तेश्रो बिवाहका लागि उखुबारीमा ९ महिने शिशुलाई बाँधेर आमा फरार भएपछि……
महेन्द्रनगर । आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ ? तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको बोटमा बाधेर आउँदा त्यो आमाको मन कस्तो भयो होला ? आफैले जन्म दिएकी आमा कति निर्दयी बन्न सकिन होला ? ९ महिने दुधे शिशु छोरीलाई उखुबारीमा बाँधेर परपुरुषसँग भागेकी एक महिला कञ्चनपुरको बेलडाडी गाउँ पालिकाबाट पक्राउ परेकी छिन । शुक्रबार बिहानै ९ महिने शिशुलाई बेलौरी नगरपालिका ७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर परपुरुषसंग भाग्न लागेकी महिला पक्राउ परेकी हुन । पुनर्वास नगरपालिका २ अमरैया माईती घरमै बस्दै आएकी सर्मिला चौधरी पक्राउ परेकी छन् । चौधरीले आफैले जन्माएकी छोरीलाई उखुबारीमा एक हात बाधेर छोडेको आरोपमा पक्राउ परेकी हुन् । शर्मिलाले यस अघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी बिबाह गरेकी थिइन । केही समय बिबाहित जीवन राम्रो चले पनि पछि अजयलाई छोडेर उनले बैलौरीकै सुन्दर चौधरीसंग भागी विवाह गरेकी थिईन । सर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो, भन्ने पहिचान नभएपछि श्रीमान सुन्दर्वचौधरीसंग विवाद भएपछि बेलडाँडी ३ वैवाहका प्रेम डगौरासंग भाग्न लागेकी सर्मिला शनिबार पक्राउ परेकी हुन । शिशुका कारण श्रीमानसंग रातदिन झै झगडा किचलो हुन थालेपछि समाजिक सञ्जाल फेसबुक मार्फत वैवाहका प्रेम डगौरासंग भागेर विवाह गर्न लागेकी महिलालाई प्रहरीले सनिवार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बच्चालाई उखुबारीमा छाडेर फरार हुने सर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाईएको बताए । ‘९ महिने शिशुलाई उखुबारीमा अलपत्र छाडेर भाग्ने आमा सर्मिलालाई प्रहरीले पक्राउ गरिसकेको छ, ‘प्रहरी प्रवक्ता डाँगीले भने, ‘ईप्रका बेलौरीमा सर्मिलामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’ यो समाचार राजधानी दैनिकमा छ ।
अर्थतन्त्रलाई पुनः नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ : बाणिज्यमन्त्री गोहर
काठमाडौं । पाकिस्तान सरकारले राष्ट्रिय अर्थतन्त्रलाई नियन्त्रणमा ल्याउन सम्भावित सबै स्रोतसाधनको प्रयोग गरिरहेको बताइएको छ । पाकिस्तानका कार्यवाहक वाणिज्यमन्त्री गोहर एजाजले आफ्नो देशले दिगो वृद्धि र विकाससँगै राष्ट्रिय अर्थतन्त्रलाई नियन्त्रणमा ल्याउन हरसम्भव उपायहरूको खोजी भइरहेको बताएका हुन् । पाकिस्तानले ९० दिनको समयावधिभित्र निर्यातमा विविधता ल्याई बहुमूल्य विदेशी मुद्रा आर्जन गर्न र ८० अर्ब अमेरिकी डलरको निर्यातको लक्ष्य हासिल गर्न उत्पादित वस्तुहरूको निर्यातमा थप वृद्धि गर्न आवश्यक रहेको उनले बताए । उनले भने, “निर्यात वृद्धिले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्छ । सरकार निर्यातको मात्रा बढाउन प्रतिबद्ध छ र यस सम्बन्धमा विभिन्न उपायहरू अपनाइँदैछ ।” पाकिस्तानको निर्यातको ठूलो हिस्सा टेक्सटाइल र कृषि उत्पादनहरू हो । यसले देशको अर्थव्यवस्थाको मेरुदण्डको रूपमा काम गर्दछ । उद्योगी व्यवसायीलाई निर्यात बढाउन सहयोग पुर्याउन सरकारले विद्युत्मा विशेष अनुदान दिँदै आएको छ भने विद्युतको आपूर्ति व्यवस्थाका लागि नयाँ नीतिलाई आगामी महिनाहरूमा थप सावधानीका साथ अघि बढाउने बताएको छ । मुलुकको विकासमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले अवरोध हटाउन र अर्थतन्त्रलाई उकास्न स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि उपयुक्त वातावरण सिर्जना गर्न हरसम्भव प्रयास भइरहेको बताए । पाकिस्तानी रुपैयाँमा निरन्तर दबाबको बारेमा कुरा गर्दै एजाजले स्थानीय मुद्राले विगत दुई हप्तामा अमेरिकी डलरसँग तुलनामा कारोबारमा सुधार प्राप्त गरिरहेको दावी गरे । सरकारले हालै कृत्रिम अभाव सिर्जना गरेको भन्दै मुद्रा तस्करहरूविरुद्ध कारबाही सुरु गरेको छ । एजेन्सी
पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र
काठमाडौं । वि.सं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । वि.सं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शनपश्चात गति लियो । यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो । अभिनेता, पहिरन, छायाँङ्कन, लवजसँगै प्रस्तुतिका हिसाबले अन्यभन्दा फरक चलचित्र ‘लूट’ ले नयाँ अध्यायको सुरुआत गर्यो । देशमा भइरहेका परिवर्तनले दिएका विषयवस्तु तथा उक्त परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको छ । सामाजिक विषय र बदलाको कथा कयौँ चलचित्रमा देखिए । किनकि ती दर्शकमार्फत अनुमोदित विषय थिए । त्यसलाई धेरै समयसम्म निर्देशक र पटकथाकारले परिवर्तन गर्न खोजेनन् । बजारकै अनुसार चलचित्र निर्माण भइरहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । “त्यो समयमा फरक किसिमका चलचित्रले प्रदर्शनमा सहजता पाउथेनन्, गीत, द्वन्द्व र काल्पनिक कथा भएका चलचित्र दर्शकको रोजाइमा पर्थे । दर्शक फेरिएपछि चलचित्रको निर्माण फेरियो । अहिले बन्ने चलचित्रमा बढी यथार्थ खोजिन्छ, त्यो समय काल्पनिक कथा रोजाइमा पर्थ्यो”, उनले भने । मौलिक विषयवस्तुले चलचित्रमा स्थान पाएसँगै निर्माण शैलीमा परिवर्तन आएको निर्देशक प्रदीप भट्टराईले बताए । “पर्दामा हाम्रो मौलिकता र संस्कृतिले स्थान पाएका छन् । हामीसँग भएको कथालाई पर्दामा उतार्न पाएका छौँ, राम्रा भनिने चलचित्रले स्वदेशी बजारको मात्रै भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, चलचित्र राम्रो बनाउन सके व्यावसायिकरूपमा विदेशमा पनि प्रदर्शन गर्न सकिन्छ”, उनले भने । उनको निर्देशनमा तयार हुने आगामी चलचित्र ‘महाजात्रा’ निर्माणअगावै विदेशका प्रायः देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । प्रविधिझैँ निर्माणमा समेत नयाँ शैलीले मान्यता पाएको छ । अहिले चलचित्रका अभिनेता भन्नेबित्तिकै सुकिला वा सयौँ भिलेनलाई पिट्ने मात्र हुँदैनन्, आम मानिसझैँ शक्तिविहीन र पर्दा बाहिर देखिने पात्रले स्थान पाएका छन् । यहीँ कारण चलचित्रलाई विभिन्न धारको भन्ने पनि गरिन्छ । अधिकांश चलचित्रकर्मी भने चलचित्रको एउटै धार ‘दर्शकको मन जित्नु’ रहेको बताउने गर्छन् । यद्यपि कलात्मक र पूर्ण व्यावसायिक भनेर दुई विधामा चलचित्रलाई प्रस्तुत गर्ने गरिएको छ ।
बेइजिंगमा नेपाल चीन बिजनेस समिट आयोजना हुँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) को संयुक्त आयोजनामा बेइजिंगमा नेपाल चीन बिजनेस समिट हुने भएको छ । द्धिपक्षीय व्यापार प्रवद्र्धन र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले उक्त समिट आयोजना हुन लागेको हो । समिट सेप्टेम्बर २४ आइतबार सिसिपिआइटीको मुख्यालय बेइजिंगमा आयोजना हुनेछ । उक्त समिटमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । समिटमा १२० जना चिनिया कम्पनीको सहभागिता रहनेछ । नेपालका तर्पmबाट महासंघ पदाधिकारी सहित करिब ५० जना व्यवसायीले समिटमा सहभागिता जनाउँदैछन् । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागि नेपाली उच्च अधिकारीह?को पनि सहभागिता रहनेछ । उक्त समिट पूर्व बिजनेस टु बिजनेस वैठक पनि राखिएको छ । समिटमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका बिषयमा आप्mनो धारणा राख्नु हुनेछ । नेपालमा चिनिया लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले वताए । यसअघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिसंगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।
पर्यटन पूर्वाधार निर्माणमा ५ करोडका योजना
