नेपाल मेडिकल कलेजले गर्यो अनिश्चितकालका लागि ओपीडी सेवा बन्द

<p>काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले अनिश्चितकालका लागि ओपीडी सेवा बन्द बन्द गरेकाे छ । बिरामीका आफन्तले तोडफोड गरेपछि अस्पतालले ओपीडी सेवा बन्द गरेकाे हाे । अस्पतालले प्रशासनले बुधबार एक सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ । आइतबार पित्तथैलीको शल्यक्रियाकाे लागि [&hellip;]</p>

काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले अनिश्चितकालका लागि ओपीडी सेवा बन्द बन्द गरेकाे छ । बिरामीका आफन्तले तोडफोड गरेपछि अस्पतालले ओपीडी सेवा बन्द गरेकाे हाे ।

अस्पतालले प्रशासनले बुधबार एक सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ ।

आइतबार पित्तथैलीको शल्यक्रियाकाे लागि भर्ना भएकाे बिरामीकाे उपचारकाे क्रममा मृत्यु भएपछि मंगलबार बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए ।

Share News