विद्यार्थीले बोर्डिङ्ग छोडेर रोज्छन् यी सामुदायिक विद्यालय
तस्बिर : कालिका मानवज्ञान विद्यालयमार्फत् काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार गत शैक्षिक सत्रमा एउटै सामुदायिक विद्यालयमा ३ हजार दुई सय ६३ देखि ७ हजार छ सय ११ जनासम्म विद्यार्थीले भर्ना भएर अध्ययन गरेका थिए । ठूलो संख्याका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटिरहेको अवस्थामा केही विद्यालयमा भने क्षमता भन्दा बढी विद्यार्थी भर्ना हुने अवस्था रहेको तथ्यांकले देखाएको छ । किन आकर्षण छ ? कालिका मानवज्ञान माध्यमिक विद्यालय, बुटवलमा गत शैक्षिक सत्रमा नेपाल भरीकै सामुदायिक विद्यालयहरुमध्ये सबैभन्दा धेरै ७६११ जना विद्यार्थीले अध्ययन गरे । शिशु कक्षादेखि कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा कक्षा ११ र १२ मा धेरै विद्यार्थीको आकर्षण भएको देखिन्छ । चालु शैक्षिक सत्रमा सो विद्यालयमा कक्षा १ देखि १० सम्म सात सय जना विद्यार्थीले अध्ययन गरिरहेका छन् भने भर्खरै सम्पन्न कक्षा ११ र १२ को परीक्षामा क्रमशः एक हजार ६४५ र एक हजार ५३९ जना विद्यार्थीले अध्ययन गरेका थिए । धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेलामा कालिका मानवज्ञानमा विद्यार्थी संख्या बढ्नुमा अव्वल उत्प्रेरित शिक्षक र विद्यार्थी केन्द्रित सिकाइ मुख्य रहेको प्रधानाध्यापक दिनेश थापा बताउँछन् । उनका अनुसार विद्यालयले परिवेश अनुसारको सिकाइ, विद्यार्थी केन्द्रित सिकाइ, अभिभावकको सुझावलाई पालना, साझा योजना, दण्डरहित शिक्षा, अब्बल नतिजा, विद्यार्थीमा अनुशासन र सर्वसुलभ शिक्षाको कारणले विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो । ‘विद्यालयमा विद्यार्थीको मुख्य आकर्षण भनेको शिक्षक नै हो, अब्बल शिक्षक र उत्प्ररित शिक्षकका कारणले नै विद्यार्थीलाई राम्रो शिक्षा दिन सकिन्छ’, उनले भने, एउटै प्रअले विद्यालयमा राम्रो शिक्षा दिन सक्दैन तर, प्रअ र व्यवस्थापनले शिक्षकलाई उत्प्रेरणा जगाउने काम गर्न सक्छन् ।’ विश्वनिकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर काठमाडौंमा गत शैक्षिक सत्रमा चार हजार एकसय ७८ जना विद्यार्थीले अध्ययन गरेका थिए । जसमध्ये कक्षा ११ मा एक हजार दुई सय र कक्षा १२ मा एक हजार एकसय जना विद्यार्थीले अध्ययन गरेका थिए । काठमाडौंमा शिक्षा क्षेत्रमा सरकारी तथा सामुदायिक विद्यालयको भन्दा निजी विद्यालयको बर्चस्व रहेको छ । आफ्नो विद्यालयमा विद्यार्थीको आकर्षण राम्रो हुनुमा केही विशिष्ट विशेषता रहेको प्रधानाध्यापक हेरम्बराज कँडेल बताउँछन् । ‘हामीले सामुहिक रुपमा काम गर्छौं, यहाँ पढाउने शिक्षक तथा कर्मचारीमध्ये ९० प्रतिशतले आफ्ना छोराछोरीलाई यहीँ पढाउनुहुन्छ, पढाइमा नवीनतम् विधिको प्रयोग गर्छौं, जीवनउपयोगी सिप पढाउँछौं, अभिभावकलाई नै विद्यार्थीको उत्तरपुस्तिका दिन्छौं’, उनले भने । उनले शिक्षक कर्मचारीहरुलाई आफ्ना छोराछोरीलाई आफ्नै विद्यालयमा पढाउँदा अन्य अभिभावकहरुमा विश्वास समेत पैदा हुने प्रधानाध्यापक