सेयर बजारलाई उत्पादनमुलक क्षेत्र घोषणा गर्न महासंघका तीन उपाध्यक्षको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरुले सेयर बजार उत्पादनमुलक क्षेत्र भएको दाबी गरेका छन् । बिहीबार उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्ड (सेबोन)को शिक्षा तथा सचेतना सम्बन्धि सम्झौता कार्यक्रममा बोल्दै महासंघ उपाध्यक्षहरुले सेयर बजारलाई उत्पादनमुलक क्षेत्र घोषणा गर्नुपर्ने माग गरेका हुन् । महासंघको जिल्ला नगरतर्फका उपाध्यक्ष सुरकृष्ण वैद्यले पूँजी बजार अनुत्पादक नभई उत्पादनमुलक क्षेत्र भएको बताए । पूँजी बजारलाई अनुत्पादकमुलक क्षेत्र भनेर गलत प्रचार गरिएकाले सो शब्द फिर्ता लिनुपर्ने उनको भनाइ छ । उद्योगी व्यवसायीलाई लगानी अभाव भएमा सेयर बजारबाट सहज रुपमा स्रोत जुटाउन सक्ने उनले बताए । ‘सेयर कारोबार उत्पादनमुलक क्षेत्र हो, अर्थतन्त्रलाई चलायमान गर्ने क्षेत्र सेयर बजार हो, कुनै व्यवसायीले ५ वर्षमा १ करोड रुपैयाँ कमायो भने त्यो रकम सहज रुपमा निकाल्न सकिँदैन, यदि सेयर बजारमा सोही बराबरको रकम कामायो भने ३ दिनभित्र निकाल्न सकिन्छ,’ उनले भने, ‘लगानीकर्ताले सेयर बजारबाट कमाएको रकम होटल, सिमेन्ट, डण्डी, पर्यटनदेखि सबै उद्योगमा लागनी गर्न सक्छ, त्यसकारण सेयर बजार उत्पादनमुलक क्षेत्र हो ।’ दूरदराजका मान्छेलाइ पनि पूँजी बजार ल्याउन महासंघले सकारात्मक भूमिका निर्वाह गर्ने उनले बताए । साथै, लगानीकर्ताले कारोबार गर्दा तत्काल फाइदा हुने र दीर्घकाल फाइदा हुने गरी लगानी गर्नु पर्ने उनको भनाइ छ । सेयर कारोबार गर्दा लगानीकर्ताको लगानी नडुबोस् भन्ने हेतुले महासंघले सचेतना कार्यक्रम गर्ने उनको भनाइ छ । आगामी दिनमा कुनै दुर्घटना नघटोस् भनेर यो कार्यक्रम गर्न लागिएको उनले बताए । महासंघकाे वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल पूँजी बजारमा लगानीको ठूलो हिस्सा रहेकाे बताउँछन् । सेयर बजार र घरजग्गाका बारेमा नकारात्मक सन्देश प्रवाह गरेको हुँदा अहिले घाइते अवस्थामा पुगेको उनको भनाइ छ । ‘पूँजी बजारले लगानीको ठूलो हिस्सा ओगटेको छ, सेयर बजार र घरजग्गाका बारेमा नकारात्मक सन्देश फैलाउँदा अहिले घाइते अवस्थामा छ,’ उनले भने, ‘पूँजी बजारमा ठूलो हिस्सा सरकारपछि निजी क्षेत्रले ओगटेको छ, महासंघ र सेबोनको सहकार्यले बजारमा तरङ्ग ल्याउने छ ।’ सेयर बजारबाट पूँजीको जोहो कसरी गर्ने भनेर तालिमको व्यवस्था गर्नु पर्ने उनले बताए । सेयर बजारलाई सकारात्मक बाटोमा लैजान महासंघ सधै सकारात्मक रहेको उनको भनाइ छ । महासंघको एशोसिएटतर्फको उपाध्यक्ष ज्योत्सना श्रेष्ठले सेयर बजारलाई उत्पादनमुल्क क्षेत्रका रुपमा विकास गर्नु पर्ने बताइन् ।
भी२९ फाइभजी फोनसँगै भिभोले ल्यायो नयाँ अफर, मोबाइल किन्दा बुलेट बाइक पाइने
काठमाडौं । भिभोले नेपाली बजारमा फ्ल्यागशिप भी सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै भिभोले उक्त स्मार्टफोन सार्वजनिक गरेको हो । आधुनिक डिजाइन र स्मार्ट लुक्स भएको सो फोन नेपालभर उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार यो फोनमा १२०हर्ज थ्री डी कर्भ स्क्रीन, औरा लाइट पोर्ट्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फी लगायतका विशेषताहरू रहेका छन् । नयाँ फोन सार्वजनिक गर्दै भिभो नेपालका जनरल म्यानेजर माइकल भिभोको याे स्मार्टफोन धेरै ग्राहकको रोजाइमा पर्ने बताउँछन् । ‘भिभोको भी सिरिजले फोटोग्राफी, डिजाइन र कार्यसम्पादन क्षमताले प्रयोगकर्ताहरूलाई निरन्तर आकर्षित गर्दै आइरहेको छ, भी२९ फाइभजीको इमेजिङ र आकर्षक डिजाइनमा विकास भएको छ,’ उनले भने- ‘यो फोन ग्राहकको रोजाइमा पर्ने आशा लिएका छौं, आगामी दिनमा पनि नयाँ मोडलका स्मार्ट फोन ल्याउने नै छौं ।’ भिभो भी२९ फाइभजी डिजाइन, क्यामेरा क्षमताहरू र कार्यसम्पादनको उत्कृष्ट संयोजन भएको यो स्मार्टफोन दुई कलर पिंक ब्लू र नोबेल ब्ल्याकमा उपलब्ध रहेको कम्पनीले जानकारी गराएको छ । यो स्मार्टफोनको १२० हर्दजको थ्रीडी कभंड स्क्रिनले अल्ट्रा(स्लिम सौन्दर्य डिजाइनसँगै इमर्सिभ तथा दृश्यात्मक रूपमा आकर्षक अनुभव प्रदान गर्ने र यसमा ५०एमपी एचडी अटोफोकस क्यामेरा जडान गरिएको माइकल बताउँछन् । भी२९ मा ५०एमपी ओआईएस अल्ट्रा(सेन्सिङ क्यामेरा, एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, र २एमपी मोनोक्रोम क्यामेरा रहेको छ । कम्पनीका अनुसार भिभो भी२९ फाइभजीमा क्वालकम स्न्यापड्रेगन ७७८ जी प्रोसेसर रहेको छ जसमा ८० वाट फ्ल्यासचार्ज रहेको छ भने ४६०० हर्ज व्याट्री छ । त्यस्तै, नेपाली बजारमा भिभो भी२९ फाइभजीको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराइको छ । फोन किन्दा बुलेट बाइक उपहार भिभोले नयाँ फोन सार्वजनिक गरेसँगै दशैं तिहार अफर पनि सार्वजनिक गरेको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार’ अफर ल्याएको हो । कम्पनीका अनुसार यो अफर अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म लागू हुनेछ । सो अफर अन्तर्गत एक जना विजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्ने मौका पाउनेछन् । यसको साथै, भिभोले विजेताहरूका लागि बाई वान- गेट-वन अफर पनि ल्याएको छ । सो अफरबाट ६०० देखि १००० ग्राहकहरूले ब्लुटुथ स्पिकर प्राप्त गर्ने छन् । यस्तै, तीनदेखि पाँच हजार भिभोका ग्राहकहरूले स्टाइलिश ब्याग र ५ देखि ८ हजार ग्राहकले भिभोको बोतल पाउँने छन् । कम्पनीले १० देखि १५ हजार ग्राहकहरूले रिचार्ज कार्ड प्राप्त गर्न सक्ने पनि बताएको छ । यो अफरमा सहभागी हुन चाहाने ग्राहकहरूले हरेक भिभो फोनको खरिदमा vivodashain.com मा रजिस्टर्ड गरी पुरस्कारहरू प्राप्त गर्न सकिने छ ।
अर्थतन्त्रलाई डीप डिप्रेसनमा जानबाट रोक्न समयमै सुधार गर्नुपर्छ : राजेश कुमार अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामनासहित अर्थतन्त्रका विषयमा छलफल गरेको छ । बिहिबार परिसंघ सचिवालयमा आयोजित बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सेजन अध्यक्ष सुजन ओलीसहित कार्यसमिति सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । सो अवसरमा उनले मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका लागि सबैको प्रयासको खाँचो रहेको बताए । विदेशी मुद्रा संचितीमा दबाब पर्दा लिइएको नीति, कोभिड १९ को असरबाट बाहिर निस्कन नपाउँदै प्रभावित क्षेत्रलाई दिइएको छुट तथा सुविधा एकै पटक हटाउँदा अर्थतन्त्र आजको अवस्थामा आइपुगेको उनले बताए । आर्थिक मन्दीका कारण उद्योग व्यवसायी, सरकारलगायत सर्वसाधारण समेत खर्च गर्न डराएका कारणले माग घटेको भन्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन बजारमा पैसा पठाउनुपर्नेमा जोड दिए । उनले अर्थतन्त्रलाई थप जटिलतामा जानबाट रोक्न समयमै सुधार गरिनुपर्ने बताए । ‘अर्थतन्त्रलाई डीप डिप्रेसनमा जानबाट रोक्न समयमै सुधार गर्नुपर्छ, ढिलो गरी गरिने सुधारले काम नगर्न पनि सक्छ’, उनले भने । अर्थतन्त्रलाई छिट्टै सुधारतर्फ लैजान सरकारले पूँजीगत खर्च गर्नुपर्ने, निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी दिनुपर्ने उनले बताए । यसैगरी राष्ट्र बैंकले प्रभावित क्षेत्रका लागि कर्जाको पुनर्संरचना र पुनर्कर्जाको पैसा दिनुपर्ने बताए । सेजनका नवनिर्वाचित अध्यक्ष ओलीले व्यवसायिक वातावरण बनाउन काम गर्नुपर्ने बताए । सेजन नीतिगत सुधारमा लागेको भन्दै कानून तथा नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्न सकिने बताए । सो कार्यक्रममा परिसंघका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, भीम घिमिरे, परिसंघ पदाधिकारी सदस्य गोकुल भण्डारी, सन्दिप सारडालगायत सहभागी थिए ।
