विकासन्युज

जिडब्लुएमको विद्युतीय गाडी बजारमा, मूल्य कति ?

काठमाडौं । जिडब्लुएम नेपालले जिडब्लु एमको विद्युतीय सवारी नेपालमा सार्वजनिक गरेको छ । बहुप्रतिक्षित अल ईलेक्ट्रिक क्रसओभर ओरा०३ १०० प्रतिशत  इलेक्ट्रिक मोडेल आधिकारिक बुकिङ नेपालमा ४७ लाख ४९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जिडब्लुएम ओरा ०३ एक ग्लोबल मोडल भएको कम्पनीले दावी गरेको छ । जुन यसभन्दा अघि चीन, थाईल्याण्ड, मलेसिया, बेलायत, जर्मनी, अष्ट्रेलिया र न्यूजील्याण्डमा विभिन्न नामहरूको मोडल जस्तै गुडक्याट, फन्कीक्याट र ओआरएका साथ पहिले नै विक्री सुरू भइसकेको छ । विश्वभर यसको १ लाख ५० हजार भन्दा बढी ग्राहकहरु छन् र यसले विभिन्न क्षेत्रका उपभोक्ताहरूबाट पनि ठूलो प्रशंसा प्राप्त गरेको छ । यसको पूर्वव्यापी र आधुनिक अवधारणा र कालातीत क्लासिक डिजाइन, सबै उन्नत ईभी प्रविधिको एकीकरणबाट हासिल गरिएको संकेत गर्छ । सौन्दर्यको हिसाबले, ओरा ०३ को बाहिरी भागमा नरम रेखाहरू छन् जसले ब्रान्डका अन्य मोडेलहरूलाई पनि चित्रण गर्छ र आधुनिक सुविधाहरूको साथ रेट्रो लुक हुँदा यसले पहिचानयोग्य पारिवारिक शैलीलाई समेत बलियो बनाउने कम्पनीको दावी छ । अगाडि, गोलो फुल एलईडी हेडलाइट, सर्कुलर डेटाइम रनिंग लाइटहरू यसको सबैभन्दा आकर्षक डिजाइन विशेषताहरू हो र यसको रियर लाइट क्लस्टरहरू रियर विन्डोमा नदेखियोस् भनेर सोहि अनुसार माथि राखिएको छ । जसले गर्दा कारको चौडाइमा विस्तारित प्रकाशको एकल तेर्सो पट्टी स्ट्रिप बनाउँछ । यसमा लेदरेट को व्यापक प्रयोगको साथ, भित्री डिजाइन र सामग्रीको सन्दर्भमा राम्रो तरिकाले सोचिएको छ । यसको पूर्वव्यापी–आधुनिक सौन्दर्यले ड्राइभरको ककपिट पनि बोक्नेछ । दुई–टोन पेस्टल असबाब, र क्रोम नियन्त्रणहरूले विगतको प्रतिबिम्ब साथै डुअल–डिस्प्ले, डिजिटल इन्स्ट्रमेन्टेसन र इन्फोटेनमेन्ट सिस्टम प्यानलले अझ सुरक्षित रहेको छ । ओरा ०३ लाई १० प्रतिशत प्योर ईभी प्लेटफर्ममा विकसित गरिएको छ ।  यसको मोड्युलर साथै समान आधारभूत वास्तुकलाबाट ठूला र साना सवारी साधनहरू सिर्जना गर्न मिल्ने गरी स्केलेबल डिजाइन पनि गरिएको छ । ओरा ०३ को धेरै विशेषतहरुका साथ औको छ जसमा ७ एयरब्याग, एबीएस को साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईसीएस), ट्र्याक्सन कन्ट्रोल सिस्टम (तीसीएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सुरक्षा सुविधाहरू छन् । यसको अझै रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा प्रणाली, आदि र एनसीएपी (अष्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम) र  युरो एनसीपी रेटिङ दुवैमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । जसले यसलाई नेपालको बजारमा उपलब्ध सबैभन्दा सुरक्षित विद्युतीय सवारी साधनहरूमध्ये एक बनाएको छ । साथै, ओरा ०३ मा ९९किलोवाटको पीक पावर र २१० एनएम  टर्क भएको स्थायी चुम्बकीय सिंक्रोनस इलेक्ट्रिक मोटरले गर्दा सहर र राजमार्गको सवारीलाई उपयुक्त बनाउँछ ।  