कँडेलले बताए । उनका अनुसार कक्षा ११र१२ मा आगामी शैक्षिक सत्रमा थप विद्यार्थी थपिने सम्भावना रहेको छ । सुकुना माध्यमिक विद्यालय मोरङमा चालु शैक्षिक सत्रको कक्षा दशसम्म दुई हजार सात सय विद्यार्थीले अध्ययन गर्छन् । वैशाखमा भएको परीक्षामा छ सय ५० जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए । त्यस्तै अब कक्षा ११ मा आठ सय भन्दा धेरै विद्यार्थी भर्ना हुने अनुमान रहेको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले बताए । विशेषगरी पछिल्लो समयमा विद्यालय तहमा व्यवस्था गरिएको अंग्रेजी भाषा शिक्षा, भौतिक संरचनामा सुधार र प्रविधिमैत्री अध्यापनले गर्दा विद्यार्थीको संख्यामा वृद्धि भएको प्रअ गौतमले बताए । कक्षा ११ मा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानून, होटल व्यवस्थापन, कम्प्युटर विज्ञान, व्यवसाय अध्ययन र शिक्षा विषयमा पढाइ हुने गर्छ । नर्स अध्ययन गर्ने बाहेकका विद्यार्थी बाहिर जाने अवस्था नरहेको प्रअ गौतम बताउँछन् । त्यस्तै, भक्तपुरको बागेश्वरी माध्यमिक विद्यालयमा अहिले कक्षा १० सम्म दुई हजार चारसय विद्यार्थीहरुले भर्ना भएर अध्ययन गरिरहेका छन् भने कक्षा ११ मा अध्ययन गर्नको लागि ११ सय भन्दा धेरै विद्यार्थीहरुले आवदेन गरेका छन् । विद्यालयको क्षमता आठ सय मात्रै भएकाले शनिबार प्रवेश परीक्षा गराएर विद्यार्थी भर्ना गर्ने कायक्रम रहेको प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले बताए । उनका अनुसार विद्यालयले पढाइको गुणस्तरमा सुधार गरेका कारण नै पढ्न आउने विद्यार्थीको संख्या बढेको हो । पछिल्लो समयमा विद्यार्थीको रोजाइ बनेको अंग्रेजी भाषामा विद्यालयले पढ्ने व्यवस्था मिलाएको छ । प्रअ धन्छाका अनुसार अतिरिक्त क्रियाकलाप र विद्यार्थी केन्द्रित अध्यापन विधिलाई विद्यालयले प्राथमिकता दिएको छ । जसको लागि शिक्षकहरुलाई स्थानीय तह र विद्यालयले तालिम पनि दिने गरेका छन् । संख्यात्मक रुपमा धेरै विद्यार्थीको आकर्षण रहेका अन्य नमूना विद्यालयहरुमा पनि मुख्यतः ती विद्यालयहरुले अपनाएको व्यवस्थापनमा आधुनिकता, पारदर्शिता र गुणस्तरीयता नै भएको पाइन्छ । जसले गर्दा निजी विद्यालयहरुसँग प्रतिस्पर्धा गरेर पनि सामुदायिक विद्यालयहरु अव्वल हुन पुगेका छन् ।
सीएनआई र रास्वपाबीच छलफल : निजी क्षेत्रलाई नीतिले संरक्षण गर्नुपर्छ
काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अर्थतन्त्रका विषयमा छलफल भएको छ । अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले बिहीबार सभापति लामिछानेसँग छलफल गरेका हुन् । अध्यक्ष अग्रवालले सबै राजनीतिक दलहरुले अर्थतन्त्रलाई मुख्य प्राथमकितामा राख्नुपर्ने बताए । अर्थतन्त्र अप्ठ्यारो स्थितीमा रहेकाले बजारलाई चलायमान गराउने नीतिको आवश्यकता औल्याए । उनले सबै दलहरुले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी बजेट कार्यान्वयन गराउनुपर्नेमा जोड दिए । बजेटको प्रभावकारी कार्यान्वयनका रचनात्मक सहयोग गर्ने उद्देश्यले निजी क्षेत्रको तर्फबाट परिसंघले सुरु