‘प्रधान सेनापति ट्रफी २०८०’ को कार्यक्रममा मार्चपास गर्दै प्रतिनिधिहरु
काठमाडौं । नेपाली सेनाद्वारा आयोजित ‘प्रधान सेनापति ट्रफी २०८०’ को बिहीबार उद्घाटन कार्यक्रममा मार्चपास गर्दै नेपाली सेनाका विभिन्न पृतना तथा गणबाट सहभागी प्रतिनिधिहरु । तस्वीर : रासस
प्रथम अधिवेशन निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक
काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन निर्वाचनमा मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको छ । बिहीबार मतदान शुरु हुनुअघि प्यानलगत नबनोस् भन्नको लागि मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको हो । प्यानलगत नबनोस् भन्न र पार्टी सुदृढ गर्नको लागि निर्वाचन क्षेत्रमा प्रवेश गर्दा सो सामग्री लैजान रोकिएको निर्वाचन अधिकृत सुरेन्द्र थापा मण्डलले बताए । गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिस्टकाअनुसार विजय प्राप्त नगर्नेलाई यथोचित जिम्मेवार दिने र भोलिका दिनमा पार्टी सुदृढ बनाउन उनीहरुको भूमिका उल्लेखनीय रहने बताए । अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ भने अबको केही समय पश्चात उम्मेदवारीको घोषणा गरिने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
ढोरपाटनको यात्रा : सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली
बागलुङ । कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै पर्यटक आउने चलन थियो तर सडकमार्गको पहुँच र प्रचार प्रसारका कारण ढोरपाटन घुम्नसमेत पर्यटक आउने गरेका छन् । सिकार आरक्षमा सिकार खेल्न विदेशी र घुम्नका लागि नेपाली आउने गरेको पाइन्छ । सिकार खेल्न भने नेपालीको आर्थिक पहुँच नपुग्ने गरेको पाइन्छ । विश्वका धनाढ्य सिकारी हेलिकप्टरमार्फत ढोरपाटन पुगेर लाखौँ राजस्व तिरेर सिकार खेल्ने गरेका छन् । सिकारका लागि विदेशी पर्यटक मात्रै आउने ढोरपाटन क्षेत्रमा घुम्नका लागि भने नेपाली पर्यटक आउने गरेका छन् । एक वर्षमा सात हजार छ सय ४५ पर्यटक ढोरपाटन घुम्न आएका छन् । त्यसमध्ये जम्मा ७८ जना मात्रै विदेशी पर्यटक रहेको र अन्य सबै नेपाली पर्यटक रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । उक्त तथ्याङ्कका आधारमा समेत ढोरपाटन सिकार आरक्षमा सिकार खेल्नकै लागि मात्र विदेशी पर्यटक आउने गरेका छन् भने नेपाली पर्यटक भने ढोरपाटन अवलोकनका लागि आउने गरेको पाइन्छ । पछिल्लो चार वर्षयता पर्यटकको सङ्ख्यासँगै राजस्वमा समेत वृद्धि भएको पाइन्छ । अघिल्ला वर्षको तुलनामा गत आर्थिक वर्षमा भने ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा केही कमी आएको तथ्याङ्कले देखाउँछ । नेपालकै एकमात्र सिकार आरक्ष सो क्षेत्रमा पर्यटकको आगमनमा वृद्धिसँगै राजस्वमा समेत वृद्धि भइरहेको सन्दर्भमा आर्थिक वर्ष २०७९/८० मा भने स्वदेशी र विदेशी पर्यटक गरी जम्मा सात हजार छ सय ४५ पर्यटक त्यहाँ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । उक्त पर्यटकको सङ्ख्या आव २०७८/७९ को तुलनामा दुई हजार दुई सय २४ जनाले कमी आएको ढोरपाटन सिकार आरक्ष कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७८/७९ मा नौ हजार नौ सय १९ पर्यटक ढोरपाटन पुगेका थिए । ढोरपाटन घुम्न आउने पर्यटकमा कमी नभए पनि गत वर्षको जनैपूर्णिमा मेलामा ढोरबराह दर्शनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्यामा