तिजको मुखैमा सुनको मूल्य तोलामा ८ सयले घट्यो
काठमाडौं । तिजको मुखैमा सुनको मूल्य तोलामा ८ सयले घटेकाे छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ३९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
प्रिमियममा आईपीओ बिक्री गरेका कम्पनीले सर्वसाधारणबाट उठाए साढे १० अर्ब
काठमाडौं । प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ)निष्काशन गरेका विभिन्न ८ कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुबाट साढे १० अर्ब बढी रुपैयाँ संकलन गरेका छन् । घोराही सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, माण्डु हाईड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेका हुन् । यी ८ कम्पनीले ६ करोड ८१ लाख ६० हजार ५३३ कित्ता सेयर बिक्री गरेका हुन् । यदि यी कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा सेयर बिक्री गरेका भए ६ अर्ब ८१ करोड ६० लाख ५३ हजार रुपैयाँ मात्रै सर्वसाधारणबाट संकलन गर्थे । तर, यी कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दा सर्वसाधारणबाट १० अर्ब ६८ करोड ५ लाख ४७ हजार रुपैयाँ बढी प्रिमियम रकम संकलन गरे । प्रिमियममा आईपीओ बिक्री गर्दा सर्वसाधारण लगानीकर्ताबाट यी कम्पनीले थप ३ अर्ब ८६ करोड ४४ लाख ९४ हजार रुपैयाँ उठाएका हुन् । हाल प्रिमियममा आईपीओ निष्काशन गरिरहेका कम्पनीहरुमध्ये सबैभन्दा धेरै घोराही सिमेन्टले २ अर्ब ६४ करोड ७२ लाख ७१ हजार रुपैयाँ बराबर प्रिमियम रकम संकलन गरेको हो । कम्पनीले ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर बिक्री गरेर २ अर्ब ५२ करोड ८१ लाख १४ हजार रुपैयाँ संकलन गरेको हो । जसमध्ये सर्वसाधारणलाई अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ७५ लाख ४६ हजार ६११ कित्ता सेयर बिक्री गर्दा २ अर्ब ५२ करोड ८१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ३ लाख ९७ हजार १९० कित्ता सेयर अंकित मूल्यमा ३ सय रुपैयाँ प्रिमियम थप गर्दा ११ करोड ९१ लाख ५७ हजार रुपैयाँ प्रिमियम संकलन गरेको हो । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारण लगानीकर्तालाई ३० प्रतिशत अर्थात् १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ करोड १४ लाख कित्ता अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी बिक्री गर्दा १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो । कम्पनीले कर्मचारीलाई भने ६ लाख कित्ता सेयर अंकित मूल्य १ सय रुपैयाँमै बिक्री गरेको हो । त्यसैगरी, सोनापुर मिनरल्स एण्ड आयलले सर्वसाधारण लगानीकर्तालाई ४० प्रतिशत अर्थात् १ करोड २३ लाख २ सय कित्ता सेयर बिक्री वापत १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार रुपैयाँ प्रिमियम उठाउने भएको हो । जसमध्ये १ करोड ७ लाख ६२ हजार ६७५ कित्ता सेयर अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी बिक्री गर्दा १ अर्ब ४८ करोड ७ लाख २८ हजार रुपैयाँ प्रिमियम संकलन गर्नेछ । त्यस्तै, कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी १५ लाख ३७ हजार ५२५ कित्ता सेयर बिक्री गर्दा १९ करोड २१ लाख ९० हजार रुपैयाँ प्रिमियम संकलन गर्नेछ । यसैगरी आइएमई लाइफले ३० प्रतिशत अर्थात् १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये सर्वसाधारणलाई १ करोड १४ लाख कित्ता सेयर अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी बिक्री गर्दा १ अर्ब ५६ करोड १२ लाख ७१ हजार रुपैयाँ प्रिमियम रकम संकलन गरेको हो । कर्मचारीलाई भने अंकित मूल्यमा १ सय रुपैयाँमा ६ लाख कित्ता सेयर बिक्री गरेको थियो । सिटिजन लाइफले ३० प्रतिशत अर्थात् १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये सर्वसाधारणलाई १ करोड ६ लाख ८७ हजार ५ सय कित्ता अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी बिक्री गर्दा १ अर्ब ५५ करोड २० लाख ३७ हजार रुपैयाँ प्रिमियम रकम संकलन गरेको हो । कर्मचारीलाई भने अंकित मूल्य १ सय रुपैयाँमा ५ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको थियो । त्यसैगरी सन नेपाल लाइफले ३० प्रतिशत अर्थात् ९६ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये सर्वसाधारणलाई ९५ लाख ९५ हजार २ सय कित्ता सेयर अंकित मूल्य १३९ रुपैयाँ थप गरी बिक्री गर्दा १ अर्ब २६ करोड ७० लाख रुपैयाँ प्रिमियम रकम संकलन गरेको हो । कर्मचारीलाई भने अंकित मूल्यमा १ सय रुपैयाँमा ४ लाख ८० हजार कित्ता सेयर बिक्री गरेको थियो । माण्डु हाईड्रोपावरले २५ प्रतिशत अर्थात् १६ लाख ३६ हजार ३७० कित्ता सेयर बिक्री गरेको हो । कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी कूल १७ करोड ३४ लाख ५५ हजार रुपैयाँ प्रिमियम संकलन गरेको हो । यस्तै, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ प्रतिशत अर्थात् १६ लाख ३६ हजार ३७० कित्ता सेयर बिक्री गरेको हो । कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ थप गरी सेयर बिक्री गर्दा २ करोड २८ लाख ८२ हजार रुपैयाँ प्रिमियम रकम संकलन गरेको हो ।
टिभिएस इलेक्ट्रिक स्कुटर बजारमा, यस्ता छन् विशेषता ?
काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले मंगलबार बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब नाडा अटो शोमा लन्च गरेको छ । टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ जुन बलियो इन–हाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ । लन्चमा बोल्दै टिभिएस मोटर कम्पनीका डिरेक्टर र सीईओ केएन राधाकृष्णनले टिभिएस मोटर्स सँधै नयाँ प्रविधिहरू अपनाउन अगाडि रहँदै आएको बताए । टिभिएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर रहेको कम्पनीले जनाएको छ । ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारङ छनोट गर्न सक्नेछन् । आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन् । सहज ५–वे जोइस्टिकको साथमा ७ इन्चको टि.एफ.टि क्लस्टरले इन्ट¥याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगाएतका सुविधाहरु प्रदान गरेको छ । ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्दछ । साथै यु.एस.बि चार्जिङ पोर्टले सवारीका लागि अधिकतम सुविधा दिन्छ । लामो र चौडा सिटले व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि सहज भएकाले आईक्युबलाई व्यावहारिक विकल्प बनाएको छ । शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७८ कि.मि प्रतिघण्टा को टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० कि.मि प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ । टिभिएस आईक्युबमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन् । यो एक इन्टेलिजेन्ट इन–हाउस बि.एम.एस (ब्याट्री व्यवस्थापन प्रणाली) सँग आउँदछ जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ। ४.५ घन्टामा ०–८०% सम्म चार्जिङ टाइम रहेको टिभिएस आईक्युब ६५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ आउँदछ । साथै कुनै पनि ५ यम्पीयर घरेलु सकेटको साथ प्रयोग गर्न सकिने यस स्कुटरको ब्याट्री घरमै चार्ज गर्न धेरै सुविधाजनक र किफायती हुनेछ। पावर र ईको मोडले राइडरलाई रेन्ज अथवा परफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । रियरमा हाइड्रोलिक ट्वीन ट्युब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनि भूभागमा बलियो सन्तुलन र आरामदायीता सुनिश्चित गर्दछ । टिभिएस आईक्युब नयाँ युगको प्रविधि र स्मार्ट सुविधाहरूका साथ भरिपूर्ण छ । टिभिएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट, जियोफेन्सिङ सुविधाहरू, क्र्यास÷फल अलर्ट जस्तै सुविधाहरू आएका छन् । कुनै पनि स्मार्ट फोनलाई टिभिएस आईक्युब एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस, र अन्य अवस्थाहरू जाँच गर्नुको साथै म्युजिक कन्ट्रोलको सुविधा पनि रहेको छ । एलेक्सा स्किलसेट मार्फत जानकारी लिन भ्वाइस एसिस्टहरूको प्रयोग गर्न सकिन्छ । प्लेटफर्मले ड्यासबोर्डमा दिइएका एक्टिभ समयमै सर्भिस अलर्टहरुले सवारी साधनको अवस्थाको बारेमा जानकारी दिन्छ । यस स्कुटरले आगमन कल र एसएमएस अलर्ट मात्र होइन, सामाजिक सञ्जालका एपका नोटिफिकेसनहरू समेत प्रदान गर्दछ । प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो १ हजार ग्राहकहरूका लागि ४ लाख २९ हजार ९०० को आकर्षक मूल्यमा उपलब्ध छ । भृकुटीमण्डपमा मंगलबारबाट सुरू भएको नाडा अटो शोमा सार्वजनिक गरिएको यस टिभिएस आईक्युबको बारेमा विस्तृत जानकारीका लागि टिभिएसको स्टल नं. ११ मा गएर हेर्न सकिनेछ ।
काठमाडौंको टेकुमा रोयल इनफिल्डको सोरुम
काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभले काठमाडौंको टेकुमा सोरुम सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँको नारायण चौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै कम्पनीका अत्याधुनिक दुईवटा सोरुम सञ्चालनमा थिए । रोयल इनफिल्ड मोटरसाइकल सोरुम ‘वाइकर्स होमको’ अवधारणामा निर्माण गरिएको छ । सोरुमबाट बाइक, राइडिङ गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्री तथा बिक्री पछाडिका सेवाको व्यवस्था गरिएको छ । रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो, जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन र वितरण गर्दै आएको छ । अल्फा अटोमोटिभ प्रालिले आफ्नो एवं डिलरसमेत गरी कम्पनी मापदण्डका हाल १८ वटा सोरुम सञ्चालन गरिरहेको छ । चाँडै थप ३ वटा (वीरगन्ज, विराटनगर र धनगढी) मा सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ । अल्फा अटोमोटिभ प्रालि त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजनअन्तर्गतको कम्पनी हो । त्रिवेणी ग्रुपले उत्पादनमूलक उद्योग व्यवसाय, बैंकिङ, बिमा एवं सर्भिस सेक्टरमा कार्य गरिरहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लामा एनसेल फोरजी विस्तार
काठमाडौं । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियान अन्तर्गत यी ठाउँका स्थानीयहरुलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरहरुसँग जोड्दै फोरजी सेवा सुरु गरेको छ । फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामा ठुलीभेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सिमिकोट गाउँपालिका (हुम्ला) मा एक–एक गरी चारवटा फोरजी बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) स्थापना गरेको छ । कम्पनीले भी–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा संचालन गरेको हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हाम्रा ग्राहकहरूलाई नयाँ प्रविधिसँग जोड्दै सशक्त बनाउन पाउँदा खुसी छौं । यो एउटा कोशेढुङ्गा हो किनभने पछिल्लो विस्तार पश्चात कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई फोरजीले जोडेका छौं । यसले सरकारको डिजिटल नेपालको परिकल्पना र डिजिटल समावेशी समुदायको निर्माणमा योगदान पुर्याउने छ ।’ एनसेलले फोरजी सेवा विस्तार र क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आएको छ र मनाङ जिल्लालाई पनि छिट्टै फोरजीले जोड्ने योजना सहित काम गरिरहेको छ । फोरजीले प्रयोगकर्ताहरूलाई हाई–डेफिनिशन भिडियो सामग्रीको स्ट्रिमिङ, भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे), द्रुत डाउनलोड र अपलोडहरू, ठूला फाइलहरू तत्काल आदानप्रदान लगायत विभिन्न डिजिटल सेवाहरू लिन सक्षम बनाउँछ । देशभरी एनसेलको ४,१०० भन्दा बढि फोरजी बीटीएसहरु संचालनमा रहेका छन् । फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्याउँछ । गत आर्थिक वर्ष २०७९/८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३ सय ३८ नयाँ साइट स्थापना गरेको थियो । त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै १,४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ । आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो ।
