भारतले भटमास तेल र सूर्यमुखी तेलको आयातमा भन्सार शुल्क घटायो
एजेन्सी । भारत सरकारले बिहीबारदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ । तेलको आयातमा लाग्ने भन्सार शुल्क १७।५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशतमा झारेको संघीय अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले जारी गरेको आधिकारिक सूचनामा उल्लेख छ । भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, ब्राजिल, युक्रेन र रूसलगायत देशबाट आयात हुने गरेको छ । घरेलु माग पूरा गर्न र खाना पकाउने तेलको बढ्दो मूल्यलाई नियन्त्रण गर्न यी दुई उत्पादनहरूको थप आयातलाई अनुमति दिने उद्देश्यले यो कदम चालिएको हो । करिब छ महिनापछि भन्सार महसुलको दर पुनरावलोकन गरिएको थियो । सूचनामा भनिएको छ, ‘सार्वजनिक हितमा त्यसो गर्न जरूरी छ । यो सूचना जून १५ देखि लागु हुनेछ ।’ इन्डियन एक्सप्रेसको एक समाचारमा विश्वको सबैभन्दा ठूलो वनस्पति तेल खरीदकर्ता भारतले प्रशोधित भटमास तेल र सूर्यमुखी तेलमा आधार आयात शुल्क घटाएको जनाइएको हो ।
काठमाडौं महानगरले रिङरोड भित्रका टिकट काउन्टरको बोर्ड आजदेखि हटाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको रिङरोड भित्र रहेका टिकट काउण्टरहरुको बोर्ड हटाउने भएको छ । बिहीबार महानगरले सो सम्बन्धी निर्णय गरेको हो । असार १ गतेबाट टिकट काउन्टरहरुको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरीले जनाएको छ । साथै उपयुक्त स्थानमा टिकट बुकिङ कार्यालय स्थापना गर्नको लागि महानगरले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल समेत गठन गरेको छ । यात्रुहरु बीचमा चढाउने तथा उतार्ने विषयमा पनि सोही कार्यदलले स्थान तोक्ने जनाइएको छ । कार्यदलको सदस्यमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग र ल्होत्से बहुउद्देश्य प्रालि सदस्य रहेका छन् ।
कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोड बजेट
काठमाडौं । कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षको लागि ३६ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएको जानकारी दिए । जसमध्ये पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, त्यस्तै वित्तीय व्यवस्थाका लागि १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा कोशी प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रममा लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छभने खानेपानी सिचाइ ऊर्जा क्षेत्रको लागि ५ अर्ब ४३ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको पनि कार्कीले जानकारी दिए । [pdf id=418234]