प्रदेशका कम्पनीलाई प्राधिकरणले भन्यो : उधारो बीमा रोक्नुस्, दररेटलाई पूर्ण रुपमा पालना गर्नुस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बीमा कम्पनीहरुलाई उधारो बीमा रोक्नेदेखि दररेटलाई पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । प्राधिकरणले निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूसँग छलफल गरी कम्पनीहरुलाई सो निर्देशन दिएको हो । उक्त छलफलमा स्थानीय तहसँग अन्तरक्रिया गर्ने, उधारो बीमालाई रोक्ने, दररेटलाई पालना गर्नेदेखि नगद फिर्ता गर्नेसम्मको निर्णय भएको बीमा प्राधिकरणको लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाले बताए । स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम लुम्बिनी प्रदेशमा रहेका बीमा कम्पनीले कुनै एउटा स्थानीय तह, वडा कार्यालय, टोल समुदायमा कार्यक्रम गर्नुपर्ने भएको छ । सो कार्यक्रम गर्दा बीमा प्राधिकरणको एक जना प्रतिनिधिको रोहवरमा गर्नुको साथै सो कार्यक्रमको प्रतिवेदन सात दिनभित्र प्राधिकरणको प्रदेश कार्यालयमा अनिवार्य रुपमा पेश गर्नुपर्ने निर्णय भएको प्राधिकरणका प्रदेश प्रमुख थापाले बताए । उधारो बीमालाई पूर्ण रुपमा रोक्ने बीमा ऐन २०७९ को दफा ६४ को उपदफा (२) को व्यवस्था बमोजिम पुरा बीमाशुल्क प्राप्त भएपश्चात बीमालेख जारी गर्नु पर्ने व्यवस्थालाई पूर्ण रुपमा पालना गर्नुपर्ने भएको छ । दररेटलाई पालना गर्नुपर्ने प्राधिकरणको विभिन्न समयमा जारी गरिएको निर्देशिका तथा निर्देशनले तोकिए बमोजिमका दररेटलाई पूर्ण रुपमा पालना गर्ने निर्णय भएको छ । जुन बीमा ऐन २०७९ को दफा ६४ को उपदफा (१) को व्यवस्था बमोजिम हुने पर्ने छ । नगद फिर्ता कम्पनीले व्यवसाय लिए बापत नगद, जिन्सी तथा अन्य कुनै पनि माध्यमबाट सम्बन्धित बीमितलाई प्रभाव पार्ने गरेको पाइएको भन्दै सो कार्यलाई रोक्ने निर्णय भएको प्रदेश प्रमुख थापाले बताए । उनका अनुसार उक्त प्रचलनले कम्पनीको नाफा लगायत अस्वस्थ प्रतिस्पर्धा हुन गएकोले सो कार्यलाई रोक्नको लागि बीमकका लुम्बिनी प्रदेश प्रमुखहरुको सहमतिमा सो निर्णय भएको हो ।

हङकङको सामानले भरिएको सटर बन्द भए फरक पर्दैन, अझै मर्जर आवश्यक छ : पूर्व गभर्नर थापा