काठमाडौं । अन्नपूर्ण गाउँपालिकामा पर्यटनसम्बन्धी योजना तथा कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । पर्यटन पूर्वाधार निर्माण, प्रचार–प्रसार र प्रवद्र्धनका लागि सो बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । पर्यटक आगमन बढाउन पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा गाउँपालिका, सङ्घीय र प्रदेश सरकारबाट रु पाँच करोड नौ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । “पर्यटनमार्फत गाउँपालिकालाई चालु आर्थिक वर्षमा १ करोड ३० लाख रुपैयाँभन्दा बढी आम्दानी भइसकेको छ”, उनले भने, “साउन र भदौमा मात्र २ हजार ६९९ पर्यटकले गाउँपालिकाका पर्यटकीयस्थलको भ्रमण गरेका छन् ।” अध्यक्ष पुनका अनुसार सङ्घीय सरकारबाट २ करोड ५ लाख रुपैयाँ, गाउँपालिकाबाट १ करोड ७४ लाख रुपैयाँ र प्रदेश सरकारबाट १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सङ्घीय सरकारबाट विशेष अनुदान प्राप्त रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ । सङ्घीयबाट ५०/५० लाख रुपैयाँ सशर्त अनुदान प्राप्त भुरुङ र सेकार्कु तातोपानीमा पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप ५०/५० लाख रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारको करिब २ करोड रुपैयाँको लागतमा भुरुङ तातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जोड्ने झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता गरिसकेको छ । सङ्घीय सरकारको १५ लाख रुपैयाँ र गाउँपालिकाको १६ लाख रुपैयाँ बजेटमा खोपारा लेकमा पूर्वाधार बनाउन सम्झौता भइसकेको छ । गण्डकी प्रदेश सरकारले खोपारामा थप २० लाख रुपैयाँ विनियोजन गरेको छ । सो गाउँपालिकाका पर्यटकीयस्थलको नक्साङ्कन गर्न १५ लाख रुपैयाँ, अन्नपूर्ण आधार शिविरको पर्यटन गुरुयोजना बनाउन १५ लाख रुपैयाँ, समग्र पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रमका लागि ८ लाख रुपैयाँ, पोर्टर, टे«किङ गाइडसम्बन्धी तालिमका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । पर्यटकीय स्थलहरूको जानकारीमूलक ब्रोसर बनाउन २ लाख रुपैयाँ र सूचना बोर्ड बनाउन ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले विनियोजन गर्न बाँकी बजेटबाट अन्नपूर्ण आधार शिविर जाने पदमार्ग र पूर्वाधारका लागि थप ७० देखि ८० लाख रुपैयाँ बजेट प्रस्ताव गरेको अध्यक्ष पुनले जानकारी दिए । भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट १ करोड ३० लाख रुपैयाँ बढी राजस्व उठेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । अन्नपूर्ण हिमाल, अन्नपूर्ण आधार शिविर, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोपारा, करवाकेली, खयरभारानी ताल, तातोपानी कुण्ड रहेको अन्नपूर्ण गाउँपालिका अन्नपूर्ण चक्रीय, अन्नपूर्ण धवलागिरि सामुदायिक पर्यावरणीय र करवाकेली पदमार्गमा समेटिएको छ । रासस
अष्ट्रेलियाको नयाँ नियमलाई लक्षित गर्दै ईडिएफ एडमिसन्सले २ दिने शैक्षिक मेला गर्दै
काठमाडौं । अमेरिकन ईन्टरनेशनल रिक्रुटमेन्ट काउन्सिल (एआईआरसी)बाट मान्यता प्राप्त एजुकेसन कन्सल्टेन्सी ईडिएफ एडमिसन्स विगत १५ वर्षदेखि उच्च शिक्षा लक्षित शैक्षिक परामर्श तथा तयारी कक्षा कार्यक्रममा सहजिकरण गर्दै आएको छ । पछिल्लो समयमा नेपाली विद्यार्थीहरुको पहिलो अध्ययन क्षेत्रको रोजाईको रुपमा रहेको अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको निम्ती नयाँ नियम लागू गर्ने भनेसँगै धेरै विद्यार्थीहरुमा सो सम्बन्धी जिज्ञासाहरु पैदा भएका छन् । सोही विषयलाई मध्येनजर गरेर ईडिएफ एडमिसन्सले आफ्नो दुई दिने शैक्षिक मेला घोषणा गरेको जनाएको छ । खासगरी कक्षा १२ उत्तिर्ण गरेर बसेका वा स्नातक तहको अध्ययनपछि अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्न चाहेका विद्यार्थीहरुलाई आवश्यक परामर्श वा जानकारीका लागि सो मेला आयोजना गरिएको ईडिएफले जनाएको छ । सो मेलामा अष्ट्रेलियामा सञ्चालनमा रहेका विश्वविख्यात विश्वविद्यालयहरुबाट प्रतिनिधिहरु आउने छन् । मेलामा पछिल्लो समयमा