कोभिडपूर्वकै अवस्थामा फर्कियो नेपालको अन्तर्राष्ट्रिय उडान, चीनतर्फ सबैभन्दा धेरै

<p>काठमाडौं । नेपालका विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान कोडिभ–१९ महामारीभन्दा पहिलेकै अवस्थामा फर्किएको छ । करीब तीन वर्षपछि नेपालका विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान पूर्ववत् अवस्थामा फर्किएको हो । विश्वभर फैलिएको कोरोना महामारीपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ३० वटा वायुसेवा कम्पनीले उडान गर्ने गरेका थिए । तीन वर्षपछि अहिले अन्तर्राष्ट्रिय उडान पूर्ववत अवस्थामा फर्किएको नेपाल नागरिक उडड्यन [&hellip;]</p>

तस्वीर- रासस

काठमाडौं । नेपालका विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान कोडिभ–१९ महामारीभन्दा पहिलेकै अवस्थामा फर्किएको छ ।

करीब तीन वर्षपछि नेपालका विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान पूर्ववत् अवस्थामा फर्किएको हो ।

विश्वभर फैलिएको कोरोना महामारीपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ३० वटा वायुसेवा कम्पनीले उडान गर्ने गरेका थिए ।
तीन वर्षपछि अहिले अन्तर्राष्ट्रिय उडान पूर्ववत अवस्थामा फर्किएको नेपाल नागरिक उडड्यन प्राधिकरणले बताएको छ ।

प्राधिकरणकाअनुसार बिहीबारदेखि दैनिक ३० वटा वायुसेवा कम्पनीले दैनिक अन्तर्राष्ट्रिय उडान गर्न थालेका छन् । जसमा तीन वटा नेपाली वायुसेवा कम्पनी छन् भने बाँकी २७ वटा विदेशी कम्पनीहरु छन् ।

‘नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान कोभिड–१९ महामारी अगाडीकोभन्दा राम्रो अवस्थामा फर्किसकेका छौं’, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने ।

नेपालका वायुसेवा कम्पनीमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । पछिल्लो समय भारतबाट स्पाइस जेटलेसमेत उडानका लागि अनुमति मागेको उनले बताए ।

काठमाडौं–चीन ७ वायुसेवा कम्पनीको उडान

प्राधिकरणकाअनुसार सबैभन्दा धेरै उडान काठमाडौंबाट चीनतर्फ भइरहेको छ । कोरोना महामारीका बेला सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको चीनले क्रमशः उडान नीति खुकुलो बनाइरहेको छ ।

अहिले नेपालबाट सबैभन्दा चीनको गन्तव्यमा उडान हुने गरेका छन् । नेपाली र चिनियाँको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्ससँगै विभिन्न सात वटा वायुसेवा कम्पनीले चीनतर्फ उडान गरिरहेका छन् ।

चीनको छेन्दु–तियान्फुबाट एयर चाइना, सिचुवान ग्वाङझाउबाट चाइना साउर्दन, कुन्मिङबाट चाइना इस्टर्न तथा हङकङबाट क्याथे प्यासिफिकले उडान गर्दै आइरहेका छन् ।

त्यस्तै, काठमाडौंबाट हिमालय एयरलायन्सले बेइजिङ र तिब्बत एयरलाइयन्सले सियानबाट काठमाडौं उडान गर्दै आएका छन् ।

त्यसैगरी, भारतका विभिन्न पाँच वटा वायुसेवा कम्पनीले उडान गर्दै आएको प्राधिकरणले जानकारी दिएको छ । जसमा एयर इन्डिया, इन्डिगो र भिस्तारा गरी तीन भारतीय वायुसेवाको कम्पनी रहेका छन् । नेपालबाट दुई वायुसेवा कम्पनीले भारतका विभिन्न गन्तव्यमा उडान गर्दै आएका छन् ।

भारतका लागि नेपालबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दिल्ली, मुम्बई र बैङलोर र बुद्ध एयरले बनारस उडान गर्दै आइरहेका छन् । यसअघि भारबबाट जेट, किङफिसर, स्पाइसजेट, जेटलाइट, एयर इन्डिया र इन्डियो लगायतका वायुसेवा कम्पनीहरुले उडान गर्ने गरेका थिए ।

आजैबाट काठमाडौं–सियान उडान गर्दै तिब्बत एयरलाइन्स

बिहीबारदेखि काठमाडौं–सियान सिधा उडान सुरु हुने भएको छ । कोरोना महामारीपछि अहिले पहिलोपटक चिनियाँ वायुसेवा कम्पनी तिब्बत एयरलाइन्सले चीनको सियानबाट काठमाडौंमा उडान गर्न लागेको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले सातामा दुई उडान गर्ने गरी तिब्बत एयरलाइन्सलाई अनुमति दिएको हो । तिब्बत एयरलाइन्सको तीन वर्ष अगाडि भने काठमाडौं–छेन्दु चार्टर्ड उडान गथ्र्यो । उक्त कम्पनीले बिहीबारबाट नियमित उडाडन सुरु गरेको हो ।

Share News