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापाले विदेशी सामानले भरिएका सटर बन्द हुँदा केही फरक नपर्ने बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । साथै, बैंक तथा वित्तीय संस्थाहरुमा अझै मर्जर आवश्यक रहेको उनले बताए । अर्थतन्त्र समस्यामा परेका बेला राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको उनको भनाइ छ । ‘पछिल्लो समय धमाधम सटर बन्द भइरहेका छन्, स्वदेशी वस्तु उत्पादन भएका सटर बन्द हुँदा चिन्ताको विषय हो तर, हङकङको सामानले भरिएको सटर बन्द भए केही फरक पर्दैन, नेपाली भोकै बस्नु भएन, उत्पादनमुलक व्यवसायलाई सपोर्ट गर्नु पर्छ,’ उनले भने, ‘अर्थतन्त्र ध्वस्त भएको बेला कसिलो मौद्रिक नीति ल्याउँदा सुधार पनि भयो, अब आन्तरिक उत्पादन बढाउने मौद्रिक नीति ल्याउनु पर्छ ।’ उनका अनसार कसिलो मौद्रिक नीतिले सहज भएको छ । सरकारले ल्याएको बजेटले सकारात्मक नभएको उनको भनाइ छ । साथै, सरकारले दिँदै आएको सहुलियत पनि हटाउनु पर्ने उनले बताए । १०÷१२ वटा मात्रै बैंक भए पुग्ने भएकाले थप मर्जरमा जानु पर्ने उनको भनाइ छ । ‘यो देशमा कति बैंक चाहिने हो ? त्यो अध्ययन हुनु पर्छ, बैंकहरु अझै मर्ज गर्नु पर्छ, १०÷१२ बैंक मात्रै आवश्यक छन्, लागत घटाउन तर्फ जोड दिनु पर्छ,’ उनले भने, ‘ब्याजदर निर्धारण राष्ट्र बैंकले गर्ने हो की नेपाल बैकर्स संघले ? यसमा स्पष्ट हुनु पर्छ, कमसल र व्यापारमा कर्जा गइरहेको हुँदा कडाइ गर्नु पर्छ ।’

उद्योगमा स्प्रेड नतोकौं : सीईओ श्रेष्ठ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण श्रेष्ठले उद्योगमा स्प्रेडदर नतोक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । उद्योगमा स्प्रेडदर नतोके उपभोक्तालाई पनि सहज हुने उनी बताउँछन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै म्यानका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठले यस्तो बताएका हुन् । सिमेन्ट, स्टील क्षेत्र अझै पनि सहज अवस्थामा नरहेको बताउँदै उनले यसमा थप सहुलियत दिन आवश्यक रहेको धारणा राखे । यस्तै, उनले हाल बैंकको सूचकहरु सुधारको अवस्थामा रहेको बताएका छन् ।

धरानको खानेपानी समस्या समाधान गर्न ४ करोड बजेट विनियोजन 

काठमाडौं । कोशी प्रदेशले धरान उपमहानगरपालिकाको खानेपानी समस्या समाधान गर्नका ४ करोड रुपैयाँ बजेट विनियोजन गरेका छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उपमहानगरको खानेपानी समस्या समाधान गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन् । यस्तै, खानेपानी सिचाइ उर्जा क्षेत्रको लागि ५ अर्ब ४३ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको पनि कार्कीले जानकारी दिए ।

सेयरमा लगाइएको १२ करोडको सीमा हट्नु पर्छ : वरिष्ठ उपाध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले सेयरमा लगाइएको १२ करोडको सीमा हटाउनु पर्ने माग गरेका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै उनले सेयर बजारमा गरिएको कडाइ खुकुलो बनाएर चलायमान गर्नु पर्ने माग गरेका हुन् । उनले अर्थतन्त्र प्रतिस्पर्धी बनाउनका लागि विस्तारकारी मौद्रिक नीति आवश्यक रहेको बताए । साथै बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउँदै लैजानु पर्ने उनको भनाइ छ । ‘विस्तारकारी मौद्रिक नीति आवश्यक छ, अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउनू पर्छ, न्यून ब्याजदर कायम गर्नु पर्छ, निक्षेपको ब्याज घटाउँदै लैजानु पर्छ,’ उनले भने । साथै, बैंकदर पनि कम गर्नु पर्ने उनको भनाइ छ । वैदेशीक रोजगारमा रहेका नेपालीहरुलाई थप सहुलियत दिनु प्रदान गर्नु पर्ने उनले बताए । उनले नगद ओसारपसारमा प्रहरीको हस्तक्षेप रोक्नु पर्ने माग राखे ।

