नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको छ । आइतबार मात्रै कोषको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । यससँगै नेप्सेमा संस्थाको एक करोड ६ लाख २७ हजार ५ सय कित्ता बोनस सेयर थपिएको छ । यसअघि संस्थाको ५ करोड ३१ लाख ३७ हजार ५०४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड रुपैयाँ छ ।
आत्मनिर्भर अर्थतन्त्र बनाउन अर्थमन्त्री र गभर्नरको भूमिका महत्वपूर्ण हुन्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । गभर्नर अधिकारीले बैंकहरुको कर्जा प्रवाह मुलुकको जिडिपी भन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताए । बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसेको भन्नेकुरा गलत भएको जानकारी दिए । अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकहरुले कर्जा दिने उनको धारणा छ । बैंकहरुले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुने भन्ने भ्रममा बस्न नहुनेमा जोड दिए । उनले नेपालको अर्थतन्त्रमा धेरै मनि सप्लाई भएको वर्ष थोरै मूल्यवृद्धि भएको उदाहरणहरु रहेको बताए । गभर्नर अधिकारीले पछिल्लो समय विश्वका केन्द्रिय बैंकहरुले अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणको लागि नीतिगत रुपमा कडाईका साथ उभिएको धारणा राख्दै उनले मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको पनि महत्वपूर्ण भुमिका हुने गरेको बताए । ‘विश्वका केन्द्रिय बैंकहरुले अर्थतन्त्रका विषयमा पोजिसन लिइरहेको देखिन्छ,स्वयत्तताको कुरा गरिरहेको पाउँछौं, त्यो केको लागि भन्दा म्यान्डेट पूरा गर्नको लागि हो, नेपालको कर्जा प्रवाह जिडिपी भन्दा धेरै छ, अहिले नेपालको कर्जा प्रवाहमा बैंकले लोन नदिएको कारणले अर्थतन्त्र चलायमान भएन, बजार चलायमान भएर ऋण चाहिने हो की ऋण दिएर बजार चलायमान हुने हो, तर पनि स्वयत्तताको मूल्य जुन छ त्यो महत्वपूर्ण छ, केन्द्रिय बैंकको मेजरमेण्टको सन्दर्भमा राम्रो मोडल ल्याएको छ, जसले केन्द्रिय बैंकको उद्देश्य मुलुकको अर्थतन्त्र र मूल्यवृद्धि स्थायित्व राख्ने वा नराख्ने ?’, उनले भने । गभर्नर अधिकारीले राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री निरन्तर रुपमा आत्मनिर्भर अर्थतन्त्र बनाउने नीति बनाउन लाग्न आवश्यक रहेको बताए ।
बागमती प्रदेशले पनि अगाडि बढायो नयाँ विश्वविद्यालय खोल्ने प्रकृया
काठमाडौं । बागमती प्रदेश सरकारले पनि नयाँ विश्वविद्यालय खोल्ने प्रकृया अगाडि बढाएको छ । आइतबार एक सूचना जारी गर्दै बागमती प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालय, प्रदेश उच्च शिक्षा परिषदको सचिवालयले योग्यता पुगेका क्याम्पस र शैक्षिक संस्थाहरुले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवेदन गर्न सक्ने जनाएको छ । प्रदेश उच्च शिक्षा ऐन, २०७८ को दफा ८ र ११ तथा प्रदेश उच्च शिक्षा नियमावली, व२०७९ को नियम व१० बमोजिम विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न सक्ने व्यवस्था बमोजिम नयाँ विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान खोल्ने प्रकृया अगाडि बढाइएको मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ । सूचनाअनुसार आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस वा शैक्षिक संस्थाहरुमध्ये स्वास्थ्य, सूचना प्रविधि र कानूनको क्षेत्रमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठिान स्थापना गर्न प्रदेश उच्च शिक्षा नियमावली अनुसार एक लाख रुपैयाँ आवेदन शुल्क बुझाएर निवेदन गर्न सकिन्छ । मन्त्रालयका प्रवक्ता खुविराम अधिकारीले विश्वविद्यालय स्थापनाको लागि अध्ययन गर्न गठित कार्यदलले देखाएको सम्भावनाका आधारमा प्रदेश सरकारले नयाँ विश्वविद्यालय खोल्ने प्रकृया अगाडि बढाइएको बताए ।
