको तापक्रम, मुटुको दर, हेमोग्लोबिन वा फलामको स्तर सामान्य सीमाभित्र हुनुपर्ने प्रजापति बताउनुहुन्छ । चिकित्सकहरुका अनुसार चिसो, फ्लु, घाँटी दुखाइ, पेट सङ्क्रमण भएका व्यक्तिहरू, ट्याटु वा शरीर छेड्ने व्यक्तिहरूले भर्खर प्रक्रियाको दिनदेखि छ महिनासम्म रगत दान दिन सक्दैनन् भने १३ ग्राम प्रतिडिसीलिटर एलभन्दा कम एच बी भएका पुरुष र १२ ग्राम प्रतिडिसीलिटर एलभन्दा कम एच बी भएका महिलाले रक्तदान गर्न सक्दैनन् । यसैगरी, एचआइभी सङ्क्रमित व्यक्ति, रिक्रिएसनल औषधिहरुको प्रयोग गर्ने व्यक्ति, गर्भवती र स्तनपान गराउने महिलालाई बच्चा जन्माएको नौ महिनासम्म रक्तदान गर्न अनुमति छैन । सुरुसुरुमा स्वयम्सेवी रक्तदाताहरुको कमी हुँदा बिरामीका आफन्तहरुले आफ्नो मान्छेका लागि बाध्यताले रगत दिन्थे भने पैसा तिरेर पेसेवर रक्तदाताहरुबाट रगत खरिद गरिन्थ्यो । नेपालमा स्वयम्सेवी रक्तदानको सुरुआत २००० सालमा स्व दयावीर कंसाकारले गर्नुभएको थियो । पछि २०२३ सालमा वीर अस्पतालमा लक्ष्मी ब्लड बैंकको स्थापना भई नेपालको राष्ट्रिय रक्तसञ्चार सेवा सुरु भएको थियो । स्वयम्सेवी रक्तदाता तथा रक्तदान गर्ने संस्थाहरुसँग स्वयम्सेवी रक्तदाताको अभाव, रक्तदानको प्रचारप्रसार नहुँदा तिनै पेसेवर रक्तदाताहरुको सहारा लिनुपर्ने बाध्यता रहेको थियो । नेपाल रेडक्रस सोसाइटीले २०३३ सालमा रक्तसञ्चार सेवा केन्द्र काठमाडौँ स्थापना गरी यसअन्तर्गत विभिन्न जिल्लामा संस्थागत रुपमा रक्तदान कार्यलाई अगाडि बढाएको थियो । पछि बिरामीलाई स्वच्छ तथा स्वस्थ रगत उपलब्ध गराउन सहयोग पु¥याउनका लागि काठमाडौँ उपत्यकाका स्वयम्सेवी रक्तदान गर्ने विभिन्न सङ्घसंस्थालाई सङ्गठित गरी २०४६ सालमा ब्लड डोनर्स क्लबको स्थापना गरी २०४९ सालमा ब्लोदानको स्थापना गरियो । ब्लोदानका केन्द्रीय अध्यक्ष प्रजापतिले केन्द्रले विभिन्न राष्ट्रिय÷अन्तरराष्ट्रिय सङ्घसंस्थाहरुको सहकार्यमा रगतसम्बन्धी जनचेतनालगायत अन्य गतिविधिहरु निरन्तर सञ्चालन गर्दै आएको र यस वर्ष पनि विश्व रक्तदाता दिवसका अवसरमा यही जेठ २४ देखि ३१ गतेसम्म रक्तदान विभिन्न कार्यक्रमको आयोजना गरिएको बताउनुहुन्छ । ‘रगतको अभावमा कुनै पनि बिरामीको अकालमा मृत्यु नहोस्’ भन्ने मूल उद्देश्यका साथ विभिन्न कारणहरुले रगत आवश्यक परेका बिरामीहरुलाई विना शोधभर्ना स्वस्थ रगत सहजरुपमा रगत उपलब्ध गराउन ‘बिना शोधभर्ना बिरामीलाई रगत उपलब्ध गराउन स्वयम्सेवी रक्तदान अभियानमा सहभागी होऔँ’ भन्ने मूल नाराका यस वर्ष विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको उहाँको भनाइ छ । रगतको अभावले ज्यान गएको छैन । आफन्त साथीभाइ र सामाजिक सञ्जालमार्फत बिरामीले आवश्यक पर्दा रगत प्राप्त गर्न सकेका छन् । सरकारले यस वर्ष पनि डेङ्गुको जोखिम