आत्मनिर्भर अर्थतन्त्र बनाउन अर्थमन्त्री र गभर्नरको भूमिका महत्वपूर्ण हुन्छ : गभर्नर अधिकारी

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । गभर्नर अधिकारीले बैंकहरुको कर्जा प्रवाह मुलुकको जिडिपी भन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

गभर्नर अधिकारीले बैंकहरुको कर्जा प्रवाह मुलुकको जिडिपी भन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताए । बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसेको भन्नेकुरा गलत भएको जानकारी दिए ।

अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकहरुले कर्जा दिने उनको धारणा छ । बैंकहरुले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुने भन्ने भ्रममा बस्न नहुनेमा जोड दिए ।

उनले नेपालको अर्थतन्त्रमा धेरै मनि सप्लाई भएको वर्ष थोरै मूल्यवृद्धि भएको उदाहरणहरु रहेको बताए । गभर्नर अधिकारीले पछिल्लो समय विश्वका केन्द्रिय बैंकहरुले अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणको लागि नीतिगत रुपमा कडाईका साथ उभिएको धारणा राख्दै उनले मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको पनि महत्वपूर्ण भुमिका हुने गरेको बताए ।

‘विश्वका केन्द्रिय बैंकहरुले अर्थतन्त्रका विषयमा पोजिसन लिइरहेको देखिन्छ,स्वयत्तताको कुरा गरिरहेको पाउँछौं, त्यो केको लागि भन्दा म्यान्डेट पूरा गर्नको लागि हो, नेपालको कर्जा प्रवाह जिडिपी भन्दा धेरै छ, अहिले नेपालको कर्जा प्रवाहमा बैंकले लोन नदिएको कारणले अर्थतन्त्र चलायमान भएन, बजार चलायमान भएर ऋण चाहिने हो की ऋण दिएर बजार चलायमान हुने हो, तर पनि स्वयत्तताको मूल्य जुन छ त्यो महत्वपूर्ण छ, केन्द्रिय बैंकको मेजरमेण्टको सन्दर्भमा राम्रो मोडल ल्याएको छ, जसले केन्द्रिय बैंकको उद्देश्य मुलुकको अर्थतन्त्र र मूल्यवृद्धि स्थायित्व राख्ने वा नराख्ने ?’, उनले भने ।

गभर्नर अधिकारीले राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री निरन्तर रुपमा आत्मनिर्भर अर्थतन्त्र बनाउने नीति बनाउन लाग्न आवश्यक रहेको बताए ।

Share News