सिमेन्ट उद्योगीले पाएनन् निर्यात अनुदान, व्यवसायमा असर परेको गुनासो
काठमाडौं । सिमेन्ट उद्योगीहरुले निर्यात अनुदान नपाएको गुनासो गरेका छन् । सरकारले बजेटमा नै नेपाली सिमेन्ट निर्यात गर्दा नगद अनुदान दिने घोषणा गरेपछि हौसिएर निर्यात गर्न थालेका उद्योगीहरुले अहिले अनुदानको पैसा नै नपाएको गुनासो गरेका हुन् । सरकारले खातामा पैसा अभाव भएको भन्दै अनुदानवापतको रकम दिन हानाकानी गरिरहेको हो । सरकारले अनुदान दिने आश्वासन दिएपछि सिमेन्ट निर्यात सुरु गरेका उनीहरुले अनुदान रकम होल्ड हुँदा समस्या भएको धारणा राखेका छन् । सरकारले निर्यात गरेको अनुदान रकम छोटो समयमा नै दिने भन्दै निर्यात गरेपनि अुनदान रकम लिन १५ महिना पर्खिदा पनि नपाएको गुनासो उद्योगीहरुले गरेका हुन् । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले हालसम्म सिमेन्ट निर्यातको अनुादन नपाएको बताए । उद्योगीहरुले विभिन्न प्रक्रिया पुर्याएर अनुदानको रकम माग गरेपनि हालसम्म नपाएको गुनासो गरे । उनका अनुसार निर्यातमा नगद अनुदान सम्बन्धी कार्यविधिमै केही समस्या छ । ‘सुरुवाती चरणमा जारी भएकोे कार्यविधिमा निर्यात गरेको महिनाले ६० दिन अर्थात २ महिनाभित्र अनुदान रकमका लागि आवेदन दिन सक्ने व्यवस्था थियो, सोही व्यवस्थालाई आधार बनाएर हामीले निर्यात जारी राखेका थियौँ’, उनले भने, ‘सरकारले उक्त कार्यविधि संशोधन गरेर वर्षसकिएको ३ महिनाभित्र निवेदन दिन पाउने व्यवस्थाले समस्या भयो ।’ पाल्पा सिमेन्टका प्रबन्ध निर्देशक समेत रहेका उनले सरकारले दिने भनेको छुट रकम पाउन नै १५ महिनाभन्दा बढी समय कुर्न पर्दा त्यसको प्रत्यक्ष असर व्यवसायमा देखिएको बताए । ‘हामीले २०७९ को असारदेखि नेपाली सिमेन्ट पहिलो पटक भारतमा निर्यात सुरु गरेका हौँ, अहिले २०८० को असोजसम्म निवेदनकै समय तोकिदा हामीले १५ महिनामन्दा बढी होल्ड गर्नु पर्याे, गत साउनदेखिको रकम पाउन हामीलाई धेरै समस्या भयो’, उनले भने, ‘हामीले सरकारलाई पटक÷पटक सीमित अवधि तोकेर अनुदान रकम दिनुपर्छ भन्दै आएका छौँ, एक वर्ष लामो भयो तीन÷तीन महिनामा अनुदान दिनुपर्छ भन्ने हाम्रो माग हो, यसमा सरकारले कार्यविधि संशोधन गर्ने भनेर हामीलाई आश्वासन दिइएको छ ।’ सरकारले कार्यविधि संशोधनको कुरा गरेपछि अहिले पुरानै कार्यविधि अनुसार अनुदान रकम पाउनका लागि १५ महिना कुर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । यस्तै, अर्घखाँची तथा श्री स्टीलका सञ्चालक राजेश अग्रवाल पनि सिमेन्ट निर्यातको अनुदान नपाएको गुनासो गर्छन् । ‘हामीले गत आर्थिक वर्ष सिमेन्ट निर्यात गरेको अनुदान रकम लिनका लागि साउन पहिलो सातामा नै उद्योग विभागमा आवेदन दिइसकेका छौं, आवेदन दिएको डेढ महिना बितिसक्दा समेत छुट रकम पाइएको छैन’, उनले विकासन्युजसँग भने । उनले बजेटमा नै व्यवस्था भएअनुसार अनुदानका लागि आवेदन दिएपनि सरकारी निकायबाट वेवास्ता हुने गरेको धारणा राखे । उद्योगले अनुदान रकम माग गरेपनि विभागले अहिलेसम्म रकम भुक्तानीको सिफारिसका लागि कुनै पनि प्रक्रिया अघि नबढाएको उनको भनाइ छ । ‘बजेटमा नै निर्यातको अनुदान पाइने उल्लेख थियो, सोही व्यवस्था अनुसार सिमेन्ट निर्यात गरेर हामीले अनुदान माग गरेका हौं,’ उनले भने, ‘सरकारी नियकाबाट हामीलाई जुन किसिमको सहजीकरण हुनु पर्ने थियो त्यो भएन, उद्योगीलाई काम गर्नका लागि टाइमलाइन लागू हुन्छ, सरकारलाई छैन ।’ अर्का उद्योगी रामचन्द्र संघईले सरकारले हाल खातामा पैसा नभएको भन्दै अनुदानको रकम दिन आनाकानी गरिरहेको धारणा राखे । उनका अनुसार अहिले उद्योग विभागले पैसाको अभाव देखाउँदै अनुदानका लागि सिफारिस पत्र पनि बनाउन छोडेको छ । गत साउन पहिलो साता उद्योग विभागले असोजसम्मको समय राखेर निवेदन माग गरेको थियो । विभागले असोज मसान्तभित्र परेको आवेदनलाई आधार बनाएर छुट रकम दिनका लागि उद्योगीले कारोबार गर्ने गरेको बैंकलाई सिफारिस गर्छ । विभागले दिएको अनुमति अनुसार सम्बन्धित बैंकले अनुदान रकम माग गर्दै राष्ट्र बैंक समक्ष पत्र पठाउँछ । केन्द्रीय बैंकले सम्बन्धित बैंकले दिएको पत्रका आधारमा छुट अनुदान रकम दिन्छ । विभागका सूचना अधिकारी रमिला भण्डारी कार्यविधिमा केही संशोधन भएको कारण अनुदान रकम वितरणमा ढिलाइ भएको बताउँछिन् । निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी केही समस्या कार्यविधि, २०७५ अनुसार नै विभागको अनुदानका लागि माग गर्न सूचना चारी भएको बताउँछिन् । ‘कार्यविधि अनुसार गत वर्ष भारत निर्यात भएको वस्तुको छुट लिनका लागि हामीले साउन पहिलो साता नै सूचना जारी गर्दै आवेदन मागेका छौँ, असोज मसान्तभित्र परेका आवेदन अनुसार छुट रकम पाउनका लागि हामीले सम्बन्धित बैंकमा सिफारिस गछौँ’, उनले भनिन । सरकारले गत कात्तिकमा निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५ दोश्रो संशोधन गर्दै छुट पाउने वस्तुहरुको सूचिमा नेपाली सिमेन्टलाई समेत समावेश गरेको थियो । पहिलो कार्यविधिमा निर्यात गरेको महिना समाप्त भएको ६० दिनभित्र विभागमा निवेदन दिन सकिने व्यवस्था थियो । तर, सरकारले उक्त कार्यविधि दोस्रो संशोधन गर्दै आर्थिक वर्ष सकिएको तीन महिनाभित्र निर्यात अनुदानका लागि आवेदन दिन पाउने व्यवस्था गरेको हो ।
पोखरा फाइनान्सका अध्यक्ष गुरूङको शपथ ग्रहण
काठमाडौं । पोखरा फाइनान्सका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन । फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त भएका थिए । अध्यक्ष गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीबाट शुक्रबार अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् । कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीले नवनियुक्त अध्यक्ष गुरूङलाई सपथ ग्रहण गराउँदै राष्ट्र बैंकको निर्देशिकाको पुर्ण पालना गर्दै संस्थागत सुशासनमा ध्यान दिएर कुशल नेतृत्व प्रदान गर्न शुभकामना दिएकी थिइन् । शपथ ग्रहण कार्यक्रमको प्रारम्भमा पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले नवनियुक्त अध्यक्ष गुरूङका बारेमा संक्षिप्त जानकारी गराएका थिए । सो अवसरमा अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा पोखरा फाइनान्स लिमिटेडलाइ ग्राहकको रोजाइको फाइनान्स बनाउने र शेयरधनीलाइ उच्च प्रतिफल दिन प्रतिवद्ध रहने बिचार व्यक्त गरे । नवनियुक्त अध्यक्ष राजकुमार गुरुङले शपथ ग्रहण कार्यक्रममा मन्तब्य राख्दै पोखरा फाइनान्सको अध्यक्ष पदमा नियुक्त हुन पाएकोमा खुशी व्यक्त गरे। साथै उनले नेपाल राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पुर्ण पालना गर्दै फाइनान्सको प्रगतिको लागि हरदम प्रयत्नशील रहने बताए ।