गरेको बजेट वाचका विषयमा जानकारी गराए । अध्यक्ष अग्रवालले भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साँझेदारी ९पीपीपी० मोडलमा पूर्वाधार विकास गरिनुपर्ने, सूचना प्रविधि, सीप विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे । भूतप्रभावि हुने गरी कर लगाउँदा स्वदेशी एवं विदेशी लगानीकर्ताबीच नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताए । उनले उद्योगी व्यवसायीहरुलाई उधारो उठाउन सहजिकरण गर्न उधारो उठाउने ऐन, साथै अग्रिम जमानत कानूनको आवश्यकताका विषयमा जानकारी गराए । सो अवसरमा सभापति लामिछानेले अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र बलियो बन्नुपर्ने बताए । उनले निजी क्षेत्रलाई देशको नीतिले संरक्षण गर्नुपर्नेमा जोड दिनुहुँदै योजना बनाउनेदेखि कार्यान्वयन तहसम्म निजी क्षेत्रको संस्थागत प्रतिनिधित्व हुनुपर्ने बताए । उनले सरकार, राजनीतिक दलहरुले गर्नुपर्ने काम परिसंघले सुरु गरेको भन्दै बजेट कार्यान्वयन मार्गचित्र ‘बजेट वाच’ का लागि धन्यवाद दिए । सो अवसरमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, अमित मोर, परिसंघ गभर्निङ काउन्सिल सदस्य शशिकान्त अग्रवाल, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा, परिसंघ युवा उद्यमी मञ्चकी अध्यक्ष प्राची अग्रवाल, परिसंघका महानिर्देशक दिपकराज जोशीलगायत थिए ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव ९३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव २५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । नेप्सेका अनुसार कूल ९३ लाख ८२ हजार चार सय ४० कित्ता शेयर तीन अर्ब ३९ करोड छ लाख ६० हजार छ सय पाँच रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २३ करोड ७५ लाख ९३ हजार तीन सय ४८ रुपैयाँ मूल्य बराबरको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटल १७ करोढ ९२ लाख ९४ हजार पाँच सय ६१ रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्स १६ करोड १५ लाख नौ हजार रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनी ११ करोड ८४ लाख ४८ हजार पाँच सय १४ रुपैयाँ र चिलिमे आइड्रोपावर कम्पनी सात करोड ५० लाख ९० हजार नौ सय ८५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार, एनएमबी बैंकको ऋणपत्र र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । एनआइबीएल समृद्धि फण्ड दोस्रो नौ दशमलव ९४, सिटिजन म्युचुअल फण्ड पहिलो सात दशमलव ९८ र सानिमा लार्ज क्यापका लगानीकर्ताले सात दशमलव ८३ प्रतिशतले कमाएका छन् । पिपल्स हाइड्रोपावर छ दशमलव शुन्य पाँच, हिमालयन पावर पार्टनर पाँच दशमलव ८३, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलव ८३, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव ५६ र रिडी पावरका लगानीकर्ताले पाँच दशमलव ५३ प्रतिशतले गुमाएका छन् । आजको कारोबारपछि बजार पूँजीकरण ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख ७३ हजार एक सय २९ बराबर रहेको छ ।