विद्यार्थीको रोजाई रहेका आईटी, हस्पिटालिटी, मेडिकल बिजनेस, आदिको अध्ययन सन्दर्भमा आवश्यक जानकारी आदानप्रदान हुने बताइएको छ । ईडिएफका अनुसार मेला यही सेप्टेम्बर २५ र २६ अर्थात् आगामी सोमबार र मंगलबार आफ्नै प्रधान कार्यालय काठमाडौं न्यूप्लाजामा हुनेछ । विद्यार्थीको सुविधाका लागि मेला बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । विद्यार्थीहरुले मेलाको माध्यमबाट अष्ट्रेलियका प्रतिष्ठित विश्वविद्यालयहरु भिक्टोरिया विश्वविद्यालय, स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजी, तस्मानिया विश्वविद्यालय, फेडरेशन विश्वविद्यालय, वेस्टर्न सिड्नी विश्वविद्यालय, क्यानबेरा विश्वविद्यालय र एपिआइसीको बारेमा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने ईडिएफले जनाएको छ । साथै ती विश्वविद्यालयमा अध्ययन गर्नको लागि आवश्यक मापदण्ड, सुविधा र खर्चको बारेमा समेत मेलाबाट जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । ईडिएफ एडमिसन्सका कार्यकारी निर्देशक कृष्ण अर्यालका अनुसार विद्यार्थीहरुका लागि शैक्षिक प्रोफाइल अनुसार उत्तम पाठ्यक्रम प्राप्त गर्न र विद्यार्थीहरुलाई आवश्यक परामर्श तथा सुझाव दिन आफ्नो तर्फबाट उच्चतम् प्रयास हुने बताएका छन् । ईडिएफले प्रारम्भिक दिनहरुमा एकमात्र शैक्षिक गन्तव्य अष्ट्रेलियाको लागि विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएको थियो भने पछिल्ला दिनमा अष्ट्रेलिया बाहेक अमेरिका, अष्ट्रेलिया, क्यानडा र युके जस्ता देशका विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई पनि शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । साथै, आईएइएलटिएस, पिटिई, जिम्याट लगायतका भाषा कक्षा पनि सञ्चालन गर्दै आएको जनाएको छ ।
३० देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै
काठमाडौं । हिन्द-प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ८ देखि १० गतेसम्म भारतको राष्ट्रिय राजधानी नयाँदिल्लीमा यस क्षेत्रका सेना प्रमुखको सम्मेलन हुने भएको छ । सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भागलिने भारतीय सेनाका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु हो । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ । आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा विचार एवं आपराधिक/आतङ्कवादी गतिविधि हुन नदिन सूचना आदानप्रदान, यस क्षेत्रमा शान्ति एवं स्थायित्व प्रवर्द्धन, आपसी समझदारी र संवादको प्रक्रियालाई निरन्तररुपमा अघि बढाउन सम्मेलन महत्वपूर्ण हुने भारतीय सेनाले जनाएको छ । सम्मेलनमा अमेरिका, फ्रान्स र बेलायतलगायत देशका प्रधान सेनापति एवं तिनका प्रतिनिधिले भाग लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौंमा आगलागी हुँदा एक करोडको क्षति
काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति भएको छ । गए राति विद्युत् सर्ट भई आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर करिब ९३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए । यसैगरी गए राति नै काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । ३८ लाख बढी चोरी प्रहरीका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–७ डाँडागाउँ डेरा गरी बस्ने कास्की पोखरा महानगरपालिका–३३ घर भएकी ३५ वर्षीया देवी पुनको कोठाबाट नगदसहित गरगहना चोरी भएको छ । कोठामा कोही नभएको अवस्थामा ताला फुटाइ सुनका गरगहना र नगदसमेत गरी करिब रु एक लाख १४ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । यस्तै चन्द्रागिरि–१४ नैकाप प्रगति सङ्गम टोल बस्ने सुजित श्रेष्ठको घरबाट विभिन्न प्रकारका सुन तथा चाँदीका गरगहना, विदेशी मुद्रा, नेपाली रुपैयाँसमेत गरी करिब ३७ लाख ४५ हजार १५० रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।