ऋण लिएपछि तिर्दिन भन्न मिल्दैन, राष्ट्र बैंकले सहकारीको नियमन गर्दैन : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिएपछि तिर्दिन भन्न नमिल्ने बताएका छन् । नेपाल व्यवस्थापन संघ(म्यान) ले बिहीबार आयोजना गरेको आगामी मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय ऋण लिएर तिर्दिन भनेर आन्दोलन भइरहेको बताउँदै ऋण तिर्दिन भन्न नमिल्ने बताए । उनका अनुसार नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको निर्माणको चरणमा रहेकोले कोरोना महामारीमा दिएको जस्तो सुविधा दिन नसकिने बताएका छन् । ‘कोरोनाको समयमा राष्ट्र बैंकले दिएको सुविधाको ऋणीले दुरुपयोग गरे, व्यवसायीले अहिले पनि विगतको जस्तै सुविधा खोजेका छन्, एउटालाई सहुलियत दिँदा अर्को पक्षलाई समस्यामा पार्न हुँदैन,’ उनले भने । यस्तै, उनले राष्ट्र बैंकले सहकारी संस्थाहरुलाई नियमन गर्न नचाहेको पनि बताएका छन् । ‘राष्ट्र बैंक सकेसम्म सहकारीमा छिर्न चाँहदैन, बचत तथा ऋण सहकारीले जानेर वा नजानेर कारोबार गर्दा समस्या देखियो, त्यसलाई नियमन गर्न विशिष्टकृत नियमन गर्ने संस्था आवश्यक पर्छ,’ उनले भने । उनले बजेटले लिएको आर्थिक वृद्धि, मूल्य वृद्धिलाई न्यून गराउन सहयोग हुने गरि मौद्रिक नीति आउने उनले बताए ।
आइआईएमएसमा टेलर्स युनिभर्सिटीको सूचना प्रविधि शिक्षा
काठमाडौं । पछिल्लो समय सूचना प्रविधि शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । सोही अनुसार नेपाली कलेजहरुले पनि विभिन्न विश्वविद्यालयहरुको कार्यक्रमलाई लिएर सूचना प्रविधि शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएका छन् । शिक्षा क्षेत्रको खुला विश्वमा नेपाल पनि प्रवेश गरेको छ । दर्जनौं नेपाली कलेजहरुले विश्वका प्रतिष्ठित कलेजहरुको आधुनिक शैक्षिक कार्यक्रमलाई नेपालमा सञ्चालन गरिरहेका छन् । काठमाडौंको कमलपोखरीमा रहेको आइआइएमएस कलेजले विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको सूचीमा रहेको मलेसियाको टेलर्स विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक तहमा कम्प्युटर विज्ञान (बिसिएस) सञ्चालन गरेको छ । पूर्व निर्धारित निश्चित शैक्षिक क्यालेन्डरमा अध्ययन गरेर प्रमाणपत्र लिन सकिने विशिष्ट विशेषताको अभ्यास भएको टेलर्स विश्वविद्यालय शैक्षिक कार्यक्रम बिसिएस सूचना प्रविधि शिक्षामा नेपालकै उत्कृष्ट रहेको आइआइएमएसका बिसिएस कार्यक्रमका प्रमुख रविन थापा बताउँछन् । व्यक्तित्व, व्यावसायिकता विकास र स्वरोजगारको विकासको निमित्त विद्यार्थीहरुले बिसिएसको अध्ययन गर्ने उनको भनाइ छ । कलेजले सञ्चालन गर्ने बिसिएस कार्यक्रम अन्तर्गत डाटा साइन्स, आर्टिफिसिएल इन्टेलिजेन्स, मोबाइल कम्प्युटिङ र साइबर सेक्युरिटी जस्ता महत्वपूर्ण विधाहरु समावेश रहेका छन् । जुन आधुनिक सूचना प्रविधिको दुनियाँमा अति आवश्यक र महत्वपूर्ण रहेका छन् । बिसिएस विषय अन्तर्राष्ट्रिय स्तरको विषय भएकाले स्नातक तहको अध्ययन गरिसकेपछि विद्यार्थीहरुले थप डिग्रीको लागि विश्वका जुनसुकै विश्वविद्यालयमा समेत गएर अध्ययन गर्नसक्ने अवस्था रहने कार्यक्रम प्रमुख थापाको भनाइ छ । विद्यार्थी बिसिएस कार्यत्रममा