मध्य भोटेकोशीको सञ्चालकमा थेबेसहित ४ जना निर्वाचित
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको सञ्चालक समितिमा थेबेसहित ४ जना निर्वाचित भएका छन् । कम्पनीको गत असार ३० गते सम्पन्न ११ औं वार्षिक साधारणसभापश्चात् भएको निर्वाचनबाट सञ्चालक समितिमा राम कुमार थेबेसहित ४ जना सञ्चालक निर्वाचित भएका हुन् । कम्पनीको सर्वसाधारण समूहबाट ताप्लेजुङ्का थेबे, काठमाडौंका रमा खड्का, नुवाकोटका भूमिनन्द अर्याल र सिन्धुपाल्चोकका गोविन्द प्रसाद पराजुली निर्वाचित भएका कम्पनी सचिव कमल प्रसाद पण्डितले जानकारी दिए । यस्तै, कर्मचारी सञ्चयकोषबाट प्रतिनिधित्व गर्दै आएका कोषका मुख्य प्रबन्धक ध्रब भट्टराई भने स्वतः सञ्चालक नरहेको कम्पनी सचिव पण्डितले बताए । यससँगै कम्पनीको ८ सदस्यीय सञ्चालक समिति गठन भएको छ । कम्पनीको अध्यक्षमा सुभाष कुमार मिश्र, सञ्चालकहरुमा तुलसी राम ढकाल, श्रीरामराज पाण्डे, नारायण प्रसाद आचार्य, गोविन्द प्रसाद पराजुली, राम कुमार थेबे, भूमिनन्द अर्याल र रमा खड्का छन् ।
सन्तोषका लागि फेसबुकबाट ४ दिनमै उठ्यो एक लाख ९७ हजार रुपैयाँ
काठमाडौं । विगत दुई वर्षदेखि आर्थिक अभावकै कारण उपचार नपाएर गम्भिर स्वास्थ्य समस्याका कारण घरमै थलिएका नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीका ३१ वर्षिय सन्तोष परियारले अब उपचार पाउने भएका छन् । पत्रकार विष्णु तारुकेको पहलमा थालिएको फेसबुकमार्फत आर्थिक सहयोग संकलन अभियानबाट ४ दिनमै एक लाख ९७ हजार ८ सय २० रुपैयाँ जम्मा भएको हो । संकलित सहयोग रकम मंगलबार पत्रकार तारुके सहितको उपस्थितिमा परियारको परिवारलाई हस्तान्तरण गरिएको छ । तारकेश्वर गाउँपालिकाका पूर्व अध्यक्ष रमेश बहादुर वस्ती, वडा नं. २ का वडा अध्यक्ष शिव पनेरु र वडा नं. ६ का नारायण रिमालसहित घरमै पुगेर तारुकेले प्राप्त सहयोग रकमको चेक सन्तोषका श्रीमती रितु नेपालीलाई हस्तान्तरण गर्दै अब पैसा अभावकै कारण बिरामी सन्तोषको उपचार नरोकिने विश्वास व्यक्त गरे । ‘पैसाकै अभावको कारण सन्तोषको उपचार रोकिने अवस्था छैन’, तारुकेले भने–‘उनलाई बचाउन हामीले थालेको अभियानमा सामाजीक सञ्जालबाटै सबैलाई आव्हान गर्यौँ । मानविय यस कार्यमा जोडिन आउनुभएका सबै सहयोगी मनबाट गरिबीकै कारण उपचार अभावमा थलिन पुगेका बिरामीको उपचार पनि सम्भव हुन्छ भन्ने अवस्था बनेको छ ।’ यस अभियानमा पत्रकार तारुकेसहित भारमा रहेका सोही गाउँका दिपक ढकाल, दिनेश परियारसहित धेरै व्यक्तिहरुले पहलकदमी दिएका थिए भने सामाजीक सञ्जालबाटै गरिएको अनुरोधमा करिब एकसय जना सहयोगीहरुले प्रभु बैंक रातमाटे शाखामा रहेको सन्तोषको श्रीमतीको खातामा रकम जम्मा गरिदिएका थिए । दुई वर्षअघि वैदेशीक रोजगारीबाट घर फर्किएपछि अकस्मात् बिरामी भएका सन्तोषको एउटा खुट्टा नचल्ने र एउटा आँखा बन्द हुनपुग्यो । उपचारका लागि राजधानी काठमाडौंस्थित शिक्षण अस्पताल पुगेका उनलाई सुरुमै एकलाख रुपैयाँ डिपाेजिट राख्नुपर्ने भनिएको थियो तर, आर्थिक अभावका कारण त्यति ठूलो रकम जम्मा गर्न नसकेपछि उपचार नै सुरु नगरी अस्पतालबाट निस्कनुपर्ने बाध्यता बन्यो । त्यसपछि सन्तोषकी श्रीमती आफ्नै गाउँपालिकावासी समेत रहेका पत्रकार तारुकेलाई भेट्न पुगिन र आफ्नो दुःखको कहानी सुनाइन् । सन्तोषले गरिबीकै कारण उपचार नपाउने परिस्थिति आउन नदिन आफूले पहल गर्ने आश्वासन दिएका थिए । १ सयभन्दा बढी व्यत्तिहरुबाट संकलित १ लाख ९७ हजार रकम बिरामीको उपचारमा खर्च हुनेछ ।