कमी आएका कारण तथ्याङ्कमा घटेको देखिएको ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । ‘ढोरबराह मन्दिरमा ठूलो जनैपूर्णिमा मेला लाग्ने गर्दछ, गतवर्ष मौसमी प्रतिकुलताका कारण त्यहाँ आउने धार्मिक पर्यटक घटेका थिए, त्यसैले तथ्याङ्कमा घटेको देखिन्छ, तर ढोरपाटन भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि नै भएको पाइन्छ’, थापा मगरले भने, ‘चालु आर्थिक वर्षमा १० हजार पर्यटक आउने अनुमान गरिएको छ, यस वर्षको जनैपूर्णिमा मेला भर्नका लागि आउने धार्मिक पर्यटकको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।’ उनका अनुसार ढोरपाटन उपत्यकामा आन्तरिक पर्यटक घुम्न आउने र विदेशी पर्यटक सिकार खेल्नका लागि आउने गरेका छन् । उनका अनुसार सोझै हेलिकोप्टरमार्फत विदेशी सिकारी पर्यटकमात्रै ढोरपाटन सिकार आरक्ष पुग्ने भए पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचार–प्रसारसँगै आन्तरिक पर्यटकसमेत त्यहाँ पुग्न थालेका छन् । ढोपाटनमा सिकार खेल्न, उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र सिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् । नाउर र झारलको वैधानिक सिकार खेल्न पाइने उक्त क्षेत्रमा विदेशी पर्यटक लाखौँ खर्च गरेर सिकार खेल्न त्यहाँ पुग्ने गरेका छन् भने आन्तरिक तथा अन्य पर्यटकले सिकार आरक्ष क्षेत्रको भ्रमण तथा अवलोकन गर्ने गरेका छन् । मनोरम ढोरपाटन उपत्यकालाई चिरेर बगेको उत्तरगङ्गा, हरियाली र फुलैफूलको फाँटले त्यहाँ पुगेका पर्यटकलाई आकर्षण गरेको पाइन्छ । ढोरपाटनमा वर्षमा दुई याममा आन्तरिक तथा बाह्य पर्यटक बढी मात्रामा पुग्ने गरेका छन् । पुस–माघको बाक्लो हिमपात र साउन–भदौमा भारी वर्षा हुँदाबाहेक अघिपछि पर्यटकको आगमन भइरहने गरेको स्थानीय पर्यटन व्यवसायी श्यामलाल घिमिरेले बताए । ढोरपाट सिकार आरक्ष क्षेत्रमा आव २०७७/७८ देखि ढोरपाटन प्रवेश गर्ने आन्तरिक पर्यटकको समेत रेकर्ड राख्न थालिएको छ । उक्त तथ्याङ्कमा ढोरपाटन पुग्ने स्थानीयको भने रेकर्ड हुँदैन । ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले मात्रै शुल्क तिरेर प्रवेश पाउने गरेकामा आव २०७७/७८ देखि आन्तरिक पर्यटकले समेत रु एक सय प्रवेश शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ । आन्तरिक पर्यटकले प्रवेश शुल्क तिर्न थालेपछि आरक्षको आम्दानीमा समेत वृद्धि भएको छ । आव २०७९/८० मा मात्रै आन्तरिक र बाह्य पर्यटकबाट रु नौ लाख ८३ हजार दुई सय राजस्व सङ्कलन गरिएको छ । ढोरपाटन प्रवेश गर्न सार्क राष्ट्रका पर्यटकले रु एक हजार पाँच सय र अन्य विदेशी पर्यटकले रु तीन हजार शुल्क तिर्नुपर्ने प्रावधान आरक्षले बनाएको छ । सिकार आरक्षले आव २०७९/८० मा पर्यटक प्रवेश शुल्क, वन पैदावर, हेलिकप्टर अवतरण शुल्क र दण्ड जरिवानासहित १९ लाख ६२ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । सिकार आरक्षमा २०४४ सालबाटै विदेशी पर्यटक आउन थालेका थिए तर आन्तरिक पर्यटक भने सञ्चार र सडकको पहुँचपछि मात्रै पुग्न थालेका हुन् । ढोरपाटनमा होटल सुविधामा समेत वृद्धि हुँदै आएको छ । विशेषगरी ढोरपाटनमा असोज, कात्तिक, मङ्सिर, चैत, वैशाख र जेठमा बढी पर्यटक आउने गर्दछन् । बागलुङ, म्याग्दी र पूर्वीरुकुमसम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ । ढोरपाटन उपत्यकामा ढोरपाटन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी २१ साना–ठूला होटल तथा घरबास सञ्चालनमा आएका छन् । ढोरपाटनमा पहिलो याम असोजदेखि मङ्सिर र दोस्रो याम फागुनदेखि वैशाखमा सिकार खेल्न अनुमति दिइन्छ । रासस
भिजन लुम्बिनीको आइपीओमा १३ लाख बढी आवेदन