भर्ना भएपछि त्यसको साढे तिन वर्षमा सो तहको कार्यक्रम अध्ययन गरेर सक्न सक्छन् तर, स्नातक तहको सूचना प्रविधिक सम्बन्धी कार्यक्रम ४ वर्षको हुनुपर्ने त्रिभुवन विश्वविद्यालयको मान्यता रहेको हुँदा आइआइएमएसले बिसिएसलाई चारवर्षे शैक्षिक क्यालेन्डरमा सञ्चालन गर्ने गरेको छ । सामान्यतया विश्वका धेरै विश्वविद्यालयहरुले छ महिनाको समयलाई एक सेमेस्टको रुपमा तालिका निर्धारण गरेका हुन्छन् तर, टेलर्स विश्वविद्यालयले भने प्रत्येक ४ महिना बराबर एक सेमेस्टर बनाएर शैक्षिक क्यालेन्डर निर्माण गरेको छ । यसोगर्दा निरन्तर पढाइ हुने र बीचमा समय ग्याप नहुने कार्यक्रम प्रमुख थापा बताउँछन् । नतिजा पनि चाँडै आउने र विद्यार्थीहरुले पनि आफूलाई सिकाइमा सोहीअनुसार एडप्ट गर्ने उनको भनाइ छ । आइआइएमएसका बिसिएस कार्यक्रमका प्रमुख रविन थापा ‘पहिलो वर्षमा विद्यार्थीले पढाइको फाउन्डेसन तयार गर्ने तहको विषयहरु पढ्छन्, दोस्रो वर्षमा उनीहरुलाई इच्छा लागेको विषय लिएर पढ्छन्, तेस्रो वर्षमा विद्यार्थीहरुले आफूले सिकेको विषयमा आधारित रहेर प्रोजेक्टको विकास गर्छन् र चौथो वर्षमा विद्यार्थीहरुले इन्टर्नसिप पनि गर्नुपर्ने हुन्छ भने प्रोजेक्ट पनि तयार गर्नुपर्ने हुन्छ’, बिसिएस अध्ययनको विषयमा कार्यक्रम प्रमुख थापाले भने । विद्यार्थीहरुले रेगुलर विषयको अलावा आफ्नो इच्छाअनुसारको थप ५ वटा इलेक्टिभ विषय पनि पढ्न पाउने सुविधा विश्वविद्यालयले दिएको छ । सामान्यतया धेरै विश्वविद्यालयहरुले रेगुलर शैक्षिक कार्यक्रम भन्दा अन्य थप कार्यक्रम सञ्चालन गरेका हुँदैनन् । टेलर्स विश्वविद्यालयको पाठ्यक्रममा विद्यार्थीसँग नै समझदारी (असाइन्मेन्ट) गरेर अध्यापन गराइने विषयलाई महत्व दिइएको हुन्छ । विद्यार्थीसँग गरेको असाइन्मेन्टकै आधारमा विद्यार्थीको ग्रेड निर्धारण हुन्छ । विद्यार्थीले आँफूले लिएको असाइन्मेन्टमा कसरी काम गरिरहेको छ भन्ने विषयलाई सम्बन्धित संकायले सहयोग र सहजिकरण गर्ने काम गर्छ । विद्यार्थीले आफ्नै प्रोजेक्ट कसरी सम्पन्न गर्न सक्यो भन्ने विषयमा उसैले एउटा जर्नल पनि लेख्नुपर्ने हुन्छ । ७० प्रतिशत प्रयोगात्मक विधिबाट वा असाइन्मेन्टबाट नै अध्यापन गराइने र ३० प्रतिशत मात्रै फाइनल परीक्षा हुने कार्यक्रम प्रमुख थापाको बताउँछन् । सो परीक्षामा पनि प्रश्न उत्तर विधि अपनाउने भन्दा विशिष्ट प्रकारको घट्नामा आधारित रहेर हुने उनको भनाइ छ । आइआइएमएसमा बिसिए अध्ययनको लागि विश्वविद्यालयको शैक्षिक क्यालेन्डरअनुसार वर्षको तीनपटक सेप्टेम्बर, जनवरी र मे महिनामा भर्ना खुल्छ । टेलर्सको विद्यार्थी भर्ना लिने समय सँधै नै निश्चित गरिएको समयभित्र नै हुन्छ । तर, विद्यार्थीको हकमा कक्षा १२ उत्तिर्ण भैसकेको तर, सर्टिफिकेट हातमा परिनसकेको आधारमा पनि भर्ना हुनसक्ने अभ्यास गरिएको कार्यक्रम थापाले बताए । टेलर्सले कलेजमा अध्यापन गराउने शिक्षकहरुको सम्बन्धमा पनि छनोटमा