आउनसक्ने बताएकाले अहिलेदेखि नै रगतको अभाव हुन नदिन उच्च सतर्कता देखाउनुपर्ने केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेल बताउनुहुन्छ । उहाँका अनुसार रेडक्रसको देशभरिको तथ्याङ्क हेर्दा १४ प्रतिशत शोधभर्नाबाट रगत प्राप्त भइरहेको छ भने ८६ प्रतिशत शिविर र स्वयम्सेवीहरुबाट भएको छ । राष्ट्रिय रक्तसञ्चार नीति २०७१ मा शत्प्रतिशत नै स्वयम्सेवी रक्तदाताहरुबाट हुनुपर्ने व्यवस्था रहेकाले स्वयम्सेवी रक्तदाताको सङ्ख्यात्मक वृद्धिसँगै उनीहरुलाई तीन÷तीन महिनाको अन्तरमा रक्तदान गर्न उत्पे्ररित गराउनुपर्ने हुन्छ । नीति बनेको १० वर्ष भइसक्दा पनि यसम्बन्धी कानुन नहुँदा धेरै समस्या रहेको पौडेल बताउनुहुन्छ । ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस विश्वभर मनाउन विश्व स्वास्थ्य सङ्गठनले आह्वान गरेअनुरुप ब्लोदानले  पनि यही जेठ २४ देखि ३१ गतेसम्म रक्तदान विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा ए, बी, ओ रक्त समूह पत्ता लगाउने नोवेल पुरस्कार विजेता महान् वैज्ञानिक डा. काल्र्स ल्यान्डस्टेनरको जन्मदिन जुन १४ को अवसर पारी सन् २००४ देखि सप्ताहव्यापी रुपमा मनाउन सुरु गरिएको हो । रासस काठमाडौं । वर्षौंदेखि ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भनेर प्रचार गरिए पनि अझै एक प्रतिशतले पनि रक्तदान गर्ने गरेको पाइँदैन । नेपालमा कूल जनसङ्ख्याको शून्य दशमलव ८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेको पाइन्छ । त्यसमा पनि धेरैले नियमित रक्तदान गरेको पाइँदैन । रक्तदातामध्ये करिब १७ प्रतिशत महिला हुनुहुन्छ र पुरुष ८३ प्रतिशत रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एउटा देशमा रगतको अभाव हुन नदिन कम्तीमा पनि दुई प्रतिशतले रक्तदान गर्नुपर्ने हुन्छ । रक्तदान गर्दा दुर्वल वा कमजोर भइन्छ, अनेक रोग सर्छ र गरिरहेको काममा ह्रास आउँछ भन्ने गलत सोचका कारण पनि धेरैले रक्तदान गर्न योग्य व्यक्तिहरु हिच्किचाउने गर्दछन् । रक्तदान गर्नाले अरूको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्ति स्वयम्को शरीरसमेत स्वस्थ रहन्छ भन्ने जानकारीको अभाव रहेको छ । सामान्यतः १८ देखि ६० वर्षसम्म उमेर र ४५ किलोग्रामभन्दा बढी तौल भएका साथै सबै शारीरिक र हेमाटोलोजिकल मापदण्ड पूरा भएको तथा शरीरमा रगत न्यूनतम् तीन सय ५० मिलिलिटर भएका जो कोहीले पनि रक्तदान गर्न सक्दछन् । सामान्यतयाः एउटा व्यक्तिको शरीरमा छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुन्छ । जबकि रक्तदानको समयमा भने एक युनिट अर्थात् चार सय ७० मिलिमिटर रगतमात्र निकाल्ने गरिन्छ । त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशतमात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा रक्तदातालाई भने कुनै हानि गर्दैन । एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको एक सय २० दिनभित्र उक्त रगत स्वतः नष्ट हुने गर्छ । सोही रगत अरूलाई दान गर्दा व्यक्तिको शरीरमा छिटोछिटो रगतको उत्पादन हुने गर्दछ । नेपाल स्वयम्सेवी रक्तदाता समाज अध्यक्ष प्रेमसागर कर्माचार्य स्वयम्सेवी रक्तदाताहरूले दानमा प्रदान गरिएको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू पीडित बिरामीहरूसमक्ष गुणस्तरीय परीक्षणपश्चात् निःशुल्क उपलब्ध एवं वितरण नगरेसम्म व्यापार नै हुने बताउनुहुन्छ । सरकारले स्वयम्सेवी रक्तदाताहरूद्वारा दानमा प्रदान गरेको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूमा गरिएको शुल्क निर्धारणले स्वयम्सेवी रक्तदाताहरूको मनोबलमा प्रतिकूल असर पुगेको उहाँको भनाइ छ । देशका प्रमुख अस्पतालहरुमा जटिल रोगहरुको उपचार सम्भव एवम् सुविधामा आएको अभिवृद्धिका साथै दिनहुँ बढ्दै गइरहेको दुर्घटना तथा प्राकृतिक विपद् लगायतका कारणले रगतको मागमा अत्यधिक वृद्धि भइरहेको छ । चोटपटक लागेका बिरामी, दुर्घटनामा परेका व्यक्ति, आपत्कालीन एवम् प्रकोपका बेला, बच्चा र गम्भीर रक्तअल्पत्ता भएका वयस्कहरू, रक्तस्रावसँग सम्बन्धित बच्चाहरु, उन्नत शल्यप्रक्रियामा रहेका बिरामीहरू, गम्भीर रक्तअल्पता भएका गर्भवती आदिलाई रगत आवश्यक पर्दछ । सुरक्षित रगतले प्रत्येक वर्ष लाखौँ मानिसको ज्यान बचाउन सकिन्छ । पछिल्लो समय रगतको अभाव बढ्दै गएको छ । दैनिक रुपमा अस्पतालमा रगत खोज्ने बिरामीका आफन्तको सङ्ख्या बढ्दो छ । तर मागअनुसार आपूर्ति भने निकै कम छ । यसले गर्दा आम मानिसमा रगतको माग र आपूर्तिको सन्तुलन मिल्न सकेको छैन । अहिलेसम्म जम्मा तीन लाख मानिसले मात्रै रक्तदान गरेका छन् । काठमाडौँमा पाँच÷छ सय पिन्ट रगतको माग हुने गर्दछ । शनिबार करिब ३०÷४० वटा शिविरहरु सञ्चालदन हुने हुँदा धेरै परिणाममा रक्तदान हुने भएकाले त्यसले दुई÷तीन दिनलाई पुगे पनि बाँकी दिन अभाव नै हुने गरेको ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) का केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति बताउनुहुन्छ । विज्ञानले हालसम्म पनि रगतको विकल्प पत्ता लगाउन नसकिएरहेको सन्दर्भमा बिरामीलाई रक्तसञ्चारको आवश्यकता भएमा स्वसेवी रक्तदाताहरुबाटै सुरक्षित रक्तदान गराउनुको विकल्प छैन । अहिले पनि रक्तदाताहरुको दानबाट नै बिरामीले रगत पाइरहेका छन् र जीवन बचाइरहेका छन् । रगत दान गर्ने प्रत्येक व्यक्तिले रगत दिनुअघि साधारण शारीरिक परीक्षण र रगत परीक्षण पूरा गर्नुपर्छ । व्यक्तिको रक्तचाप, शरीरको तापक्रम, मुटुको दर, हेमोग्लोबिन वा फलामको स्तर सामान्य सीमाभित्र हुनुपर्ने प्रजापति बताउनुहुन्छ । चिकित्सकहरुका अनुसार