अभिभावकको अङ्ग्रेजी मोहका कारण सामुदायिक विद्यालयमा घटे विद्यार्थी

फाइल फोटो पर्वत । पर्वतका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली भएकोसमेत देखिएको छ । अभिभावकको अङ्ग्रेजी मोह, बसाइँसराइ, जन्मदरमा कमी, अभिभावक बजारमा बसेर सन्ततिलाई बजारमै पढाउने कारण गाउँका विद्यालयमा विद्यार्थी घट्दै गएको पाइएको हो । दुर्गम ठाउँमा मात्रै नभएर सुगम ठाउँमा पनि विद्यालय खाली हुन थालेको देखिएका छन् । कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित चम्डिलामा रहेको जनप्रिय प्राथमिक विद्यालय पनि रित्तिन थालेको छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले ११ मात्रै विद्यार्थी पढ्दै आएका छन् । कक्षा ५ मा एक जना पनि विद्यार्थी छैनन् । कक्षा १ मा दुई, कक्षा २ मा तीन, कक्षा ४ मा छ विद्यार्थी रहेका छन् । विगतमा भरिभराउ रहेको सो विद्यालय अहिले खाली भएको हो । प्रधानाध्यापक कमला शर्माले विद्यालयको पढाइ राम्रो भए पनि अभिभावकले विश्वास नै नगर्ने समस्याले विद्यालयको स्थिति कमजोर बनेको बताए । उनले नजिकैको माध्यमिक विद्यालय, बोर्डिङ स्कुल र सदरमुकामका बोर्डिङमा बालबालिका पढ्न जाने भएकाले आफ्नो विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएको बताए । उक्त विद्यालयमा स्थायी, निजी स्रोत र बालविकासका शिक्षक तथा कार्यालय सहयोग गरेर छ जना कार्यरत छन् । विसं २०५६ मा समुदायको आवश्यकता र औचित्यताका आधारमा स्थापना भएको यो विद्यालय समूदायकै चासो र चिन्ता नहुँदा विद्यार्थीविहीन बन्न थालेको सरोकारवाला बताउँछन् । प्रधानाध्यापक शर्माले भर्ना अभियान, घरदैलो र विद्यालय सुधारका बारेमा नियमित छलफल चलाउँदै आए पनि अभिभावकले आफ्ना छोराछोरीलाई बोर्डिङमा पठाउँदा विद्यालयमा विद्यार्थी बढ्न नसकेको दुखेसो गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासुदेव लामिछानेले समुदाय र शिक्षकको चासो बढ्ने हो भने विद्यालयमा विद्यार्थी बढाउन सकिने बताए । उनले यसका लागि सबैले कोशिस गर्नुपर्ने बताए । शिक्षकले नै आफ्ना छोरानातिलाई बोर्डिङमा पठाउने गरेको र अभिभावकले सरकारी विद्यालय भनेर हेलाको दृष्टिले हेर्दा विद्यार्थी सङ्ख्या बढाउन नसकेको लामिछानेले बताए । वडाध्यक्ष राम शर्मा लामिछानेले उक्त विद्यालयको समस्याका बारेमा नगरपालिकामा आफूले धेरै पटक जानकारी दिइसकेको बताए । विद्यार्थी सङ्ख्या बढाउन विद्यालय प्रशासन र समुदायलाई ध्यानाकर्षण गराए पनि सुधार हुन नसकेको लामिछानेले बताए । विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने वा नजिकैको विद्यालयमा गाभ्ने भन्ने विकल्पमा रहेको जनाउँदै उनले वडाका तर्फबाट सहजताका लागि पहल भइरहेको लामिछानेले बताए । यहाँका ग्रामीण क्षेत्रमा रहेका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको शिक्षा विकास समन्वय एकाइका प्रमुख उद्धिमराज पौडेलले बताए । रासस

बैंकको डिफल्ट बढिरहेको छ, धेरैको नाफा नेगेटिभ आउँछ : सीईओ ढुंगाना

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बैंकहरुको डिफल्ट रेट बढेकाले एसएमई सीमा बढाउनुपर्ने बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बैंकहरुको आरओई घट्दै गइरहेको  र अब अधिकांश बैंकको वितरणयोग्य नाफा नेगेटिभ हुने देखिएको बताए । यस्तै, उनले इन्ट्रेष्ट सस्पेन्स बढ्ने सम्भावना पनि देखिएको बताएका छन् ।