विशेष नीति अपनाएको कलेजकी अहना श्रेष्ठ बताउँछिन् । कलेजले अध्यापनको लागि नियुक्ति गर्ने शिक्षकहरुले अनिवार्य रुपमा सो विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने र नियुक्तिको प्रकृयामा पनि विश्वविद्यालयले एप्रुभ गर्नुपर्ने उनको भनाइ छ । बिसिएसका विधाहरुको विशेषता बिसिएस डाटा साइन्स पछिल्लो समयमा विश्वव्यापी रुपमा नै विकास भएका उत्पादन, उद्योग, व्यवसाय र सेवा क्षेत्रहरु सूचना प्रविधिमा आधारित भएर विकास भैरहेका छन् । आइआइएमएसका बिसिए कार्यक्रम प्रमुख थापाका अनुसार ती सबै क्षेत्रको विकास नै डाटा प्रशोधनको आधारमा भइरहेको छ । ‘कुनैपनि एउटा कम्पनी अर्कोभन्दा राम्रो किन हुन्छ भनेर मूल्यांकन गर्ने हो भने सफल राम्रो भएको कम्पनीसँग डाटा हुन्छ भने त्यस डाटालाई कसरी प्रशोधन गर्ने, वास्तविक डाटालाई उद्यम विकासको लागि कसरी प्रयोग गर्ने भन्ने विषयमा ज्ञान हासिल गरेको हुन्छ’, प्रमुख थापाले भने । समाज तथा बजारमा जे जति विषयहरु हुन्छन् ती सबैसँग डाटा रहेका हुन्छन् । अहिलेको सामाजिक सञ्जालको युगमा मानिसहरुको आंकाक्षा, आवश्यकता र नियमित उसको प्रयोगको विषयमा सामाजिक सञ्जालबाट डाटा लिएर प्रयोग गर्न सकिने उनको भनाइ छ । उद्योग तथा कम्पनीहरुले कुनै नयाँ उत्पादन गर्नपर्यो, बजारमा जाँदा सम्बन्धित उत्पादतनको विषयमा उपभोक्ताहरुको धारणा के होला ? जस्ता विषयमा डेमो इन्भार्मेन्टमा डाटाहरुको प्रक्षेपण गरेर बुझ्न सकिने प्रमुख थापा बताउँछन् । ‘डाटाहरुबाट नै वृद्धिको अवस्था र प्रवृत्तिको अवस्था बुझ्न सकिन्छ’, उनले भने । नेपालमा धेरै डाटाहरुलाई व्यावसायिक क्षेत्रले डाटाको प्रयोग तथा प्रशोधन कम गर्ने गरेको पाइन्छ । तर, विकसित मुलुकहरुका ठूला व्यावसायिक क्षेत्रहरुले भने डाटाको अधिक प्रयोग गर्ने गरेका हुन्छन् । जुन उद्योग वा व्यसायले डाटाको प्रयोग गर्ने गर्छ त्यहाँ डाटा इन्जिनियरको आवश्यकता हुने कार्यक्रम प्रमुख थापा बताउँछन् । बिसिएस मोबाइल कम्प्युटिङ अहिलेको समयमा अधिकांश मानिसहरुले मोबाइल डिभाइसको प्रयोग गर्ने गर्छन् । सूचना आदान प्रदान, कतिपय कामदेखि लिएर मोबाइल मानिसको जीवनको अभिन्न अंग बनेको छ । आइआइएमसका मोबाइल कम्प्युटिङ विषयका मोड्युलेटर सुवित तिमल्सिनाका अनुसार बिसिएस अन्तर्गतको मोबाइल कम्प्युटिङ विषयमा विद्यार्थीहरुले मोबाइल एप्लिकेसन निर्माण गर्ने, आर्किटेक्चर सिक्ने र प्रकृया सिक्ने गर्छन । आइआइएमसका मोबाइल कम्प्युटिङ विषयका मोड्युलेटर सुवित तिमल्सिना तिमल्सिनाका अनुसार टेलर्स विश्वविद्यालय १/२ वर्षमा मोबाइल कम्प्युटिङ कोर्षलाई अपडेट गर्ने काम गर्छ र विद्यार्थीहरुलाई वास्तविक जीवनमा प्रयोग हुने गरी सिकाउने काम गरिन्छ । विद्यार्थीहरुलाई पढिसकेपछि बजारमा गएर प्रयोगमा ल्याउन सक्ने गरी सिकाउने गरिएको उनी बताउँछन् । ‘मोबाइल एप्लिकेसनहरु कसरी बनाइन्छ भन्ने विषयमा आधारित रहेर कोर्षले एक–एक वटा एप्लिकेसको