काठमाडौं । भिभोले नेपाली बजारमा फ्ल्यागशिप भी सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै भिभोले उक्त स्मार्टफोन सार्वजनिक गरेको हो ।
आधुनिक डिजाइन र स्मार्ट लुक्स भएको सो फोन नेपालभर उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार यो फोनमा १२०हर्ज थ्री डी कर्भ स्क्रीन, औरा लाइट पोर्ट्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फी लगायतका विशेषताहरू रहेका छन् ।
नयाँ फोन सार्वजनिक गर्दै भिभो नेपालका जनरल म्यानेजर माइकल भिभोको याे स्मार्टफोन धेरै ग्राहकको रोजाइमा पर्ने बताउँछन् ।
‘भिभोको भी सिरिजले फोटोग्राफी, डिजाइन र कार्यसम्पादन क्षमताले प्रयोगकर्ताहरूलाई निरन्तर आकर्षित गर्दै आइरहेको छ, भी२९ फाइभजीको इमेजिङ र आकर्षक डिजाइनमा विकास भएको छ,’ उनले भने- ‘यो फोन ग्राहकको रोजाइमा पर्ने आशा लिएका छौं, आगामी दिनमा पनि नयाँ मोडलका स्मार्ट फोन ल्याउने नै छौं ।’

भिभो भी२९ फाइभजी डिजाइन, क्यामेरा क्षमताहरू र कार्यसम्पादनको उत्कृष्ट संयोजन भएको यो स्मार्टफोन दुई कलर पिंक ब्लू र नोबेल ब्ल्याकमा उपलब्ध रहेको कम्पनीले जानकारी गराएको छ । यो स्मार्टफोनको १२० हर्दजको थ्रीडी कभंड स्क्रिनले अल्ट्रा(स्लिम सौन्दर्य डिजाइनसँगै इमर्सिभ तथा दृश्यात्मक रूपमा आकर्षक अनुभव प्रदान गर्ने र यसमा ५०एमपी एचडी अटोफोकस क्यामेरा जडान गरिएको माइकल बताउँछन् ।
भी२९ मा ५०एमपी ओआईएस अल्ट्रा(सेन्सिङ क्यामेरा, एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, र २एमपी मोनोक्रोम क्यामेरा रहेको छ । कम्पनीका अनुसार भिभो भी२९ फाइभजीमा क्वालकम स्न्यापड्रेगन ७७८ जी प्रोसेसर रहेको छ जसमा ८० वाट फ्ल्यासचार्ज रहेको छ भने ४६०० हर्ज व्याट्री छ ।

त्यस्तै, नेपाली बजारमा भिभो भी२९ फाइभजीको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराइको छ ।
फोन किन्दा बुलेट बाइक उपहार
भिभोले नयाँ फोन सार्वजनिक गरेसँगै दशैं तिहार अफर पनि सार्वजनिक गरेको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार’ अफर ल्याएको हो ।
कम्पनीका अनुसार यो अफर अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म लागू हुनेछ । सो अफर अन्तर्गत एक जना विजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्ने मौका पाउनेछन् ।
यसको साथै, भिभोले विजेताहरूका लागि बाई वान- गेट-वन अफर पनि ल्याएको छ । सो अफरबाट ६०० देखि १००० ग्राहकहरूले ब्लुटुथ स्पिकर प्राप्त गर्ने छन् । यस्तै, तीनदेखि पाँच हजार भिभोका ग्राहकहरूले स्टाइलिश ब्याग र ५ देखि ८ हजार ग्राहकले भिभोको बोतल पाउँने छन् ।
कम्पनीले १० देखि १५ हजार ग्राहकहरूले रिचार्ज कार्ड प्राप्त गर्न सक्ने पनि बताएको छ । यो अफरमा सहभागी हुन चाहाने ग्राहकहरूले हरेक भिभो फोनको खरिदमा vivodashain.com मा रजिस्टर्ड गरी पुरस्कारहरू प्राप्त गर्न सकिने छ ।