नाडा अटो शोमा फोर्स अरबानीया सार्वजनिक
काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले नाडा अटो शोमा फोर्स कम्पनिको अरबानीया भ्यानकोे अनावरण तथा बुकिङ्ग खुल्ला गरि बिक्री वितरण शुभारम्भ गरेको छ । यस भ्यान नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको छ भने कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ । यो भ्यान विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन ,गेयरबक्स तथा एक्सल जडान गरिएको छ । आकर्षक र सुबिधा सम्पन्न देखिएको माइक्रोबसमा १५ र १८ सिट क्षमतामा उपलब्ध छन भने यसका १५ सिट भ्यानको मुल्य ८२ लाख ९९ हजार रुपैयाँ र १८ सिटको भ्यानको मुल्य ८६ लाख ९९ हजार रुपैयाँ कम्पनीले सार्वजनिक गरेको छ । यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ । साथै, नाडा अटो शो मा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।
टाटाले सार्वजनिक गर्यो ३ वटा गाडीहरु, कुन मोडलको मूल्य कति ?
काठमाडौं । टाटा मोटर्स प्यासेन्जर भेहिकल द्धार नाडा अटो सो लाई लक्षित गरी बहुप्रतिक्षित तीनवटा गाडीहरु टाटा टियागो इभी र टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरिएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डप स्थित प्रदर्शनी हलमा आजदेखि सुरु भएको १५औ संस्करणको अटो सो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’ मा यी उत्पादनहरुको बिक्री वितरण शुभारम्भ गरिएको हो । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य बिशेषताहरु रहेका छन् । जसमा कार्य कुशलता , प्रविधि, विश्वास , चार्जिङ्ग र आरामदायीता रहेका छन । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् । यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ । यस टियागो इभी सिमित अवधिका लागि सुरुवाती मूल्य २१.९९ लाख राखिएको छ भने अन्य भेरिएन्ट हरुको मूल्य यसप्रकार रहेको छ । यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्णस्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् । नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५.९९ लाख राखिएको छ । त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन । नँया युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ । त्यसैगरी सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ बताउछन् ‘टाटा टियागो इभी र टाटा पन्चले टाटा र सिप्रदीको नेपाली ग्राहकवर्गको ड्राइभिङ्ग अनुभवलाई नविन र दिगो ढंगले रुपान्तरण गर्ने साझा प्रतिवद्धताको प्रतिनिधित्व गर्छ । टाटा मोटर्ससँगको सहकार्यमा नेपालको समग्र यातायात क्षेत्रको विद्युतीकरण र यसको हरित भविष्यको लागि योगदान गर्न पाउँदा सिप्रदी खुसी र गौरवान्वित महशुस गर्दछ’ । नाडा अटो सो को पहिलो दिनमा टाटाले ग्राहक एवम मिडियाहरुबाट अपेक्षा गरे भन्दा बढी साथ र समर्थन पाएको छ ।
हुन्डाई ‘फेष्टिभ डिलाइट २०८०’ को बम्पर उपहार सार्वजनिक
काठमाडौं । हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर उपहार रहेको हुन्डाई एसयूभी सार्वजनिक गरिएको छ । नाडा अटो सो २०२३ को पहिलो दिन मंगलबार आफ्नो स्टलबाट अर्थमन्त्री प्रकाशशरण महतले उक्त एसयूभी हुन्डाई एक्सटर रहने भनी सार्वजनिक गरेका हुन् । हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रूपैयाँ सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत बम्पर उपहारमा हुन्डाई एक्सटर पनि प्राप्त गर्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना छठ पर्वसम्म लागू हुनेछ ।