ह्वावे र आईटीयूबीचको सहकार्यले एसिया-प्रशान्त क्षेत्रको विकासमा यात्राको सुरुवात
काठमाडौं । डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एसियाका शिक्षा मन्त्रीहरूको संगठन (सीमइयो) ले ’सिड्स फर द फ्युचर समिट-२०२३ को आयोजना गरेको छ। ह्वावेको पहलमा एसिया-प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिको लागि’कनेक्ट, कल्टिभेट, कन्ट्रीब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसिया प्यासिफिक’ भन्ने नारालाई सार्थक बनाउन १९ एसिया प्यासिफिक देशका ९१ बहुप्रतिभाशाली सहभागीहरुले ‘सिड्स फर द फ्युचर समिट-२०२३’ मा भाग लिएका छन् । नेपालका चार विजेताहरु कुल १९ देशहरुबाट ९१ सहभागीहरुसँग ’सीड्स फर द फ्युचर समिट २०२३’ मा सहभागी भएका छन् । यस शिखर सम्मेलनमा प्रविधि र सांस्कृतिक आदानप्रदान कार्यक्रम, ह्वावेको विश्व-स्तरीय अनुसन्धान र विकास केन्द्र र मुख्यालयहरूको भ्रमणका साथै परम्परागत र आधुनिक चीनको अनुभव समावेश छ। समिटको विषयवस्तुमा प्रकाश पार्दै ह्वावे एसिया प्यासिफिकका अध्यक्ष साइमनलिनले भने, ‘ह्वावेले ’सिड्स फर द फ्युचर समिट’ आयोजना गरेको यो तेस्रो वर्ष हो । हरेक वर्ष, हामी केहीनयाँ, थप साझेदारहरू सामेल भएसँगै यस कार्यक्रम फस्टाएको देख्न सक्छौ,तथापियसमा साझेदारी, प्रतिबद्धता र युवा सशक्तिकरण गरि तीन कुराहरू अपरिवर्तित छन् । शिखर सम्मेलनको मुख्यभागको रूपमा, ह्वावे र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) ले एसिया-प्रशान्त क्षेत्रहरूमा डिजिटल सहकार्यका छ वटा प्रमुख क्षेत्रहरू- आईसीटी नीति र नियमन, संयुक्त अनुसन्धान, समावेशीपूर्वाधार, डिजिटल क्षमतानिर्माण, युवा सशक्तिकरण र डिजिटल अभ्यास साझेदारीमा केन्द्रित रहदै संयुक्त घोषणा गरेका थिए । कार्यक्रम आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. पिटी श्रीसंगनमको नेतृत्वमाप्यानल छलफलद्वारा समापन गरिएको थियो। कार्यक्रममा नेशनल युनिभर्सिटी अफसिङ्गापुरका विज्ञहरू, ह्वावे र ’सिड्स फर द फ्युचर’ का प्रतिनिधिहरू सम्मिलित प्यानलले डिजिटल सीपहरू प्रयोग गरेर यस क्षेत्रका भविष्यका नेतृत्वकर्ताहरुको डिजिटल कौशलको उपयोग गर्दै क्षमता अभिवृद्धि गर्ने र आजीवनयी कौशलको उपयोग गर्ने तरिकामा गहिरो प्रकाश परेको थियो। यो प्रतिभाशिखर सम्मेलन, चीनको शेन्जेन र डोङगुआनमा ह्वावेको क्याम्पसको भ्रमणमा लगिएका ९१ विद्यार्थीहरूका लागि अद्भुतअनुभवको विस्तार हो। त्यहाँ, तिनीहरूले सूचना सिद्धान्त, डिजिटल शक्ति, अटोमोबाइल प्रविधिहरू र साइबर सुरक्षा जस्ता क्षेत्रहरूमा अद्वितीय अनुभवप्राप्त गरेका थिए। आसियान १०, दक्षिण कोरिया, जापान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, फिजी, सोलोमन टापुलगायतका देशहरूबाट सहभागी विद्यार्थीहरुलाई ह्वावे, आसियान फाउन्डेसन र आइटीयूद्वारा सामूहिक रूपमा चयन गरिएको थियो ।
दशैं/तिहारमा विदेश घुम्ने प्याकेज : कुन देश जान कति लाग्छ पैसा ?