चिसो, फ्लु, घाँटी दुखाइ, पेट सङ्क्रमण भएका व्यक्तिहरू, ट्याटु वा शरीर छेड्ने व्यक्तिहरूले भर्खर प्रक्रियाको दिनदेखि छ महिनासम्म रगत दान दिन सक्दैनन् भने १३ ग्राम प्रतिडिसीलिटर एलभन्दा कम एच बी भएका पुरुष र १२ ग्राम प्रतिडिसीलिटर एलभन्दा कम एच बी भएका महिलाले रक्तदान गर्न सक्दैनन् । यसैगरी, एचआइभी सङ्क्रमित व्यक्ति, रिक्रिएसनल औषधिहरुको प्रयोग गर्ने व्यक्ति, गर्भवती र स्तनपान गराउने महिलालाई बच्चा जन्माएको नौ महिनासम्म रक्तदान गर्न अनुमति छैन । सुरुसुरुमा स्वयम्सेवी रक्तदाताहरुको कमी हुँदा बिरामीका आफन्तहरुले आफ्नो मान्छेका लागि बाध्यताले रगत दिन्थे भने पैसा तिरेर पेसेवर रक्तदाताहरुबाट रगत खरिद गरिन्थ्यो । नेपालमा स्वयम्सेवी रक्तदानको सुरुआत २००० सालमा स्व दयावीर कंसाकारले गर्नुभएको थियो । पछि २०२३ सालमा वीर अस्पतालमा लक्ष्मी ब्लड बैंकको स्थापना भई नेपालको राष्ट्रिय रक्तसञ्चार सेवा सुरु भएको थियो । स्वयम्सेवी रक्तदाता तथा रक्तदान गर्ने संस्थाहरुसँग स्वयम्सेवी रक्तदाताको अभाव, रक्तदानको प्रचारप्रसार नहुँदा तिनै पेसेवर रक्तदाताहरुको सहारा लिनुपर्ने बाध्यता रहेको थियो । नेपाल रेडक्रस सोसाइटीले २०३३ सालमा रक्तसञ्चार सेवा केन्द्र काठमाडौँ स्थापना गरी यसअन्तर्गत विभिन्न जिल्लामा संस्थागत रुपमा रक्तदान कार्यलाई अगाडि बढाएको थियो । पछि बिरामीलाई स्वच्छ तथा स्वस्थ रगत उपलब्ध गराउन सहयोग पु¥याउनका लागि काठमाडौँ उपत्यकाका स्वयम्सेवी रक्तदान गर्ने विभिन्न सङ्घसंस्थालाई सङ्गठित गरी २०४६ सालमा ब्लड डोनर्स क्लबको स्थापना गरी २०४९ सालमा ब्लोदानको स्थापना गरियो । ब्लोदानका केन्द्रीय अध्यक्ष प्रजापतिले केन्द्रले विभिन्न राष्ट्रिय÷अन्तरराष्ट्रिय सङ्घसंस्थाहरुको सहकार्यमा रगतसम्बन्धी जनचेतनालगायत अन्य गतिविधिहरु निरन्तर सञ्चालन गर्दै आएको र यस वर्ष पनि विश्व रक्तदाता दिवसका अवसरमा यही जेठ २४ देखि ३१ गतेसम्म रक्तदान विभिन्न कार्यक्रमको आयोजना गरिएको बताउनुहुन्छ । ‘रगतको अभावमा कुनै पनि बिरामीको अकालमा मृत्यु नहोस्’ भन्ने मूल उद्देश्यका साथ विभिन्न कारणहरुले रगत आवश्यक परेका बिरामीहरुलाई विना शोधभर्ना स्वस्थ रगत सहजरुपमा रगत उपलब्ध गराउन ‘बिना शोधभर्ना बिरामीलाई रगत उपलब्ध गराउन स्वयम्सेवी रक्तदान अभियानमा सहभागी होऔँ’ भन्ने मूल नाराका यस वर्ष विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको उहाँको भनाइ छ । रगतको अभावले ज्यान गएको छैन । आफन्त साथीभाइ र सामाजिक सञ्जालमार्फत बिरामीले आवश्यक पर्दा रगत प्राप्त गर्न सकेका छन् । सरकारले यस वर्ष पनि डेङ्गुको जोखिम आउनसक्ने बताएकाले अहिलेदेखि नै रगतको अभाव हुन नदिन उच्च सतर्कता देखाउनुपर्ने केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेल बताउनुहुन्छ । उहाँका अनुसार रेडक्रसको देशभरिको तथ्याङ्क हेर्दा १४ प्रतिशत शोधभर्नाबाट रगत प्राप्त भइरहेको छ भने ८६ प्रतिशत शिविर र स्वयम्सेवीहरुबाट भएको छ । राष्ट्रिय रक्तसञ्चार नीति २०७१ मा शत्प्रतिशत नै स्वयम्सेवी रक्तदाताहरुबाट हुनुपर्ने व्यवस्था रहेकाले स्वयम्सेवी रक्तदाताको सङ्ख्यात्मक वृद्धिसँगै उनीहरुलाई तीन÷तीन महिनाको अन्तरमा रक्तदान गर्न उत्पे्ररित गराउनुपर्ने हुन्छ । नीति बनेको १० वर्ष भइसक्दा पनि यसम्बन्धी कानुन नहुँदा धेरै समस्या रहेको पौडेल बताउनुहुन्छ । ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस विश्वभर मनाउन विश्व स्वास्थ्य सङ्गठनले आह्वान गरेअनुरुप ब्लोदानले  पनि यही जेठ २४ देखि ३१ गतेसम्म रक्तदान विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा ए, बी, ओ रक्त समूह पत्ता लगाउने नोवेल पुरस्कार विजेता महान् वैज्ञानिक डा. काल्र्स ल्यान्डस्टेनरको जन्मदिन जुन १४ को अवसर पारी सन् २००४ देखि सप्ताहव्यापी रुपमा मनाउन सुरु गरिएको हो । रासस

अर्थतन्त्रमा भएको नोक्सानीको अपेक्षकृत रिकभरी हुन सकेन : ज्योत्सना श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले कोभिड महामारीबाट भएको नोक्सानीको अपेक्षकृत रिकभरी हुन नसकेको बताएकी छिन् । मंगलबार अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १११ औं सम्मेलनलाई नेपालको रोजगारदाताको तर्फबाट सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । श्रेष्ठले पुनः अर्थतन्त्रमा आएका केही आन्तरिक चुनौतीका कारण नेपालको आर्थिक गतिविधि सुस्त भएको र अपेक्षाकृत अर्थतन्त्र विस्तार हुन नसकेको बताइन् । यद्यपी, विभिन्न चुनौतीहरुका बाबजुद पनि नेपालको निजी क्षेत्र व्यापार वृद्धि, मर्यादित रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको अभिवृद्धि, साना तथा मझौला उद्यमहरूको प्रवद्र्धन र व्यवसायको औपचारिकीकरण गर्न प्रतिबद्ध रहेको उनले बताइन् । सभापति श्रेष्ठले परिवर्तित सन्दर्भमा सूचना प्रविधिको बढ्दो प्रयोग, काम गर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रम बजार र श्रम सम्बन्धमा पनि परिवर्तन आउने र यसबाट रोजगारी कटौती तथा नयां शीपयुक्त जनशक्तिको आवश्यकता पर्ने उनको भनाइ छ । १७६ भन्दा बढी मुलुकका सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ सम्मेलन जून ५ देखि शुरु भएको थियो भने सम्मेलन जुन १६ सम्म चल्ने छ । सम्मेलनमा महासंघको रोजगारदाता परिषद्का सभापति श्रेष्ठको नेतृत्वमा शिक्षा, सिप विकास तथा रोजगार समितिका सभापति गोपाल खनाल,नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक कुमार अग्रवाल (टेमानी), महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले भाग लिइरहेका छन् ।