कास्की। सेती नदी जलविद्युत आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको प्राथमिक शेयर (आइपीओमा) मा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता शेयर आवेदन परेको छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका लागि गत भदौ १९ गतेदेखि प्राथमिक शेयर जारी गरेको थियो । असोज १७ गते (हिजो) अन्तिम दिन रहेकामा १३ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको कम्पनीले जनाएको छ । प्रभावितका लागि जारी गरिएको आइपिओमा तोकिएको सङ्ख्याभन्दा पाँच लाख ४४ हजार तीन सय ५० कित्ता न्यून आवेदन परेकाले प्रक्रिया पूरा गरेका सबैले शेयर प्राप्त गर्ने कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए । उनका अनुसार आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे गाउँपालिका–१, २, ३, ४ र पोखरा महानगरपालिका–१९ का स्थानीय बासिन्दाका लागि शेयर जारी गरेको थियो । कम्पनीको आइपिओमा आस्वाबाट छ सय ३९ जनाले पाँच लाख ६७ हजार दुई २० कित्ता र भौतिक उपस्थित भएर आठ सय ७९ ले आठ लाख नौ सय ३० कित्ता आवेदन गरेका छन् । भिजन लुम्बिनीले आफ्नो जारी पूँजी एक अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख १२ हजार पाँच सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलले जानकारी दिए । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको शेयर को १० प्रतिशतले एक लाख ९१ हजार दुई सय ५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरीरहेका नेपालीका लागि निष्काशन गरी असोज १५ गते बाँडफाँड गरिएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको थियो । कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताउँदै आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन ९प्रसारण लाइन० निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार ढिलोमा आगामी मङ्सिरभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत उत्पादन हुनेछ । मङ्सिर पहिलो साता आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्ने तयारी गरिएको पोखरेलको भनाइ थियो । स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार माछापुच्छ्रेको सार्दिखोला भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरस्थित पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । ‘भूमिगत पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालेर विद्युत उत्पादन हुनेछ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ’, पोखरेलले भने । उनका अनुसार उक्त आयोजनामा पाँच अर्ब लगानी रहेको छ । तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् भने अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गर्न लागिएको कम्पनीले जनाएको छ ।
विदेश जानेलाई रोक्न सक्दैनौं : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेश जानेलाई रोक्न नसक्ने बताएका छन् । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको नीतिगत छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘ठूलो संख्यामा युवाहरु विदेशिएका छन्, उनीहरुसँग सीप नहुँदा अपेक्षा अनुसारको आम्दानी भइरहेको छैन, सरकारले पनि तालिम दिइरहेको छ,’ कार्यक्रममा बोल्दै उनले भने- ‘विदेशमा अवसर र आम्दानी छ, हामी स्वतन्त्र देश हो विदेश जानेलाई रोक्न सक्दैनौं ।’ त्यस्तै, उनले रोजगारमूलक तालिमलाई महासंघ मार्फत वृद्धि गर्नुपर्ने बताएका छन् । देशको अहिलेको कमि कमजोरी र समस्या पहिचान गर्नुपर्ने बताउँदै उनले देशमै रोजगारी सिर्जनाको लागि काम गर्नको लागि निजी क्षेत्रलाई टाइअप गर्नुपर्ने भनाई राखे ।