काठमाडौं । विदेश घुुम्नु नेपालीहरुका लागि सोख नै बनिसकेको छ । अन्य समयमा फुर्सद नपाएर घुम्न नसकेकाहरुका लागि दशैं तिहार तथा दिपावलीको समय विदेश घुम्नु उत्तम समय हो । दशैं, तिहारमा विदेश घुम्न जानेहरुको संख्या पनि बढ्दै गइरहेको छ । सो कारण पनि पछिल्लो समय विभिन्न ट्राभल्स एजेन्सीहरुले टुर प्याकेजहरु ल्याउन थालेका छन् । सस्तो टुर प्याकेजहरु बनाएर कम्पनीहरुले आकर्षक प्याकेजहरु ध्माधम सार्वजनिक गर्न थालेका छन् । अहिले कतिपयले भिसा अप्लाई गर्न थालेका छन् भने कतिपयले टिकट पनि काटेर घुम्ने तयारी गरिरहेका छन् । सिम्रिक होलिडेज कम्पनीले विदेश घुम्नका लागि विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ । कम्पनीले थाइल्याण्ड, सिंगापुर र मलेशिया घुम्न चाहनेहरूका लागि विभिन्न किसिमका प्याकेजहरु ल्याएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र भट्टराईले थाइल्याण्ड, सिंगापुर र मलेशिया घुम्नका लागि १ लाख ३५ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । उनका अनुसार थाइल्याण्ड, सिंगापुर र मेलेशियमा १० दिन घुम्न सकिनेछ । उनले वर्षेनी यस्ता प्याकेजहरु ल्याउने गरेको धारणा राखे । ‘यो प्याकेजमा विदेश घुम्न चाहनेहरूको लागि अवसर हो, १० दिनमा ४ दिन थाइल्याण्ड, ३ दिन सिंगापुर, २ दिन मेलेशिया घुमाउँछौं, यो आकर्षक प्याकेज हो,’ उनले भने । प्याकेज भित्रै कम्पनीले खाने तथा बस्ने व्यवस्था मिलाएको छ । ‘हामीले उहाँहरूलाई थोरै पैसामा धेरै ठाउँमा घुम्ने अवसर ल्याएका छौं, अन्य ठाउँमा गइयो भने धेरै पैसा पनि लाग्छ, थोरै पैसामा धेरै ठाउँ घुम्ने यो अवसर हो,’ उनले भने । यस्तै, बोन होलिडेज कम्पनीले दशैं लक्षित गर्दै ‘दशैं धमाका अफर’ ल्याएको छ । सो अफर अन्तर्गत विभिन्न देशमा थोरै रकमा घुम्न सकिने छ । कम्पनीले दशैंको अवधिमा अस्ट्रेलिया, बाकु, दुबई लगायत देश घुमाउन प्याकेजहरु ल्याएको कम्पनीका सेल्सम्यान मञ्जिल पौडेलले बताए । उनका अनुसार दशैं अफर अन्तर्गत एक जना विजेताले ५० हजार रुपैयाँको क्यास व्याक पनि पाउनेछन् । कम्पनीले दशैं अफर अन्तर्गत दुबई घुम्न चाहनेहरूको लागि ७९ हजार ५०० रुपैयाँ तोकेको छ । कम्पनीका धेरै जसो अफर सेप्टेम्बर र अक्टोबरको लागि छन् । फ्लाइटमाण्डु होलिडेज कम्पनीले दशैं तिहारपछि थाइल्याण्ड, सिंगापुर र मेलेशिया घुम्ने प्याकेज ल्याएको छ । एक लाख २९ हजार ५०० रुपैयाँमा सो प्याकेज ल्याएको छ । दशैं आउनु अगावै धेरै प्याकेज बुक भइसकेको कम्पनीका प्रबन्ध निर्देशक सुदिप ताम्रकारले बताए । ‘हामीले अहिलेको प्याकेज अक्टुबरका लागि