उद्योगमा स्प्रेड नतोकौं : सीईओ श्रेष्ठ

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण श्रेष्ठले उद्योगमा स्प्रेडदर नतोक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । उद्योगमा स्प्रेडदर नतोके उपभोक्तालाई पनि सहज हुने उनी बताउँछन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै म्यानका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठले यस्तो बताएका हुन् । सिमेन्ट, स्टील क्षेत्र अझै पनि सहज [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण श्रेष्ठले उद्योगमा स्प्रेडदर नतोक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । उद्योगमा स्प्रेडदर नतोके उपभोक्तालाई पनि सहज हुने उनी बताउँछन् ।

बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै म्यानका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठले यस्तो बताएका हुन् ।

सिमेन्ट, स्टील क्षेत्र अझै पनि सहज अवस्थामा नरहेको बताउँदै उनले यसमा थप सहुलियत दिन आवश्यक रहेको धारणा राखे ।

यस्तै, उनले हाल बैंकको सूचकहरु सुधारको अवस्थामा रहेको बताएका छन् ।

Share News