कोभिडपूर्वकै अवस्थामा फर्कियो नेपालको अन्तर्राष्ट्रिय उडान, चीनतर्फ सबैभन्दा धेरै
तस्वीर- रासस काठमाडौं । नेपालका विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान कोडिभ–१९ महामारीभन्दा पहिलेकै अवस्थामा फर्किएको छ । करीब तीन वर्षपछि नेपालका विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान पूर्ववत् अवस्थामा फर्किएको हो । विश्वभर फैलिएको कोरोना महामारीपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ३० वटा वायुसेवा कम्पनीले उडान गर्ने गरेका थिए । तीन वर्षपछि अहिले अन्तर्राष्ट्रिय उडान पूर्ववत अवस्थामा फर्किएको नेपाल नागरिक उडड्यन प्राधिकरणले बताएको छ । प्राधिकरणकाअनुसार बिहीबारदेखि दैनिक ३० वटा वायुसेवा कम्पनीले दैनिक अन्तर्राष्ट्रिय उडान गर्न थालेका छन् । जसमा तीन वटा नेपाली वायुसेवा कम्पनी छन् भने बाँकी २७ वटा विदेशी कम्पनीहरु छन् । ‘नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान कोभिड–१९ महामारी अगाडीकोभन्दा राम्रो अवस्थामा फर्किसकेका छौं’, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने । नेपालका वायुसेवा कम्पनीमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । पछिल्लो समय भारतबाट स्पाइस जेटलेसमेत उडानका लागि अनुमति मागेको उनले बताए । काठमाडौं–चीन ७ वायुसेवा कम्पनीको उडान प्राधिकरणकाअनुसार सबैभन्दा धेरै उडान काठमाडौंबाट चीनतर्फ भइरहेको छ । कोरोना महामारीका बेला सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको चीनले क्रमशः उडान नीति खुकुलो बनाइरहेको छ । अहिले नेपालबाट सबैभन्दा चीनको गन्तव्यमा उडान हुने गरेका छन् । नेपाली र चिनियाँको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्ससँगै विभिन्न सात वटा वायुसेवा कम्पनीले चीनतर्फ उडान गरिरहेका छन् । चीनको छेन्दु–तियान्फुबाट एयर चाइना, सिचुवान ग्वाङझाउबाट चाइना साउर्दन, कुन्मिङबाट चाइना इस्टर्न तथा हङकङबाट क्याथे प्यासिफिकले उडान गर्दै आइरहेका छन् । त्यस्तै, काठमाडौंबाट हिमालय एयरलायन्सले बेइजिङ र तिब्बत एयरलाइयन्सले सियानबाट काठमाडौं उडान गर्दै आएका छन् । त्यसैगरी, भारतका विभिन्न पाँच वटा वायुसेवा कम्पनीले उडान गर्दै आएको प्राधिकरणले जानकारी दिएको छ । जसमा एयर इन्डिया, इन्डिगो र भिस्तारा गरी तीन भारतीय वायुसेवाको कम्पनी रहेका छन् । नेपालबाट दुई वायुसेवा कम्पनीले भारतका विभिन्न गन्तव्यमा उडान गर्दै आएका छन् । भारतका लागि नेपालबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दिल्ली, मुम्बई र बैङलोर र बुद्ध एयरले बनारस उडान गर्दै आइरहेका छन् । यसअघि भारबबाट