विषयमा भन्दा पनि पूरै मोबाइलको विषयमा पढाउने काम गरिन्छ’, उनले भने । मोबाइल कम्प्युटिङ पढ्दा विद्यार्थीहरुले पहिलो वर्षमा आधारभूत विषयमा जान्ने देखि लिएर अन्त्यमा पुग्दासम्म उसले एप्लिकेस निर्माण गर्नेदेखि आइओएस विकास देखि एन्ड्रोइडको कोटलिङ सम्मका विषयहरु सिक्छन् । ‘विद्यार्थीहरुले मुख्य गरेर कुन टुल्सहरु अहिले चलिरहेको छ, माग भइरहेको टुल्स के छ, अहिले धेरै माग भएको ल्याङ्वेज कोट्लिङ पनि सिक्छन्’, तिमल्सिनाले भने, ‘मुख्य भनेको विद्यार्थीहरुले कन्सेप्ट र एप्लाईको विषयमा सिक्छन् । बिसिएस मोबाइल कम्प्युटिङ अध्ययन गरेर सकिँदा विद्यार्थीहरुले सोही क्षेत्रमा आफ्नो करिअर निर्माण गर्न सक्ने बताए । बिसिएस साइबर सेक्युरिटी आइआइएमस कलेजका साइबर सेक्युरिटी मोड्युलेटर अपूर्व नेपाल आइआइएमएस कलेजका साइबर सेक्युरिटी सम्बन्धी शिक्षक अपूर्व नेपालका अनुसार साइबर सेक्युरिटी विषय खासगरी ह्याकिङलाई टार्गेट गरेर अध्ययन गरिन्छ । विद्यार्थीलाई साइबर सेक्युरिटीको विषयमा इथिकल रुपमा विकास गर्ने काम गरिन्छ । ‘साइबर सेक्युरिटी विषय भनेको सामान्यतया आज भोलि भइरहेको ह्याकिङलाई टार्गेट गरेर बनाइएको हो, ह्याकरहरु ब्याड र गुड गरेर दुई प्रकारका हुन्छन्, ब्याड भन्नाले ह्याकरहरुलाई बुझिन्छ भने गुडहरुले बचाउने तर्फ काम गर्छन्’, नेपालले भने । समुदायबाट कसैको डाटा लिक हुन र दुरुपयोग हुनबाट कसरी जोगाउने भनेर सो विषयमा अध्ययन गरिने उनको भनाइ छ । ‘विद्यार्थीहरुले कलेजमा युनिभर्सिटीले तोकिदिएको विषय अध्ययन गर्छन, तर सर्टिफिकेसन नभइकन मार्केटमा भ्यालुएसन तुलनात्मक रुपमा कम हुन्छ’, उनी भन्छन्, ‘त्यसैले सर्टिफिकेसनलाई प्रवद्र्धन गर्ने इसी काउन्सिल र आइ शाखाहरुजस्ताले दिएको सर्टिफिकेट लिनुपर्ने हुन्छ ।’ बिसिएस लेबलको अध्ययन गरिसकेपछि र अन्तर्राष्ट्रिय सर्टिफिकेट प्राप्त गरिसकेपछि विद्यार्थीको लागि विश्व बजारमा नै राम्रा अवसरहरु रहेको नेपालको भनाइ छ । बिसिएस आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) आर्टिफिसियल इन्टेलिसेन्ज विषय पछिल्लो समयमा विश्वभरी नै सबैको ध्यान आकर्षित गरेको विषय हो । आइआइएमएस कलेजकी एआइ कार्यक्रमकी मोड्युलेटर मोनिका रेग्मीले एआइ हजारौं वर्ष पहिले यो विषय दर्शनकै रुपमा विकास भएको भएतापनि पछिल्लो दश वर्षमा विश्व बजारमा तिव्र गतिमा विकास भएको हो । पछिल्लो समयमा विकासको हरेक क्षेत्रमा एआइको प्रयोग भएको भन्दै उनले नयाँ जनशक्ति बजारमा जानको लागि बिसिएस कोर्षमा एआइ समावेश गरेर अगाडि बढाइएको बताइन् । एआइ आँफैमा विशाल क्षेत्र भएकाले विद्यार्थीहरुले त्यसभित्र पनि आफ्नो रुचीको क्षेत्र रोजेर अगाडि बढ्ने गरेको उनले बताइन् । आइआइएमएस कलेजकी एआइ कार्यक्रमकी मोड्युलेटर मोनिका रेग्मी ‘एआइ पढिसकेपछि डाटा साइन्सतर्फ लाग्ने हो की, रोबोटिक्स तर्फ लाग्ने हो की, नेचुरल ल्याङ्गवेज प्रोसेसिङ गर्ने हो की अथवा मसिन लर्निङतर्फ जाने हो की धेरै विषयहरु छन्’, रेग्मी भन्छिन्, ‘हाम्रो सोचाई के हुन्छ भने भोलि पढिसकेपछि एआइमा काम गर्ने होला भन्ने हुन्छ, तर, त्यसो होइन, हामीले एआइ पढिसकेपछि फरक फिल्डमा गएर काम गर्ने हो ।’ एआइको माध्यमबाट शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय लगायत जुनसुकै क्षेत्रमा पनि काम गर्नको लागि टुल्सको विकास गर्न सकिने उनको भनाइ छ । एआइको प्रयोग गरेर दुईतर्फी सञ्चार गरेर विभिन्न प्रकारका समस्या समाधान गर्न एआइले सहयोग गर्ने उनले बताइन । उनका अनुसार बिसिएस एआइ अध्ययन पश्चात विद्यार्थीहरुले आफ्नो रुची अनुसारको क्षेत्रमा काम गर्न सक्छन भने स्नातकोत्तर तहको अध्ययनलाई पनि अगाडि बढाउन सक्छन् । साथै टेलर्सको बिसिएस एआइ कोर्ष पढेको विद्यार्थीलाई विश्वका अन्य मुलुकमा गएर पनि स्नातकोत्तर तहको अध्ययन गर्न सजिलो हुने उनको भनाइ छ । विश्वको आधुनिकतासँगै बढ्दो सूचना प्रविधिको क्षेत्रमा बिसिएस सिएसआइटी अध्ययनको महत्व बढ्दै गएको कलेजका प्रोफेसनल अफ वर्कप्लेस तथा सामाजिक इनोभेसन प्रोजेक्टका रोजल जोशी बताउँछन् । जोशीका अनुसार यस्तो प्राविधिक विषय अध्ययन गरेपछि विद्यार्थीहरुले आफूलाई दक्ष बनाउनुका साथै उद्यमी पनि बन्न सक्ने बताएका छन् । टेलर्सको प्राविधिक अध्ययनमा सामाजिक रुपान्तरण, वातावरण लगायतका विषयमा पनि काम गर्ने विषयहरु समावेश भएको उनको भनाइ छ ।
खानेपानीको परिमाण बढाउँदै जाने योजना
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ग्राहकलाई हाल वितरण गर्दै आएको खानेपानीको परिमाण बढाउँदै जाने योजना बनाएको छ । वर्षाको समयमा आन्तरिक स्रोतबाट उत्पादन हुने पानी बढ्ने र मेलम्चीको पानी नियमित हुँदा उपभोक्तालाई थप पानी वितरण गर्न सकिने लिमिटेडले जनाएको छ । अहिले दैनिक वितरण नभए पनि उपभोक्ताले हाल पाइरहेको भन्दा वर्षामा बढी पानी पाउन सक्ने गरी योजना बनाइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए । उनका अनुसार पानीको उपलब्धतासँगै पानी वितरण गर्ने तालिका परिमार्जन गर्ने योजना रहेको छ । उनले भने, ‘अहिलेसम्म खोला सुकेकाले सतही स्रोत सुकेको छ । खोलामा पानी हुन थालेपछि उत्पादन बढेछ र पुनःविचार गरिनेछ ।’ दैनिक तीनरचार घण्टासम्म पानी वितरण भइरहेको प्रवक्ता राईले बताए । अधिकांश ग्राहकले फेसबुक चलाउने भएकाले कुन क्षेत्रमा कहिले पानी वितरण हुन्छ भनेर सम्बन्धित शाखाको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिने गरिएको उनले बताए । उनले भने, ‘अहिले दुई दिनको फरकमा पानी वितरण भइरहेको छ । कहाँ कति बजे पानी आउँछ भनी ग्राहकले फेसबुक पेजबाट जानकारी लिने गरेका छन् ।’ वर्षामा लिमिटेडको उत्पादन क्षमता बढ्ने हुँदा उपभोक्ताले पाउने पानी थप गर्दै जान सकिने प्रवक्ता राईको भनाइ थियो । वर्षामा लिमिटेडको उत्पादन १४/१५ करोड लिटरसम्म हुँदा केही घण्टाका लागि भए पनि दैनिक पानी वितरण गर्नसक्ने उनले बताए । अहिले दैनिक १७ करोड लिटर मेलम्चीबाट आउने र लिमिटेडको आफ्नो स्रोतबाट दैनिक आठदेखि नौ करोड गरी जम्मा २६-२७ करोड लिटरसम्म पानी वितरण भइरहेको छ । लिमिटेडले गत वर्ष वर्षाको समयदेखि बागमती नदीबाट समेत पानी ल्याउन सुरु गरेको छ । गत वर्ष वागमती नदीबाट दैनिक चार करोड लिटर पानी ल्याइएको लिमिटेडले जनाएको छ । यस वर्ष वर्षाको समयमा थप छ करोड लिटर पानी ल्याउन सकिने प्रवक्ता राईले बताए । उनले भने, ‘थप पानी ल्याउनका लागि आवश्यक संरचना बनाउन ठेक्का प्रक्रियामा जान लागेका छौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएदेखि यहाँ खानेपानीको समस्या कम हुँदै गएको छ’, उनले भने । अबका दिनमा खानेपानीको समस्या कम हुँदै जाने प्रवक्ता राईले बताए । उनका अनुसार उपत्यकाका डाँडामाथि ३५ वटा पानीका स्रोत छन् । लिमिटेडले ती स्रोत र जमिनमुनि रहेका एक सय एक ट्युबेलबाट पानी जम्मा गरी वितरण गर्दै आएको हो । गत वर्षमा उपभोक्ताको घरमा पालोपालो गरेर ९/१० दिनमा पानी वितरण हुने गरेको थियो । अहिले काठमाडौँ उपत्यकामा दैनिक ४० करोड लिटर पानीको आवश्यकता रहेको छ । रासस
काठमाडौं महानगरले बन्द गर्याे हिसान शैक्षिक मेला
काठमाडौं । आजदेखि काठमाडौं भृकुटीमण्डपमा शुरु भएको कान्पिुर हिसान एडुफेयर कार्यक्रम काठमाडौं महानगरले हस्ततक्षेप गरेर बन्द गरिदिएको छ । एसईई दिएका विद्यार्थीको नतिजा प्रकाशन नै नभइ विद्यार्थी लोभ्याउने उद्देश्यले मेलाको आयोजना गरिएको भन्दै महानगरले एडुफेयर कार्यक्रम बन्द गरिदिएको हो । महानगर शिक्षा विभाग सहित महानगरको प्रहरीले एडुफेयरका स्टल हटाइदिएका हुन् । नतिजा नै नआइकन स्टल राखेर विद्यार्थी र अभिभावकलाई लोभ्याउने काम गरेको भन्दै स्टल बन्द गरेको महानगरका प्रहरी प्रमुख रोजनाथ पाण्डेले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् । काठमाडौं महानगरसँग समेत एडुफेयर सञ्चालनका लागि सहमति नलिएको महानगरका अधिकारीले जनाएका छन् । असार ३ गतेसम्म सञ्चालन हुने भनिएको मेलामा ७५ भन्दा बढी स्टल रहेका थिए भने आयोजक कान्तिपुर पब्लिकेसन रहेको छ । आजै बिहान मेलाको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए ।
व्यवसायीलाई बैंकरको प्रश्न, नाफा पनि बढी चाहियो, ब्याज पनि घटाउ भन्ने ?
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले नाफा पनि बढी चाहियो भन्ने ब्याज पनि घटाउ भन्ने ? भनेर व्यवसायीलाई प्रश्न गरेका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् । उनले विकास बैंकले एलसी खोल्न पाउनु पर्ने माग गरे । उनले पछिल्लो समय कालोसूचीमा पर्ने चेकहरु बढ्दै गएको बताए । ‘व्यवसायीले प्रतिफल बढी दिनु पर्यो भनेर प्रेसर दिने, अनि ब्याज पनि घटाउ भन्ने ? विकास बैंकले एलसी खोल्न पाउनु पर्छ, सेवा शुल्क लिन दिनु पर्छ,’ उनले भने, ‘स्प्रेडदर अब घटाउनु हुँदैन, बैंकको आरओई पनि घटिरहेको छ ।’