ल्याएका छौं, दशैंको बेला विदेश घुम्न जानेको संख्या धेरै हुन्छ, त्यसैले पनि हवाई भाडा अहिले केही महँगो छ, तथापि जान भने चाहिँ सकिन्छ,’ उनले भने । ह्वाइट टाइगर होलिडेज कम्पनीले पनि दशैं अवसर पारेर विदेश घुम्न चाहनेहरूको लागि आकर्षक प्याकेज ल्याएको छ । कम्पनीले थोरै रकममा धेरै ठाउँ घुम्न सक्ने प्याकेज ल्याएको हो । कम्पनीका म्यानेजर महेश शर्माले सिंगापुर, थाइल्याण्ड, दुबई जस्ता घुम्न चाहनेहरुका लागि टिकट बुकिङ भइरहेको बताए । उनका अनुसार सिंगापुर र मलेसियाको प्रति व्यक्तीको एक लाख २० हजार रुपैयाँ टिकट मूल्य तोकेको छ । ‘हामीले थाइल्याण्ड लगायत विभिन्न देश घुम्न लग्छौं, दशैंको लागि अहिले टिकट बुकिङ भइरहेको छ, विदेश घुम्न चाहनेहरुको लागि यो अबसर हो,’ उनले भने । अक्टुबरको लागि धेरै टिकट बुकिङ भइरहेको उनको भनाइ छ । कम्पनीले ल्याएको प्याकेज अन्तर्गत धेरै टिकट बुक भएको उनको भनाइ छ ।
शाओमीको नेपालमा ५ वर्ष पुरा
काठमाडाैं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५ वर्ष सफलतापूर्वक पूरा गरेको छ । सन् २०१८ मा लन्चभ ए देखि नै शाओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको छ । कम्पनीको सफलताको श्रेय उसको इनोभेसन र किफायती मूल्यमा उच्च गुणस्तरका स्र्माटफोनहरू उपलब्ध गराउने प्रतिबद्धतामा समर्पित रहेको कम्पनीले जनाएको छ । विगत पाँच वर्षमा शाओमीले नेपाली स्मार्टफोन बजारमा आफ्नो उपस्थितिलाई निरन्तर बढाउँदै आएको छ । उत्कृष्ट उत्पादन र अत्याधुनिक प्रविधिलाई उपभोक्ता माझ पुर्याउने ब्राण्डको अटल समर्पणले नेपाली ग्राहकवर्गको हृदयमा विशेष स्थान कमाएको छ । शाओमी नेपाल उच्च गुणस्तरको प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो लक्ष्यमा अडिग रहेको छ । साथै नेपालमा आफ्ना प्रोडक्ट अफरिङ् तथा ग्राहक अनुभवलाई थप वृद्धि गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । विगतका वर्षहरू जस्तै शाओमी नेपालले ग्राहकवर्गको चाडपर्वलाई थपविशेष बनाउँदै पपुलर स्मार्टफोन मोडेलहरूमा २००० सम्मको आकर्षक छुट प्रदान गरिरहेको जनाएको छ । शाओमी नेपालले ‘चाडपर्वको मुड, अफर टु गुड’ घोषणा गरी शाओमी फ्यानबेसका लागिखुसी फैलाउने र उल्लेखनीयअफरहरू प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘हामी नेपालमा हाम्रो ५ औं वार्षिकोत्सव मनाउन पाउँदा धेरै खुसी छौँ । यस सुन्दर देशमा शाओमीको यात्रा उल्लेखनीय रह्यो र हामी ग्राहकवर्गहरू तथा पार्टनरहरूको विश्वास र समर्थन प्रति आभारी छाँै । हामी आशा गर्दछौँ कि यो सर्पोट भविष्यमा पनि जारी रहनेछ ।’