जेट, किङफिसर, स्पाइसजेट, जेटलाइट, एयर इन्डिया र इन्डियो लगायतका वायुसेवा कम्पनीहरुले उडान गर्ने गरेका थिए । आजैबाट काठमाडौं–सियान उडान गर्दै तिब्बत एयरलाइन्स बिहीबारदेखि काठमाडौं–सियान सिधा उडान सुरु हुने भएको छ । कोरोना महामारीपछि अहिले पहिलोपटक चिनियाँ वायुसेवा कम्पनी तिब्बत एयरलाइन्सले चीनको सियानबाट काठमाडौंमा उडान गर्न लागेको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणले सातामा दुई उडान गर्ने गरी तिब्बत एयरलाइन्सलाई अनुमति दिएको हो । तिब्बत एयरलाइन्सको तीन वर्ष अगाडि भने काठमाडौं–छेन्दु चार्टर्ड उडान गथ्र्यो । उक्त कम्पनीले बिहीबारबाट नियमित उडाडन सुरु गरेको हो ।
जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता हो : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताए । उनले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको उल्लेख गरे । उनले दुर्गम क्षेत्रमा विमानस्थलहरु बनेपनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताए । दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको उनको भनाइ छ । उनले नेपाल वायु सेवा निगमले तिनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको पनि जानकारी गराए । उनले कुन प्रक्रियाबाट खरिद गर्ने भन्नेकुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा भएको उल्लेख गर्दै आफूले नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए । उनले देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको संख्या थप्ने भन्दापनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने बताए । मन्त्री किराँतीले भने, ‘दुर्गम क्षेत्रमा संख्यात्मक हिसाबले धेरै विमानस्थलहरु निर्माण भएका छन् । तर त्यस क्षेत्रमा उडान, त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि प्रश्न उठ्नु स्वभाविक हो । त्यस क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित देखिँदैन । यसै तथ्यलाई मध्यनजर गरी नेपाल वायुसेवा निगमले तीनवटा साना जाहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको छ । जहाज खरिद मेरो निजी स्वार्थको विषय हुँदै होइन । राष्ट्रिय आवश्यकता हो । कुन प्रक्रियाबाट खरिद गर्ने त्यो निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा हो । आवश्यक परे सरकारले सहजीकरण मात्र गर्छ र नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन मैले निर्देशन गरिसकेको छु ।’
सरकारले ठगी गर्ने सहकारीलाई कारबाहीको प्रक्रिया अघि बढाइसकेको छ : मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगि गर्ने सहकारीहरुलार्ई कानूनअनुसार कारबाही गरिने बताएकी छन् । बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताइन् । उनले सरकारले ठगी गर्ने सहकारीहरुको अनुगमन र जाँचबुझ गरी प्रचलित कानून अनुसार कारबाही प्रक्रिया जारी रहेको बताइन् । उनले भनिन् ‘सहकारी ठगी गर्नेलाई प्रचलित कानून बमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौं ।’